Author: बिनय आचार्य

  • हेर्नुस आज मिति २०८१ फागुन २७ गते, मंगलवारको राशीफल

    हेर्नुस आज मिति २०८१ फागुन २७ गते, मंगलवारको राशीफल

    आज मिति २०८१ फागुन २७ गते, मंगलवार, ११ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष द्वादशी तिथि, ९ः३९ बजेपछि त्रयाेदशी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।

    मेष
    काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।

    वृष
    नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

    मिथुन
    काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

    कर्कट
    साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

    सिंह
    प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

    कन्या
    सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

    तुला
    बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।

    वृश्चिक
    विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

    धनु
    नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।

    मकर
    सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

    कुम्भ
    साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

    मीन
    शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।

  • हेर्नुस् आज मिति २०८१ फागुन २५ गते, आइतवारको राशीफल

    हेर्नुस् आज मिति २०८१ फागुन २५ गते, आइतवारको राशीफल

    आज मिति २०८१ फागुन २५ गते, आइतवार, ९ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष दशमी तिथि, १०ः४६ बजेपछि एकादशी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, २०ः२६ बजेपछि कर्कट।

    मेष
    आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ ।

    वृष
    नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।

    मिथुन
    श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ ।

    कर्कट
    रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ ।

    सिंह
    मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ । कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन ।

    कन्या
    मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । परिवारजनबाट काममा सहयोग जुट्नेछ । साथिभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।

    तुला
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

    वृश्चिक
    विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम शुरु गर्ने अवसर जुट्नेछ ।

    धनु
    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसि हुनेछ ।

    मकर
    बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।

    कुम्भ
    मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।

    मीन
    बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।

  • तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    आज मिति २०८१ फागुन २२ गते, बिहीवार, ६ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष सप्तमी तिथि, १५ः३० बजेपछि अष्टमी। राेहिणी नक्षत्र। चन्द्रराशि वृष।

    मेष : धनलक्ष्मी योग परेकाले सम्पत्ति आर्जन हुनेछ। प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद भने बढ्नेछ।

    वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। मनमा गुम्सिएका भावना सार्वजनिक गर्नु उचित हुनेछ। आम्दानीका दृष्टिले दिन सहज छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

    मिथुन : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुनसक्छ। धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। आज नियमित काम भन्दा ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।

    कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जत जोगाउन मिहिनेत गर्नुपर्ने समय आएको छ। यात्रा गर्नु अगाडि धार्मिक कार्यमा सहभागी भएमा राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

    सिंह : दिन सहज छ। साथीको सहयोग प्राप्त हुनेछ। विवाद समाधान हुनेछन्। परिवारमा भने गोपनीयता भंग नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कन्या : शिक्षाको क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ। परीक्षा लेखेको भए तपाईंको पक्षमा नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ भने निजी क्षेत्रको लगानीबाटसमेत फाइदा हुनेछ। परिवारमा भने तनाव बढ्ने जोखिम छ।

    तुला : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्नु अगाडि तीन पटक सोच्नु उचित हुनेछ। विपक्षी साथीसँग सचेत भएर काम गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

    वृश्चिक : दिन सहज छ। चन्द्रमा र बृहस्पति सप्तम भावमा रहेकाले मनमाका नराम्रा भावना हटेर जानेछन्। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

    धनु : दिन सामान्य छ। आफ्ना भनेकै साथीले विरोध गरेको सुन्नु पर्नेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

    मकर : दिन सहज छ। शुभग्रहको बहुमत छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारले निगरानी गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

    कुम्भ : तपाईंले गरेको कामको जस अरुले लिनेछन्। श्रम शोषण गर्ने व्यक्तिसँग सचेत बन्नुपर्नेछ। मध्य साढेसाती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सफल बन्नेछ।

    मीन : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। व्यापारमा सहकार्य गरेमा सफलता मिल्नेछ। औषधी नियमित नगर्दा पेट सम्बन्धी रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

