Category: विचार/ब्लग

  • छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

    छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

    काठमाडौँ, कात्तिक ८ –
    श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

    सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिन सम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्य सम्म गीतको ध्वनि गुञ्जिरहन्छ । पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलाशयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा समेत गीत गाइन्छ । कात्तिक महिनाको चौथीेखि बर्तालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ । पहिलो दिनअर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा बर्तालुहरूले खोला, नाला, नदी, पोखरी र तलावलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई बर्तालुहरूले आँखा पनि भन्ने गरिन्छ ।

    पञ्चमी तिथि(दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन बर्तालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रूपमा विशेषगरी पाकेको केरा र खीरलाई लिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदय पछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

    षष्ठीका दिन (तेस्रो दिन )गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामाग्री तयार पर्दा विशेष चनाखो हुन्छन् । पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरूले श्रद्धापूर्वक गीत गाउने गर्छिन् ।

    केरवा ज फरल घउरस वोपर सुगा मडराय,
    मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।

    छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न । छठ मातालाई चढाउने केरा सुगाले नखाउन भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा बर्तालु महिलाहरूले श्रद्धापूर्वक गाउने गर्छिन्–

    हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।
    छठी मैया होइब सहाय, छठ पूजन जाय ।।

    (अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामी माथि विशेष कृपा बनाइराख्नु होला)

    यस पर्वमा चढाइने वस्तुहरू पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोटसमेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै यस पर्वले सिकाउँछ । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीनअर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरूप अघ्र्य दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षेता फूल हालेर अन्य अघ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

    पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अघ्र्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अघ्यमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि हुन्छ ।

    महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको बिराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

    छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्ति बिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

    छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन् । तराईवासीहरूको महान् चाड छठपर्व पछिल्लो दिनमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख भएको छ । यो महापर्व जहाँकहीँ पनि विश्वमा मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ ।

    महापर्व छठले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् । यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणी जगत्का लागि आवश्यक छ । प्रकृतिप्रति आदर भावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नमा पनि यो पर्वको महत्वपूर्ण भूमिका छ । प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो, यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनुहुँदैन भन्ने सन्देश पनि यस पर्वले दिन्छ ।

    जल नै जीवन हो भन्ने महत्वपूर्ण सन्देश दिने यो महापर्व दसैँजस्तै वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ । बिहान र बेलुकाको सूर्यको किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहित छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन । त्यसरी नै छठपर्वले पनि कसैलाई भेदभाव गर्दैन । सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । रासस

  • राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

    -प्रवीन पोखरेल  
    चितवन कात्तिक २-
    राजदूत फिर्ता बोलाउने गलत प्रवृत्तिको अन्त्य अब अपरिहार्य छ। नेपालको राजनीतिक संस्कृतिमा सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउने प्रवृत्ति जरा गाडेर बसेको छ। यो केवल प्रशासनिक निर्णय भन्दा पनि राज्यको कूटनीतिक निरन्तरतामाथि प्रहार हो। यसरी हरेक नयाँ सरकारले आफ्ना “राजनैतिक स्वार्थ” अनुरूप नियुक्ति र फिर्तीको खेल खेल्नु संस्थागत अस्थिरताको द्योतक हो।

    राजनीतिक नियुक्ति र भागबन्डाको प्रणालीले राज्य संयन्त्रलाई दलगत रङ्गमा रङ्गिएको बनाइदिएको छ। यसले “मेरिटोक्रेसी” अर्थात् योग्यता–आधारित प्रणालीलाई कमजोर बनाउँदै, कूटनीतिक सेवाजस्ता संवेदनशील निकायमा पनि राजनीतिक हस्तक्षेपलाई संस्थागत रूप दिएको छ। अहिलेको सरकार केवल ६ महिनाको अस्थायी कार्यकालको सरकार हो। आगामी निर्वाचनको तयारी नै यसको प्रमुख जिम्मेवारी हो।

    यस्तो अवस्थामा राजदूत फिर्ता बोलाउने जस्तो निर्णय “प्रशासनिक स्थायित्व” र “कूटनीतिक निरन्तरता” विरुद्धको निर्णय हो। यो निर्णयले विदेशस्थित नेपाली समुदायको मुद्दा, हित र आवाजलाई प्रत्यक्ष रूपमा असर पुर्‍याउँछ। राजदूतहरूको कार्यकाललाई हरेक सरकारको “राजनीतिक पुनर्संरचनासँग बाँध्नु भनेको विदेश नीतिलाई दलगत एजेन्डामा रूपान्तरण गर्नु हो।

    यस्ता कार्यले नेपालजस्तो विकासोन्मुख देशको “विदेश नीति”लाई “व्यक्तिनिष्ठ कूटनीति” मा सीमित बनाउँछ, जसले दीर्घकालीन राष्ट्रिय हितमा गम्भीर क्षति पुर्‍याउँछ। हामी युवा पुस्ता परिवर्तनको पक्षमा छौँ—तर त्यो परिवर्तन संस्थागत, नीति–आधारित र दीर्घकालीन हुनु आवश्यक छ। सरकार जसको भए पनि राज्यका अंगहरूमा स्थायित्व, पारदर्शिता र दक्षता कायम रहनुपर्छ। त्यसैले अब समय आएको छ।   राजदूत फिर्ता बोलाउने दलगत परम्पराको अन्त्य गर्न र “कूटनीतिक स्वायत्तता” लाई सुदृढ बनाउन।

    सरकार परिवर्तनले नीति होइन, प्रवृत्ति परिवर्तन ल्याओस्। यस्तै परिवर्तनले मात्र नयाँ नेपालको परिकल्पनालाई व्यवहारमा रूपान्तरण गर्न सक्छ। निष्कर्ष राजदूत फिर्ता बोलाउने परम्परा केवल व्यक्ति वा दलको निर्णय होइन यो राष्ट्रिय छविको प्रश्न हो। यदि यो प्रवृत्ति अन्त्य गर्न सकिएन भने, नेपालको कूटनीति सदैव अस्थिर र अविश्वसनीय रहनेछ। अब आवश्यकता छ\ राजनीतिक मनोवृत्तिको परिवर्तन र नीति–आधारित स्थायी बनाइनु पर्छ । सुझाब राजदूत नियुक्ति र फिर्तीमा कानुनी मापदण्ड तय गर्नु पर्छ ।“कूटनीतिक सेवा ऐन” मा संशोधन गरी राजदूतको कार्यकाल निश्चित र स्थिर बनाइनुपर्छ।

    सरकारले मनपरी निर्णय गर्न नपाउने गरी स्पष्ट प्रावधान राख्नुपर्छ (जस्तै ४ वर्षको न्यूनतम कार्यकाल पूरा नगरी फिर्ता बोलाउन नपाइने) राजनीतिक भागबन्डा अन्त्य गर्न ‘मेरिट बेस्ड’ छनोट प्रणाली लागू गर्नुपर्छ युवा पुस्ताले अपेक्षा गरेको “संस्थागत सुधार” लाई राजनीतिक घोषणामात्र होइन, व्यवहारमा रूपान्तरण गर्न सरकार र दलहरू जिम्मेवार बन्नुपर्छ।

    -प्रवीन पोखरेल, भरतपुर १५ (हाल टोकियो जापान)

  • पुनर्जागरण समयको सदुपयोग

    पुनर्जागरण समयको सदुपयोग

    काठमाडौँ, असोज २७ –
    सामाजिक परिवर्तन कहिल्यै आकस्मिक हुँदैन । ती युगौंसम्म थुप्रिएका असन्तोषका गर्भबाट फुट्छन्, चेतना अनुसार अभिव्यक्त हुन्छन् र अन्ततः संस्थागत रुपान्तरणतर्फ डोरिन्छन् । नेपाली समाजले भोगेको पछिल्लो जेन जी आन्दोलन यस्तै एउटा ऐतिहासिक मोड हो, जसले केबल सरकार वा दलहरूको कार्यशैली माथि प्रश्न उठाएको मात्र छैन, सिङ्गो शासन प्रणाली र राजनीतिक संस्कारको पुनर्विचारको माग गरेको छ ।

    नेपालको राजनीतिक इतिहासमा फेरि युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिए । यो आन्दोलन न कुनै दलको निर्देशनमा भयो, न कुनै नेताको आह्वानमा । तर यसले देशको राजनीतिक, प्रशासनिक, आर्थिक र सामाजिक संरचनामै गहिरो धक्का दियो । यसले प्रणालीगत सुधारको लागि मार्गप्रशस्त गरेको छ । जेन जी आन्दोलनको जरा गहिरो छ । नेपाली जनतासँग संवैधानिक संरचनामाथि असन्तोष थियो, जसले ‘लोकतन्त्र’ भनिए पनि जनताको अपेक्षा, सम्मान र सहभागितालाई निरन्तर उपेक्षा गर्दै आएको थियो । त्यहीबेला अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाग्यो । प्रशासनिक भ्रष्टाचार र नातावाद मौलाएकै थियो । सत्ताधारीको अहंकारपूर्ण व्यवहार चरम चुलीमा पुगेको थियो । संसदीय अनुत्तरदायित्व व्यवहारबाट जनतले दिक्क मानेका थिए । न्यायालय पहुँचवाला र धनवालाको थियो । यी सबै गतिविधिले समाजमा एक गहिरो असन्तोष बढाएको थियो, जुन जेन जी आन्दोलनको रूपमा विस्फोट भयो ।

    यस आन्दोलनमा नाम जेनजीको भए पनि अरु उमेर समूहको पनि सहानुभूति र सहभागिता रहेको थियो । त्यसबेला भएको घुसपैठले नेपालले ठूलै मूल्य चुकाएको छ । चौहत्तर जना होनहार युवाको ज्यान गयो, सयौँ घाइते भए । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश मन्त्रालयहरु, करिब तीन सय स्थानीय तहका कार्यालय, प्रमुख दलका कार्यालय, प्रमुख दलका शीर्ष नेताहरुको निवास, चार सय ८६ भन्दा बढी प्रहरी इकाइका साथै होटल तथा व्यापारिक केन्द्रहरुमा आक्रमण र आगजनी भयो । यसबाट करिब एक खर्बभन्दा बढी आर्थिक क्षति भएको अनुमान गरिएको छ । १० हजारभन्दा बढी श्रमिक प्रभावित भएका छन् । महत्वपूर्ण अभिलेख र प्रशासनिक कागजात नष्ट भएका छन् । यसबाट गर्दा विश्व बैंकले देशको आर्थिक वृद्धि दर ५।२ प्रतिशतबाट २।१ प्रतिशतमा घट्ने अनुमान गरेको छ ।

    जेनजी आन्दोलनले राजनीतिक जवाफदेहिता र संस्थागत पुनर्संरचनाको आवश्यकता उजागर गरेको छ । जुन मूल्यमा चेतनाको पुनर्जन्म हुन्छ, त्यो समाजका लागि दीर्घकालीन लाभ हुन्छ । यस्ता आन्दोलनहरू इतिहासका पानामा प्रसस्त भेटिन्छन् । बेलायतको गौरवमय क्रान्ति, फ्रेन्च क्रान्ति, अरब वसन्तदेखि ट्युनिसियामा देखिएको विद्रोहसम्मको अनुभवले ती सबै विकृत संस्थाविरुद्ध जनविद्रोह भएको थियो । ट्युनिसिया, श्रीलङ्का, बङ्गलादेश जस्ता मुलुकमा यस्ता विद्रोहपछि नयाँ चुनाव र पुनःसंरचनाका काम भएका छन् । नेपालमा पनि यो आदोलनले केही गहिरा सामाजिक र राजनीतिक सङ्केतहरू दिएको छ । राजनीतिमा युवाको चासो बढेको छ । सत्ताको अकर्मण्यताको प्रतिवाद जेनजी पुस्ताले गरेको छ । नेताहरूको वास्तविक अनुहार जनतामाझ स्पस्ट भएको छ । कार्यकारी प्रमुख चयनको बहस जीवन्त बनेको छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा सार्वजनिक विमर्श हुन थालेको छ । यी सबै सङ्केतहरूले नेपाल गम्भीर मोडमा उभिएको छ ।

    जेनजी आन्दोलन संसद् विघटन गर्ने, अन्तरिम सरकार गठन गर्ने र फागुन २१ गते निर्वाचन गर्ने भनेर भएको होइन । यहाँ त संरचनागत, प्रक्रियागत र नैतिक पुनर्निर्माणको आधार निर्माण गर्न भएको हो । संविधान संशोधन र त्यसकै आधारमा चुनाव भएको भए एकोहोरो पर्दथ्यो । संविधान संशोधन नगरी चुनावमा जानु भनेको अर्को अस्थिरताको स्वागत गरेजसो पनि हुनेवाला छ । यसैले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ । यो अहिलेको बहसको मूल विषय बन्नुपर्दछ ।

