Category: विचित्र संसार

  • एक वर्षको बच्चाले जव गोमन सर्पलाई नै टोकेर मारिदिए….

    एक वर्षको बच्चाले जव गोमन सर्पलाई नै टोकेर मारिदिए….

    काठमाडौं,साउन १३-
    एक बालकले ’विषालु गोमन सर्प टोकेर मारिदिएको’ समाचार सार्वजनिक भएपछि ती बालक सबैतिर चर्चाको विषय बनेका छन्। यो भारतको बिहारमा गत साता भएको घटना हो। नेपालको सीमानजिकै बिहारको मोहची बनकटवा गाउँमा गत जुलाई २४ मा घरबाहिर खेल्दै गर्दा गोविन्द कुमार नामक ती बालकको गोमन सर्पसँग जम्काभेट भएको बताइएको छ।

    ‘उसकी आमा घरपछाडि बारीमा काम गर्दै थिइन्’, गोविन्दकी हजुरआमा मतिसरी देवीले भनिन्, ‘उसले सर्प च्याप्पै समात्यो र दाँतले टोक्यो। पछि पो हामीले त्यो गोमन सर्प भएको थाहा पायौँ।’ त्यसको केही छिनमै गोविन्द अचेत भए। परिवारले उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लग्यो। त्यहाँबाट उनलाई बेतियास्थित सरकारी अस्पताल पठाइयो।

    ‘अस्पतालमा भर्ना हुँदा ती बालकको अनुहार फुलेको थियो, विशेष गरी मुखवरिपरिको भाग’, बेतियास्थित सरकारी मेडिकल कलेज (जीएमसीएच)का चिकित्सक डा कुमार सौरभ भन्छन्। उनका अनुसार सोही दिन अस्पतालमा गोमन सर्पले डसेका अर्का बालकलाई पनि उपचारका लागि ल्याइएको थियो। अहिले दुवै जना स्वस्थ छन्।

    डा सौरभका अनुसार ‘सर्पले डसेको र सर्पलाई टोकेको दुवै अवस्थामा मानिसलाई हानि पुग्छ’। तर सर्पले डस्दा शरीरभित्र चाँडै विष फैलिने भएकाले त्यो बढी खतरनाक हुन्छ। ‘गोमन सर्पले मान्छेलाई डस्दा विष हाम्रो रगतमा पुग्छ र न्यूरोटक्सिसिटी हुन्छ जसका कारण हाम्रो स्नायुप्रणालीलाई हानि पुग्छ। त्यसबाट मृत्यु पनि हुन सक्छ’, उनले भने।

    ‘मानिसले गोमन सर्प टोक्दा चाहिँ विष पाचनप्रणालीमा पुग्छ। मानिसको शरीरले त्यसलाई मत्थर पार्छ र विष बाहिर निस्किन्छ’, डा सौरभले भने। तर उनका अनुसार ती बालकको मुखदेखि पाचननलीमा कतै रगत निस्किने गरी घाउ वा अल्सर थियो भने चाहिँ विषको प्रभाव घातक हुन सक्थ्यो।

    भारतमा झन्डै ३०० प्रजातिका सर्प पाइन्छन्। तीमध्ये ६० वटा विषालु छन्। गोमन निकै खतरनाक सर्पमध्ये पर्छ। सर्पदंशका घटना अत्यधिक हुने भएकाले भारतलाई विश्वको सर्पदंशको राजधानी पनि भनिन्छ। अहिले वर्षा याममा भारतमा सर्पले डसेर मृत्यु हुने मानिसको सङ्ख्या बढेको छ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वभरि प्रत्येक वर्ष ८१,००० देखि १,३८,००० मानिसले सर्पदंशका कारण ज्यान गुमाउँछन्। भारतमा सन् २००० देखि २०१९ सम्म प्रत्येक वर्ष सरदर ५८,००० मानिसको मृत्यु भएको तथ्याङ्क डब्ल्यूएचओले देखाउँछ। तर सर्पदंश हुने धेरै ठाउँहरूमा उपचारको सुविधा नभएकाले मृत्यु हुने धेरै मानिसको सङ्ख्या अभिलेखमा नपर्ने भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। (बीबीसी)

  • भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड

    भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड

    काठमाडौँ, कात्तिक २-
    छिमेकी देश भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको अनमोल नामको भैंसीको मूल्य थाहा पाउनुभयो भने पत्याउनै गाह्रो पर्छ ?

