Category: मकवानपुर

  • मकवानपुरमा खोला किनारमा चितुवा मृत फेला

    मकवानपुरमा खोला किनारमा चितुवा मृत फेला

    बागमती, माघ २० –
    मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ ।

    खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहवरमा चितुवाको शव गोदामचौरमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो ।

    चितुवाको के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना अपडेट : ६ जनाको मृत्यु

    काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना अपडेट : ६ जनाको मृत्यु

    २० पुस, हेटौंडा-
    काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

    काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।

    जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको उनले बताए ।

     

  • काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, नौजना घाइते

    काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, नौजना घाइते

    मकवानपुर, २० पुसः 
    हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
    काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
     घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।
  • हेटौंडामा बिहानैदेखि अतिक्रमित संरचना हटाउन थालियो

    हेटौंडामा बिहानैदेखि अतिक्रमित संरचना हटाउन थालियो

    हेटौंडा मङ्सिर २०
    मकवानपुरको हेटौंडामा जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि डोजर लगाएर संरचना भत्काउन थालेको हो ।

    ३/४ वटा ठाउँबाट एकैपटक सडक विस्तार काम भैरहेको छ । स्थानीयबासिन्दा र व्यापारीले घर तथा पसल खाली गरेर सामान सारिरहेका छन् ।

    सडक डिभिजनले गएको मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज अर्थात् (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका अतिक्रमित घरटहरा र संरचना हटाउन १५ दिने सूचना निकालेको थियो ।

    सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै मंसिर ५ गते सार्वजनिक सूचना निकाल्दै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन कार्यालयले आफैं भत्काउने जनाएको थियो ।

  • भागेका १६६ कैन्दीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा

    भागेका १६६ कैन्दीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा

    मकवानपुर २६ भदौः
    देशका विभिन्न कारागारबाट भागेका १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

    नेपाली सेना ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न भागबाट आज उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० जना मध्ये ७८, जिल्लाको बालसुधार गृहबाट भागेका ७२ मध्ये चार ,नक्खु कारागारका सात, केन्द्रीय कारागारका दुई जना,कास्की कारागारका एक,तनहुँका दुई, कारागार पहिचान नभएका ३५ जनालाई पक्राउ गरिएको हो ।

  • मकवानपुरमा किरिया बसेको घरमा चट्याङ : एक जनाको मृत्यु, ७ जना घाइते

    मकवानपुरमा किरिया बसेको घरमा चट्याङ : एक जनाको मृत्यु, ७ जना घाइते

    मकवानपुर, भदौ ०३-
    मकवापनुरमा किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

    मकवानपुरको मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ खसेको हो ।

    पालबहादुरको घरमा चट्याङ खस्दा किरियाको काममा सघाउन आएका छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मंगलबार दिउँसो ४:२० बजेको समयमा परेको चट्याङ लागेर मनहरी गाउँपालिका-६ हाङलाङकी १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ती नगरपालिका-११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन् ।

  • मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

    मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

    मकवानपुर, ११ साउनः
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    आज दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नंको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्युभएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी ५१ वर्षीय मोतिबहादुर क्षेत्रीको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उहाँको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

    दुर्घटनामा परेर सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते हुनुभएको छ । उहाँको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

    हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

    मकवानपुर, ३१ जेठः
    हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् ।

    आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो ।

    सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।

  • मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

    मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

    भीमफेदी बैशाख ५
    मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

    आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

    दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

    दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

    दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ

  • देवरले गरे भाउजुको हत्या, दाई गम्भीर घाइते

    देवरले गरे भाउजुको हत्या, दाई गम्भीर घाइते

    हेटौंडा, चैत १४-

    हेटौँडा उपमहानगरपालिका–१ स्थित चौकीटोलमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन्।

    राहुल भन्ने रमेश दासले बुधवार भाउजु गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गुडियाका श्रीमान वैदेशिक रोजगारीमा कतारमा रहेको प्रहरीले जनाएका छन्।

    रमेशले जेठी भाउजु वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    उनका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ बजे प्राप्त भइ प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको अर्यालको भनाइ छ।

    दाजु २८ वर्षीय रुपेश दासलाई रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेका थिए। उनलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो।

    निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो।