Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १२, २०८३
☰
Logo मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

– हिरालाल आचार्य ‘डायमण्ड’ – (चितवन आज)
चितवन, भदौ २६ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गते अनेरास्ववियु र नेविसंघमा आवद्ध विद्यार्थीहरुबीच झड्प भएदेखि विश्वविद्यालयमा पठनपाठन ठप्प छ । झड्प भए यता दुबै संगठनले विज्ञप्ति निकाल्दै एकले अर्कालाई आरोप लगाइरहेका छन्, भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झड्प हुँदा नेविसंघका ५ जना र अनेरास्ववियुका ३ जना विद्यार्थी घाइते हुँदा त्यही दिन अस्पताल लगिएको जानकारी दिए । भोलिपल्ट पनि चोटपटक लागेको भनि केही विद्यार्थीहरु आए पनि तीनलाई घाइतेको आँकडामा नराखिएको उनले बताए ।

नेविसंघमा आवद्ध विद्यार्थी प्रितम भण्डारी र कमन दाहालको अहिले पनि काठमाडौंमा उपचार भइरहेको हो । प्रहरी निरीक्षक केसीका अनुसार प्रितमको टाउकोमा चोट लागेको छ भने कमनकोे नाक र आँखामा चोट लागेको छ ।

कुटपिटमा संलग्न भएको आरोप लगाउँदै घाइते निकट विद्यार्थीले दिएको उजुरीका आधारमा प्रहरीले अनेरास्ववियुमा आवद्ध ३ जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा परेको छ । ती ३ विद्यार्थी पनि अस्पतालमा उपचाररत छन् । झड्पका क्रममा चोट लागेको र उक्त ठाउँमा दुख्न थालेको भनेपछि उनीहरुलाई अस्पताल लगिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनीहरु मध्ये एक जनाको नाक, एक जनाको हात र अर्काेको टाउकोमा चोट लागेको जानकारी प्राप्त भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेकपा एमाले निकट विद्यार्थी संगठन हो भने नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाली कांग्रेस निकट विद्यार्थी संगठन हो । यी दुबै दल अहिले मिलेर सरकार चलाइरहेका छन् । तर ती दलका भातृ संगठन भने ठूलै भौतिक आक्रमण गर्ने द्वन्द्धको अवस्थामा पुग्दा सबैको ध्यान अहिले रामपुर घटनामा केन्द्रित छ । दुवै संगठनको केन्द्रीय कमिटी र सिंगो पार्टी जिल्ला पंक्तिको समेत ध्यान तानेको छ ।

नेविसंघले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुको कुटपिटबाट आफ्ना साथीहरु घाइते भएको बताउँदै आएको छ । तर अनेरास्ववियुले त्यसलाई स्वीकार गरेको छैन । नेविसंघले आफ्नै साथीहरुमाथि आत्मघाती डरलाग्दो घातक प्रहार गरेको अनेरास्ववियुको भनाइ छ । तर नेविसंघले अनेरास्ववियुको उक्त भनाइलाई स्वीकार गरेको छैन ।

नेविसंघ र अनेरास्ववियु पछिल्लो समय विज्ञप्तिमार्फत एक अर्कामाथि आरोप थोपरिरहेका छन् । एक हिसाबले भनौैं उनीहरु अहिले ‘विज्ञप्ति वार’ गरिरहेका छन् ।

के भन्छ अनेरास्ववियु ?
अनेरास्ववियुले नेविसंघका विद्यार्थीहरु फलामे रड, पेट्रोल बम, इट्टा, ढुंगा, चेन बोकेर अनेरास्ववियुका विद्यार्थीहरुमाथि एक्कासि आक्रमण गर्न आएपछि आत्मरक्षा गर्न प्रतिवाद गरेको बताएको छ । होस्टलमा आक्रमण गर्न आएपछि आफूहरु होस्टल भवनको ढोका बन्द गरेर बसेको र ढोका बन्दा गर्दा पनि नेविसंघले घरेलु हतियार र पेट्रोल बम प्रहार गरेको, आफूहरु बस्ने होस्टल तोडफोड गरेको र आगजनी गर्न खाजेपछि त्यसको प्रतिवादमा अनेरास्ववियुका विद्यार्थीहरु पनि लडाईमा उत्रिएको अनेरास्ववियुको भनाइ छ । उक्त समयमा अनेरास्ववियुका विद्यार्थीमाथि नेविसंघले आक्रमण गर्न खोज्दा आत्मघातीरुपमा नेविसंघकै विद्यार्थीलाई चोट लागेको कुरा अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यसक्रममा दोहोर भिडन्त हुँदा अनेरास्ववियुका साथीहरु पनि घाइते हुन पुगेको अनेरास्ववियुको भनाइ छ ।