    मुर्रा जातको यो भैंसी २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन् । तर, पलविन्दर भने अनमोललाई बेच्न तयार छैनन् ।

    यहाँ कुरा केवल एउटा भैंसीको मात्र होइन । कुनै पनि प्रजातिका जीवमा जब कुनै एउटा जीव वा उसका कोही उपप्रजाति अब्बल हुन्छन् भन्ने त्यसको माग उच्च रहन्छ । मुर्रा भैंसीको हकमा पनि यही लागू हुन्छ ।

    आम रुपमा मुर्रा भैंसीको मूल्य एक डेढ लाखसम्म पर्न सक्दछ । तर, अनमोल नामको उक्त मुर्रा भैंसीले चाहिं त्यसको सयौं गुणा धेरै मूल्य पाएको छ । यसको अर्थ अनमोलमा अवश्य पनि केही त यस्तो विशेष होला जसले गर्दा त्यसको मूल्य करोडौंमा छ । आखिर यस विषयमा विज्ञान के भन्छ ?

    किन मुर्राको माग र मूल्य उच्च छ ?

    राम्रोसँग पालन पोषण गरिने उन्नत जातको मुर्रा भैंसीले दैनिक २० देखि २५ लिटरसम्म दूध दिन्छ । जसमा साढे ६ देखि ७ प्रतिशतसम्म चिल्लो हुन्छ । धेरै फ्याट, अर्थात् धेरै घिउ । यसका अलावा मुर्रा भैंसीले लामो समयसम्म दूध दिइरहन्छ । अर्थात् एक बेतमा यसले ३ सय देखि ३२० दिनसम्म दूध दिन्छ । दूधको गुणस्तर पनि उच्च हुन्छ, जसमा प्रोटिन, क्याल्सियम तथा फस्फोरस धेरै पाइन्छ ।

    भैंसीबाट धेरै दूध उत्पादनको अर्थ अन्य दुग्धजन्य पदार्थ बनाउने सम्भावना पनि धेरै हुनु हो, जसबाट आर्थिक फाइदा उच्च हुन्छ । मुर्रा जातको भैंसीको पालनपोषण पनि अन्य जातका भैंसीको तुलनामा सहज छ । साथै यसको औसत उमेर १५ देखि २० वर्ष हुन्छ, जुन अन्य भैंसीको तुलनामा धेरै हो ।

    मुर्रा भैंसीको आनुवंशिक संरचना पनि निकै मजबुत हुन्छ । जसका कारण यसका बच्चा पनि स्वस्थ तथा मजबुत जन्मिन्छन् । राम्रो जेनेटिक मेकअपका कारण यो भैंसीको प्रजननदर पनि उच्च हुन्छ । मुर्रा भैंसीले एकपटक बच्चा जन्माएको ४०० देखि ४५० दिनभित्रमा अर्को बच्चा जन्माउँछ । आम भैंसीको तुलनामा मुर्रा भैंसीको रोग प्रतिरोधी क्षमता पनि उच्च हुन्छ ।

    भारतमा मुर्रा जातका भैंसीको मूल्य उच्च हुनुमा सांस्कृतिक कारण पनि छ । भारतको पन्जाब, हरियाणा तथा उत्तर प्रदेशमा मुर्रा भैंसी पाल्नुलाई सांस्कृतिक तथा सामाजिक रुपले प्रभावशाली मानिन्छ । मुर्रा भैंसी पाल्ने व्यक्तिलाई त्यहाँ धनीमानी मान्ने चलन छ ।

    स्मरण रहोस् मुर्रा भैंसी नेपाल, भारत, चीन, श्रीलंका, लाओस, भियतनाम, मलेसिया, इण्डोनेसिया अजरबौन, ब्राजिल, कोलम्बिया, ग्वाटेमाला तथा भेनेजुयला लगायतका देशमा पाइन्छ । एजेन्सी

     

  • विश्वको सबैभन्दा महँगो चामललाई कति मुल्य पर्छ ?