    प्रशासनिक पुनर्संरचना गर्नै पर्नेछ । यो बीचमा अस्थिरता ल्याउने मुख्य काम सिंहदरवारबाट प्रशासनिक सङ्घीयताको काम नहुनाले भएको थियो । अहिले सिंहदरवारभित्र नेताहरुले भोगेको अवस्था प्रशासनिक नेतृत्वले भोग्न सक्ने अनुमान कर्मचारीहरुले नै गर्न थालेको देखिन्छ । यसैले आन्दोलनका क्रममा भएको निरङ्कुश बर्बरताको न्यायिक छानबिन र कारवाही हुनैपर्छ । अभिलेखीय पुनस्र्थापना गर्नैपर्छ । वास्तविक समावेशिता र युवा पुस्तासँग संवादको थालनी छिटो गर्नुपर्छ । सूचना प्रवाहमा पारदर्शिता अपनाउनु पर्छ । दलहरूमा आन्तरिक शुद्धीकरण हुनैपर्छ । यहाँ मुख्य सवाल प्रतिनिधित्वको होइन, नेतृत्वमा युवा पुग्ने बाटो खोल्नुपर्छ ।

    आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले निर्वाचनको घोषणा गरिसकेको छ । अधिकांश दलहरू चुनावमा जान तयार छन् । राजनीतिलाई सही दिशामा लैजान पनि सबै राजनीतिक दलहरु निर्वाचनमा जानैपर्छ । विगतमा आफ्ना शासकीय कमजोरीहरुलाई समीक्षा गर्दै जनतामा जानुको विकल्प छैन । नेतृत्व पुस्तान्तरणको कुरा त्यतिकै उठेको होइन । औसत आयुभन्दा माथिका सक्रिय नेतृत्वको सीमा तोकिनुपर्छ । समाजलाई गतिशील बनाउने हो भने युवालाई केबल कार्यकर्ता होइन, निर्णयकर्ता नै बनाउनुपर्छ ।

    संरचनागत लोकतन्त्रको कार्यान्वयन हुनपर्छ । दलभित्र सबै पदमा स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था हुनपर्छ । आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्र राजनैतिक संस्कार बस्न सक्छ । आलोचना स्वीकार गर्न सक्नुपर्छ । हामीले देख्ने नेतृत्व नीतिगत स्पष्टता, २१ औँ शताब्दीका मुद्दा पहिचान गर्ने र त्यसको सम्बोधन गर्नसक्ने हुनुपर्छ । डिजिटल प्रविधि, पर्यावरण, मातृवर्ग र श्रमजीवी नागरिकको विषयमा स्पस्ट हुनपर्छ । सबैखाले भ्रष्टाचारविरुद्ध निरन्तर लागिरहने संस्कृति बनाउन सक्नुपर्छ । युवाहरुको मागसँग संवाद गरिरहनु पर्छ । आन्तरिक लेखापरीक्षण र पारदर्शिता हुनैपर्छ । आर्थिक पारदर्शिता, स्वतन्त्र मूल्याङ्कन गर्ने पद्दति बसाल्नुपर्छ । राजनैतिक पार्टीहरुले आत्मसमीक्षा गरी आफ्नो तर्फबाट भएको गल्ती कमजोरीलाई स्वीकार गर्नुपर्छ ।

    अहिले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । यही अवस्थामा हेर्दा संविधान संशोधनका मुख्य विषयवस्तु लिएर चुनावमा जानुपर्ने देखिन्छ । राष्ट्रियसभा साँच्चीकैको विज्ञ सभा बनाउने, प्रतिनिधिसभाको सङ्ख्या जनसङ्ख्याको भन्दा पनि भूगोलमा आधारित हुने गरी संशोधन गर्नुपर्ने देखिन्छ । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले कानुन बनाउनेमा क्रियाशील हुनु पर्दछ । प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) र मुख्यमन्त्री भयो भने राजनैतिक अस्थिरताको अन्त्य हुनसक्छ । उनीहरुको नेतृत्वमा विषय विज्ञहरु सम्मिलित सरकार सञ्चालन गर्दा बढी प्रभावकारी देखिनेछ ।

    यतिबेला केहीले प्रदेश र सङ्घीयता खारेज हुनुपर्दछ भनिरहेका छन् । सङ्घीयताको मुटु प्रदेश हो । सङ्घीयता सबलीकरणसम्बन्धी एक अध्ययनले वितेका ३० वर्षमा नभएका कामहरु सङ्घीयता आएपछिको सात वर्षमा भएको देखिएको छ । बरु प्रदेशसभा सदस्यको सङ्ख्या घटाउने वा सोही प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्षद बनाएर हिउँदे अधिवेशन (नीति तथा कार्यक्रम र बजेट अधिवेशन) र वर्षे अधिवेशन (विधायन अधिवेशन) गर्ने पद्धति बसाल्न सकिन्छ । स्थानीय तहको सङ्ख्या घटाएर तीन सयसम्म झार्दा हुन्छ । यसमा वडाको सङ्ख्या भने बढाउनुपर्ने हुन्छ ।

    जेनजी आन्दोलन दुई दिन चल्यो । यो अग्रगामी कदम हो । अन्तरिम सरकारले यसमा अलमल देखायो भने फेरी खराब अवस्था आउन सक्छ । विश्वभरका घटनाक्रमले यो समयमा युवाहरुले हौसिने होइन, धैर्यताका साथ पार लगाउने विषयमा सोच्नुपर्छ । राजनीतिक दलहरूले विगतको गल्ती स्वीकार गरेनन्, युवालाई नेतृत्वमा आउने आधार बनाएनन्, पारदर्शिता र जवाफदेहिताको नयाँ युग सुरु गर्न सकेनन् भने समयले किनारा लगाउनेछ । राजनीति केबल शासन गर्ने साधन मात्र होइन, विश्वास निर्माण गर्ने, प्रणाली सुधार गर्ने र नागरिक चेतनालाई सम्मान गर्ने माध्यम हो । यसैले अबको निर्वाचन सरकार बनाउने प्रक्रिया मात्र होइन, राज्य निर्माणको दिशासमेत हो । यो समयलाई प्रतिगामी सोच मौलाउने र यथास्थितिमा अल्मलिन दिनुहुँदैन ।

    यसैले बौद्धिक वर्ग, नागरिक समाज, मिडिया र युवाहरूको सक्रिय भूमिका आवश्यक छ । यो समय परिवर्तन र रूपान्तरणको हो । नेपालको इतिहास फेरि एकपटक सम्भावनाको मोडमा उभिएको छ । यो मोड पार गर्नसक्ने क्षमताको विकास राजनीतिक दल, नागरिक समाज र प्रशासनिक संरचनाहरुको सामूहिक आत्मसमीक्षा र प्रतिबद्धतामा निर्भर गर्दछ । यसैले आगामी निर्वाचनमा देशलाई समाजवादमा लाने राम्रा उम्मेदारको छनोटमा जोड दिनुपर्छ ।

    पैसाको भरमा चुनाव लड्ने र जितेपछि लुट्ने सपना देख्ने प्रवृत्तिको अन्त्य गराउने वातावरण बनाउनुपर्छ । यसका लागि निर्वाचन आयोगले चुनावी सभाहरुको आयोजना गरी देश र जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई एउटै मञ्चमा प्रश्नोत्तर गरेर जनताले चिन्न पाउने अवस्था निर्माण गर्नु उपयुक्त हुन्छ । स्मरण रहोस्, यो लोकतान्त्रिक पुनर्जागरणको समय हो । यसको सही व्यवस्थापन अन्तरिम सरकारबाट हुनुपर्छ । रासस

  • शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

    शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

    –  दुर्लब बन्धु पोख्रेल
    काठमाडौं, असोज ८-
    पछिल्लो समय नेपाली समाजमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको देखिन्छ। झट्कार्दा ती ट्याटुहरु कुनै शक्तिका प्रतीक, कुनै प्रेमका प्रतीक, कुनै सुन्दरताको प्रतीकको रुपमा देखिएपनि त्यसको पछाडिको भाव भने फरक देखिन्छ । नेपाली समाजमा शास्त्रीय रूपमै के बुझाई छ भने यस जीवनमा, लोभ, पाप गरेर जतिसुकै नैतिक अनैतिक सुख सम्पत्ति कमाएपनि यो आवधिक जीवनमा मर्दासँगै लैजाने भौतिक चिज भने केहीपनि छैन। तर ट्याटु यस्तो चिज हो जो भौतिक रुपमा निर्माण गरेर आफ्नो पार्थिव शरीरसँगै लैजान सकिन्छ । यसै बुझाईले धेरै जनाले आफ्नो कमाईको केही अंश हिस्सा भएपनिसँगै लैजाने हेतुले शरीरमा ट्याटु खोप्ने गरेको देखिन्छ। देशको पछिल्लो राजनीतिक परिवेशलाई विश्लेषण गर्ने हो भने ट्याटु पछि राजनीतिक दल यस्तो भौतिक चिज हो जुन नेताको शरीरसँगै सती जाने परिस्थिति देखिन्छ।

    हुनत व्यक्तिको आयुको तुलनामा देश, दल, सङ्घ, संस्थाहरूको आयु निकै लामो हुन्छ भन्ने बुझाई छ। तर हाम्रो देशको मूलधारका भनिने प्रमुख दल को अवस्था हेर्ने हो ती दलका नेतृत्वले आफ्नो जीवनसँग दललाई पनि सँगै लैजाने प्रयत्न गरेको देखिन्छ भने दोस्रो पुस्ता भनिनेले नेतृत्वसँगै दललाई पनि सती पठाउने प्रयत्न गरेको देखिन्छ। नेतृत्वसँग सँगै सती जानसक्ने दलको लिष्टमा नेकपा एमाले अग्र पङ्क्तिमा रहेको छ। हुनत् एमालेले यस देशलाई निकै ठुलो गुन पनि लगाएको छ। व्यक्ति हत्याबाट राज्यसत्ता प्राप्त हुन्न भन्ने विश्व कम्युनिष्ट आन्दोलनको उग्रवामपन्थी भड्काउनेलाई विचारको बहस र शान्तिपूर्ण आन्दोलनबाट जनमत स्थापीत गरि सरकार सञ्चालनको माध्यमबाट जनपक्षीय बजेटको माध्यमबाट जनहितका कार्य गर्न सकिन्छ भनि निर्वाचनमा ब्यालेट थापेर देशको ठूलोदल बनी (बजेटलाई स्थानीय तहले परिचालन गर्ने गरि स्थानीय तहमा बजेट पठाउने, आफ्नो गाउँ आफै बनाउ भन्दै जनसहभागितामा विकास निर्माण गर्ने योजना अगाडि सार्ने, नौ सू को माध्यमबाट सुधारका योजना अगाडि बढाउने, वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाका कार्य योजना अगाडि बढाउने, पारवहन सन्धिको माध्यमबाट समुन्द्रसङको पहुँच बिस्तार गर्ने, नाकाबन्दीमा डटेर सामना गर्ने, आफ्नो देशको सिमा सम्बन्धमा अन्तर्राष्ट्रिय फोरममा आवाज उठाउने, पानिजाहज, मनोरेल, रेल जस्ताकुरा गफैमा सिमित भएपनि देशमा बिकास सम्भव छ भन्दै बिकासमा बहस चलाउने दल ने क पा एमाले हो भन्दा कसैलाई अन्याय हुन्छ जस्तो लाग्दौन । यति हुदा हुदैपनी एमाले को पछिल्लो नेतृत्वले १४ वर्ष सम्म तपस्या गरी प्राप्त गरेको शेषनागको भन्दा फड्कारीलो जिव्रो, बिदुरको भन्दा बढ्ता ज्ञान, दुर्योधनको भन्दा बढ्ता दम्भ शकुनि भन्दा पनि चलाख अझ भन्ने हो भने अमरत्तो प्राप्त गरेका कारणले उनको जीवन सगै सरिरमा खोपेको ट्याटु जसरी एमालेपनी बिलिन हुने मोडमा पुगेको छ। एमालेको अवसानमा मुल नेतृत्व सगै बा को लगुटी नसमाई हिड्नै नसक्ने बा लाई नै देवत्तोकरणगरी बा कै आसिर्वादको प्रसादमा रमाइ रहेने सठिई सकेको दोस्रो पुस्ता को पनि उत्तिकै भुमिका छ। कुनै पनि दलमा जीवन चक्र चल्न सक्नुपर्छ। एकातिरबाट पस्ने र चक्रमा चल्दै अर्को तर्फबाट निस्कने सिस्टम बिकास गर्न सकेन भने मुखबाट हालेको चिज तलबाट निस्केन भने जे हुन्छ पाटीपनी तेही हुने हो ।

    अझैपनि भिरमा पुगेको एमालेलाई राम राम जप्दै जोगियोस् भन्नेहरुको संख्या ठुलै छ तर काँधै हाल्ने आट कमजोर बन्दै गएको छ। कमजोर नहोस् पनि कसरी एमालेमा जुन पुस्ता क्रियाशिल छ उ राम नाम जपेरै बस्ने पुस्ता छ। तो पुस्ताको अझै एमालेलाई आशिर्वाद त छ तर जुन पुस्ताको बलले दलहरुलाई उर्जा थप्ने हो तो पुस्ता दलमा छिर्नकालागी दलको जिवनचक्र चलेकै छैन । चलोसपनि कसरी असी वर्षमा पनि विहारको कोईला रेलले फालेको धुवाँ भन्दा कालो त जुगाँ पलाउँदै आएको छ। ९९ सय कौरव भाईहरुको मृत्यु पश्चात् पनि दुर्योधनमा जुन दम्ब थियो एमाले नेतृत्वमा पनि अझै बाँकी छ। किनकी एमाले नेतृत्वको आडमा अझैपनि असोस्थामा र कृतवर्मा बाँकी नै छन्। तिनिहरुले एमाले नेतृत्वको साथ तेति बेलासम्म छोड्ने छौनन् जतिबेलासम्म ओलिको सरिमा खोपेको ट्याटु जसरी ओलसँगै एमालेलाई चितामा पुराउने छैनन्। त्यसैले एमाले जनले एमालेमा लागेको धुलो ट्क्टकाएर उठोस र फेरीपनि देश र जनताको पक्षमा जुटोस् भन्ने हो भने पाखामा बसेर रामनाम जपेरमात्र हुनेवाला छैन। बा र आमाको को लगुटी नसमाई हिडन नजानेको दोस्रो पुस्तामा आस गर्न भन्दा । बामे सर्दैगरेको तेस्रो पुस्तासँग बिचाका बात गर्नु पर्ने छ। बा र आमाका लगुटीका पछाडी लगाउन भन्दा बहसबाट बिचारको सृजनामा लगाउन पर्ने छ। जसलेगर्दा तन्देरी पुस्ताले पनि आफ्नो बिचार राख्ने ठाउ पाउन। तन्नेरी पुस्ता पाटीमा पस्न सकोर र सठिएको दम्बी नेतृत्वले पनि सम्मान जनक वहिर्गमन पाओस।

    दलमा पुस्तान्तरणको समस्या एमालेमा मात्र रहेको भने हैन। नेपालका मुलधारका भनिएका सबै दलको समस्या एउटै हो। एमाले प्रती नेपाली जनताले गरेको आस अलि बढी भएकाले कुरापनि एमालेको अलि भढी भयोहोला। वि पी को शेख पछी फरदिप गिरी, नरहरी आचार्य लगाएतका एकदुई नेतालाई अपवाद मान्ने हो भने विचारमा बहस गर्ने नेतानै काङ्ग्रेसमा छैन। यदी पाटीहरुलाई बिचारले बाध्न सकिएन भने नेतृत्वत कालो होस वा गोरो निरङकुश नै हुन्छ । नपत्याए जेन्जी भनिएको नयाँ पुस्ताको नेतृत्व हेर्नू। हिजो राप्रपाले आन्दोलन गर्दा महानगरको सन्दौर्यता बिगारेको भन्दै निर्मल निवासलाई चिट काट्ने बालेन आज माहगरजल्दा कस कस्लाई चिट काटे त? यो आन्दोलनका पछाडीको छन् । भन्नेकुरा नदेखिएको हो र? २३ गते को नरशंहारको जिम्मा के पी ओलीलाई दिने हो भने रु २४ गते को बिध्वंसको जिम्मापनि त कसैले लिन पर्ने होलानी? मन परेकाको त कुन्नी के पनि बसाउँछ भने जस्तो हो भनिएको हाे र ? नेता पुर्वाग्रही हुने हो भने हिजोको र आजको मा के फरक परो त ?

    उता माओवादी केन्द्रको त कुरै भएन उ त कम्युनिष्ट पाटी हो कम्युनिष्ट पाटीमात नेता नमरी नेतृत्व परिवर्तन हुने त कुरै भएन अहिले जनार्दनले रोईलो गरीरहेका छन् उनले माओवाद नबुझेरहो भनेर मैले भन्न त मिलेन एक दिन अध्यक्षले गद्दार लिम्प्याओ भन्ने छन् सबैले तालि बझाउछन सकिन्छ जस्तो लाग्छ। नयाँ भनिएको रास्वपा त पाटी बन्नै सकेन रवि जादाँ रविको ट्याटु बरु जालाकी नजाला तर रवि बेगर रास्वापा रहला जस्ताे लाग्दैन ? यदी जेन्जी पुस्ता भनिनेहरुपनि नीतिको खोजि नगरी नेतृत्वकै उत्साह बहकिने हो भने । अहिले बालेनको शरीरमा ट्याटु छ कि छैन त थाहा भएन एक दिन बालेनको शरीरमा जेन्जीको ट्याटु अवश्य बन्ने छ।

    कुनै पनि आन्दोलनले आनदोलनको बिषयको उठान गर्दा कारक तत्व केहो भनि विश्लेषण गरेर कारक तत्व जरा नउखेल्ने हो भने आन्दोलनले बिध्वंस गर्न त सक्छ तर निकास दिन सक्दैन। हाम्रो जेन्जी पुस्ताले हाम्रो देशमा भ्रष्टचारले कहिलेदेखी रफ्तार लिएको हो र यसको पछाडीको कारक के हो भन्ने विश्लेषण गरेर विषयको उठान गर्न जरुरी छ। अहिले हामिले जिन पुस्तालाई भ्रष्ट भनिरहेका छौ तिनीहरुपनी कुनै बेला हजुरहरु भन्दापनी तन्देरी र क्रान्तिकारी थिए। शिर मा कफन बाधेरै हिडेकै हुन् । हजुरहरुले आज बोल्ने गरेको भन्दापनी कडा बोल्थे लाग्थो यिनीहरुलाई सत्ता सुम्पन पाए देशले काँचुली फेर्ने छ । नेतृत्व पनि सुम्पियकै हो विडम्बना के भने काचुलिपनी फेरी यो तर तिन्को शरिर को मात्र। भोली तपाईहरु यी नेता भन्दा भ्रष्ट नहुने ग्यारेन्टी के छ? शंका किन भने हजुरहरुको आन्दोलनको जग भ्रष्ट नियत माथी उभिएको छ।

    ४६ को आन्दोलनपछी खुला अर्थनिती अंगिकार गरेकाले विदेशी संघसंस्थाहरुले देशमा खुलम्खुला प्रवेस पाए। जब नेताको पहुँचमा जवाफ दिन नपर्ने पैसाले प्रवेस पायो हो त्यहीबाट हो यी नेताको नैतिकता हल्लीएको। ६३ पछी त झन ती एन जि ओ आइ एन जि ओ हरुको पहुँच हाम्रो संसद, कर्मचारी तन्त्र, न्यायलय, पुलिस, पत्रकार, वकिल, बौद्धिक सबैतिर फैलियो। हाम्रोमा एउटा भनाई छनी एक पटक बाघले मानिसको रगत खायो भने उ निरन्तर मानिस माथी नै आक्रमण गर्छ रे । हो तेही भएको हो हाम्रो समाजमा । जब आई एन जि ओ हरुले नेपाली जनताको रगत पिउन सिकाए त्यस पछी नेताहरुमा बे खोव उन्मात जागेको हो। यदी हामिले भ्रष्ट्रचार मुक्त देश सुसासन चाहने हो भने एन जि ओ को बुई चढेर सम्भव छ जस्तो लाग्दैन । हाम्रो समाजमा एउटा उखान छ गोवन साँप र पस्चिमाले सँगै लखेटे भने पहिला पस्चिमालाई मार्नु पर्छ गोवन सँगत बाँच्न सकिन्छ तर पस्चिमासँग बाच्न गारो हुन्छ। गोवन साँपत मार्यै अव अर्को सग बाँच्न पर्ने छ ।

  • जेन–जीको आन्दोलन र पर्यटनमा अवसर

    जेन–जीको आन्दोलन र पर्यटनमा अवसर

    – रोमन सापकोटा
    चितवन, असोज ४ –
    नेपालमा २०७२ सालको भूकम्पपछिको विनाशले पर्यटन क्षेत्रलाई ठूलो आघात पुर्यायो । लामो संघर्ष र पुनर्निर्माणपछि पुनः उठ्न थालेको यो क्षेत्रमा जेन–जी (नयाँ पुस्ता) को आन्दोलनले थप चुनौती ल्याएको छ ।

    जेन–जी पुस्ता पारदर्शिता, सामाजिक न्याय, दिगोपन र वातावरणमैत्री अभ्यासमा जोड दिन्छ । यस कारण पुरानो ढाँचामा चलेको पर्यटन व्यवसाय दबाबमा परेको देखिन्छ ।

    तर यो चुनौतीलाई अवसरका रुपमा पनि लिन सकिन्छ । जेन–जीले माग गरेको दिगो विकासलाई आत्मसात् गरी पर्यटनमा नयाँ मोडल अपनाउन सकिन्छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल र नयाँ प्रवर्द्धन शैलीमार्फत पर्यटनलाई विश्व बजारमा अझ आकर्षक बनाउन सकिन्छ । साथै, स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र समुदायलाई प्राथमिकता दिई पर्यटन विकास गर्न सकिन्छ ।

    यसरी गर्दा पर्यटनले वातावरण जोगाउने मात्र होइन, स्थानीयलाई प्रत्यक्ष लाभ दिने खालको दिगो स्वरूप पाउँछ ।

    अन्ततः जेन–जीको आन्दोलन पर्यटनका लागि अवरोध होइन, बरु नयाँ सम्भावनाको ढोका हो । यसलाई सकारात्मक दृष्टिले लिएर नेपालले पर्यटन क्षेत्रलाई आधुनिक, दिगो र प्रतिस्पर्धी बनाउन सक्छ ।

    • लेखक रोमन सापकोटा पर्यटन व्यवसायी हुन् । उनी फ्लाईट्स ज्ञानीका सञ्चालक हुन् ।
  • उद्यम: एक आयाम

    उद्यम: एक आयाम

    – अर्जुन अर्याल
    चितवन, फागुन ४ –
    धेरै सुन्दै र पढ्दै आएको कथनी हो,”नेपाल विकासोन्मुख राष्ट्र हो ।” यसको सिधा अर्थ हुन्छ, विकासतर्फ उन्मुख भएको राष्ट्र अर्थात विकास गर्न उद्दत राष्ट्र हो । कहीँकतै यो कथनीमा पनि यथार्थता नझल्किएको देखिन्छ,किनभने हामी विकासशील वा विकासोन्मुख भन्दा पनि विकासपेक्षी राष्ट्र ज्यादा हौँ, हामी विकास होस् भन्ने चाहाने राष्ट्र बढि हौँ ।

    नेपालमा विकास चाहाँदा चाहाँदै पनि व्यक्तिगत भविष्य बनाउने आसामा विदेशिएका कारण प्रतिभा पलाएनको चरम् संकटबाट गुज्रिरहेका छौँ ।

    यसो त हामी नेपाली विदेशिनुमा वा बसाईसराई हुनुमा फरक फरक मत पाईन्छ । तर सारमा अवसरको खोजिमा मानिस एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरित भएको छ ।

    सामान्य रोजगारीका लागि बिदेशिनु हाम्रो बाध्यता बनेको छ । तर के बाध्यतालाई नियती बनाउने? वा केही आत्मविश्वासका साथ स्वदेशमै केही गर्ने? यो समकालीन परिस्थितिले जन्माएको यक्ष प्रश्न हो ।

    हामी पछिल्लो विश्वले प्राप्त गरेको परिणामलाई मात्रै पनि केलाउने हो भने त्यस्ता देशहरुले प्रगती गरिरहेका छन्,जुन देशमा उद्यमशीलताको विकास भएको छ र त्यस्ता देशहरु पछाडी परका छन्,जहाँ रोजगारी/जागिर लाई प्रधान ठानिन्छ । उद्यमको निरन्तता नै उद्यमशीलता हो,जसले व्यक्तिलाई व्यवसायीकता तर्फ धकेलिरहन्छ ।

    तर उद्यमशीलताको बाटो त्यति सहज पनि छैन,किनभने हामीकहाँ यसको अभ्यास ईतिहासदेखी नै कमजोर रहेको छ । कुनैपनि व्यक्ति सर्वप्रथम रोजगार हुनु जरुरी छ । किनभने रोजगारले व्यक्तिलाई ज्ञान सीप र अवधारणाको अभ्यास गराउँदछ,साथै आर्थिक उपार्जन समेत गर्न सक्दछ ।
    विश्व बैङ्का अनुसार पनि १५ बर्ष भन्दा माथीको उमेर समुहका करिब ६० प्रतिशत मानिस जागिरे देखिन्छन् । यसको अर्थ,संसारमा अधिकांश मानिस जागिरे देखिन्छन् । शून्य जोखिम, सहज र भरपर्दो हुने भएकाले मानिसहरु जागिरप्रती आकर्षित देखिन्छन् । तर यो स्वावलम्बनको दिगो उपाए भने हैन ।