घटनाको भोलिपल्ट होस्टल खाली गराएर विद्यार्थीलाई सुरक्षिता स्थानमा लैजाने भन्दै प्रशासनले गाडीमा हालेर लगेको र त्यसमध्येका अनेरास्ववियुका ३ विद्यार्थीलाई प्रहरी हिरासत पुराएको र आफूहरु बस्ने होस्टल खाली भएपछि होस्टलबाट नेविसंघका विद्यार्थीले ८ वटा ल्यापटपसहित विभिन्न सामग्री चोरेको आरोप अनेरास्ववियुले लगाएको छ ।

पक्राउ गरिएका ३ जनाको कुटपिटमा कुनै संलग्न नरहेकाले तत्काल रिहाई गर्न अनेरास्ववियुले माग गरेको छ । निर्दाेष विद्यार्थीलाई रिहाई गरी दोषी विद्यार्थीलाई कारबाही गर्न अनेरास्ववियुको माग छ ।

के भन्छ नेविसंघ ?
नेविसंघले उक्त घटनालाई दुई पक्षबीचको झड्पका रुपमा उल्लेख गरेको छैन । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेविसंघमा आवद्ध ६ जना विद्यार्थीलाई नियन्त्रण लिएर कुटपिट गरी आफ्नो छात्राबास भवनमा लगि ज्यान मार्ने उद्देश्यले बन्धक बनाएर राखेको र ती बन्धक बनाइएका साथीहरुलाई छुटाउन उक्त छात्राबास अगाडि जम्मा भएका नेविसंघका विद्यार्थीहरुलाई अनेरास्ववियुका विद्यार्थीले छात्रावासको छाना र पर्खाल भत्काएर ढुंगामुढा गर्न सुरु गरेको नेविसंघको भनाइ छ । उक्त घटना अनेरास्ववियुले एकपक्षीयरुपमा आफैले घटाएको नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर इकाई चितवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटना घटाउने दोषीहरुलाई मात्र कारबाही गरियोस् भन्ने हेतुले सम्बन्धित नियकायमा नेविसंघले अनुरोध गरेको जनाएको छ । घटना घटाउने दोषीलाई कारवाही हुनेमा आश्वस्त रहेको कुरा पनि नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

ल्याप्टप चोरेको भनि अनेरास्ववियुले लगाएको आरोपलाई खण्डन गर्दै नेविसंघले चोरीको लान्छाना लगाउनु खेदजनकमात्र नभई लाज पनि लजाउने तुच्छ स्तरको विकृत मनोभावना भएको भनि जवाफ फर्काएको छ ।

के डीन र प्राध्यापक हुन् त प्रमुख दोषी ?
दुबै संगठनको विज्ञप्तिलाई नियाल्ने हो भने घटनाको प्रमुख दोषी तथा योजनाकार प्राध्यापक र डीनलाई देखाएको देखिन्छ ।
उनीहरुको विज्ञप्ति हेर्दा रामपुरमा विद्यार्थी लडाउन डीन र प्राध्यापकले नै उक्साउने गर्छन् । प्राध्यापकहरु आफ्नो मनमुटाव र झगडालाई विद्यार्थी झड्पमार्फत प्रस्तुत गर्न खोज्ने गरेको चित्रण दुबैको विज्ञप्तिमा गरिएको छ ।

राम्रो ज्ञान र असल शिक्षा दिन खटिएका प्राध्यापकहरु विद्यार्थीहलाई जुधाउनतर्फ उक्साएका छन् भनेर विद्यार्थीले नै भनिरहनु गम्भीर विषय हो । यसतर्फ पनि सम्बद्ध निकायहरुले निष्पक्ष छानबिन गर्नुपर्ने देखिन्छ ।

घटनामा विद्यार्थी घाइते गराउन विद्यार्थी नै प्रत्यक्ष दोषी भए पनि घटना घटाउन भने प्राध्यापक र कृषि संकायका डीन मुख्य दोषी रहेको कुरा विद्यार्थीले विज्ञप्ति मार्फत नै खोलिदिएका हुन् ।