    विश्वको सबैभन्दा महँगो चामललाई कति मुल्य पर्छ ?

    काठमाडौँ, असोज १०-
    तपाईं हामीले दैनिक रूपमा खाने चामलको मूल्य कति पर्ला ? १ सय रुपैयाँदेखि बढीमा १५० रुपैयाँसम्म प्रति किलो होला ।

    त्यही भएर चामललाई सबैभन्दा किफायती खानामा राखिन्छ । तर, विश्वमा नै सबैभन्दा महँगो चामल भनेर गिनिस वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल ‘किनमेमाई प्रिमियम’ चामलको मूल्य भने करिब १५ हजार रुपैयाँ प्रति किलो पर्छ ।

    यसलाई जापानको टोयो राइस कर्पोरेसनले उत्पादन गर्छ । यसलाई अवार्ड नै जितेको जापानको चामलका पाँच प्रजातिबाट हातले छानेर तयार गरिन्छ । यति मात्र होइन, १७ वर्षअघि विकास गरिएको प्रविधिबाट यसलाई छ महिनासम्म राखेर तयार गरिन्छ ।

    किमेमाई प्रिमियम चामलमा अन्य सामान्य चामलभन्दा बढी पोषक तत्त्वहरू रहेको पनि विश्वास गरिन्छ । यस चामलमा ६ गुणा बढी लिपोपोलीस्याकराइड्स (एलपीएस) हुन्छ। यो प्राकृतिक प्रतिरोधात्मक क्षमता बढाउने तत्त्व हो जसले हामीलाई रोगसँग लड्न र स्वस्थ रहन मद्दत गर्छ । यसमा १।८ गुणा बढी फाइबर र ७ गुणा बढी भिटामिन बी१ रहेको दाबी गरिएको छ ।

    यसलाई पकाउन अघि धुनु पनि पर्दैन र यसको स्वाद पनि मिठो हुने बताइएको छ । चामलको दाना एउटा हिराको टुक्राजस्तै चम्किलो बनाएर तयार गरिएको हुन्छ ।

    यसमा कोशिहिकारी र पिकामारुजस्ता चामलका प्रकारहरू समावेश छन् । यसलाई टोयो कर्पोरेसनका विज्ञहरूले हातैले छानेर तयार गर्छन् । यसका कृषकलाई पनि अन्यभन्दा ८ गुणाभन्दा बढी रकम दिइन्छ ।

    ‘विश्वकै उत्कृष्ट चामल’ दाबी गरेर विज्ञापन गरिएको यस चामललाई १ सय ४० ग्रामको प्याकेट बिक्री गरिन्छ । सन् २०१६ मा १ सय ९ डलर प्रतिकिलो मूल्यमा बिक्री हुँदा यसलाई विश्वकै सबैभन्दा महँगो चामलका रूपमा गिनिज बुकले मान्यता दिएको थियो । अहिले यसको मूल्य १ सय २० डलर प्रतिकिलो जति पर्छ ।

    यसअघि यो चामल जापानमा मात्र पाइन्थ्यो । अहिले भने चामललाई सिंगापुरमा पनि बिक्री गरिन्छ । एजेन्सी

     

  • युट्युब हेर्दै पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु, डाक्टर फरार

    युट्युब हेर्दै पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु, डाक्टर फरार

    काठमाडौँ, भदौ २३-
    भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि कथित एक डाक्टर फरार भएका छन् ।

    सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए ।

    पित्त थैलीमा पत्थरी रहेको भन्दै डाक्टरले बालकको अप्रेसन गरेका थिए । यस क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका छन् ।