    जागिरबाट प्राप्त व्यवसायिक सिकाईलाई व्यक्तिगत तहमा प्रयोग गर्ने तहलाई हामी स्वरोजगार भन्न सक्दछौँ । अरुको भरमा नरही आफ्नै स्वतस्फूर्त रुपमा गरिने कर्मनै स्वरोजगारिता हो । स्वरोजगारिताले हामीमा जोखिम मोल्न सक्ने,व्यक्तिगत निर्णय गर्न सक्ने क्षमतामा अभिवृदि गर्दछ । यो पनि व्यवसायीकताकै प्रारम्भिक चरण हो । स्वरोजगार भएपछि व्यक्तिलाई उद्यमशीलताले घचघच्याउन थाल्नेछ ।

    उद्यम भन्नाले स्वरोजगार मात्र नभई अरुलाई पनि रोजगार दिने तह हो । आफू मात्र बाँच्ने नभई अरूलाई पनि बचाउने तह हो । उत्पादन वा वितरणको सेवा प्रवाह गर्दै समाज र राष्ट्रलाई योगदान दिने उपल्लो मानक नै उद्यम हो, जुन पुर्ण रुपमा व्यवसायीकता हो । समग्रतामा विश्वको कुल जनसंख्याको करिब १०% मानिसले मात्र उद्यम गरिरहेको विभिन्न तथ्यहरुले देखाएका छन्, देशअनुसार तथ्याङ्क तलमाथी हुन सक्दछ । तर यसबाट के देखिन्छ भने,उद्यम गर्न दह्रो र फराकिलो मुटु हुनुपर्दछ ।

    उद्यम भनेको केवल व्यवसाय स्थापना गर्ने क्रिया मात्र होइन, यो एक जीवनशैली, एक सोच, एक अभियान र एक संस्कृति हो। यो व्यक्तिको सपना, लगनशीलता, र जोखिम उठाउने क्षमताको प्रतिबिम्ब हो। उद्यम केवल आर्थिक लाभको लागि मात्र होइन, यो समाजमा परिवर्तन ल्याउने, नवीनता सिर्जना गर्ने, र आत्मसन्तुष्टि प्राप्त गर्ने एक माध्यम पनि हो। केवल पुँजी मात्र पनि उद्यमी बन्नको आवश्यक तत्व हैन,यसका लागि उच्च मानसिकता, धैर्यता, र जोखिम उठाउन सक्ने इच्छाशक्ति पनि चाहिन्छ। उद्यमीहरूले असफलतालाई अवसरको रूपमा हेर्छन् र प्रत्येक गल्तीबाट सिक्ने प्रवृत्ति राख्छन्। उनीहरूको दृष्टिकोण सदैव सकारात्मक हुन्छ, र उनीहरूले समस्याहरूमा अवसर देख्छन्। किनकी हरेक कमजोरीमा सिकाई र हरेक समस्यामा सामधान पनि लुकेको हुन्छ । सुरुमै भनिएजस्तो,कुनै ठाउँ वा देश कति विकसित छ भन्ने कुरा त्यहाँको उद्यमशीलतासँग प्रत्यक्ष जोडिएको हुन्छ ।

    हाम्रो जस्तो विकासापेक्षी राष्ट्र उद्यमशीलताका लागि भर्जिनल्याण्ड हो,किनकी हामी जुनसुकै कर्म गर्न सक्छौ । कृषी,जल,जङ्गल,जमिन,प्रयोग गर्दै प्रविधी र ईन्टरनेटको सहयोगमा नयाँ नयाँ स्टार्टअपहरु सुरु गर्न सकिन्छ । ईकमर्शका माध्यमबाट उत्पादक र बिक्रेता सिधै उपभोक्तासँग जोडिन सक्ने अवस्था छ । कम लागतमा व्यापक बजारीकरण गर्न सकिन्छ । जुन भौतिक उपस्थितीभन्दा धेरै सहज छ र लागतका हिसाबले पनि सस्तो हुन्छ ।

    तर हामी सरकारले वा सरोकारवालाले व्यवसायमैत्री वातावरण सिर्जना गरेन भन्ने निम्छरो लघुताभाषमा रुमलिरहेका छौ । वास्तवमै भन्ने हो भने संसारमा कुनै पनि व्यवसाय सुरु गर्दा एकैपटकमा सजिलै सुरु हुनै सक्दैन,सानो तहबाट सुरु भई विस्तारै अनुकुलन हुँदै ठूलो बनेर प्रवाहित हुन्छ ।

    बजारको अनिश्चिततालाई पुर्व आँकलन गर्दै भैपरी आईलाग्ने जोखिम वहनका लागि तयार हुनुपर्दछ । त्यसैगरि बजार प्रतिष्पर्धा सँग जुध्दै नविनता र पृथकता अपनाउनुपर्ने हुन्छ । बजारको माग र सेवाग्राहीको सन्तुष्टिलाई केन्द्रमा राखेर अगाडि बढन सकियो मात्र भने पनि उद्यममा सकारात्मकता देखिनेछ । विभिन्न चुनौतीहरुले व्यक्तिलाई थप स्पातिलो बनाउने हुँदा अनुभवको सिकाईले व्यवसायीमा निखारता पनि ल्याउने छ ।

    अवसरको खोजीमा पलाएन भईरहेको युवापुस्ताले अब सोच्नुपर्ने बेला आएको छ, रोजगारीकै लागि बाहिर जाने कि अब स्वदेशमै केही गर्ने? स्वदेश वा विदेशमा प्राप्त सिपलाई उद्यमशितलामा परिणत गर्न सकियो भने आगन्तुक पुस्ताले यहीँ केही गर्नेछ । हामी यो एक पुस्ताले मनोबल बढाउने हो भने भविष्यका लागि सहज मैदान तयार गर्न सक्नेछौँ । संसारमा कहीँ कतै एकैपटकमा सफलता प्राप्त गरेका व्यवसायी छैनन्,हामीले धेरैका जीवनी पढेका देखेका छौँ,त्यसैले अब अन्तिम एक पटक जेहाद छेँड्न तयार हुनुपर्दछ ।

    उद्यम केवल वित्त कारोवार मात्र नभई, सीप र जीवनपद्दती हो । देशको आर्थिक सबलीकरणको साधन हो । आत्मनिर्भरताको प्रतिबिम्ब हो । वैयक्तिक स्वतन्त्रता र स्वनिर्णयको बहान हो । दर्शन हो । त्यसैले उद्यम जीवनको एक आयाम हो ।

  • “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

    “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

    – कमल बहादुर साउँद
    “शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ। असल बानी सिकाउने शिक्षा व्यावहारिक हुन्छ । व्यावहारिक शिक्षा प्रविधिमा आधारित हुन्छ । प्रविधिमा आधारित प्राविधिक शिक्षा आजको आवश्यकता हो ।

    आजको युग विज्ञान र प्रविधिको युग हो । त्यसैले कोरा किताबी शिक्षाभन्दा प्रविधिमा आधारित शिक्षा अति आवश्यक छ। एउटा भनाइ नै छ, हातमा सिप भए भोकै मर्नुपर्दैन। हो, यस्तै हो प्राविधिक शिक्षा। प्राविधिक शिक्षा लिनेहरूसँग हातमा सिप रहेको हुन्छ। यही सिपले उसलाई भोको बनाउँदैन।जुन व्यक्तिले देशका लागि साँच्चीकै केही गर्छु भनेर लागेको हुन्छ, त्यस्ता व्यक्तिले पढ्ने शिक्षा प्राविधिक नै हो।

    प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भइसकेको छ । जुन विषय अध्ययन गरिन्छ, त्यो सृजनात्मक बन्नु पर्छ । उत्पादक बन्न सक्नु पर्छ ।हाम्रो देश आर्थिक दृष्टिले, विकासनिर्माणका दृष्टिले, रोजगारीका अवसरको दृष्टिले पछाडि परेको छ । यसको मुख्य कारण प्राविधिक शिक्षाको विकास र विस्तार नहुनु नै हो ।अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सक्नु पर्छ । अनि मात्र मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवा जनशक्ति पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ ।

    एइईको भर्खरै नतिजा सार्वजनिक भएको छ। प्राविधिक शिक्षा पढ्ने उच्च चाहना भएका लाखौं विद्यार्थीलाई आफ्नो रुचिअनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र होटेल मेनेजमेन्ट संकायमा यही शैक्षिक शत्र ०८१/०८२ मा भर्नाका लागि प्राविधिक शिक्षा तर्फ देशभरिका विभिन्न प्रदेशमा दलित,गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ३७६३ काे संख्यामा वर्गिकृत छात्रवृत्तिका लागि आवेदन फर्म खुलेको छ । र देशका विभिन्न आंगिक र निजी शिक्षालयहरुले पनि पूर्ण शुल्कीय कोटा तर्फ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाकाे आवेदन फर्म खुलाएका छन् ।

    यसै सन्दर्भमा प्रवेश परीक्षाको फर्म भर्ने काम धमाधाम सुरु भैरहेका बेला CTEVT विद्यार्थी नेता तथा CTEVT को कर्मचारी हुँ भन्दै प्रवेश परीक्षामा नाम निकालिदिन्छु भनी भ्रमात्मक कुरा गरी केही शैक्षिक माफिया दलालीहरु विद्यार्थीलाई झुक्याउने ठग्ने गरेको पाइन्छ । यति मात्र नभई फेक CTEVT ग्रुप खोली फेसबुक एकाउण्ट बनाई विद्यार्थीलाई झुक्याई विभिन्न अनैतिक क्रियाकलापबाट विद्यार्थीलाई जालमा पारी पैसा कमाउने उदेश्यले विद्यार्थीहरुसंग पैसाको डिल गर्ने र विद्यार्थीबाट पैसा असुल्न खोज्ने गिरोह धेरै बढेको देखिएको छ ।

    यसले गर्दा आम विद्यार्थीमा प्राविधिक शिक्षाप्रति नकारात्मक असर पर्न गएको देखिन्छ। त्यसैले यस्ता दलालहरुबाट बच्न र सावधान हुन देशका सम्पूर्ण आम विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।।

    – लेखकका बारेमा
    लेखक कमल बहादुर साउँद सिटिईभिटीको आंगिक शिक्षालय ‘स्कुल अफ हेल्थ साइन्स भरतपुर, चितवन’मा अध्ययनरत विद्यार्थी हुन् । उनी अनेरास्ववियु सिटिईभिटी राष्ट्रिय कमिटी सदस्य समेत हुन् ।

  • सांसदसँग रासस संवाद : राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

    सांसदसँग रासस संवाद : राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

    नेपालगञ्ज, २ वैशाख
    हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर यसको सञ्चालन विधिका बारेमा नेताहरु इमान्दार र विवेकशील हुन जरुरी छ । निर्वाचनको यो मिश्रित व्यवस्था अल्पसङ्ख्यकहरूको संरक्षणका लागि गरिएको हो ।

    अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो । मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा मात्र हुनुपर्छ । प्रतिनिधिसभालाई एक सय हाराहारीको बनाउने र प्रदेशमा १५ जना निर्वाचित गर्ने व्यवस्था राख्नुपर्ने देखिन्छ । प्रदेशको ठूलो सङ्ख्या पनि आवश्यक छैन । स्थानीय तह जे छ राम्रो छ, कमीकमजोरी भए सुधार गरेर लैजानुपर्छ । यस्तो गर्दा जनप्रतिनिधिहरुको सङ्ख्या घटेर १८ हजार हुन्छ । यस्तो हुने बित्तिकै सरकारले स्थायित्व पाउँछ । यत्रो कर्मचारीतन्त्र यो डिजिटल युगमा जरुरी छैन । इन्जिनियर, चिकित्सकको विज्ञापन खोलेर गाउँगाउँ पठाइदिन सकिन्छ । यस्तो भयो भने मुलुकले एउटा कोर्स लिन्छ । समावेशी, समानुपातिक निर्वाचन प्रणाली मात्रै भनेर पनि हुँदैन, यो त सुधार गर्नैपर्छ ।

    समानुपातिक निर्वाचन प्रणालीबाट विज्ञ व्यक्तिलाई सदनमा ल्याउनुपर्ने थियो । उनीहरुलाई विभिन्न संसदीय समितिमा राखेर काम गर्न पाएको भए प्रभावकारी हुन्थ्यो । यसमा अरुले खेल्ने मौका पाउने थिएनन् । हामीले सुरुमा बिरुवा रोप्दा नै हाम्रो आवश्यकताका बारेमा ख्याल गरेनौँ । असन्तुष्टिलाई मात्र ध्यान दिने हो भने अझ अराजकता हुन्छ । जे छ राम्रो गराउने प्रयास गराउनुप¥र्यो । अब आउने पुस्ताले राम्रो गर्नुपर्छ । संसदीय समितिलाई प्रभावकारी बनाउन सबै पार्टीले समानुपातिक प्रणालीबाट विज्ञहरुलाई ल्याउनुपर्छ ।

    संसद््मा आफ्ना विचार प्रस्तुत गर्ने क्रममा जुन तर्कहरु आएका हुन्छन् ती निःसन्देह जनताप्रति केन्द्रित र जवाफदेही नै हुने गरेका पाइन्छन् । संसद््लाई अझ बढी चलायमान बनाउन संसद््भित्र विभिन्न समिति क्रियाशील छन् र ती पनि निकै शक्तिशाली छन् । यसलाई ‘मिनी संसद्’ पनि भनिन्छ । संसद् र संसदीय समितिले सरकारलाई सचेत गर्न र जनताप्रति जवाफदेही तुल्याउन भूमिका निर्वाह गरिरहेका हुन्छन् । शक्तिपृथकीकरणको मूल मान्यताका आधारमा संसद्ले काम गरिरहेको हुन्छ । तथापि, संसद्को सञ्चालन र प्रभावकारिता अभिवृद्धिका लागि राजनीतिक नेतृत्वका अघिल्तिर ठूलो जिम्मेवारी हुने गर्दछ । राजनीतिक नेतृत्व गम्भीर नभई आफ्नो मात्रै स्वार्थमा लाग्ने, आफ्ना सन्तानलाई गलत काममा लगाउने, आफ्नो परिवारलाई बढावा दिने, आफ्नो गुटलाई प्रश्रय दिने गरेमा मुलुकभित्र नैराश्यता बढ्नुका साथै देशभित्र अनेक समस्या सिर्जना हुने गर्दछ ।

    वास्तवमा दलका नेतृत्ववर्गले यस वस्तुतथ्यलाई आत्मसात् गर्न जरुरी छ । म कुन घरमा बसिरहेको छु र मेरो घरको लक्ष्य के हो भन्ने कुरा घरको नेतृत्व गर्नेलाई थाहा हुन जरुरी छ । घरलाई सबल बनाउन अरुभन्दा भिन्न तरिकाले मिलाएर लैजाने हुनुपर्छ । अहिले न्यायपालिकामा हुने नियुक्तिमा भागबण्डा गर्नेजस्तो गलत अभ्यास थालिएको छ । अन्य निकायमा पनि आफ्नै मान्छेलाई लैजान खोज्यौँ, संवैधानिक नियुक्तिमा पनि आफ्नै नियुक्ति खोज्यौँ । यस अभ्यासले राम्रोसँग काम गर्न सकेन, ‘डेलिभरी’ दिन सकेन । सदनमा कुखुरा पाल्ने, गाई पाल्ने, हलो जोत्ने, कोदालो खन्ने, श्रमिक वा कुनै किसान होस् उनीहरुको पक्षमा जनप्रतिनिधिले के बोल्छन् भन्ने कुरा चासो दिने विषय प्राथमिकतामा पर्नुपर्छ । हामीले जनतालाई पनि पार्टीगत रुपमा विभाजित गरिरहेका छौँ ।

    मेरो निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नं १ मा सबैभन्दा बढी प्राथमिकताको विषय शिक्षा र स्वास्थ्य नै हो । शिक्षालाई राम्रो बनाउन शिक्षकलाई अपग्रेड गर्नुप¥यो । विद्यार्थी, अभिभावकलाई स्कुल ल्याउन आकर्षण बढाउनुपर्छ । जनताको स्वास्थ्यलाई ख्याल गरेर विशेषज्ञ चिकित्सक, ल्याब हुनुपर्छ । विकास भनेका सडक, खानेपानी विद्युत् पनि हो तर यो निरन्तर हुने प्रक्रिया हो । अर्गानिक खेतीका लागि यहाँ अत्यन्त अनुकूल अवस्था छ । त्यसका लागि किसानलाई अनुदान दिनुपर्छ । यहाँ बेलायती सेना, नेपाली सेना, प्रहरीमा काम गरेका विज्ञहरु थुप्रै हुनुहुन्छ । लामो अनुभव प्राप्त गरेका हुनुहुन्छ । यहाँका युवालाई जिल्लामै विभिन्न अवसर दिनसके विदेश जानै पर्दैन ।

    अर्को, कालीगण्डकी कोरिडोरले गर्दा सालझण्डी बजार नजिकै पर्न सक्छ । त्यहाँबाट बुटवल बजारसम्म आफ्ना उत्पादन लैजान सक्छौँ । कालीगण्डकी जलविद्युत्ले गर्दा पोखरासम्म पनि हाम्रा उत्पादन जान सक्छन् । यसबाट किसानले प्रशस्त लाभ लिन सक्छन् । यस्तो अवस्थामा बीउ, मल, सिँचाइको अभाव किसानलाई हुनुहुँदैन । कफी, किबी, कोदोको उत्पादन बढाउन सकिन्छ । हामीले यी उत्पादनको ब्रान्डिङ गर्नु जरुरी छ । यसबाहेक कालीगण्डकीको रिडीमा शालिग्राम छ । त्यो शालिग्राममा जलधारा गराएर त्यहाँ एउटा टावरजस्तो बनाइयो भने धार्मिक पर्यटनका रुपमा विकास हुन सक्छ । धार्मिक पर्यटनसँग रुरु क्षेत्र, रेसुङ्गा क्षेत्र जोडिन्छ । यसबाहेक अन्यन्त मनमोहक दृश्यहरु छन् जसले पर्यटनको प्रचुर सम्भावनालाई पनि देखाउँछ । अर्गानिक आलुको उत्पादन भइरहेको छ । त्यस्तै सुन्तला उत्पादन हुन्छ । यसै वर्ष रु १३ करोड बराबरको सुन्तला गुल्मीबाट निकासी भयो । यसलाई अझै व्यवस्थित गर्ने हो भने रु ४० करोडसम्मको सुन्तला निकासी हुन सक्छ ।

    वैदेशिक रोजगारीको कुरा त पहिलेको विकृतिको हो । पहिलेका व्यक्तिको अदूरदर्शिता । राजनीति मात्रै गर्ने राष्ट्रनीतिका विषयमा कुनै छलफल नगर्ने प्रवृत्ति रह्यो । उहाँहरुको विकृत मानसिकताबाट हाम्रो पुस्ताले भारी बोक्नुपर्ने अवस्था देखिएको छ । यसलाई रोक्नका लागि वा न्यूनीकरण गर्न स्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, सूचना प्रविधि, रोजगारीको ग्यारेन्टी हुनुपर्छ । विदेशमा रहेका नेपालीले कमाएको पैसा सरकारले ऋण लिएर देशमा लगानी गर्न सक्छ । उहाँहरुको लगानी नेपालमा नै भएपछि उहाँहरु फर्केर आउनुहुन्छ । त्यसैले हाम्रो देशलाई शिक्षा, स्वास्थ्य, आइटी र जलस्रोतको केन्द्रका रुपमा विकास गर्नुपर्छ । हामी भारत र चीनको बीचमा छौँ, दुवै देशले धेरै प्रगति गरेका छन् । हामीले ठूलो मात्रामा उद्योग स्थापना गर्न सक्दैनौँ । अहिलेको सोच र चिन्तनबाट म त्यो सम्भव देख्दिनँ । नेपालभित्र नेपाली खोज्न सक्नुपर्छ ।

    सांसद भण्डारीको परिचय
    विसं २०१८ जेठ २७ गते जन्मनुभएका गुल्मी क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनका क्रममा गुल्मीको तम्घास, पाल्पाको तानसेन र काठमाडौँको केन्द्रीय र भद्रगोल जेलमा पाँच वर्ष बिताएका कठिन दिन बिर्सनुहुन्न । ‘नेपाल निर्माणमा भूमण्डलीकरणको प्रभाव’ शीर्षकमा विद्यावारिधि गर्नुभएका उहाँ अन्तरराष्ट्रिय सम्बन्धका जानकार मानिनुहुन्छ ।

    (सांसदसँग रासस संवादका लागि सांसद भण्डारीसँग राष्ट्रिय समाचार समितिका नेपालगञ्जस्थित समाचारदाता युवराज पाण्डेले गर्नुभएको कुराकानीको सम्पादित अंश ।) -राष्ट्रिय समाचार समिति

  • वेबसाइटमा बढ्दो साइबर आक्रमण र सुरक्षाका उपायहरु

    वेबसाइटमा बढ्दो साइबर आक्रमण र सुरक्षाका उपायहरु

    -अचुतकुमार ओझा
    काठमाडौँ, १ फागुन

    विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सरकारी वेबसाइट एकाएक बन्द भयो । केन्द्रीय डाटा सेन्टरमा डिडस साइबर आक्रमण हुँदा अत्यधिक ट्राफिक देखिइ कुनै पनि आइएसपिका साइटहरुबाट नेपाल सरकारका वेबसाइट खुल्न सकेन । त्यसको २३ दिनपछि अर्थात् २०७९ फागुन ८ गतेका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको वेबसाइट डाउन भयो । यसले गर्दा कैयौँ अन्तर्राष्ट्रिय उडान रोकिए भने यात्रुहरु अलपत्र पर्न गए ।

    त्यस्तै २०८० पुस १५ र १६ गतेका दिन पुनः नेपाल सरकारको वेबसाइटहरु अवरुद्ध भयो । यो श्रृङखला चलिरहेको नै छ । साइबर आक्रमणकारीहरुले सरकारी साइटहरु, वेब एप्लिकेसन र सर्भरमा आक्रमण गर्ने र आफ्ना उद्देश्य प्राप्त गर्न खोज्नु नेपालमा मात्र होइन, विश्वका विकसित देशहरुमा पनि यस्ता घटना भइरहन्छन् । तर ती देशहरुमा यस्ता घटनालाई राज्यले प्राथमिकतामा लिएर किन, कसले र कुन उद्देश्यले साइबर हमला भइरहेको छ भनी निरन्तर अध्ययन गरी सुरक्षाको नयाँ र सशक्त उपायहरु प्रयोगमा ल्याइन्छ । हाम्रो देशमा त्यो किसिमको प्राथमिकतामा पर्न सकेको देखिदैन ।

    सरकारी निकायलाई लक्षित गरी भएका घटनाहरु बढ्दो क्रममा छन् । विभिन्न मितिमा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुको इमेल ह्याक भएका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको सर्भर डाउन भएको छ । त्यस्तै सङ्घीय संसद्को वेबसाइट केही घण्टा अवरुद्ध भएका खबर सेलाउन पाएको छैन । हालै २०८० माघ १५ गतेका दिन त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आफ्ना विद्यार्थीहरुलाई अनलाइनमार्फत कार्यालयमा नआई शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, प्रोभिजन, नम्बर पुनरावेदन र अन्य सुविधाहरु दिन सकिने गरी विश्वविद्यालयका उपकूलपति र पनिकाका प्रमुखले वेबसाइट उद्घाटन गरेका थिए । त्यसको साँझ नै कक्षा १२ का एक छात्रले सामाजिक सञ्जालबाट आफूले ह्याक गरेको सूचना सार्वजनिक गरे । माथिका यी केही प्रतिनिधि घटनाहरु हन् । यी बाहेक कैयांै साइबर अपराधका घटनाहरु बाहिर आएका छैनन् । समयमै सुरक्षाका उपायहरुको खोजी नगर्ने हो भने नेपाल सरकारको डाटा सेन्टर र वेबसाइटहरुमा भइरहेका साइबर हमला फेरि पनि नहोलान् भन्न सकिन्न ।

    सरकार डिजिटल नेपाल, डिजिटल फ्रेमवर्क र विद्युतीय सुशासनको अभियानमा अगाडि बढिरहेको अवस्थामा भइरहेका यस्ता साइबर अपराधका घटनाहरुले जनमानसमा विचलन र अविश्वास सिर्जना गर्न सक्ने भएकाले गम्भीर रुपमा लिनु पर्ने देखिन्छ । सरकारका पदाधिकारीहरु र जिम्मेवार निकायले साइबर अपराधका विषयमा मिडिया र सार्वजनिक स्थानहरुमा आफ्ना विचार व्यक्त गर्दा थप सजगता र गम्भीर्यताका साथ प्रस्तुत हुन आवश्यक छ । अन्यथा डिजिटल नेपालको अभियानप्रति नागरिकमा पैदा हुने शङ्काका कारण थप चुनौतीपूर्ण हुन सक्छ । सरकारका निकाय, सरकारी अभियान, सर्वसाधारणको चाहना, विश्व परिस्थिति, लागत, सहजता, प्रतिस्पर्धात्मक क्षमताको विकास, समयको बचत र विविध सुविधाको कारण राज्य र नागरिक प्रविधिको प्रयोगका लागि इच्छुक हुनु स्वभाविक हो । तर बढ्दो प्रविधिको प्रयोग र न्यून साक्षरताको कारण साइबर अपराधको घटनाको ग्राफ बढ्दो छ ।

