Category: प्रवास

  • युएई सरकारले दियो २६७ नेपाली नागरिकलाई आममाफी

    युएई सरकारले दियो २६७ नेपाली नागरिकलाई आममाफी

    काठमाडौं, माघ १८
    संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औं ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली नागरिकलाई आममाफी दिएको छ।

    आममाफी दिएपछि आइतबार नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिकहरूलाई युएई सरकारले आममाफी दिएको जानकारी दिएको हो।

    ‘नेपाल सरकारले यस प्रकारको आममाफीलाई नेपाल–युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भावना र सौहार्दताको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  • अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    काठमाडौँ, ७ माघ : 
    अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।
    विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिनुभयो ।
    अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो ।
    विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताउनुभयो ।
    डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ ।
    उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।
  • भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

    भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

    सल्यान,पुस २९ –
    आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका २ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।

    घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए ।

    उनले धनबहादुर विक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको बताए । उनका अनुसार सिलिन्डर पड्किँदा मृत्यु भएका सबैको शव छियाछिया परेर चिन्न नसकिने अवस्थामा रहेको छ ।

    आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका आफ्नोसहित राजेन्द्र विक, गंगाराम विक र अर्को एक जना गरी चारजनाको परिवार भागेर बच्न सफल भएको उनले जानकारी गराए । ‘अहिले हिमाचल प्रदेशको सोलान जिल्लाको सुरक्षाकर्मीको टोली शव संकलनमा लागेको छ । सिलिन्डर विस्फोटका कारण सबैको सब छियाछिया परेकाले संकलन गर्न कठिनाइ भएको छ,’ उनले भने ।

    घरको आर्थिक अवस्था दयनीय भएको र दुई छाक खर्च जुटाउन समस्या भएपछि मृतकका परिवारसहित टाकुरा बस्तीका केही परिवार अढाई वर्षअघि भारतको हिमाचल गएर मजदुरी गर्दै आएको उनको भनाइ छ । सिद्धकुमाख-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले प्रेम विकले फोन गरेपछि घटनाको बारेमा थाहा पाएको बताए । दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको र मंगलबार शोक बिदा दिने निर्णय गरेको उनले जानकारी गराए ।

    सरकारले आफनै गाउँघरमा रोजगारको व्यवस्था गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरु अहिले पनि भारतको विभिन्न स्थानमा गएर मजदुरी गर्न बाध्य छन् । कहिले बाढी, पहिरो, कहिले दुर्घटना त कहिले आगलागीमा परेर ज्यान गुमाउँदै आएको बुढाथोकीले बताए । शव संकलनको काम भइरहेकाले उतै दाहसंस्कार गर्ने कि घरमै ल्याउने भन्ने विषयमा सिलोनको अर्कीमा रहेका स्थानीयसँग कुराकानी भइरहेको उनले जानकारी गराए ।

  • यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

    यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

    काठमाडौं, असोज १
    संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ ।

    एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ ।

    उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभएको बताए । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको छ ।

    भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएको समेत थियो । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

     

  • इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल

    इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल

    काठमाडौँ भदौ ८ –

    प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँऊ भेट गरेका छन् ।

    इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

    उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

    इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेर उनीहरूले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेका थिए ।

    उभेटका क्रममा उनीहरुले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् ।

    आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरिन् ।

    भेटमा राष्ट्रपति पौडेलले वीपीनको रिहाइका आफूले थप प्रयास गर्ने बताएका थिए ।

     

  • विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

    विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

    १ भदौ, काठमाडौं ।
    प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् ।

    नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले आइतबार राष्ट्रपतिसँग भेटवार्ता गराएका हुन् ।

    भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् ।

    बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाई विद्यार्थीका रुपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् ।

  • कुवेतमा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु  मृतकको संख्या ११ पुग्यो

    कुवेतमा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु मृतकको संख्या ११ पुग्यो

