नेपाल टेलिकम वर्कस युनियनको वार्षिकोत्सवमा रक्तदान

चितवन, साउन ५
नेपाल टेलिकम वर्कस युनियनले भरतपुरमा रक्त संकलन गरेको छ ।

युनियनको २३ औं वार्षिकोत्सव एवं ४२ औं विपी समृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोाजना गरिएको हो । ५३ जनाले रक्तदान गरेका थिए ।

जिल्लामा रगतको माग बढको कारण आम मानिसमा लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव मनाएको नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष सुरेश अधिकारीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थय मन्त्री उत्तम जोशीले रगतको अभाव भएको बेला रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै सबैलाई रगत संकलनमा सहभागी हुन आब्हान गर्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *