Category: सुदूरपश्चिम प्रदेश

  • रास्वपा सुदूरपश्चिम प्रदेशले महामन्त्रीबाट हटायो बाहुनलाई

    रास्वपा सुदूरपश्चिम प्रदेशले महामन्त्रीबाट हटायो बाहुनलाई

    काठमाडौं, १४ भदौ
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले प्रदेश महामन्त्री पारस बाहुनलाई पदबाट हटाएको छ ।

    विज्ञप्ति जारी गर्दै रास्वपाले संगठन र नेतृत्वलाई असहज तथा असफल बनाउने क्रियाकलाप गरेको भन्दै पदबाट मुक्त गरिएको जनाएको छ ।

    स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट बाहुनलाई मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

  • मुसिकोटमा बोलेरो गाडी दुर्घटना : तीन जनाको मृत्यु, तीन घाइते

    मुसिकोटमा बोलेरो गाडी दुर्घटना : तीन जनाको मृत्यु, तीन घाइते

    सुर्खेत जेठ २८,

    रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना भएको हो ।

    गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।

    उनका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।

    दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिए। उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ । उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ ।

    घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ ।

  • तीन प्रदेश प्रमुख पदमुक्त

    तीन प्रदेश प्रमुख पदमुक्त

    काठमाडौँ, ३० फागुन
    राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम पदमुक्त गरिएको हो ।

    मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ढोरपाटन उपत्यकाका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी

    ढोरपाटन उपत्यकाका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी

    ढोरपाटन, ७ फागुन
    अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय वर्षामा भने सञ्चालन हुने गर्छन् ।

    ढोरपाटन नगरपालिका–९ स्थित पाखाथरको ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मसस्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखेस्थित ढोरबहारा प्राथमिक विद्यालय गत पुस १५ गतेदेखि बन्द भएका थिए । जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाइका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको थियो ।

    ढोरपाटन उपत्यकामा विद्यालय स्थापना भएर सञ्चालनमा आएदेखि हिउँदको डेढ महिना चिसोका कारण बन्द हुने गरेको पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । ढोरपाटनमा अत्यधिक चिसो हुनेहुँदा पुस र माघ महिनामा पठनपाठन गर्न नसकिने भन्दै अहिले विद्यालय सञ्चालनमा आए विद्यार्थी र शिक्षक बिरामी परेको उहाँको भनाइ छ । विद्यार्थीको आँखाबाट आँशु बगिरहने, रुघाखोकी लाग्ने, ज्वरो आउने गरेको भन्दै शिक्षकमा पनि त्यो समस्या देखिँदा पठनपाठन प्रभावकारी बन्न नसकेको उहाँ बताउनुहुन्छ ।

    जाडो बिदा भएपछि बेंसी झरेका बालबालिका एक्कासी ढोरपाटन आएर पठनपाठन गर्दा बिरामी परेको अदैको भनाइ छ । जाडोकाबेला लेक (ढोरपाटन) मा भन्दा बेंसी (बोबाङ, अधिकारीचौर) क्षेत्रमा कम चिसो हुने हुँदा अधिकांश बालबालिका बेंसी झर्ने गरेको उहाँले बताउनुभयो ।

    ढोरपाटन उपत्यकाका विद्यालय बन्द हुँदा बेंसी झरेका विद्यार्थीले पाइकपर्ने विद्यालयमा गएर पढ्नेसमेत गरेको प्रधानाध्यापक अदैको भनाइ छ । आफ्नो विद्यालयमा १८१ विद्यार्थी रहेकामा अहिले १५० मात्रै आएको उहाँले बताउनुभयो ।

    अदैले भन्नुभयो, “दिउँसोमा जाडो केही कम छ, तर बिहान र साँझ निकै चिसो छ, बेंसीबाट आएका धेरै बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको छ, शिक्षक पनि बिरामी पर्नु भएको छ, वर्षौंदेखि यस्तै समस्या भोग्दै आएका छौँ, मध्य पुसमा बन्द गर्नुप¥यो, फागुनमा सञ्चालन गर्नुप¥यो, दुर्गम क्षेत्रका विद्यालयमा राज्यले अन्य सुविधा दिनुपर्ने हो तर केही सुविधा छैन, बालबालिकाले निकै दुःख पाएका छन् ।”

    ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले लामो समयदेखि हिउँदमा बन्द गर्ने र वर्षामा खुल्ने नीति रहेको हुँदा सोहीअनुसार ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालन गरिँदै आएको बताउनुभयो । हिउँदमा चिसो हुने र विद्यार्थी कठ्याङ्ग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिने भन्दै वर्षामा भने बिदा नहुने उहाँको भनाइ छ ।

    जनवादी आधारभूत विद्यालय भने बाह्रै महिना सञ्चालन हुने गरेको सापकोटाले बताउनुभयो । यस विद्यालयको बोबाङमा पनि भवन रहेको हुँदा हिउँद वर्षामा पढाई हुने उहाँको भनाइ छ । ढोरपाटन उपत्यका क्षेत्रका विद्यालयमा ३०० बढी विद्यार्थी अध्ययनरत रहेको सापकोटले जानकारी दिनुभयो ।

    “हिउँ परेको छैन, चिसो त चिसो नै छ, यद्यपि विद्यालय फागुन १ गतेदेखि खुलेका छन्, यो अहिलेदेखि सुरु गरेको होइन, धेरै वर्ष भयो, विद्यालयका भौतिक संरचना व्यवस्थित बनाउँदै शिक्षालाई गुणस्तरीय बनाउँदै गएका छौँ, विद्यार्थीको समस्या छ, जाडो छ, गतिलो कपडा छैन, यसमा माथिल्लो निकायले पनि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “विद्यालयमा तह पनि थपिरहेका छौँ, यस वर्षदेखि पाखाथरको ज्योति विकास आधारभूत विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरिएको छ, यस वर्षदेखि कक्षा ९ को पढाई सुरु भएको छ, अर्को वर्ष १० कक्षा पनि सञ्चालन हुनेछ ।” -राष्ट्रिय समाचार समिति (रासस)

  • सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण

    सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण

    सुदूरपश्चिम, २८ पुसः

    पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो ।

    तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल भित्रिएका छन् । कोरोना सङ्क्रमित आठ व्यक्तिको नमुना सङ्कलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।

    गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका सङ्क्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिनुभयो । “सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमित बढ्दै गएको देखिएको छ”, उहाँले भन्नुभयो, “हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको कीट ,मास्क ग्लब्सलगायतका सामग्री पर्याप्त छन् ।”

    उहाँले सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न र  सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दियएको र सम्बन्धित पालिकासँग  समन्वय गरिरहेको जानकारी दिनुभयो ।

  • सुदूरपश्चिममा उग्रतारा मेला देहिजाँत आज मनाइँदै

    सुदूरपश्चिममा उग्रतारा मेला देहिजाँत आज मनाइँदै

    डडेल्धुरा, १२ मङ्सिर
    सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका-८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो ।

    हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ । देहीजाँतमा अमरगढी नगरपालिकाका चार वटा गाउँबाट देउरो आउने गर्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँमा रहेका भ्राण (देवीको भण्डार)बाट बिहान उज्यालो नहुँदै देउरो आउने गर्छ । त्यसअघि कार्तिक शुक्ल पूर्णिमाको राति, भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्छन् । रातभर भगवतीको पूजा–आराधना गरेका श्रद्धालु दिउँसो दिउँसेडीको मेला हेरेपछि घर फर्किन्छन् । सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक तथा पर्यटकीयस्थलमध्ये एक रहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो ।

    झण्डै दुई हजार पाँच सय वर्ष अगाडि हालको अमरगढी नगरपालिका अन्तर्गतपर्ने लटाउली गाउँमा बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा भगवती उत्पन्न भएको लोक कथन छ । हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मुख्य पूजारी लोकराज भट्टले बताउनुभयो ।

    यस मन्दिरमा पूजाआजा तथा दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । देहिजाँत हेर्न सुदूर पश्चिमलगायत कर्णाली प्रदेश र भारतको उत्तराखण्डबाट समेत हिन्दू धर्मालम्बी आउने गर्दछन् । यो मन्दिर सदरमुकाम बागबजारबाट छ किलोमिटर टाढा दशरथचन्द राजमार्गमा अवस्थित छ ।

    यस मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा, दसँै अष्टमिका दिन भज्य पूजा हुने गर्छ भने अन्य समयमा पनि विवाह वर्तबन्ध तथा धार्मिक पूजा हुनेगर्छ । यस मन्दिर माता भगवती विभिन्न अवतारमध्ये एक मानिन्छ । उग्रतारा मन्दिरमा संस्कृत पाठशाला पनि छ ।

  • मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेङ्गु सङ्क्रमित पनि बढ्यो

    मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेङ्गु सङ्क्रमित पनि बढ्यो

    वीरगञ्ज (पर्सा), १६ कात्तिक
    मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता आएको मौसमी परिवर्तनले अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

    मौसममा आएको परिवर्तनका कारण रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामी दैनिक करिब २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । यस्तै पछिल्लो केही दिनयता दैनिक चार/पाँच जनासम्म डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेको प्रवक्ता डा सिंहको भनाइ थियो ।

    अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले श्ययाको अभाव भएको र भूइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यसैबीच बढ्दो डेङ्गु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।

    पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । अभियानका क्रममा महानगरपालिकाले डेङ्गु सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुबाहक बसदेखि अन्य सवारी सवारीसाधनमा स्प्रे गर्न थालिएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।

    महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न र सवारीसाधन तथा पानी जमेको स्थानमा स्प्रे गर्न थालिएको छ ।

    प्रमुख मियाँका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाई शाखा र नगर प्रहरीको टोलीलाई स्प्रे गर्न परिचालन गरिएको छ । मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि किटनाशक औषधि स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उहाँले बताउनुभयो । रासस

  • सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

    सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रक र सहायक परीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो। परीक्षा नियन्त्रक देवसिह नाथले १२/१५ जना समाजवादीका नेता कार्यकर्ताले कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए।

    उनले कार्यकक्षमै आएर विद्यार्थीहरूको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति पुगेको उनले बताए। सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ। विद्यार्थीहरूको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परीक्षा नियन्त्रक नाथले बताए।

    एक महिनाअघि समाजवादी निकट विद्यार्थी संगठनले छैठौं सेमेष्टरको समाजशास्त्र विषयको प्रश्नपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परीक्षा नियन्त्रक र सह–परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो।

    गतसाता स्वतन्त्र विद्यार्थीले परीक्षा नियन्त्रकको कार्यालयमा लगाएको तालाले तोडेका थिए। विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो। समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न माग राख्दै लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको छ।

    अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ। अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको संगठनले ताडफोड नगरेको दाबी गरेका छन्।

  • लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने

    लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने

    काठमाडाैं भदौ ५

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

    आज राति देशभर सामान्य बदली रहने छ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

  • सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    काठमाडौं भदौ १
    सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

    साउने झरीमा हुने प्राकृतिक विपत्तिबाट जोगिएको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन छ । आजको दिन मान्यजनलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूलसहित मिठो खाने कुरा दिने चलन छ ।

    ओल्के पर्व मनाउनाले प्राकृतिक प्रकोपसहित रोगब्याधीबाट बच्न सकिने विश्वास छ ।