Author: बिनय आचार्य

  • भरतपुरमा असोज ३१ गते निशुल्क डिजिटल मार्केटिङ सेमिनार हुने

    भरतपुरमा असोज ३१ गते निशुल्क डिजिटल मार्केटिङ सेमिनार हुने

    भरतपुर, असोज २६-
    भरतपुरमा कार्यालय रही देशैभर डिजिटल मार्केटिङ सेवा प्रदान गर्दै आएको एसडी टेक कम्पनीले साना तथा मझौला उद्यमीहरूका लागि निशुल्क डिजिटल मार्केटिङ सम्बन्धि सेमिनार गर्ने भएको छ ।

    सेमिनारमा सहभागीलाई आफ्नो व्यवसाय प्रवर्द्धनका लागि सामाजिक संजालको प्रयोग, गूगल बिजनेस प्रोफाइल, बेसिक ग्राफिक डिजाइनिङ, व्यवसायमा वेबसाइटको प्रयोगलगायत डिजिटल मार्केटिङको प्रयोग बारेमा तालिम दिईने छ ।

    एसडी टेक कम्पनीको सहायक कम्पनी अवसर एकेडेमीले आयोजना गर्ने उक्त सेमिनारमा एसडी टेक कम्पनी, नारायणी वेब टेक्नोलोजी र भी ग्रुप कम्पनीका प्रतिनिधिहरुले तालिम दिनेछन् ।

    साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिङको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको एसडी टेक कम्पनीका प्रमुख कार्यकारी निर्देशक सौगात देवकोटाले बताए ।

    असोज ३१ गते बुधबार हुने उक्त सेमिनारमा सहभागी हुन यस फारममा आफ्नो विवरण राखी दर्ता गर्नुपर्ने छ ।

  • नारायणी नदीले देवघाट क्षेत्रमा खतराको तह पार गर्‍यो, नारायणी पुलमा ११ दशमल ७८ मिटर पुग्यो

    नारायणी नदीले देवघाट क्षेत्रमा खतराको तह पार गर्‍यो, नारायणी पुलमा ११ दशमल ७८ मिटर पुग्यो

    चितवन, असोज २०–

    निरन्तरको वर्षाले नारायणी नदीले देवघाटतर्फ खतराको तह पार गरेको छ । पानीको सतह ९ मिटर पुग्दा खतराको तह मानिएको छ । अहिले नारायणी नदीको पानीको सतह ९ दशमलब ०९ मिटर पुगेको छ ।नारायणी पुलतर्फ भने नारायणी नदीको पानीको सतह ११ दशमलव ७८ मिटर पुगेको छ । यस क्षेत्रमा ११ मिटरलाई सतर्कता तह मानेको छ । अहिले पनि निरन्तर वर्षा भएकाले नारायणीको बहाब अझै बढ्दै जाने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ नारायणीको सतह बढ्दै गएपछि पश्चिम चितवनका बस्तीहरुमा बाढी पस्न थालेको छ ।

  • नारायणीको बाढीले सतर्कताको तह नाघ्यो

    नारायणीको बाढीले सतर्कताको तह नाघ्यो

    चितवन,असोज २०-

    अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ ।

    चितवनसहित देशका विभिन्न ठाउँमा अहिलेसम्म पनि पानी परिरहेको छ । चितवनमा मंगलबार र बुधबार सामान्य वर्षा भए पनि बुधबार रातिदेखि भारी मात्रामा पानी परिरहेको छ

    जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।

    चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ ।

    अविरल वर्षाले लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा अत्यधिक पानी परेको छ । चितवन, नवलपरासी पश्चिम, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, बर्दियामा भारी वर्षा भएको छ ।

  • वैदिक आयुर्वेदद्धारा गीतानगरमा निःशुल्क आयुर्वेद शिविर आयोजना, ४ सय बढीले लिए स्वास्थ्य सेवा

    वैदिक आयुर्वेदद्धारा गीतानगरमा निःशुल्क आयुर्वेद शिविर आयोजना, ४ सय बढीले लिए स्वास्थ्य सेवा

    चितवन, असोज १५–
    वैदिक आयुर्वेद सेवा प्रालि नारायणगढले गीतानगरमा एक दिने निःशुल्क आयुर्वेद शिविर हिजो (शुक्रबार)सम्पन्न गरेको छ ।

    गीतानगरस्थित अरुणोदय कलेजमा आयोजना गरिएको शिविरमा ४०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको वैदिक आयुर्वेद सेवा प्रालिका संचालक चक्रपाणी न्यौपानेले बताए ।

    गीतानगर ब्वाइज क्लवले संयोजन गरेको शिविरमा स्थानीय वडा अध्यक्ष, रेडक्रस गीतानगरका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

  • चितवनमा पहिलो पटक आकारुईले सुरु गर्यो जापान वर्किङ भिषा एसएसडब्लुको तालिम सहितको कक्षा

