Category: खैरहनी

  • चितवनको खैरहनीमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

    चितवनको खैरहनीमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

    चितवन,कात्तिक २३-
    पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति १२ बजेतिर ठक्कर दिएको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका ७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनको राप्ती नगरपालिका ५ बस्ने २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनास्थलबाट उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । तर उपचारको क्रममा कँडेलको गएराति १ बजेर २५ मिनेटमा र तामाङको २ बजेतिर चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

  • जिपको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    जिपको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    चितवन साउन ६
    जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगंजमहानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा सोमबार राति नै मृत्यु भएको हो ।

    ठक्कर दिने बोलेरो जिपका चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • कुमरोजमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको शव बाघले खाएको अवस्थामा फेला

    कुमरोजमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको शव बाघले खाएको अवस्थामा फेला

    चितवन, असार २७–
    चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको बाघको आक्रमणबाट मुत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज बिहान सात घाँस काट्न गएका सोही ठाउँका ६८ वर्षिय पदमबहादुर राना मगर बेपत्ता भएका थिए । मगरको शव आज दिउँसो २ः४०को समयमा जंगल भित्र बाघले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

    खनालका अनुसार, मगर अन्य तीन जना सहित घाँस काट्न वन प्रवेश गरेका थिए । अन्य व्यक्ति सम्पर्कमा आएपनि उनी बेपत्ता थिए ।

  • चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

    चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

    ९ जेठ, चितवन
    पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

    बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • विजय लघुवित्त द्वारा बीमा रकम हस्तान्तरण

    विजय लघुवित्त द्वारा बीमा रकम हस्तान्तरण

    चितवन चैत १०,
    विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पार्वतिपुर शाखाले आफ्नो सदस्य सावित्री दराईलाई बीमा रकम स्वरूप रु ३,५०,००० हस्तान्तरण गरेको छ।

    उक्त संस्थामा आबद्ध सदस्य सावित्री दराईले २०८० साल असोज ३० गते संस्थाबाट पशु पालनका लागि रु ७,००,००० ऋण लगानी लिनुभएको थियो। दुर्भाग्यवश, उहाँका श्रीमान् बाबुराम दराईको २०८१ साल असार २८ गते असामयिक निधनपछि, संस्थाले बीमासम्बन्धी व्यवस्थाअनुसार बीमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

    यस विशेष कार्यक्रमबीच संस्थाका अनुगमन अधिकृत श्री शम्भु प्रसाद रेग्मीले बीमा रकम हस्तान्तरणको प्रक्रिया सम्पन्न गर्नुभएको थियो। कार्यक्रममा शाखा प्रमुख श्री अस्मिता क्षेत्रीले बीमाका फाइदाहरू र यसबाट प्राप्त हुने वित्तीय सुरक्षा सम्बन्धी विस्तृत जानकारी प्रदान गर्दै सदस्यहरूलाई योजनाको सदुपयोग र सचेतताका साथ अघि बढ्न आग्रह गरिन्।

    विजय लघुवित्त संस्थाले कर्जा लिने सदस्यको मृत्यु अवस्थामा सबै कर्जा रकम बराबर बीमा रकम फिर्ता गर्ने तथा सदस्यका श्रीमान् वा श्रीमतीको मृत्यु अवस्थामा कर्जा रकमको ५० प्रतिशत राहत स्वरूप बीमा रकम हस्तान्तरण गर्ने नीति पनि अपनाएको रहेको जानकारी संस्थाका अनुगमन अधिकृत शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो।

    विजय लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूको आर्थिक सुरक्षा र वित्तीय स्थायित्वलाई प्राथमिकता दिँदै समयमै बीमा रकम भुक्तानी गरिरहने प्रतिबद्धता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि संस्थाले आफ्ना ग्राहकहरूलाई थप सुविधा र सुरक्षाका साथ वित्तीय सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

  • चितवनमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा ७ जना घाइते

    चितवनमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा ७ जना घाइते

    चितवन, चैत ८

    चितवनको खैरहनी नगरपालिका–४ कंकाली टोलमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा सात जना घाइते भएका छन् ।

