Category: लुम्बिनी प्रदेश

  • मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    नवलपुर माघ ५

    मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । जस अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउने भएका छन् ।

    मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा गरेका सेवाग्राही यात्रुले अर्को केवलकारमा यात्रा गर्दा २० प्रतिशत छुट पाउने छन् . अघिल्लो यात्राको टिकट देखाएर उक्त छुट प्राप्त गर्न सकिने मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताए .

    “हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई अझै

    व्यवस्थित र सहज कसरी गर्न सकिन्छ भनेर हामीले सोचिरहेका छौं”, पौडेलले भने-

    यो छुटले लुम्बिनी र मौलाकाली दुबैतर्फका सेवाग्राही लाभान्वित हुनेछन । आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकारबीचको यो सम्झौता आपसी सहकार्यको राम्रो नमूना भएको पौडेलको भनाई छ . एकले अर्को गन्तव्यको प्रवर्धन गर्ने यो संस्कृतिले पर्यटन प्रवर्धनमा पनि राम्रो टेवा पुग्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले बताए ।

    एक अर्काका यात्रु सेवाग्राहीलाई दिईने यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले ३महिनासम्म प्राप्त गर्न सकिने घिमिरेले बताए ।

    मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ जहाँबाट 15 औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ भने लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सकिन्छ . मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल संचालित छ भने वसन्तपुरमा पनि १५० कोठा सहितको अति सुविधासम्पन्न होटल निर्माण हुने चरणमा छ ।

  • अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

    अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

    दाङ भदौ ८
    पश्चिम तराईका थारू समुदायका मानिसले आज (भदौ ८) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो उनीहरूका निम्ति महत्त्वपूर्ण पर्व हो ।

    शुक्रबार (भदौ ६) राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन उक्त समुदायमा छ ।

    घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार, रोटी पकाइसकेपछि त्योसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका निम्ति (अग्रासन) छुट्ट्याइने परिकार छुट्ट्याई बनाइएका परिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

    “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दुहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानी समेत नखाई व्रत बस्छन्,” उनले भनिन्, “थारू समुदायमा यो पर्वको छुट्टै महत्त्व छ ।”

    व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्ट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात, तरकारीको अग्रासन दिने गरिएको घोराही उपमहानगरपालिका–३ का सुरज चौधरीले बताए ।

    “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ,” उनले भने ।

    उनका अनुसार, आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्‍याउने गरिन्छ ।

    पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारू संस्कृतविद् अशोक चौधरी बताउँछन् । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

    यो पर्व दाङका थारू राजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाण्डव र द्रौपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर भीम भोकै पेटमा पानी समेत नखाई उनको पक्षमा लडेका थिए । भीमले राजा दंगीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका निम्ति पानी समेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

    यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अटवारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

    थारू समुदायको बसोबास बढिरहेका दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो । रासस

  • लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

    लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

    काठमाडौँ,असार १३-
    लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्विनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ ।

    लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार प्राधिकरण कार्यालयका अनुसार अहिले मुख्य भवनको आधा हिस्साको दायाँ, बायाँ र बीचको भागमा ‘बेसमेन्ट’ को काम सकिएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलानको काम पनि पूरा भइसकेको छ । अहिले ‘लेफ्ट विङस्’को पहिलो ‘बेसमेन्ट’ को ढलानका लागि छड बुन्ने काम चलिरहेको छ ।

    क्यान्सर भवनको ‘¥याफ्ट फाउन्डेसन’को पनि ढलानको काम पूरा भइसकेको प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिनुभयो । उहाँले अहिले निर्माणमा कुनै अवरोध नरहेको र प्राधिकरणले निरन्तर समन्वय गरिरहेको बताउनुभयो । उहाँले निर्माणका संलग्न सरोकारवालाहरु सबैसँग प्राधिकरणको टोलीले निरन्तर समन्वय र सहकार्य गरिरहेको बताउनुभयो ।

    पूर्वाधार प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले हालसम्मको प्रगति र कार्ययोजनालाई तुलना गर्दा आयोजनाको कार्ययोजनाअनुसार नै काम भइरहेको बताउनुभयो । उहाँले कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा आयोजनालाई सम्झौता भएको समय आगाडि नै सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो ।

    निर्माण व्यवस्थापनको अन्तरराष्ट्रिय प्रावधानअनुसार निर्माण कार्यको व्यवस्थापन तथा गुणस्तर कायम गर्न आयोजना व्यवस्थापन तथा निर्माण सुपरिवेक्षण कन्सल्टेन्टका रुपमा जी–टु–जी माध्यमबाट काठमाडाँै विश्वविद्यालयअन्तर्गतको काठमाडौँ युनिकन्सल्ट सेन्टरलाई जिम्मेवारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

    उक्त संस्थाबाट प्राध्यापकको नेतृत्वमा रहेको १६ जनाको प्राविधिक टोलीले निर्माणमा प्रत्यक्ष सुपरिवेक्षण गरेको प्राधिकरणका साइट इन्जिनियर सुवेदीको भनाइ छ । प्राध्यापकसहितको टोलीले आयोजनाको ‘डिजाइन रिभ्यू’सहितको सुपरिवेक्षण गरिरहेको सुवेदीले बताउनुभयो ।

    निर्माण व्यवसायीको १० जनाको विशेष प्राविधिक टोलिसहित २२० जनाभन्दा बढी कामदारहरु दैनिक काममा खटिएका छन् । दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीले संयुक्त रूपमा ५ वर्षभित्र भवन निर्माण गर्नेगरी रु ६ अर्ब १८ करोडमा सम्झौता भएको छ ।

    सझौताअनुसार विसं २०८५ पुस २५ मा निर्माण सम्पन्न गर्ने योजना छ । नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन उपचार, (इमर्जेन्सी) र इन्डोर सर्भिस कक्षसहित एक हजार २०० श्यया रहनेछन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

    पूर्वाधार विकास प्राधिकरण सिइओ इन्जिनियर पोखरेलका अनुसार ‘क्याम्पासाइट–आशीष–रेलिगेर’ संयुक्त कम्पनीले रु छ अर्ब १८ करोड ५ वर्षमा प्रस्तावित भवन निर्माण सम्पन्न गर्नेगरी पुस २६ गते निर्माण सम्झौता गरेको हो । विक्रम संवत् २०८० पुस २६ गते सम्झौता भई कार्यादेश पाएको निर्माण व्यवसायी कम्पनीले २०८० साल माघ १८ गतेदेखि अस्पताल भवनको निर्माण प्रारम्भ गरेको थियो । भवनको शिलान्यास उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएको हो ।

    अस्पतालको पहिलो दुई तलामा व्यवस्थित पार्किङसहित विशिष्टीकृत उपचारसेवा प्रदान गर्नेगरी १२ तलाको आधुनिक अस्पताल भवन र क्यान्सरको उपचारका लागि अलग्गै भवनको निर्माण चलिरहेको छ । विसं २०५० सालमा १०० शय्यामा विस्तार भएको अस्पतालमा विसं २०७२ सालबाट सरकारबाट ३०० र विकास समितिबाट १०० शय्या गरी ४०० शय्यामा स्तरोन्नति भए पनि अहिले ५२४ शय्यामा बिरामीको उपचार हुने गरेको छ । अस्पतालमा दैनिक तीन हजारसम्म ओपिडीका बिरामी आउने गरेका छन् । अस्पतालमा वार्षिक झन्डै १० लाख बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।

    यस अस्पतालबाट अहिले बहिरङ्ग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् । परीक्षणतर्फ प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपिजी, इकोकार्डिओग्राम लगायतका सेवा उपलब्ध छन् । रासस

  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    काठमाडौँ, भदौ ४-
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । ८७ सदस्यीय प्रदेश सभामा उनले ७० मत पाएका हुन् । विपक्षमा ११ मत रहेको थियो । ४ सांसद रहेको राप्रपा भने तटस्थ बसेको छ ।

    साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले चौथो अधिवेशनको २५ औँ बैठकमा विश्वासको मत लिएका हुन् ।

    मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका थिए ।

    पक्षमा ७०
    विपक्षमा ११
    तटस्थ ४
    नेकपा एमाले २९
    कांग्रेस २७
    नाउपा ४
    लोसपा ३
    जनमत ३
    जसपा २
    जसपा नेपाल १
    स्वतन्त्र १

  • लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री

    लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री

    काठमाडौँ, २१ जेठ :

    लुम्बिनीमा सरकार विस्तार भएको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छ्न । केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ ।

    यो सँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ ।

  • माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    लुम्बिनी, २३ फागुन
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

    माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारूले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको बताउनुभयो । कूल ८७ सदस्यीय प्रदेशसभामा १० दलका ८६ र एक स्वतन्त्र सदस्य छन् ।

    प्रदेशमा सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीन सदस्य छन् ।

  • रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

    रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

    रुपन्देही, ४ फागुन
    फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु प¥यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ ।

    गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरु त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको छ महिनामा दुई सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

    विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताउनुभएको छ । तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उहाँको भनाइ छ ।

    हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उहाँ बताउनुहुन्छ । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रुपमा रहेका छन् ।

    प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसंग सीमित स्रोत साधन रहेको बताउनुभयो । “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दवैको खाँचो छ,” उहाँले भन्नुभयो, “हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।”

    उहाँले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताउनुभयो । यसका लागि स्थानीय निकायहरुसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उहाँको भनाइ छ । उहाँको सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने तर्क छ ।

    दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरुको भनाइ छ । सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउनुहुन्छ । उहाँले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताउनुभयो । “चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरुमा व्यस्त हुने गरेको छ,” उहाँले भन्नुभयो, “यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ ।”