    चितवनमा पहिलो पटक आकारुईले सुरु गर्यो जापान वर्किङ भिषा एसएसडब्लुको तालिम सहितको कक्षा

    चितवन, असोज ४-
    चितवनमा पहिलो पटक जापान वर्किङ भिषा एसएसडब्लुको तालिम सहितको कक्षा आकारुईले सुरु गरेको छ ।

    सन् २०१३ देखि विद्यार्थी भिषामा जापान पठाइरहेको आकारुईले एसएसडब्लु अन्तरर्गतको वर्किङ भिषाको लागि तालिम सहितको कक्षा सुरु गरेको आकारुईका प्रबन्धक प्रज्वल पौडेलले बताए ।

    कक्षा संचालन भएसँगै एसएसडब्लु वर्किङ भिषामा जान चाहानेहरुलाई केयर गिभर, कृषि तथा फूड सर्भिसको लागि तालिम सहित जे.एफ.टी र जे. एल.पी.टी एन फोर को कक्षा लिन काठमाडौं जानुपर्ने बाध्यता समेत हटेको आकारुईका जापनिज डिपार्ट हेड सुदेश चौधरीले जानकारी दिए ।

  • आज र भोली भरतपुर र नारायणगढमा विद्युत नियमित नहुने

    आज र भोली भरतपुर र नारायणगढमा विद्युत नियमित नहुने

    चितवन, भदा ३०-
    भरतपुर र नारायणगढ क्षेत्रमा आज र भोली दुई दिन विद्युत सेवा नियमित नहुने भएको छ।

    नेपाल विद्युत् प्राधिकरणको भरतपुरले सबस्टेशनको पावर ट्रान्सफर्मर फेर्न लागेका कारण आज (बिहीबार) र भोलि (शुक्रबार) विद्युत सेवा नियमित नहुने जनाएको हो।

    प्राधिकरणको भरतपुर वितरण केन्द्रले आज(बिहीबार) भरतपुर महानगर भित्र रहेको हेटौडा ग्रिड महाशाखा अन्तर्गतको १३२ र ३३ र ११ केभी बसेनी सब-स्टेसनमा जडित १३२ र ११ केभीको २२.५ एमभीएको एउटा ट्रान्सर्फमर परिवर्तन गर्न लागेको जनाउँदै विद्युत् नियमित नहुने जानकारी दिएको हो ।

  • अङ्कुरम् स्काउट ट्रपको अन्तरविद्यालय नृत्य प्रतियोगिता : सनराइज स्कुल प्रथम

    अङ्कुरम् स्काउट ट्रपको अन्तरविद्यालय नृत्य प्रतियोगिता : सनराइज स्कुल प्रथम

    चितवन, भदौं १३ –
    अङ्कुरम् स्काउट ट्रपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा अन्तरविद्यालय स्काउट रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगितामा सनराइन इग्लिस स्कुल प्रथम, ग्रिनल्याण्ड इङ्गिलस स्कूल दोश्रो र एकता शिशु निकेतनका विद्यार्थीहरुले तेश्रो स्थान हासिल गरे ।

    पहिलो हुने समूहले १० हजार नगदसहित रनिङ शिल्ड प्राप्त ग¥यो भने दोस्रो हुनेले सात हजार ५०० र तृतीय हुनेले नगद पाँच हजार पुरस्कार राशीप्राप्त गरे । प्रतियोगितामा मुग्लिनदेखि माडी सम्मका २० वटा विद्यालयका करिब १४० विद्यार्थीको सहभागिता रहेको थियो ।

    हरितालिका तीजको अवसर पारेर नेपाली कला र संस्कृतिको संरक्षणसँगै विभिन्न विद्यालयको स्काउट विद्यार्थीहरुको मित्रता कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको एकेडेमीकी परीक्षा प्रमुख सदिक्षा पौडेलले जानकारी दिइन् ।

    प्रतियोगितामा बज्रयोगा तथा डान्स एकेडेमीका निर्देशक पुष्प श्रेष्ठ र अङ्कुरम् एकेडेमीका नृत्य प्रशिक्षक निरा गुरुङले निर्णायकको भूमिका निभाएका थिए । पठनपाठन साथसाथै अतिरिक्त क्रियाकलापलाई पनि अन्तर्राष्ट्रियस्तरबाट सञ्चालन गर्दै आइरहेको यस एकेडेमीले मासिक तथा वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

    अङ्कुरम् एकेमीका स्तर प्रमुख अर्जुन जिशर्माले सञ्चालन गरेको सो कार्यक्रमको प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवम् सामाजिक समन्वय समितिका संयोजक परमेश्वर खनाल रहेका थिए कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका सदस्य मोहनलामा, स्काउट रोवर लिडर तथा स्काउटर सीएएलटी शिवप्रसाद बराल, एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेललगायतको सहभागिता रहेको थियो ।

  • देवघाटको वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर इक्यान चितवनले मनायो २६ औं स्थापना दिवस

    देवघाटको वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर इक्यान चितवनले मनायो २६ औं स्थापना दिवस

    चितवन, भदौ १३ –

    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले २६ औं स्थापना दिवस मनाएको छ ।

    आज सोमाबर विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । स्थापना दिवसका अवसरमा इक्यानले देवघाटमा अवस्थित एनआरएनद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ । एक कार्यक्रका बीच इक्यानले खाद्यान्न सहयोग गरेको हो ।

    यसअघि इक्यानले रोयल सेन्चुरीको हलमा स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै नयाँ सदस्यता प्राप्त गरेकाहरुलाई प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, विशिष्ट अतिथि एनपीआई कलेजका कार्यकारी प्रमुख शिव सुवेदी, इक्यान चितवनका संस्थापक अध्यक्ष सोम सुवेदी र इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालले नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

    उवासंघ चितवनका अध्यक्ष श्रेष्ठले एक जना शैक्षिक परामर्श व्यवसायीको गलत कदमले पुरै क्षेत्र नै बदमनाम हुने भन्दै आधिकारिक र प्रमाणित कामहरु मात्रै गर्न आग्रह गरे । क्षणिक फाइदाका लागि कसैले पनि काम नगर्न उनले आग्रह गरे ।

    इक्यानका अध्यक्ष अर्यालले विद्यार्थीहरुलाई नेपालबाट विदेश मात्रै पठाउने नभई विदेशबाट समेत विद्यार्थी नेपाल ल्याउने तयारी भइरहेको बताए ।

    कार्यक्रममा इक्यानका केन्द्रीय सदस्य सुवास गौतम, पूर्व केन्द्रीय सदस्य यज्ञविलास पौडेल (वाइबी) लगायत शिक्षा क्षेत्र एवम् सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

  • अङ्कुरम एकेडेमीका विद्यार्थीहरूद्धारा गणित प्रर्दशनी

    अङ्कुरम एकेडेमीका विद्यार्थीहरूद्धारा गणित प्रर्दशनी

    चितवन, भदौ ११-
    अङ्कुरम एकेडेमीका विद्यार्थीहरुले गणित प्रर्दशनी गरेका छन् ।

    कार्यक्रममा विद्यालयका कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरू रचनात्मक प्रस्तुतिमा व्यस्त देखिन्थे ।

    प्रर्दशन गराइएका सम्पूर्ण सामग्रीहरू विद्यार्थी आफैंले निमार्ण गरेका हुन्. । यस प्रदर्शनीमार्फत बालबालिकाहरूले गणितलाई बोझ र अप्ठ्यारो विषयका रूपमा नलिई रमाइलो खेलको रूपमा प्रर्दशन गर्दा सहभागी सबैलाई थप हौसला मिलेको बताएका थिए ।

    प्रर्दशनीमा चितवन जिल्लाका १०० भन्दा बढी विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीले अवलोकन गरेका थिए । यस्ता खालका प्रर्दशनीले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने तथा सृजनशील बनाउने कुरा विज्ञ अभिभाभकहरूले बताए ।

    यस्ता सृजना तथा परियोजना कार्यले शिक्षण शिकाई रुचिकर अनि प्रभावकारी हुने तथा भविष्यमा विद्यार्थीहरू आफ्नो विषयमा अब्बल हुने कुरा विद्यार्थी तथा अभिभावकहरूले आत्मसात गरे ।

    यस्ता खालका परियोजनाहरू समय समयमा सञ्चालन गराइँदा विद्यार्थीहरुलाई अझै सिर्जनशील बनाउन सकिने भएकाले आगामी दिनमा पनि यस्ता कार्यहरू सञ्चालन गर्ने विद्यालयको योजना रहेको एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेलले बताए ।

    स्थापना कालदेखि नै अङ्कुरम एकेडेमीले विद्यार्थीहरुलाई डिजिटल माध्ययम अनि प्रयोगात्मक शैलीबाट अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आइरहेको छ ।

  • ग्लोबल आइएमई बैंक नारायणगढमा मनाइयो तीज

    ग्लोबल आइएमई बैंक नारायणगढमा मनाइयो तीज

    चितवन, भदौ १०
    ग्लोबल आइएमई बैंक नारायणगढ शाखामा शुभकामना आदानप्रदान गरेर तीज मनाइएको छ ।

    कार्यालय समय सकिएपछि सबै कर्मचारी भेला भएर बैंकभित्र नाचगान गरी तीज मनाइएको हो । एकजना कर्मचारीको सरुवा भएको र तीजको अवसर पारेर केक समेत काटिएको थियो ।

    नाचगानमा बैंकका ब्रान्च म्यानेजर नारायण पौडेलसहित सबै कर्मचारीहरुको सहभागिता थियो । सँधै आआफ्नो काममा व्यस्त देखिने कर्मचारीहरु एकै ठाउँमा भेला भएर नाचगान गर्दा बैंकभित्र छुट्टै उल्लास छाएको थियो ।