    नेपाल प्रहरिको साइबर ब्यूरोको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९÷८० मा छ हजारभन्दा बढी साइबर अपराधका घटनामा संलग्नहरुलाई कारबाही गरिएको थियो । यस आर्थिक वर्ष २०८०/८१ को माघ २३ गतेसम्मको तथ्याङ्क हेर्दा साइबर अपराधमा कानुनी उपचारको लागि साइबर ब्यूरो भोटाहिटी र देशभरका प्रहरी कार्यालयहरुमा गरी १३ हजार तीन सय ३० भन्दा बढी उजुरी आइसकेको अवस्था छ । नेपाल प्रहरीको पुस मसान्तसम्मको प्रगति प्रतिवेदन हेर्दा कात्तिक १ गतेदेखि पुस २९ गते सम्ममा सामाजिक सञ्जालसम्बन्धी उजुरीउपर चार हजार नौ सय ४० कारबाही गरिएको छ । यस आर्थिक वर्षको सात महिनाको अवधिमा साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना व्यक्तिहरुलाई साइबर ब्युरोबाट पक्राउ गरिएकोे छ ।

    नेपालमा टेलिघनत्व ११९.३६ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवाको कूल घनत्व १३५.५० प्रतिशत रहेको दूरसञ्चार प्राधिकरणको आव २०७९/८० को प्रतिवेदनमा प्रकाशन भएको छ । यसले नागरिकको प्रविधिसँगको पहुँच सहज बन्दै गएको देखाउँछ । तर साक्षरतामा भने कुनै सुधार हुन सकेको छैन । यसरी प्रविधिको उपलब्धतासँगै बढेको अपराधको ग्राफले व्यक्तिलाई मात्र नभई सरकार र सरकारी निकायहरुमा पनि साइबर अपराधीका निसाना लक्षित हुने निश्चित छ । साइबर अपराधीहरुले सरकारी वेबसाइट र डाटा सेन्टरहरुमा आक्रमण गर्नुका विभिन्न कारणहरु रहेका छन् । साथै, यस्ता वेबसाइट र डाटा सेन्टरहरु डाउन हुनुमा विविध परिस्थितिहरु समेत जोडिएका छन् ।

    व्यक्तिव्यक्ति बीच फरकफरक कारणले सरकारी वेबसाइटहरुमा आक्रमण गर्ने गरेको देखिन्छ । पहिलो व्यक्ति जो सिकारु छ जो साइबर आक्रमणको क्षेत्रमा नयाँ छन् उनीहरुले आफ्नो रहर र सीप परीक्षण तथा लोकप्रिय भइन्छ भन्ने भ्रमका कारण सरकारी साइटहरुमा आक्रमण गर्ने गरेको देखिन्छ । दोस्रो व्यक्ति जो व्यवसायी छ, जो साइबर आक्रमणको क्षेत्रमा अपराधिक मानसिकता बोकेर हिड्छ, उसले एकै पटक धेरै डेटा पाउन, सेवा प्रभावित पारेर दुःख दिन तथा सर्भर नै डाउन गरी मोटो रकम असुल्ने नियतले सरकारी साइटमा हमला गर्ने गरेको देखिन्छ । त्यस्तै अर्को खालको व्यक्ति जो कुनै राज्यले नै संरक्षण दिएर परिचालन गरिएको हुन्छ । यिनीहरुले आफूलाई संरक्षण दिएको राज्यको लागि काम गर्ने गर्दछन् । यस्ता अपराधीहरुले आफूलाई सञ्चालन गर्ने सरकारको हित र सुविधाको लागि अन्य राज्य वा सरकारका गोप्य रणनीति, सूचना, तथ्याङ्क र कागजपत्रहरु चोरी गर्न र थप दबाब बढाउन साइबर आक्रमण गर्ने गर्दछन् ।

    सरकारी वेबसाइट निर्माण गर्दा सबै किसिमको सेक्युरिटी टेस्टिङ्ग नगरी लाइभ गर्ने गर्नु, डु अल इन्टरनेट कनेक्टिभिटी नहुनु, दक्ष जनशक्तीको अभाव हुनु, कम्जोर सेक्यूरिटी आर्किटेक्चर रहनु, विद्युतीय डिभाइसहरु समयमै अध्यावधिक नगर्नु र म्यानुफ्याक्चर कम्पनीसँग डिजिटल उपकरणहरु र सफ्टवेयरको लाइसेन्स नवीकरण नियमित हुन नसक्नुले पनि यस्ता अपराधहरु पटकपटक हुने गरेका छन् । नयाँ प्रविधि र प्रयोगसँगै साइबर अपराधका कारणहरु पनि फेरिदै र बदलिदै गएको देखिन्छ । कतै सब सिस्टम धेरै भएकाले, कहिले डेटा माइग्रेसन गर्दा ध्यान नपुग्नाले, कैंयौ सरकारी वेबसाइटमा इनसेक्यूअर डिजाइन रहनाले र पनिकाजस्ता संस्थाहरुको प्रायः साइटहरुमा बग रिपोर्ट गर्ने जस्ता सामान्य फिचर नभएकाले सरकारी साइटहरुमा साइबर आक्रमणका घटनाहरु बढेको देखिन्छ । यस्ता आक्रमणहरु किन, कसले र कहाँबाट भएका हुन् पहिचान गरी आवश्यक सुरक्षा अपनाउन टड्कारो आवश्यक देखिन्छ ।

    साइबर सुरक्षाका उपायहरु:-

    –नीति, नियम र कानुनको व्यवस्था: राज्यले साइबर अपराधलाई नियन्त्रण गर्नको लागि समय सान्दर्भिक कानुनको निर्माण र कार्यान्वयन गनुपर्ने देखिन्छ । नेपालमा साइबर सुरक्षा ऐन र कानुन नभएकाले विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गरिदै आएको छ । अपराधीलाई न्यून सजाय भएकाले तत्काल साइबर सुरक्षा कानुन बनाउनु आवश्यक छ । हालै साइबर सुरक्षा नीति २०८० जारी गरिएको छ ।

    – दक्ष जनशक्तिको व्यवस्था: नेपाल सरकारले साइबर अपराध अनुसन्धान, नयाँ प्रविधिको खोजी र साइबर सुरक्षामा सहभागी जनशक्तिलाई थप तालीम र अभ्यासको व्यवस्था गर्ने, नयाँ पुस्तालाई साइबर सुरक्षासम्बन्धी अध्ययन गर्न देशभित्रै वातावरण निर्माण गर्ने र आवश्यकताअनुसार सरकारी निकायहरुमा थप साइबरविज्ञ जनशक्ति उपलब्ध गराउने कार्य नेपाल सरकारले गर्नु पर्ने देखिन्छ ।

    – पर्याप्त बजेटको व्यवस्था: बजेट अभावकै कारण कुनै पनि साइबर अपराधका घटना नघटुन् भनेर नेपाल सरकारले साइबर सुरक्षाको लागि पर्याप्त बजेटको प्रबन्ध गर्नु पर्दछ । निर्माण कम्पनीबाट लाइसेन्स नवीकरण, विद्युतीय डिभाइस र सर्भरहरुको अपडेट समयमा गर्न नसकिएका कारण साइबर अपराधका घटना भएको देखिन आएकाले समयमै बजेट उपलब्ध गरी समस्याको समाधान खोज्नु पर्ने देखिन्छ ।

    – डाटा केन्द्र सञ्चालन मापदण्ड: नेपालको राष्ट्रिय एकिकृत डाटा केन्द्र र हेटौंडामा अवस्थित डिजास्टर रिकभरी केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने देखिन्छ । डाटा सेन्टरको सुरक्षाको लागि फायरवाल, इन्क्रिप्सन, एक्सेस कन्ट्रोल र इन्स्ट्रक्सन डिटेक्सन सिस्टम (आइडिएस) आदिको प्रयोग गर्न सकिन्छ ।

    – भौतिक सुरक्षा: डाटा सेन्टर र यसमा भएका विभिन्न भौतिक सामग्री तथा उपकरणको भौतिक सुरक्षामा समेत चनाखो हुनु आवश्यक छ । विशेषतः यस्ता उपकरण महँगा हुने भएकाले चोरी हुने, नष्ट गर्न सक्ने भएकाले भर्चुअल र भौतिक सुरक्षा दुबैमा ध्यान दिन आवश्यक छ । साइबर विज्ञहरुमार्फत सेवा सञ्चालनसँगै २४ सै घण्टा सातै दिन अनुगमन÷निरीक्षण÷निगरानीको व्यवस्था गर्नु पर्ने हुन्छ ।

    – जनचेतना अभिवृद्धि: नेपाली नागरिक र सरकारी निकायमा कार्यरत कर्मचारीहरुमा साइबर सुरक्षासम्बन्धी चेतनाको अभावको कारण समेत कतिपय घटनाहरु भएका छन् । यसको नियन्त्रण र रोकथामको लागि सर्वसाधारण नागरिकदेखि कर्मचारीहरुलाई साइबर सुरक्षा सचेतना अभिवृद्धि गर्न आवश्यक छ ।

    – संरचनागत सुधार: साइबर सुरक्षा सुनिश्चितताको लागि नेपाल सरकारले सञ्चालनमा ल्याउने सबैखाले वेबसाइटहरुको सुरक्षा परीक्षणपछि मात्रै लाइभ गर्ने गर्नु पर्दछ । बिना परीक्षण हतारमा लाइभ गर्ने गर्नु हुँदैन । साथै प्रयोगमा रहेका तथा प्रयोगमा ल्याउन लागिएका प्रविधि, सर्भर र साइटहरुको सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ ले सरकारी कार्यालयले सूचना प्रविधि विभागबाट वेबसाइटको सुरक्षा र विश्वसनीयताको सम्बन्धमा वर्षको कम्तीमा एकपटक सुरक्षा परीक्षण गर्नुपर्ने भनेको छ । तर प्रभावकारी र नियमितरुपमा हुन सकेको छैन । तसर्थ नियमित साइबर सुरक्षा अडिट गर्न आवश्यक छ । यस्ता उपकरण र सफ्टवयरको प्राविधिक अडिट समेत गर्नका लागि आवश्यक संरचना तयार गर्नुपर्ने देखिन्छ ।

    – ब्याकअप : डाटा केन्द्रहरुमा भएका सम्पूर्ण उपकरण तथा सामग्रीहरुमा कुनै आक्रमण भएमा त्यसलाई तत्काल हटाएर नयाँ सामग्री जडान गर्नको लागि ब्याकअप हुन आवश्यक छ । यसरी साइबर आक्रमणमा परेका उपकरणहरु सङ्क्रमित हुने उच्च सम्भावना भएकाले त्यसैलाई प्रयोग गरिएमा साइबर अपराध हुने सम्भावना अत्याधिक रहन्छ । यसको लागि ब्याकअपको व्यवस्था गरिनु पर्दछ । यसको साथै नयाँ सर्भर खडा गरी सिङ्गो सर्भरको नै ब्याकअपको व्यवस्था गरिनुपर्छ । यसले गर्दा साइबर आक्रमण भई एउटा सर्भर डाउन भएर वेबसाइटहरु नचल्दा तत्काल अर्को सञ्चालनमा ल्याई सरकारी साइटहरु र डेटा सुरक्षित गर्न सकिन्छ ।

    अन्त्यमा, बढ्दो डिजिटललाइजेशनसँगै बढेको साइबर अपराधका घटना सिङ्गो विश्व जगतको टाउको दुखाई बनेको छ । यस्ता अपराधीहरु आफ्नो पहिचान लुकाएर एउटा देशको सिमानाभित्र बसेर अर्कै देशमा अपराध कर्म सहजै गर्न सक्छन् । यस्ता व्यक्ति पहिचान जटिल हुने हुँदा कारबाहीको दायरामा ल्याउन निकै चुनौतीपूर्ण बनेको छ । यसैले नेपाल जस्तो विकासोन्मुख मुलुकले साइबर सुरक्षा कबजका रुपमा माथिका विविध पाटाहरुमा आफूलाई अब्बलरुपमा अगाडि लैजान आवश्यक छ । तसर्थ, नेपाल सरकार र नेपाली नागरिकले साइबर अपराधबाट बच्न बलियो पूर्वतयारी गर्नुको विकल्प छैन । (लेखक साइबर सुरक्षासम्बन्धी विषयका जानकार हुनुहुन्छ) -राष्ट्रिय समाचार समिति

  • भरतपुर महानगरमा उद्यमशीलता र सृजनशीलता : अवस्था, संभावना र चुनौती

    भरतपुर महानगरमा उद्यमशीलता र सृजनशीलता : अवस्था, संभावना र चुनौती

    – हिरालाल आचार्य ‘डायमण्ड’
    एक लाइनमा भन्नुपर्दा उद्यमशीलता भनेको उपलब्ध अवसर तथा स्रोत र साधनको उच्चतम प्रयोग गरी अर्थ उपार्जन गर्ने उद्देश्यले प्रेरित भएर गरिने मानवीय आर्थिक क्रियालापहरु हो । उद्यम कार्यमा सृजनशीलता भनेको नविनतम र अरुभन्दा फरक कार्य गर्न खोज्नु तथा नयाँ वस्तु उत्पादन गर्न खोज्नु हो ।