    अहिले यात्रुको चाप भन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उहाँको भनाइ छ । यसबाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उहाँको आरोप छ । जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निक्र्याैल हुनुपर्ने धारणा राख्नुभयो । खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्ययोजना बनाई स–साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

    लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा एक हजार दुई सय १२ दुर्घटनामा परी पाँच सय २७ जनाले ज्यान गुमाएका थिए । सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७८/०७९ मा एक हजार एक सय ६४ सवारी दुर्घटनामा परी पाँच सय ५१ जनाले ज्यान गुमाउनाका साथै एक हजार एक सय २३ जना गम्भीर घाइते तथा पाँच सय १७ जना सामान्य घाइते भएका थिए ।

    आव २०७९/०८० मा भने आठ सय ९२ सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार सय ६२ रहेको थियो । सो आर्थिक वर्षमा सात सय ९९ जना गम्भीर घाइते तथा चार सय ७७ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रिय समाचार समिति (रासस)

  • कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० जना घाइते

    कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० जना घाइते

    कपिलवस्तु फागुन ३
    कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

    अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

  • लुम्बिनी प्रदेशका क्यान्सर बिरामीलाई सिएमसीमा थप दुई लाखको निःशुल्क सुविधा

    लुम्बिनी प्रदेशका क्यान्सर बिरामीलाई सिएमसीमा थप दुई लाखको निःशुल्क सुविधा

    चितवन, २४ माघ
    चितवन, २४ माघ । लुम्बिनी प्रदेशका क्यान्सर बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा थप दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेज र लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयबीच यस सम्बन्धी सम्झौता भएको हो ।

    सम्झौतामा निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरी र अस्पतालको तर्फबाट बरिष्ठ व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौता अनुसार लुम्बिनी प्रदेशका वासिन्दाले चितवन मेडिकल कलेजमा क्यान्सरको उपचार गर्दा दुई लाख रुपैयाँ बराबरको निःशुल्क सुविधा पाउने छन् । बिरामीको उपचारको सोधभर्ना निर्देशनालयले दिने अधिकारीले बताउनुभयो ।

    प्रदेशले ‘प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रमाणपत्र’ उपलब्ध गराउने छ । सोही प्रमाणपत्रका आधारमा सिएमसीले दुई लाख बराबरको निःशुल्क सुविधा दिने छ ।

    अस्पतालका सामाजिक सुरक्षा ईकाईका अमृत काफ्का अनुसार क्यान्सरका बिरामीले संघीय सरकारबाट रु. एक लाख बराबरको निःशुल्क सुविधा पाउने छन् भने लुम्बिनीका बिरामीले संघीय र प्रदेशका गरी तीन लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने छन् ।

    यस अघि बागमती प्रदेश सरकारले प्रदेशका बिरामीले रु.५० हजार बराबरको निःशुल्क सुविधा दिईसकेको काफ्लेले जानकारी दिनुभयो । यससँगै बागमती प्रदेशका बिरामी एक लाख ५० हजार बराबरको निःशुल्क उपचार सुविधा पाउनेछन् भने लुम्बिनीका बिरामीले तीन लाख बराबरको पाउने उहाँको भनाई छ ।

    चितवन मेडिकल कलेजले एक सय शैयाको सुविधासम्पन्न सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालन गरेको छ । आधुनिक उपकरण र दक्ष जनशक्ति सहित सञ्चालित उक्त इन्स्टिच्युटमा बिरामीले सहज रुपमा क्यान्सरको उपचार पाउँदै आएका छन् ।  अस्पतालमा नेपाल सरकारले तोकेकै शुल्कमा क्यान्सरका सबै खाले उपचार हुने गरेको काफ्को भनाई छ ।

    चितवन मेडिकल कलेजले विगत १० वर्षदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको सम्झौता अनुसार विपन्न नागरिक उपचार सेवा अन्तर्गत आठ वटा कडा रोगको उपचारमा एक लाख बराबरको निःशुल्क उपचार सेवा दिंदै आएको छ । क्यान्सर सहित हेड इन्जुरी, स्पाईनल इन्जुरी, मुटु रोग, अल्जाईमर, पार्किन्सन, डाइलासिस लगायतका उपचारमा बिरामीले एक लाख बराबरको निःशुल्क उपचार सेवा पाउँदै आएको अस्पतालले जनाएको छ ।

  • लुम्बिनीमा मोन्लाम पूजा

    लुम्बिनीमा मोन्लाम पूजा

    लुम्बिनी, १५ माघ
    बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना गरिएको हो ।

    पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगत्को भलाइका लागि प्राथना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बताउनुभयो । उहाँले लुम्बिनीमा धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु र आनीको उपस्थितिमा भूम्छोक र मोन्लाम गरिएको बताउनुभयो ।

    महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेलगायत सहभागी हुनुभएको थियो ।