अनेरास्ववियुले विश्वविद्यालयमा पदाधिकारीहरु परिवर्तन हुने समय नजिकएसँगै व्यक्तिगत राजनीतिक पक्षपोषण गर्ने हेतुले हारको मानसिकता बोकेका कृषि संकायको डीनको प्रत्यक्ष संरक्षणमा रहेको नेविसंघ अराजक व्यक्तिहरुको आडमा अनेरास्ववियुका साथीहरुमा माथि सांघातिक आक्रमण गर्न आएपछि विवाद उत्पन्न भएको जनाएको छ । डीनको संलग्नतामा सुनुयोजित ढंगले नेविसंघ आफूहरुमाथि सांघातिक हमला नै गर्ने गरी हतियार बोकेर आएको अनेरास्ववियुको भनाइ छ ।

त्यसैगरी अनेरास्ववियुले आफ्ना साथीहरुलाई किटानी जाहेरी गरी पक्राउ गराउनुलाई प्राध्यापकको राजनीतिक कुर्सीको चलखेल हो भनेर भनेको छ ।

नेविसंघले राज्य सत्ता, छात्रावास प्रशासन र आफू निकट प्राध्यापकहरुको प्रत्यक्षण संरक्षण र निर्देशनमा हतियार बोकेर आई अनेरास्ववियुले नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई कुटपिट गर्दै लगेर ज्यान मार्ने उद्देश्यका साथ बन्धक बनाएको बताएको छ ।

प्रहरी र छात्रावास प्रशासनको उपस्थितिमै षड्यन्त्रपूर्वक अनेरास्ववियुले उक्त घटना घटाएको नेविसंघको भनाइ छ ।

अन्तत :
दुबै संगठनको विज्ञप्ति र विज्ञप्तिमा उल्लेखित भाषाहरुका आधारमा भन्दा रामपुर घटना एउटा संयोग र क्षणिक आवेग तथा विद्यार्थी साथीबीचको मनमुटावमा घटेको घटना जस्तो देखिँदैन । विज्ञप्तिलाई नियाल्ने हो भने यो त राजनैतिक स्वार्थ, प्राध्यापकहरुको कुर्सीको लडाईं, प्रशासनले आफू अनुकुल विद्यार्थी संगठनलाई प्रयोग गर्ने गरेको र त्यसको उपजको घटना भएको बुझिन्छ । तसर्थ यो घटना रामपुरमा पुनः नदोहोरिएला भन्न सकिन्न । यसतर्फ विद्यार्थी संगठन, संगठनका संरक्षक मानिएका राजनैतिक दल, विश्वविद्यालय प्रशासन र प्राध्यापकहरु अझ सचेत हुनुपर्ने देखिन्छ ।

यी दुई संगठनबीचको घातक द्वन्द्व अझै समाधान हुन सकेको छैन । आफूहरुले न्याय पाउनुपर्ने भन्दै नेविसंघले विश्वविद्यालयमा तालाबन्दी गरेको छ । जसका कारण विश्वविद्यालयमा पठपाठन ठप्प भएको छ । विद्यार्थीहरु त्रसित बनेका छन् । त्यही विषयमा पुनः झडप हुन सक्ने डरले विद्यार्थीहरु अझै पनि त्रासमै रहेको बुझिएको छ ।

त्रसित भएकै कारण विद्यार्थीहरुले अनलाइन कक्षा सञ्चालन गर्न माग गरेको छन् । तर यसतर्फ विश्वविद्यालय प्रशासनले चासो नदेखाएको विद्यार्थीहरुमार्फत बुझिएको छ ।

यस विषयमा थप फलोअपसहितको अर्काे लेख हामी पुनः प्रकाशन गर्ने छौं । विश्वविद्यालयका प्राध्यापक, डीन र प्रशासनका कुरासहित हामी अर्काे श्रृङ्खला तयार पार्ने छौं । चितवन आज डटकमसँगै रहनु होला ।

हेरौं, अनेरास्ववियुको विज्ञप्ति :

 

हेरौं, नेविसंघको विज्ञप्ति :

Chitwan Aaja चितवन आज
बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती
ट्राफिक कारबाहीबाट २४ घण्टामा पाँच लाख ६५ हजार राजस्व सङ्कलन
स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

ताजा समाचार

सबै

चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

ट्राफिक कारबाहीबाट २४ घण्टामा पाँच लाख ६५ हजार राजस्व सङ्कलन

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

साताको पहिलो दिन घट्यो सुनको मूल्य

दिल्लीको शाहदरा क्षेत्रमा भीषण आगलागी, ९ जनाको मृत्यु

रास्वपा सांसद केपी खनालको घर ऐलानी जग्गामा, सचिवालय भन्छ- प्रतिशोध साँध्न बदनाम गरियो

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी अवरुद्ध

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • २.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ३.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ४.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ५.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ६.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ७.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ८.
    सुनको मूल्य फेरि घट्यो

  • ९.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • १०.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ११.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १२.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

साताको चर्चित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.