Category: नवलपरासी पूर्व

  • मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

    मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

    नवलपरासी २० माघः
    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।”

    कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताउनुभयो । अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उहाँले आग्रह गर्नुभयो । समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको   प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

    “शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छाँै, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

    विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

  • विद्यालयको बसको ठक्करबाट नवलपुरमा चार वर्षीय बालिकाको मृत्यु

    विद्यालयको बसको ठक्करबाट नवलपुरमा चार वर्षीय बालिकाको मृत्यु

    माघ १२,मध्यविन्दु ।
    नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।

    नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् ।

    घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।रासस

  • भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

    भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

    गैँडाकोट, ९ माघ-
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी गैँडाकोट महोत्सव भोलि शनिबार समापन गरिने भएको छ । पुस २५ देखि सुरु भएको महोत्सव सफल भएको भन्दै शनिबार समापन गर्न लागिएको हो ।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले स्थानीय उत्पादन प्र्रवद्र्धन र बजारीकरणका लागि महोत्सव महत्वपूर्ण बनेको बताए । महोत्सव उद्घाटनका दिन निकालिएको वृहत शोभायात्राका सहभागीहरुमध्ये उत्कृट हुने समूहलाई समापनका अवसरमा पुरस्कृत गरिने सापकोटाले बताए । महोत्सवको शोभायात्रामा जिल्लामा क्रियाशिल धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रबाट ३५० बढी समूहको सहभागिता रहेको थियो ।

    संघका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । आज शुक्रबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । यस संस्करणको महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको पाण्डेले बताए ।

    संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका बताए । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको कँडेलको भनाइ छ ।

    संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत शुक्रबार चर्चित गायक पुष्कल शर्मा, कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहेको थियो ।

     

  • गैँडाकोट महोत्सवमा पशुपति शर्मा र दुर्गा सापकोटाको दोहोरी, ११ हजारले गरे अवलोकन

    गैँडाकोट महोत्सवमा पशुपति शर्मा र दुर्गा सापकोटाको दोहोरी, ११ हजारले गरे अवलोकन

    गैँडाकोट, ८ माघ-
    गैँडाकोटमा जारी चौथो गैँडाकोट महोत्सव अन्तर्गत बिहीबार चर्चित कलाकार पशुपति शर्मा र दुर्गा सापकोटाले प्रत्यक्ष दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका छन् ।

    गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा पशुपति र दुर्गाले दोहोरी गाएर दर्शकहरुलाई भरतपुर मनोरञ्जन प्रदान गरेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेपछि साँझ दोहोरी गाएका लम्सालको भनाइ छ । त्यस्तै बिहीबारको कार्यक्रममा शुष्मा शाही ठकुरीसहित स्थानीय कलाकारहरुले समेत प्रस्तुती राखेका लम्सालले बताए ।

    महोत्सवको बिहीबार एघार हजार बढी दर्शकले अवलोकन गरेका महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए ।

    कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेको महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको सापकोटाले बताए । संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ ।

    विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शुक्रबार चर्चित लोकदोहोरी गायक पुष्कल शर्मासहितका कलाकारको प्रस्तुती रहने जनाइएको छ । शुक्रबार शर्मासँगै कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहने लम्सालले बताए ।

  • नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

    नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

    ७ माघ, नवलपुर
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

    झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस आज दिउँसो दुर्घटनामा परेको हो ।

    शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

  • सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

    सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

    गैँडाकोट, ५ माघ ।
    चौथो गैँडाकोट महोत्सव २०८२ को १९ हजार दर्शकले अवलोकन गरेका छन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवको आज एकै दिन १९ हजार हजार दर्शकले अवलोकन गरेका जनाइएको छ ।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो । सोमबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए ।

    महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।

    संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक कँडेलले स्थानीय कृषि र उत्पादनको प्रवद्र्धन एवम् बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको सापकोटाको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
    विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत सोमबार चर्चित गायक राजनराज शिवाकोटीसहितका कलाकारहरुले प्रस्तुती राखेका छन् । महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार महोत्सव अन्तर्गत सोमबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै नन्दु परियार, टीका सरा राना, सरिता गुरुङ श्रेष्ठलगायतले प्रस्तुती राखेका लम्सालले जानकारी दिए ।

    मंगलबार महोत्सवको मुख्य आकर्षणको रुपमा चर्चित गायिका शान्तिश्री परियारलगायतका कलाकारको प्रस्तुती रहने लम्सालले बताए । मंगलबार महोत्सवमा शान्तिश्रीसँगै सिर्जना खत्री हाउडे माया, सीमा थापा मगर, दामोदर बस्याल एवम् अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिए ।

  • मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    नवलपुर माघ ५

    मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । जस अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउने भएका छन् ।

    मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा गरेका सेवाग्राही यात्रुले अर्को केवलकारमा यात्रा गर्दा २० प्रतिशत छुट पाउने छन् . अघिल्लो यात्राको टिकट देखाएर उक्त छुट प्राप्त गर्न सकिने मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताए .

    “हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई अझै

    व्यवस्थित र सहज कसरी गर्न सकिन्छ भनेर हामीले सोचिरहेका छौं”, पौडेलले भने-

    यो छुटले लुम्बिनी र मौलाकाली दुबैतर्फका सेवाग्राही लाभान्वित हुनेछन । आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकारबीचको यो सम्झौता आपसी सहकार्यको राम्रो नमूना भएको पौडेलको भनाई छ . एकले अर्को गन्तव्यको प्रवर्धन गर्ने यो संस्कृतिले पर्यटन प्रवर्धनमा पनि राम्रो टेवा पुग्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले बताए ।

    एक अर्काका यात्रु सेवाग्राहीलाई दिईने यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले ३महिनासम्म प्राप्त गर्न सकिने घिमिरेले बताए ।

    मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ जहाँबाट 15 औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ भने लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सकिन्छ . मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल संचालित छ भने वसन्तपुरमा पनि १५० कोठा सहितको अति सुविधासम्पन्न होटल निर्माण हुने चरणमा छ ।

  • आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

    आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

    गैँडाकोट, १ माघ ।
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको आज बिहीबार २५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा हालसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

    बिहीबार मघेसङ्क्रान्ति पर्व परेका कारण महोत्सव स्थलमा दर्शकको अत्यधिक भीड रहेको सापकोटाले जानकारी दिए । महोत्सवस्थलमा बिहीबार दिनभर नै दर्शकहरुको बाक्लो उपस्थिति रहेको उनको भनाइ छ । पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए ।

    महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाको भनाइ छ । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका छन् । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको सापकोटाले बताए ।

    यसैबीच, महोत्सव अन्तर्गत बिहीबारको सांस्कृतिक कार्यक्रममा चर्चित गायक शिव परियारसहितका कलाकारले प्रस्तुती राखेका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार बिहीबार महोत्सवमा स्थानीय कलाकारसहित शिव परियार, रितु थापा, रितु कँडेल, कुशल बेलबासेलगायतले प्रस्तुती राखेका छन् ।

    महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत शुक्रबार श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुती रहने लम्सालले बताए । शुक्रबार मल्लसहित लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए ।

    स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको मूल संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले बताए ।

    महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमन गरिएको कँडेलको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

  • चौथो गैँडाकोट महोत्सव :  १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

    चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

    गैँडाकोट, ३० पुस-
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको बुधबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार बुधबार १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका हुन् ।

    पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए । महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए । त्यसैगरी, महोत्सवस्थलसँगै नारायणी नदीमा नेपालकै पहिलो क्रुजशिप राखिएको छ ।

    बुधबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आलेसहितका कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालले प्रिती आलेले आफ्ना चर्चित गीतहरुबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी बताए । बुधबार पनि भजन प्रतियोगिता सञ्चालन भएको उनको भनाइ छ । स्थानीय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले भजन प्रतियोगिता सञ्चालन गरिएको लम्सालको भनाइ छ ।

    महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत माघ १ गते बिहीबार चर्चित गायक शिव परियारसहितका कलाकरहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ । लम्सालका अनुसार माघेसङ्क्रान्तिको दिन शिव परियार, रितु कँडेल, रितु थापा, कुशल बेलसासेको प्रस्तुती रहनेछ । बिहीबारको कार्यक्रम सञ्चालन पनि कलाकार एवम् प्रस्तोता दीपक खड्काले गर्ने लम्सालले बताए ।
    स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

    महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

  • नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुर (नवलपरासी), पुस ३०-
    गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ ।

    गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै पक्की पुल तरेर देवघाट पुगिने बताउनुभयो । त्यस्तै, गैँडाकोटकै कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोर हुँदै ढोडेनी पुगेर हर्दी हुँदै कालीगण्डकी नदीको पक्की पुल तरेर देवघाट पुग्न सकिने तिवारीले जानकारी दिनुभयो । दुवै सडक कलोपत्र गरिएको भन्दै सहज रूपमा देवघाट पुगी स्नान गरेर फर्किन सकिने तिवारीको भनाइ छ ।

    नवलपुर, तनहुँ र चितवनको सङ्गममा पर्ने देवघाटधाम जानका लागि चितवनको मात्र सडकको भर पर्नुपर्ने अवस्थामा सवारीसाधनको जामले यात्रीहरूले सास्ती खेप्दै आएकामा अब त्यो पीडा न्यूनीकरण भएको पालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नवलपुर र पश्चिमतर्फबाट आउने यात्रुहरू गैँडाकोटबाटै सिधै देवघाट पुग्ने भएकाले सहज सडक प्रयोग गर्न आग्रह गर्नुभयो । “सहज र छोटो दूरीमा गैँडाकोटबाट सिधै देवघाट पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले यो सडकमा निजी सवारीसाधन र अटो रिक्सामात्र हिँड्ने गरेका छन् तर माघेसङ्क्रान्तिलाई लक्षित गरी सार्वजनिक सवारीसाधन सञ्चालन गराउने तयारी गरेका छौँ ।”

    यसअघि देवघाट जान नवलपुरको कलीगण्डकी करिडोर हुँदै एवं चितवनको आँपटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट जानुपर्ने बाध्यता थियो । गैँडाकोट–१ र गैँडाकोट–३ लाई जोड्नेगरी पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै सिधै देवघाट पुग्न सकिने वातावरण सृजना भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै करिब पाँच किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि देवघाट पुग्न सकिने उहाँले बताउनुभयो ।

    देवघाट जाने तीर्थयात्रीका लागि कालीगण्डकी नदीको केलादीघाटमा स्नान गर्ने व्यवस्था गरिएको भन्दै उहाँले यहाँबाट देवघाटको बेणी सङ्गमा जान पक्की पुल तथा डुङ्गा प्रयोग गर्न सकिने बताउनुभयो । सवारीसाधन पार्किङका लागि केलादी बसपार्कलाई प्रयोग गर्न सकिने भन्दै उहाँले देवघाटमा माघ स्नानका लागि नवलपुरतर्फको सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

    देवघाटधामको बेणी सङ्गममा आज बिहान बाँसको लिङ्गो गाडेर मकरस्नान सुरु गर्ने वैदिक परम्परा छ । गोसाईँकुण्डबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकी नदीको मिलन एवं नारायणी नदीको मुहानका रूपमा रहेको दवघाटधामको बेणी सङ्गममा मकरस्नान सुरु गर्न यहाँका वैदिक आश्रमका बटुक तथा पीठाधीश, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र भक्तजनको सहभागिता रहने गर्दछ । देवघाटमा माघेसङ्क्रान्ति स्नानका लागि नेपालका विभिन्न जिल्लासहित विदेशी भक्तजन पनि आउने गरेका छन् । रासस