    बिहीबार बिहान ९ः५० बजे कंकाली टोलको भित्री बाटोबाट आउँदै गरेको ना २ प ७४१ नम्बरको मोटरसाइकल र पिठुवाबाट गोठेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ३३७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किई शिवालय चोकबाट वडा कार्यालय तर्फ जादै गरेको नम्बर प्लेट नभएको अन टेस्ट मोटरसाइकलसंग ठोक्किएको प्रहरी चौकी चैनपुरले जानकारी दिएको छ ।

    दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरको एलाइभ अस्पतालमा उपचार भएको छ ।

    घाइते हुनेहरुमा ना २ प ७४१ नम्बरको मोटरसाइकल चालक कालिका नगरपालिका–२ बस्ने वर्ष ६९ को उदय बहादुर बाँनिया, सोहि मोटरसाइकल पछाडि सवार खैरहनी–४ बस्ने वर्ष २८ की सरस्वती थिङ अधिकारी, उनको छोरा वर्ष ६ को सन्देश अधिकारी र देउरानीकी छोरी बर्ष ५ की सजिता अधिकारी रहेका छन् ।

    त्यस्तै, बागमती प्रदेश ०३–००३ प ३३७२ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१५ बस्ने वर्ष ४० को देविन्द्र न्यौपाने र अन टेस्ट मोटरसाइकल चालक खैरहनी–४ बस्ने वर्ष ४६ को राजेन्द्र गिरि र सोहि मोटरसाइकल पछाडि सवार निजको छोरा वर्ष ६ को आयुष गिरी रहेका छन् ।

  • चितवनमा गोविन्दे नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गोविन्दे नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन फागुन २५
    चितवन राष्ट्रिय निकुञ्जमा ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा ‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

    खैरहनी नगरपालिका–९ स्थायी घर भई रत्ननगर नगरपालिका–७ बस्ने अन्दाजी ३४ वर्षीय सुरेश महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

    उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको सूचना अधिकारी थापामगरले बताए । ‘गोविन्दे’ हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई आक्रमण गरेर मारेको थियो ।

  • विजय लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    विजय लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    चितवन फागुन १३

    बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडको ज्यामिरे शाखा, खैरेनी–१ द्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम संस्थामा आबद्ध सदस्यहरूको लागि विशेष रूपमा लक्षित गर्दै सम्पन्न भएको छ। यो कार्यक्रम खैरेनी नगरपालिका–२ स्थित होटल चुल्सी मा आयोजित गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि, श्री नवराज भुसाल, वडा अध्यक्ष, खैरेनी नगरपालिका–१, ले यस कार्यक्रमको महत्त्वलाई व्याख्या गर्दै वित्तीय साक्षरता प्राप्त गर्ने प्रक्रिया विशेषगरी संस्थामा आबद्ध सदस्यहरूका लागि अत्यन्त जरुरी रहेको बताउनुभयो। उहाँले यस किसिमका कार्यक्रमहरूले बचत र ऋण व्यवस्थापन मा आवश्यक शिक्षाको विस्तार गर्दै सदस्यहरूको आर्थिक स्थिति मजबुत बनाउन मद्दत पुर्‍याउने ठहर गर्नुभयो।

    विशिष्ट अतिथि श्री धन बहादुर थापा मगर, समृद्धि टोल सुधार समितिका अध्यक्ष, ले उपस्थित सदस्यहरूलाई ऋण लिने प्रक्रियामा विवेकपूर्ण दृष्टिकोण अपनाउनुको महत्त्व बारे चेतना प्रदान गर्दै समयमै ऋण फिर्ता गर्ने र त्यसको सदुपयोग गर्ने कुरामा विशेष जोड दिनुभयो। उहाँले ऋणको उपयोग गर्नु अघि आवश्यकता र क्षमता अनुसारको निर्णय लिन महत्वपूर्ण रहेको कुरा पनि स्पष्ट गर्नुभयो।