    मृतकका हजुरबुबाले जनाए अनुसार डाक्टरले युट्युबमा भिडियो हेर्दै अप्रेसन गरेका थिए । आफूले डाक्टरलाई यसबारे सोध्दा उल्टै हप्काएको मृतकका हजुरबुबाले बताएका छन् ।

    किशोरको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि डाक्टरले नै एम्बुलेन्स बोलाएर बिरामीलाई पटनातर्फ लगेका थिए । बिरामीका साथ उनकी हजुरआमा पनि गएकी थिइन् । तर बाटोमै किशोरको मृत्यु भएपछि डाक्टर फरार भएको बताइएको छ ।

    उक्त घटनाका सम्बन्धमा जानकारी पाएपछि प्रहरीले उक्त क्लिनिकमा छापा मारेको छ । फरार चिकित्सकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • जब अपहरणकारीसँग दुई वर्षीय बालक छुट्टिन मानेनन्

    जब अपहरणकारीसँग दुई वर्षीय बालक छुट्टिन मानेनन्

    काठमाडौँ, १४ भदौ
    १४ महिनासम्म अपहरणकारीसँग बिताएका दुई वर्षीय बालक आफ्नो परिवारको साथ जानुपर्दा निकै रोए । ती बालकलाई अपहरकारीको साथ छाड्न मन थिए ।

    घटना भारतको राजस्थान राज्यको जयपुरको हो । करिब १४ महिना अघि जयपुरको सांगानेरस्थित घरबाटै पृथ्वी नाम गरेका ११ वर्षीय बालक अपहृत भएका थिए । हालै जयपुर प्रहरीले अपहरकारीलाई अलीगढबाट नियन्त्रणमा लिएको हो ।

    अपहरणकारीसँग रहेका बालकलाई प्रहरीले उद्धार गरेर प्रहरीको जिम्मा लगाउन खोज्दा बालक निकै रोइरहेको थियो । उसले अपहरणकारीसँग छुट्टिन नमानेर रोएको दृश्यले प्रहरीको पनि आँखा रसायो ।

    प्रहरीले ती बालकलाई आमाको जिम्मा लगाए । तर फुत्केर ती बालक फेरि पनि अपहरणकारीकै साथ पुगेर रुन्थ्यो ।

    १४ महिनासम्म बालकलाई आफूसँग राख्दा अपहरणकारीले ती बालकलाई कुनै प्रकारको हानि नगरेको, बरु खेल्नका लागि विभिन्न खेलौना, नयाँ कपडा किनेर ल्याउने गरेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार तनुज नाम गरेका अपहरणकारीले ती बालक आफ्नो छोरा रहेको दाबी गर्दै आएका छन् । बालकलाई अपहरण गरेपछि पनि तनुजले बालककी आमासँग फोन सम्पर्क गरी आफूसँगै बस्न बारम्बार आग्रह गर्दै आएको बताइएको छ ।

    प्रहरीले प्रेम प्रसङ्गको कोणबाट यो घटनालाई अनुसन्धान गरिरहेको बताइएको छ । तत्कालका लागि अपहरणकारी तनुजलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बालकलाई उसको परिवारको जिम्मा लगाएको छ । एजेन्सी

  • अनलाइनबाट किनेको कट्टु लगाउँदा छोरी गर्भवती भएपछी…

    अनलाइनबाट किनेको कट्टु लगाउँदा छोरी गर्भवती भएपछी…

    काठमाडौँ, भदौ १०-
    चीनको एक कम्पनीले हालैमात्र आफ्नो ग्राहक सहायता कर्मचारी र एक महिलाबिच भएको कुराकानीको शृङ्खला सार्वजनिक गरेको थियो । यसमा ती महिलाले आफ्नो छोरी कम्पनीबाट किनेको कट्टु लगाउँदा गर्भवती भएको दाबी गरेकी थिइन् ।
    नाम नखुलाइएको उक्त कम्पनीले यस्तो ‘स्टन्ट’ ले उद्यमीहरूलाई व्यापार नै बन्द गर्न बाध्य बनाउन सक्ने चेतावनीसमेत दिएको थियो ।