    काठमाडौं भदौ १
    कुवेतमा विषाक्त मदिरा सेवनका कारण थप दुईजना नेपालीको मृत्यु भएको छ । यससँगै पछिल्लो चार दिनमा मृत्यु हुने नेपाली कामदारको संख्या ११ पुगेको छ । मंगलबार मदिरा सेवनबाट बिरामी परेकामध्ये ४० नेपाली अझै उपचाररत छन् । तीमध्ये १५ जना आइसियूमा छन् ।

    कुवेतस्थित नेपाली राजदूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यले थप दुईजना नेपालीको मृत्यु भएको जानकारी आएको र मृतकका परिवारसँग सम्पर्क भइरहेको बताए । ‘मृतकको मेडिकल रिपोर्ट आउने क्रममा छ, कतिपयको प्राप्त भएको छ । प्राप्त भएजतिको मेडिकल रिपोर्टका आधारमा परिवारसँग सम्पर्क गरिरहेका छौँ । कतिपय परिवार आफैँले पनि सम्पर्क गर्नुभएको छ,’ आचार्यले कुवेतबाट टेलिफोनमा भने ।

    आचार्यले कुवेतका विभिन्न अस्पतालमा उपचाररत ४० मध्ये १५ जनाको आइसियूमा उपचार भइरहेको बताए । ‘नेपालीहरू अस्पतालमा जाने र डिस्चार्ज हुने क्रम जारी नै छ । हाल अस्पतालमा ४० जना उपचाररत हुनुहुन्छ भन्ने जानकारी प्राप्त गरेका छौँ,’ आचार्यले भने ।

    यसअघि कुवेतको स्वास्थ्य मन्त्रालयले मदिरा सेवनबाट एसियाली मूलका कम्तीमा २३ जनाको मृत्यु भएको र १६० जना अस्पतालमा भर्ना भएको सार्वजनिक गरेको थियो । कतिपयको किड्नीमा गम्भीर समस्या देखिएको छ । अति प्रज्वलनशील मेथानोल मिसिएको मदिरा सेवनबाट नेपालीको मृत्यु भएको कुवेतका सरकारी अधिकारीले नेपाली राजदूतावासलाई जानकारी दिएका छन् ।

    कुवेतमा मदिरा प्रतिबन्धित छ । मदिरा बेच्ने र सेवन गर्ने दुवैमाथि कानुनी कारबाही हुँदै आएको छ । नेपाली राजदूतावासले मदिरा सेवन नगर्न नेपाली कामदारका नाममा सूचना जारी गर्दै आएको छ । कुवेतमा एक लाख ६० हजारभन्दा बढी नेपाली छन् ।

  • कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

    कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

    कुवेत, ३० साउन :
    कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।

    ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।

    महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै अवैध विषादी युक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको पूर्ण विवरण अझै नखुले पनि १६ जना नेपालीको ज्यान गएको जनाएको छ ।

  • नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव

    नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव

    काठमाडौँ २६ साउन
    नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

    प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् ।
    सांसदहरूद्वारा दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ । विधायन व्यवस्थापन समितिले सोमवारदेखि विधेयकमाथि छलफल समेत थालेको छ ।

    विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था राखिएको छ ।

    त्यस्तै १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।

  • तीन हजार बढी नेपालीले पोर्चुगल छाड्नुपर्ने

    तीन हजार बढी नेपालीले पोर्चुगल छाड्नुपर्ने

    २३ जेठ, लिस्वन
    पोर्चुगलले ३ हजार भन्दा बढी नेपालीको अस्थायी आवास अनुरोध अस्वीकार गर्दै देश छाड्न सूचित गरेको छ ।

    अस्थायी आवास हुँदै नागरिकता समेत प्राप्तिमा सामेल हुनसक्ने यो प्रक्रियाबाट ३ हजार २ सय ७९ नेपालीहरू बाहिरिएका छन् ।

    अब उनीहरुले यो जुन महिनाको तेस्रो हप्तासम्म स्वच्छिक रुपमा पोर्चुगल छाड्नुपर्नेछ ।