    सदस्य प्रतिनिधि अतिथि श्री रिता बञ्जारा पन्त ले कार्यक्रममा आफ्ना विचारहरू व्यक्त गर्दै, वित्तीय साक्षरता कार्यक्रम का प्रमुख उद्देश्यहरू—बचत परिचालन, ऋणको उचित उपयोग, र वित्तीय अनुशासन—मा छलफल गरे। उहाँले यस कार्यक्रमलाई एक व्यक्तिगत र सामुदायिक आर्थिक स्थायित्वको अभिवृद्धि गर्ने आधारको रूपमा मूल्याङ्कन गर्दै यसले सदस्यहरूको क्षमता अभिवृद्धि र सशक्त वित्तीय निर्णय लिने सीप बढाउने बताए।

    कार्यक्रममा ४० जना का हाराहारीमा सदस्यहरू सहभागी थिए, जसले विभिन्न वित्तीय सेवाहरू र तिनीहरूको प्रभावकारी उपयोगका बारेमा गहिरो छलफलमा भाग लिए। बचत परिचालन, ऋणको सदुपयोग, डिजिटल वित्तीय सेवा, बीमा योजनाहरू, र वित्तीय अनुशासन जस्ता विषयमा विस्तृत जानकारी साझा गरिएको थियो।

    कार्यक्रमको सञ्चालन श्री मनु गौडेल, ज्यामिरे शाखा, खैरेनी–१ का कर्मचारीले गरेका थिए। स्वागत मन्तव्य भनेको श्रीमती अनुपमा चौधरी, शाखा प्रमुख, द्वारा प्रस्तुत गरियो।

    कार्यक्रमको अध्यक्षता विजय लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयका अनुगमन अधिकृत श्री शम्भु प्रसाद रेग्मी ले गर्नुभएको थियो। उहाँले यस अवसरमा प्रशिक्षकको रूपमा पनि उपस्थित रहनुभएको थियो र बचत परिचालनका सक्षमता अभिवृद्धि गर्ने उपायहरू, ऋण लिँदा ध्यान दिनुपर्ने पहलुहरू, र ऋणको असदुपयोगबाट बच्नका लागि मार्गदर्शन दिइरहनुभयो।

    श्री शम्भु प्रसाद रेग्मी ले कार्यक्रमको दौरान बीमा योजनाहरू, विप्रेषण सेवा, डिजिटल भुक्तानी प्रणाली, र यी सेवाहरूको उपयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू बारेमा शिक्षित गर्नुभएको थियो ।

  • चितवनको खैरहनीमा घरको छतबाट लडेर एक पुरुषको मृत्यु

    चितवनको खैरहनीमा घरको छतबाट लडेर एक पुरुषको मृत्यु

    चितवन फागुन ६
    चितवनको खैरहनी नगरपालिका–५ सलौलीस्थित एउटा तीन तले घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

    सोमवार दिउँसो करिब २ बजेको समयमा छतमा गएर फोनमा कुराकानी गरिरहेको अवस्थामा अचानक छतबाट लडेर खैरहनी–१ घरभई खैरहनी–५ मा स्थानीय गोकर्ण सिलवालको घरमा कोठाभाडा लिई बस्दै आएका ५० वर्षीय हरि सिलवालको मृत्यु भएको प्रहरीले बताएको छ ।

    उनको भरतपुर अस्पतालमा उपचारका क्रममा सोमवार दिउँसो २ः३३ बजे मृत्यु भएको हो ।

  • खैरहनी एमालेको अध्यक्षमा डल्लाकोटी

    खैरहनी एमालेको अध्यक्षमा डल्लाकोटी

    माघ २९ खैरहनी
    नेकपा एमाले खैरहनी नगर कमिटिको अध्यक्षमा पुर्ण बहादुर डल्लाकोटी चयन भएका छन् ।

    नगर कमिटिको दोश्रो अधिवेशनबाट डल्लाकोटिको अध्यक्षतामा सर्वसम्मत रूपमा नगर कमिटी चयन भएको हो ।

    कमिटीको उपाध्यक्षमा दिपेन्द्र खरेल ,सचिवमा भरत सुवेदी ,उपसचिवहरुमा मनेजर महतो र सुकमाया घिसिङ चयन भएका छन् ।

    अधिबेशनले धन नारायण उदासको अध्यक्षतामा लेखा कमिटिको चयन गरेको छ ।