    ती महिलाले चीनको सबैभन्दा ठुलो अनलाइन सपिङ कम्पनी टाओबाओबाट उक्त कम्पनीको कट्टु खरिद गरेकी थिइन् । पछि उनले ती नयाँ कट्टु लगाएपछि आफ्नो छोरी गर्भवती बनेको भन्दै ग्राहक सहायता कर्मचारीहरुलाई गुनासो गरेकी थिइन् । कर्मचारीहरूले यस्तो हुनै नसक्ने भन्दै उनलाई सम्झाउन खोजे पनि योभन्दा भन्दा बाहेक अन्य तरिकाबाट आफ्नो छोरी गर्भवती हुनै नसक्ने अड्डी कसेकी थिइन् ।

    महिलालाई सम्झाउन नसेकपछि अन्ततः ग्राहक सहायता प्रतिनिधिहरूले कम्पनीमा महिला मात्र काम गर्ने र कम्पनीका मालिकले पनि परिवार नियोजन (नसबन्दी) गरिसकेको जवाफ दिएका थिए । ‘मेरो छोरी तिमीहरूको कट्टु लगाएपछि गर्भवती भएकी छिन्,’ ती महिलाले गुनासो छाडेकी थिइन् । जसको जवाफमा कर्मचारीहरूले सुरुमा लेखेका थिए –कट्टुलाई गर्भवती सार्ने माध्यमको रूपमा प्रयोग गर्न सकिँदैन ।

    महिलाले यो कुरा सामाजिक सञ्जालमा साझा गर्न सक्ने डरले कम्पनीले पहिले नै ती महिलासँग भएको कुराकानी आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको थियो । यो पोस्ट निकै भाइरल बनेको थियो । जसमा मानिसहरूले कमेन्ट ती महिलाकी छोरी कसरी गर्भवती बनिन् भन्ने विभिन्न सिद्धान्तहरू सुझाएका छन् ।

    यो कथा भाइरल बनेपछि कम्पनीका सीईओले ती महिलालाई सम्पर्क गर्ने प्रयास पनि गरेका थिए । तर, उनको फोन नम्बरबाट ती महिला मिडिया इन्फ्लुएन्सर रहेको खुलेको थियो । त्यसपछि आफूमा ध्यान आकर्षित गर्न उनले यस्तो हर्कत गरेको हुनसक्ने अनुमान लगाउँदै सीईओले उनीसँग सम्पर्क गरेनन् । -एजेन्सी

  • श्रीमान-श्रीमतीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण

    श्रीमान-श्रीमतीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण

    काठमाडौं, २१ साउन
    लोग्नेस्वास्नीको झगडा, परालोको आगो भन्ने उखान हामीकहाँ चर्चित छ । यसको अर्थ हो कि पतिपत्नीको झगडा भनेको मिलिहाल्छ अर्थात् फासफुस भैहाल्छ, त्यसैले अरुले टाउको दुखाउनु पर्दैन। तर, लोग्ने र स्वास्नीबीचका सबै झगडाको आगो कहाँ निभिहाल्दो रहेछ र ?

    कतिपय झगडालु दम्पतिहरु त यतिसम्म जब्बर हुुँदा रहेछन् कि उनीहरुको मारमुंग्रीले गर्दा आकाशमा उडिरहेको हवाइजहाज समेत आपतकालीन रुपमा अवतरण गर्नुपर्ने आपत आइलाग्दो रहेछ ।

    आयरल्याण्डमा हालै एउटा यस्तै घटना भएको डेलीस्टारले उल्लेख गरेको छ ।

    समाचार अनुसार आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको उक्त जहाजका यात्रुका रुपमा रहेका एक दम्पतिबीच जहाज भित्रै झगडा सुरु भयो ।

    आखिर पतिपत्नीको झगडा न हो, एकछिनमै कलह शान्त भैहाल्ला भन्ने अरु सबै यात्रु तथा चालक दलको विश्वास थियो । तर, त्यस्तो भएन । झगडा उग्र बनेर मारमुंग्रीकै तहमा पुग्यो । जसका कारण यात्रु तथा उडान सुरक्षालाई मध्यनजर गर्दै चालक दलले जहाजलाई गन्तव्यमा नलगी डाइभर्ट गरेर नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराए ।