  • हेर्नुस् आज मिति २०८१ फागुन २० गते, मंगलवारको राशीफल

    हेर्नुस् आज मिति २०८१ फागुन २० गते, मंगलवारको राशीफल

    आज मिति २०८१ फागुन २० गते, मंगलवार, ४ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष पञ्चमी तिथि। अश्विनी नक्षत्र ०८ः५४ बजेपछि भरणी। चन्द्रराशि मेष।

    मेष
    सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

    वृष
    अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

    मिथुन
    विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

    कर्कट
    आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

    सिंह
    नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

    कन्या
    प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

    तुला
    रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

    वृश्चिक
    सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

    धनु
    प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

    मकर
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

    कुम्भ
    विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

    मीन

    काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

  • हेर्नुस आज मिति २०८१ फागुन १७ गते, शनिवारको राशीफल

    हेर्नुस आज मिति २०८१ फागुन १७ गते, शनिवारको राशीफल

    आज मिति २०८१ फागुन १७ गते, शनिवार, मार्च १, २०२५। फाल्गुण शुक्ल पक्ष द्वितीया तिथि। पूर्वभाद्रपदा नक्षत्र १३ः४१ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, ८ः०२ बजेपछि मीन।

    मेष
    सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

    वृष
    सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

    मिथुन
    नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

    कर्कट
    परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    सिंह
    सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

    कन्या
    साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

    तुला
    टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।

    वृश्चिक
    व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

    धनु
    ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

    मकर
    रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

    कुम्भ
    समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

    मीन
    सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

  • हेर्नुस आज मिति २०८१ फागुन १३ गते, मंगलवारको राशीफल

    हेर्नुस आज मिति २०८१ फागुन १३ गते, मंगलवारको राशीफल

    आज मिति २०८१ फागुन १३ गते, मंगलवार, २५ फेब्रुवरी २०२५।फाल्गुण कृष्णपक्ष द्वादशी तिथि, १०ः३२ बजेपछि त्रयाेदशी। उत्तराषाढा नक्षत्र, १६ः५१ बजेपछि श्रवण। चन्द्रराशि मकर।

    मेष Aries
    आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ।

    वृष Taurus
    पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

    मिथुन Gemini
    आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

    कर्कट Cancer
    घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ।

    सिंह Leo
    मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ।

    कन्या Virgo
    दाम्पत्य जीबनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। ब्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेकोछ।

    तुला Libra
    साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन।

    वृश्चिक Scorpio
    परोपकारी काममा रुची बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। बिश्वास गरेकाले धोका दिन सक्छन। सामाजिक उत्तरदायित्व बढ्नेछ।

    धनु Sagittarius
    सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाई लेखाइमा प्रगति हुनेछ।

    मकर Capricorn
    शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।

    कुम्भ Aquarius
    स्वास्थ्यमा केहि समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन खुसि रहनेछ।

    मीन Pisces
    टाढाको यात्राको सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गेरको कामहरु सफल हुनेछन।

  • हेर्नुस आज मिति २०८१ फागुन १२ गते, साेमवारको राशीफल

    हेर्नुस आज मिति २०८१ फागुन १२ गते, साेमवारको राशीफल

    आज मिति २०८१ फागुन १२ गते, साेमवार, २४ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष एकादशी तिथि, १०ः४८ बजेपछि द्वादशी। पूर्वाषाढा नक्षत्र, १६ः३७ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु।

    मेष
    कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

    वृष
    आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन।

    मिथुन
    प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । अनावस्यक खर्च बढ्ने देखिन्छ ।

    कर्कट
    चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ ।

    सिंह
    सन्तानबाट सहयोग मिल्नेछ । महत्वपूर्ण काम सफल हुनेछन् । महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । राजनैतिक व्यस्तता बढ्नेछ ।

    कन्या
    ब्यापार व्यवसायमा लगानी बढ्नेछ । मानसिक बिचलन रहनेछ । महत्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

    तुला
    इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाब बढ्नेछ।

    वृश्चिक
    मेहनत गरे काममा सफलता मिल्नेछ । आलस्यता बढ्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