    उद्यमी बन्न जोखिम बहन गरी व्यावसायिक कार्य गरिएको हुन्छ । जोखिम कम गरी व्यावसायिक सफलता हाँसिल गर्न सीप, सुझबुझ, अनुभव आदिको आवश्यकता पर्दछ ।

    आजको आधुनिक युगमा व्यक्ति, समाज र राष्ट्रका लागि लागि उद्यमशीलता अत्यन्त महत्वपूर्ण छ । यस्तै व्यवसायी, उद्यमी, उपभोक्ता, लगानीकर्ता तथा सरकारी दृष्टिकोण समेतमा उद्यमशीलता महत्वपूर्ण छ ।

    उद्यमशीलताले उपलब्ध स्रोत र साधनको अधिकतम् सदुपयोग गरी देशको कुल ग्राहस्थ उत्पादनमा समेत वृद्धि गर्न सघाउँछ । यसले सरकारको राजश्व समेत बढाउँछ । समाजमा स्वरोजगार बन्नेहरुको संख्यामा वृद्धि गराउँछ । रोजगारीका विभिन्न अवसर सृजना गर्दछ । व्यक्ति, समाज र राष्ट्रको अर्थतन्त्र सुदृढ पार्न मदत गर्दछ । त्यसैले पनि उद्यमशीलताको विकास गर्नु अपरिहार्य छ ।
    व्यक्ति र समाजलाई उद्यमशील बन्न राज्य र तीनका निकायहरुले सक्दो भूमिका खेलेको हुनुपर्छ । संघीय गणतन्त्रात्मक देश नेपालमा स्थानीय सरकारको भूमिका अझ महत्वपूर्ण रहेको छ । जनतासँग सबैभन्दा नजिक रहेको सरकार स्थानीय सरकारले आफ्नो पालिकामा उद्यमशीलता र सृजनशीलता वृद्धि गर्न वर्षेनी विभिन्न योजनाहरु ल्याइरहेका हुन्छन् ।

    मध्य नेपालमा अवस्थित चितवन जिल्लाको एकमात्र महानर भरतपुर महानगरमा हरेक क्षेत्रमा उद्यमशीलताको संभावना छ । व्यापारिक उद्यम, उत्पादन उद्यम, लघु उद्यम, कृषि उद्यम, पर्यटन उद्यम तथा सेवा उद्यम लगायतका विभिन्न उद्यम क्षेत्रको संभावना यहाँ छ ।

    घरेलु कार्यालय चितवनको तथ्यांकअनुसार भरतपुर महानगरपालिका भित्र क्षेत्रभित्रका उद्योगहरुको विवरण यसप्रकार छ । कृषिमुलक उद्योग ३६६५, उत्पादनमुलक उद्योग २४४२, सेवामुलक उद्योग २३०९, पर्यटनमुलक ६९२, विज्ञान तथा सूचना प्रविधिमुलक ६ र उर्जामुलक १ गरी ९११५ वटा उद्योग रहेका छन् ।

    पुनः दोश्रो पटक महानगरपालिका प्रमुखमा निर्वाचित भएर आउनुभएकी रेनु दाहालको कार्यकाल लगातार ६ वर्ष पुगिसकेको छ । दाहाल महानगरपालिकामा आएपछि विकासले तीव्रता लिनुका साथै उद्यमीहरुको सँख्यामा पनि क्रमशः बढ्दै गएको तथ्यांकमा देखिन्छ ।

    जनगणना २०७८ अनुसार चितवन जिल्लामा कुल जनसँख्या ७ लाख २२ हजार १६८ रहेको छ । जसमा पुरुष ३ लाख ५४ हजार ७१ र महिला ३ लाख ६८ हजार ९७ रहेका छन् । सात वटा पालिका रहेको चितवनमा भरतपुर महानगरपालिकामा मात्र ३ लाख ६९ हजार ३७७ जनसँख्या रहेको छ । जसमा पुरुष १ लाख ७९ हजार ७४४ र महिला १ लाख ८९ हजार ६३३ रहेका छन् ।

    जिल्लामा १ लाख ५३ हजार ६६२ घरधुरी र १ लाख ८२ हजार ८३ परिवार रहेका छन् । जसमा महानगरभित्र मात्र ७७ हजार ८३८ घर र ९८ हजार २८८ परिवार छन् ।

    भरतपुर महानगरपालिकाले महानगरवासीलाई उद्यमी बन्न र सृजनशील बन्न विभिन्न तरिकाबाट अभिप्रेरित गरिरहेको छ । पहिलो प्राथमिकतामा महानगरपालिकाले महानगरवासीलाई उद्यम कार्यका लागि चाहिने सीप प्रदानमा जोड दिएको छ ।

    जसअन्तर्गत महानगरका विभिन्न शाखाहरुले विभिन्न तवरबाट भिन्नभिन्न किसिमका तालिम प्रदान गरिरहेको छ । यसका अलवा उद्यमशील र सृजनशील बन्न चाहने व्यक्तिहरुलाई अन्य विभिन्न निकायसँगको सहकार्यमार्फत थप साथ उपलब्ध गराउँदै आएको देखिन्छ ।

    राज्यको अर्काे निकाय सिटीईभीटी अन्तर्गतको नारायणी बहुप्राविधि र भरतपुर बहु प्राविधिकले पनि महानगरमा विभिन्न प्राविधिक तालिमहरु सञ्चालन गरिरहेको छ । साना तथा घरेलु उद्योग कार्यालयले पनि आफ्नै तरिकाले काम गरिरहेको छ । अन्य सामाजिक संघ संस्था एवम् गैह्रसरकारी संस्थाहरुले पनि उद्यमशीलता र सृजनशीलता विकासका लागि विभिन्न कार्यक्रम महानगरभित्र सञ्चालन गरिरहेका छन् ।

    अहिले महानगरपालिकाको कदमको चर्चा गरौं :

    महानगरपालिकाको महिला शाखाले विशेष गरी महिला उद्यमशीलता विकासका लागि काम गरिरहेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ । विपन्नहरुको बाहुल्यता भएको वस्तीलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमबाट यस आवमा भरतपुर महानगरपालिकाको २३, २४, २७ र २८ वडाका विभिन्न वस्तीका बासिन्दाहरु लाभान्वित भएका छन् । यस कार्यक्रमबाट यस आवमा मात्र २०० जना लाभान्वित भएका शाखाको तथ्यांकमा देखिन्छ । यस अन्तर्गत प्राकृतिक संरक्षण कोष सौराहसँगको सहकार्यमा पर्यटन उद्यम विकासका लागि नेचर गाइडको तालिम, होटल बराहीमा कुक सम्बन्धि तालिम, व्यापारिक उद्यम विकासका लागि ब्युटी पार्लर सम्बन्धि तालिम, कृषि उद्यम विकासका लागि कुखुरा पालन र पशुपालन सम्बन्धि तालिम सञ्चालन गरिएको महाशाखा प्रमुख शान्ता कुमार पौडेलले जानकारी दिनुभयो । यसैगरी अचार बनाउने तालिम, केराको सुत्लाबाट रेसा बनाउने र रेसाबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम, सिलाई कटाई तालिम यस आवमा गरिएको छ ।

    तालिम लिएपछि भरतपुर २३ का महिलाहरुले केराको सुत्लाबाट हस्तकलाका विभिन्न सामग्री बनाएर विदेशमा समेत निर्यात गर्ने गरेको पाइएको छ । यसैगरी अचार बनाउने तालिम लिएपछि व्यावसाय नै सुरु गरेर अचारको व्यापार गरिरहेका छन् । सिलाई कटाईको तालिम लिएकाहरु मध्ये केहीले पसल नै खोलेर काम गरिरहेको पाइयो । यसरी तालिम पश्चात आफ्नो जीवनस्तरमा परिवर्तन भएको प्रत्यक्ष अनुभुति उनीहरुले गरेका छन् । तर सिमित संख्यामा दिइएको तालिम पर्याप्त नभएको र लिन चाहने जति सबैलाई तालिम उपलब्ध गराउनु पर्ने माग तालिम लिन नपाएकाहरुको छ ।

    स्थानीयको उक्त कुरालाई संवोधन गर्दै शाखाले अब मागको आधारमा जसले जे चाहन्छ त्यसै किसिमको तालिम उपलब्ध गराउन अझ बढी सक्रिय भएर लाग्ने योजना बनाउने महाशाखा प्रमुख पौडेलले बताउनु भएको छ ।

    त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भरतपुर महानगरपालिकामा पनि सञ्चालित छ । उद्यमशीलता र सृजनशीलता विकास गर्न यस कार्यक्रमले विशेष गरी एउटा टोलमा वैदेशिक रोजगारमा गएकाहरुको समूह जम्मा गर्ने गरेको छ । कार्यक्रम अन्तर्गत भरतपुर महानगरका फोकल पर्शन सुकदेव ढकालका अनुसार उक्त समूहलाई वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गर्दै आइराखिएको छ ।

    वित्तिय साक्षरता तालिम अन्तर्गत विदेशमा गएका व्यक्ति पठाएको पैसाको हिसाबकिताब राख्नका लागि पासबुक उपलब्ध गराउने गरिएको छ । गैह्र उत्पादन क्षेत्रमा कम खर्च गरी उत्पादनको क्षेत्रमा बढी खर्च गर्न प्रोत्साहन गर्ने, विदेशबाट पठाएको पैसा उद्यम कार्यमा लागाउन इच्छुक भएकाहरुलाई आवश्यक तालिम दिन सम्बन्धित निकायसँग समन्वयन गराइदिने लगायतका कार्यहरु भइरहेको छ । यसले विदेशबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनमुखी कार्यमा खर्च गर्न र उद्यमशीलता बन्न सघाइरहेको छ । हाल सामीको यो कार्यक्रम भरतपुर महानगरपालिकाको १८, १९, २१ र २४ मा लागु छ । कार्यक्रमबाट लाभान्वित भएका केही परिवारले सामीको तालिम लिएपछि फजुल खर्च कम गरी कृषिमा व्यावसायिक बन्न सघाएको बताएका छन् । आगामी वर्षमा अन्य वडाहरुमा यो कार्यक्रम लैजाने योजना सामीको छ ।

    सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले ‘मेयरसँग उद्यमशीलता तालिम’ तालिम दिने तयारी गरेको छ । मागका आधारमा दिन लागिएको तालिममा २५० जनाको आवेदन परेको र १४८ जनालाई छनौट गरिएको शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए । तालिम लिने मान्छे तयार भइसकेका छन् भने अब तालिम दिने मान्छे छनौट गर्न टेण्डर खुलाइएको छ । तालिम अन्तर्गत वरिष्ठा, कम्प्युटर अपरेटर, प्लम्बिङ्ग, इलेक्ट्रिशियन, केश कटन, मोबाइल मर्मत लगायतका रहेका छन् । यी तालिम पाइसकेपछि उनीहरु स्वरोजगार भई उद्यम कार्यमा लाग्ने विश्वास शाखाको छ ।

    कृषि शाखाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई विशेष प्राथमकिता दिएर उद्यमशीलता विकासका लागि युवा लक्षित विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यस आवमा मात्र ३९ जना युवा यो कार्यक्रमबाट लाभान्वित भएका छन् । यस आवमा युवाहरुलाई च्याउ खेती गर्न तथा मौरी पालन गर्नका लागि युवाहरुलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम गरिएको आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरी व्यावसायिक कृषिमा लाग्नका लागि अनुदान रकम, सिँचाइका लागि बोरिङ्, उन्नत बीउ, मेशिनरी औजार सहयोग गरेको छ ।

    विदेशबाट फर्किएका युवाहरुले महानगरबाट प्रोत्साहित भई च्याउ खेती तथा मौरी पालन गरिरहेका छन् । पछिल्लो समय तोरीमा विषादी छर्ने मात्रा बढ्दै गएकाले मौरीपालनमा चुनौती थपिएको बताउँदै किसानहरुले यसतर्फ पनि महानगरले सचेत गराउनु पर्ने बताएका छन् ।

    महानगरको कृषि शाखाले विषादी कसरी प्रयोग गर्ने भन्ने बारे सचेतना गराइराखिएको र अबको वर्षबाट अझ थप प्रभावकारी ढंगबाट अघि बढ्ने जनाएको छ ।

    भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालित छ । यस आव ०७९÷८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनाहरुबाट ७८ जनालाई रोजगारी प्रदान गरिएको छ । छोटो अवधिका यस्ता रोजगारबाट प्राप्त आम्दानीलाई कृषिमा थोरै भए पनि लगानी गरेर व्यावसायिक कृषि गर्न प्रोत्साहन गरिएको रोजगार संयोजक सन्देश वाग्ले बताउँछन् ।