    बेलुकी करिब सबा सात बजे आयरल्याण्डको राजधानी डब्लिनबाट उडेको उडान नं इआइ७३८ को आयर लिंगसको जहाज करिब एक घण्टापछि पाइलटले आकस्मिक अवतरणको घोषणा गरेका थिए । उक्त जहाजभित्र यात्रुको रुपमा रहेका एक दम्पतिबीच निकै उग्र झगडा भएसँगै विमानका कर्मचारीले उनीहरुलाई शान्त पार्ने कोसिस गर्दा समेत झगडिया लोग्नेस्वास्नी मारपिटमै उत्रिन थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यसपछि सो जहाजलाई न्यानटेस विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

    जहाजभित्र कुटपिट तथा झगडाका क्रममा पत्नी चाहीँको अनुहारमा चोट लागेको थियो ।

    पत्नीमाथि हातपात गर्ने पुरुषलाई विमान अवतरण पश्चात् पक्राउ गरिएको थियो । झगडालु दम्पतिलाई निकालेसँगै करीब २ घण्टापछि जहाज पुनः उडाइएको थियो ।

    जहाजभित्रै झगडा तथा मारपिट गर्ने ती झगडालु पति पत्नीको नाम चाहीँ खुलाइएको छैन ।

  • बिहे गरेको ३ मिनेटमै डिभोर्स भएपछी…

    बिहे गरेको ३ मिनेटमै डिभोर्स भएपछी…

    काठमाडौं, साउन १५-
    पतिपत्नीबीच विवाद तथा झगडा हुनु सामान्य नै हो । हुनत लोग्ने स्वास्नीबीचको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यस्ता झगडाले ठुलो रुप लिन्छ र वैवाहिक सम्बन्ध नै टुट्न सक्दछ।

    दाम्पत्य जीवनमा दरार पैदा हुने तथा सम्बन्ध विच्छेद हुने कुरा कलिहेकाही हाम्रो काबुमा पनि नरहन सक्छ । कहिलेकाही बिहे भएको दशकौं पछि पनि डिभोर्स भएको हुन्छ । तर, कहिलेकाही क्षणभरमै सम्बन्ध विच्छेद पनि हुनसक्छ। हालै कुवतेमा एउटा यस्तै घटना भएको छ, जहाँ बिहे गरेको केवल ३ मिनेटमै सम्बन्ध विच्छेद भएको छ ।

    समाचार अनुसार अदालतमा आधिकारिक रुपमा बिहे गरेर इजलास कक्षबाट बाहिर निस्किने क्रममा बेहुलीको खुट्टा लडखडायो र उनी भुईंमा लडिन् । लडेकी बेहुलीलाई उठाउनुको साटो बेहुला रिसाए र चिच्याउँदै भने – मुर्ख ।

    भर्खरै बिहे गरेको आफ्नो पतिले त्यस्तो बचन बोलेको सुन्दा बेहुलीलाई पनि रिस उठ्यो र उनले तत्कालै न्यायाधीशलाई भर्खरै भएको आफ्नो बिहे रद्द गरिदिन अनुरोध गरिन् ।

    बेहुलीको अनुरोधमा न्यायाधीश सहमत भए र उनको बिहे कायम गरेको ३ मिनेटमै रद्द गरिदिए । यसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध भनिएको छ ।

    वास्तवमा यो घटना सन् २०१९ मै भएको रहेछ र अहिले आएर सोसल मिडियामा भाइरल बनिरहेको छ।

    स्मरण रहोस् यसअघि सन् २००४ मा बेलायतमा एक जोडीले बिहे गरेको ९० मिनेटमै डिभोर्स ग्रेका थिए ।

  • ‘बुवाको ऋण तिर्छु’ भनेर छोराले मेहेनत गरिरहे, स्नातकपछि थाहा भयो बुवा त अर्बपति रहेछन् !

    ‘बुवाको ऋण तिर्छु’ भनेर छोराले मेहेनत गरिरहे, स्नातकपछि थाहा भयो बुवा त अर्बपति रहेछन् !

    काठमाडौँ, ३ साउन
    चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए ।

    तर अचानक उनलाई करोडौंको झटका लाग्यो। भोल्टको होइन, रुपैयाँको। उनले थाहा पाए कि उसको बुबा त अर्बपति हो, उनको पारिवारिक व्यापार छ र उसले छोराको लागि अर्बौं रुपैयाँ राखेका छन्।

    साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार झाङ जिलोङका पिताको नाम झाङ युडोङ हो। उनी हुनान स्पाइसी ग्लुटेन लाटियाओ ब्रान्ड माला प्रिन्स नामक कम्पनीका संस्थापक र अध्यक्ष हुन्। कम्पनीको वार्षिक कारोबार ६० करोड युआन छ।

    झाङ जिलोङले साउथ चाइना मर्निङ पोस्टलाई उनका पिताले २० वर्षसम्म झुट बोलेको बताए । त्यसअघि पिताले उनलाई करोडौं ऋण रहेको बताएका थिए ।

    रिपोर्टका अनुसार जिलोङले स्नातक गरेपछि उनका बुबाले आफूहरू धेरै धनी भएको बताए । यति धेरै कि तिनीहरू भिलामा बस्छन् । यसको मूल्य १० मिलियन युआन छ।

    जिलोङले आफूले कडा परिश्रम गरेर सफलता हासिल गर्न झुट बोलेको बताए । जानकारीका अनुसार जिलोङले अब आफ्नो बुबाको कम्पनीको ई–कमर्स विभागमा काम गर्न थालेका छन् ।

  • विवाह मण्डपमा बेहुली परिवर्तन भएपछी बेहुलाले मच्याए हंगामा

    विवाह मण्डपमा बेहुली परिवर्तन भएपछी बेहुलाले मच्याए हंगामा

    काठमाडौँ, १ साउन
    बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले हङ्गामा गरेपछि प्रहरीले मामिलामा हस्तक्षेप गर्नु परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यको मुजफ्फरपुरमा शुक्रबार राति यो घटना भएको हो ।

    मुजफ्फरपुरकै गाइघाट निवासी टुनटुन कुमारको विवाह सपनाकुमारीसँग तय भएको थियो । जन्तीसहित बिहेका लागि बेहुलीको घर पुगेका टुनटुन कुमार स्वयंवरका लागि आएकी बेहुलीको अनुहार हेरेपछि आश्चर्यचकित भए । किनकि उनले बिहेको निधो गरेको युवती नभएर अर्कै युवती बेहुलीको भेषमा आएकी थिइन् ।

    त्यसपछि बेहुलाले बेहुली साटिएको भन्दै हङ्गामा गरे । उनले ती युवतीसँग बिहे नगर्ने अडान लिए ।

    बिहे रोकिएपछि बेहुलीको परिवारले टुनटुन कुमारसँगै बिहे गर्ने निधो भएकी सपनाकुमारीलाई बिहेका लागि मनाउन थाले । सपनाकुमारीले
    ‘लेहङ्गा’ मन नपरेको भन्दै बिहेका लागि अस्वीकार गरेपछि उनीहरूले सपनाकुमारीकी बहिनीलाई बेहुली बनाएर पठाएका थिए । तर सपनाकुमारीले फेरि पनि बिहेका लागि अस्वीकार गरिन् । त्यसपछि मामिला प्रहरीसम्म पुग्यो ।

    प्रहरीले दुवै पक्षलाई थानामा बोलाएर छलफल ग¥यो । थाना प्रमुख संजीवकुमार दुवेको पहलमा दुवै पक्षबिच सहमति भयो । त्यसपछि मन्दिरमा गएर टुनटुन र सपनाकुमारीबिच विवाह सम्पन्न भयो । -एजेन्सी