    यसैगरी महानगरपालिकाको शिक्षा शाखाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम भरतपुर २० को भीमनगर मावि र भरतपुर २५ को प्रभात माविमा सञ्चालन गरेको छ । भीमनगर माविमा विद्यार्थीहरुले कृषि कर्म पनि गर्ने गरेका छन् । कृषिबाट उत्पादित सामग्री बिक्री गरी उनीहरुले आम्दानी गर्ने गर्दछन् । प्रभात माविमा सीपमुलक विभिन्न कक्षाहरु विद्यालय स्तरबाटै सञ्चालनमा छन् । यस कार्यक्रमलाई अझै बढाउँदै लैजाने योजना रहेको शिक्षा शाखा अधिकृत दिपक सिग्देलको भनाइ छ ।

    चितवनको सौराह देशको तेश्रो पर्यटकीय गन्तव्य हो । सौराह जस्तै गरी पर्यापर्यटनको संभावना बोकेको अर्काे ठाउँ मेघौलीमा पर्यटकीय विकास गर्न महानगरले खोजिरहेको छ । त्यसका लागि सर्वप्रथम त्यस क्षेत्रका बासिन्दालाई पर्यटन उद्यममा लाग्न विभिन्न तरिकाले महानगरको पर्यटन शाखाले सहकार्य गरिरहेको छ ।

    भरतपुर महानगरपालिका भित्र सञ्चालित उद्योग व्यावसाय, यहाँ भइरहेका विकास निर्माणका काम आदि क्षेत्रमा सबैभन्दा पहिला महानगरबासीलाई प्राथमिकतामा राखेर रोजगार प्रदान गर्न सिंगो महानगरपालिकाको टिम लागिरहेको छ । महानगरबासीलाई हरेक क्षेत्रमा दक्ष बनाएर यहाँका काममा यहीँका दक्ष जनशक्ति प्रयोग गर्ने महानगरपालिकाको दिघो योजना रहेको महानगरपालिकाले जनाएको छ ।

    के गर्दैछन् राज्यका अन्य निकाय ?
    उद्यमशीलता र सृजनशीलता विकासका लागि साना तथा घरेलु उद्योग कार्यालय चितवनले पनि भरतपुर महानगरभित्र विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यालयका सूचना अधिकारी नारायण प्रसाद खनालले भरतपुर महानगरपालिका भित्र उद्यमशीलता र सृजनशीलता विकास गर्न चालु आवमा मात्र ७ वटा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

    वडा नम्बर २३ मा केराको सुत्लाबाट कलात्मक हस्तकलाका सामान बनाउने तालिम, वडा नम्बर २५ मा खाद्य प्रशिक्षण सम्बन्धि तालिम र मासु तथा अन्य कुराको अचार बनाउने तालिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनको सहकार्यमा प्रदान गरिएको छ । त्यसैगरी वडा नम्बर १९ मा व्यावसायिक झोला बनाउने तालिम, वडा नम्बर ९ मा ब्युटी पार्लर सम्बन्धि तालिम, भरतपुर १० मा कंक्रिट उद्योगहरुको गुणस्तर सुधारका लागि तालिम, वडा नम्बर १ मा व्यावसायिक झोला बनाउने तालिम गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यसैगरी हाल भरतपुर २ मा कार्यालयले गुडिया बनाउने तालिम दिइरहेको छ । यी सबै कार्यक्रमबाट ३०० जना लाभान्वित भएका छन् ।

    चितवन उद्योग संघ र जिल्लाका पालिकाहरुसँगको सहकार्यमा जिल्ला भरिनै उद्यमशीलता विकास गर्न कार्यालयले काम गरिरहेको देखिन्छ ।

    उद्यमशीलता र सृजनशीलता विकासका लागि काम गर्ने राज्यको अर्काे निकाय काउन्सिल फर टेक्निलकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ्ग (सिटिईभिटी) अन्तर्गत चितवनमा तीन वटा निकाय छन् । ती तीन वटै निकाय भरतपुरमा छन् । भरतपुर १० मा रहेको नारायणी बहुप्राविधिक शिक्षालय, स्कुल अफ हेल्थ साइन्स र भरतपुर २३ मा रहेका भरतपुर बहुप्राविधि शिक्षालयले आफआफ्नै तरिकाले महानगरभित्र काम गरिरहेका छन् ।

    नारायणी बहुप्राविधिक शिक्षालयले भरतपुर महानगरपालिका भित्र यस आवमा १६ वटा कार्यक्रम गरेको शिक्षालय प्रमुख सरिता रेग्मीले जानकारी दिनुभयो । तालिममा प्लम्बिङ्ग, सिभिल इन्जिनियर, सेक्युरिटी गार्ड, पुस्तकालय, मन्टेश्वरी (इशिडिएफ) का तालिम सञ्चालन गरेको छ छ । यसबाट ३०० जना महानगरबासी लाभान्वित भएका छन् । तालिम लिएकाहरु मध्ये अधिकांश आआफ्नो काममा लागि सकेको पाइएको शिक्षालयले जनाएको छ । साथै शिक्षालयले विभिन्न समयावधीका विभिन्न सीपमुलक कक्षाहरु छात्रवृत्तिमा सञ्चालन गरिरहेको छ ।

    भरतपुर बहुप्राविधि शिक्षालयले लामो तथा छोटो अवधिका विभिन्न सीपमुलक तालिम तथा कक्षाहरु सञ्चालन गरिरहेको छ । छोटा अवधिका सीपमुलक तालिम अन्तर्गत यस आवमा मात्र शिक्षालयले ३९० घण्टे ५ वटा तालिम सञ्चालन गरेको छ । प्रति तालिममा २० जनाका दरले सहभागी गराई कुकिङ्ग, बेकरी, बारिष्ता, लाइब्रेरी र इलेक्ट्रिशियनय तालिम प्रदान गरिएको शिक्षालय प्रमुख रविन्द्र आचार्यले जानकारी दिए ।

    साथै शिक्षालयमा छात्रवृत्ति कोटामा तीन वर्षे, २४ महिने, १० महिने विभिन्न कक्षाहरु सञ्चालित छन् । डिप्लोमा इन होटल म्यानेजमेन्ट, कुकिङ्ग आदि कक्षाहरु सञ्चालित छन् ।

    कृषि उद्यम विकास गर्न राज्यका अन्य निकायहरु कृषि ज्ञान केन्द्र चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सिँचाई कार्यालयले पनि महानगरभित्र काम गर्र्दै आइरहेका छन् ।

    अन्य संघ संस्थाहरुको पनि उत्तिकै भूमिका :
    चितवन उद्योग संघले पनि उद्यमशीलता र सृजनशीलता विकास गर्न विभिन्न काम गरिहरको छ । चितवन उद्योग संघको पाठशाला विभागले पनि विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । यस आवमा मात्र चितवन उद्योग संघबाट १९ वटा तालिम तथा कार्यक्रम भएका छन् । गत चैतमा मात्र उद्यमशीलता विकास तालिम ७ दिनसम्म २५ जनालाई प्रदान गरिएको थियो । अचार बनाउने, नवप्रवर्तनीय उद्यम अन्तर्गत उद्यमी विकास कार्यक्रम, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि कानुनी मापदण्ड विषयक सचेतना गोष्ठी लगायतका १९ वटा कार्यक्रमबाट यस आवमा कुल ५५० जना लाभान्वित भएका छन् ।

    उद्योग वाणिज्य संघ (उवा संघ) चितवनले विदेशबाट आएकाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन विभिन्न तालिमहरु सञ्चालन गरिरहेको जाएको छ । संघले उद्यमशीलता र सृजनशीलता सम्बन्धी तालिम दिनका लागि लर्निङ्ग सेन्टर पनि बनाउँदै गरेको संघका अध्यक्ष चुन नारायण श्रेष्ठ बताउनु हुन्छ । विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समयसमयमा उद्यमशीलता र सृजनशीलताका बारेमा अभिमुखीकरण कार्यक्रम उवासंघले गर्ने गरेको छ ।

    यसका अलवा बैंकहरुले उद्यमशीलताका लागि ऋण उपलब्ध गराएर सहयोग गरिरहेका छन् । अन्य सामाजिक संघ संस्थाले विभिन्न कार्यक्रम गरेर, गैह्र सरकारी सँस्थाहरु (एनजिओ र आईएनजिओ) ले विभिन्न कार्यक्रम गरेर महानगरभित्र उद्यमशीलता विकासका लागि काम गरिरहेको पाइन्छ ।

    अन्तिममा, महानगरपालिकालाई केही सुझाव :
    उद्यमशीलता विकास र सृजनशील कार्यमा भएका गतिविधिको केन्द्रिकरण गरेर तथ्यांक राख्ने कुनै काम भएको देखिँदैन । सरकारी निकायहरुले आआफ्नै पारामा कार्यक्रम ल्याउँदा कतै एउटै मान्छेले पटकपटक तालिम लिने तर काम नगर्ने र काम गर्न चाहने तर अहिलेसम्म तालिम लिन नपाएकाहरुको जमात ठूलै छ ।

    उद्यमशीलता र सृजनशीलता विकासमा महानगरपालिकाले गर्नुपर्ने अझै थुप्रै कामहरु बाँकी छन् । जसमा महानगरपालिकालाई केही सुझावहरु बुँदागतरुपमा यहाँ उल्लेख गरिएको छ ।

    १. भरतपुर महानगरपालिकाका सम्बन्धित शाखाहरुले आफूले गरेको कामहरुको व्यवस्थित ढंगबाट तथ्यांक राख्ने र त्यसलाई महानगरपालिकाले एकिकृत गरी एकमुष्ट तथ्यांक राख्ने र त्यसलाई विश्लेषण गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने तथा शाखा नै बनाउनु पर्ने देखिन्छ ।

    २. उद्यमशीलता र सृजनशीलता विकासका लागि अब तालिममात्र प्रदान गरेर होइन नगरबासीलाई उद्यम कार्यमा लाग्न सहुलियत दरमा ऋण समेत उपलब्ध गराउनु पर्ने देखिन्छ । लघुवित्त, बैंक, सहकारी लगायतका वित्तिय संस्थाहरुसँग महानगरपालिकाले नीतिगतरुपमै सहकार्य गरी महानगरबासीलाई ऋण उपलब्ध गराउन सके त्यसले लगानी बढाउने र उद्यमशीलता विकासमा थप टेवा पुग्ने देखिन्छ ।

    ३. उद्यमका लागि आवश्यक सल्लाह दिन विज्ञको व्यवस्था गरी महानगरबासीलाई तालिमदिएपछि पनि काम गर्ने बेलामा आवश्यक सल्लाह सुझाव दिनुपर्ने देखिन्छ ।
    ४. सीपमुलक तालिम लिएर स्वदेशमा केही नगरी विदेशमा जानेहरु पनि बढ्दै गएका छन् । तसर्थ उनीहरुलाई यहीँ केही गर्ने वातावरण बनाउन महानगरपालिकाले अध्ययन गरी त्यसैअनुरुपको नीति बनाउनु पर्ने देखिन्छ ।
    ५. महानगरपालिकामा देश विदेशका लगानी भित्र्याउन सहज किसिमको नीति ल्याउन आवश्यक छ ।
    ६. यहाँ बढी संभावना रहेको कृषि उद्यम हो । कृषिमा उद्यमशीलता बढाउन समयमा मलबीउको उपलब्धता, सिँचाईंको उपलब्धता, विज्ञको व्यवस्था, उत्पादनपछि बजारको सुनिश्चितता गर्नमा महानगरपालिकाले अब ध्यान दिनुपर्ने देखिन्छ ।
    ७. नीजि क्षेत्रसँगको सहकार्यमा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने कार्यमा महानगरपालिकाले नीतिगतरुपमै टेवा पु¥याउनु पर्ने देखिन्छ ।
    ८. नविनतम व्यावसायको पहिचान गरी त्यसको विकास गर्नका लागि थप पहल गर्नुपर्ने देखिन्छ ।
    ९. उद्यमशीलता सम्बन्धि विषयहरु विद्यालयस्तरमै समावेश गराउनु पर्ने देखिन्छ ।
    १०. महानगरपालिका, शैक्षिक संस्था र नीजि क्षेत्र मिलेर त्रिकोणात्मक सम्बन्ध बनाई उद्यम विकासमा सहकार्य गरेर अघि बढ्नुपर्ने देखिन्छ ।
    ११. भरतपुरको अधिकांश भूभाग ग्रामीण क्षेत्रमै पर्ने भएकाले ग्रामीण उद्यमशीलताका समस्याहरुको पहिचान गरी त्यसलाई समाधान गर्न पहल गर्न सके उद्यमशीलतामा थप विकास हुने देखिन्छ ।
    १२. घरेलु उद्योगग्राम निर्माण गर्नुपर्ने एवम् व्यावसायिक परियोजना बनाउनु पर्ने देखिन्छ ।

    ‘डायमण्ड’को उपनामले पत्रकारिता क्षेत्रमा परिचित लेखक हिरालाल आचार्य ग्यालेक्सी फो के टेलिभिजन र चितवन आज डटकम अनलाइनका चितवन संवाददाता हुनुहुन्छ ।