    धनु
    धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ।

    मकर
    मेहनत गरे महत्वपूर्ण कार्य बन्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

    कुम्भ
    ब्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाईसंग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ।

    मीन
    साथीभाईको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । सामाजिक कार्य बढ्नेछन्।

  • आज  चैत १९ गते सोमवार , यस्तो छ तपाईको आजको राशिफल

    आज  चैत १९ गते सोमवार , यस्तो छ तपाईको आजको राशिफल

    आज मिति २०८० चैत १९ गते | साेमवार १ अप्रिल २०२४। चैत्र कृष्णपक्ष सप्तमी तिथि, १६ः४७ बजेपछि अष्टमी। मूल नक्षत्र, १९ः१७ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।

    मेषः समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

    • शुभ रंग: रातो

    • शुभ अंक – ३

    वृषः समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

    शुभ रंग: हरियो

    • शुभ अंक – २

    मिथुनः आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

    • शुभ रंग: कालो

    • शुभ अंक – ७

    कर्कटः समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

    • शुभ रंग: निलो

    • शुभ अंक – ३

    सिंहः समय मध्यम छ। अती रिसबाट बच्नुहोस् । शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

    • शुभ रंग: वैजनी

    • शुभ अंक – ६

    कन्याः समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् । स्थिर मनबाट फाईदा हुनेछ ।

    • शुभ रंग: सेतो

    • शुभ अंक – २

    तुलाः समय ठिक छ । शारीरिक र मानसिक स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमका लागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। ठुलो र एकल निर्णय गर्दा विचार पुर्याउनुहोला ।

    • शुभ रंग: पहेलो

    • शुभ अंक – १

    बृश्चिकः समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

    • शुभ रंग: रातो

    • शुभ अंक – ९

    धनुः समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

    • शुभ रंग – वैजनी

    • शुभ अंक – ३

    मकरः समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् ।

    • शुभ रंग: निलो

    . शुभ अंक – ८

    कुम्भः समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

    • शुभ रंग: निलो

    • शुभ अंक – ७

    मिनः समय ठिक छ । मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ। बचतमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।अनावश्यक खर्चबाट बच्नुहोस।

    • शुभ रंग: सुन्तला

    • शुभ अंक – ९

  • पन्चै बाजा सहितको भव्य दीक्षान्त समारोह देख्दा दंग परे अभिभावक

    पन्चै बाजा सहितको भव्य दीक्षान्त समारोह देख्दा दंग परे अभिभावक

    – विनय आचार्य
    चितवन, चैत २८
    भरतपुरको स्टार्स मन्टेश्वरी एकेडमीले भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ । मन्टेश्वरीले ३२ जना विद्यार्थीलाई दीक्षित गरेको हो ।

    दीक्षान्त समारोहमा शिक्षकलाई सम्मान कार्यक्रम, विद्यार्थीहरुलाई पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
    दीक्षान्त समारोहमा हास्य कलाकार सन्तोष पन्त, गायक आनन्द कार्की, सामाजिक कार्यकर्ता तथा शिक्षिका गिविना मगरको प्रस्तुती रहेको थियो । सञ्चारकर्मी महिमा पड्णी भट्टराईले सञ्चालन गरेको कार्यक्रममा मन्टेश्वरीका सम्पूर्ण विद्यार्थी, शिक्षकशिक्षिका, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

    भरतपुर महानगरपालिका ११, मालपोतचोक स्थित स्टार्स मन्टेश्वरी एकेडेमीको यो एघारौं दीक्षान्त समारोह हो । मन्टेश्वरीले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको भए पनि यसपाली भव्यताका साथ गरेको हो ।

    ‘जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ’ भन्ने मुल नाराका साथ विसं २०६७ सालमा मन्टेश्वरी स्थापना भएको थियो ।

    मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्वारा बालबालिकालाई खेल्दै सिकाउंँदै आइएको बताउँदै आएका छन् । यसका साथै मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था समेत रहेको राना बताउँछन् ।

    दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थी र अभिभावक साथै अतिथिहरुलाई स्कुल देखि कार्यक्रम स्थलसम्म पन्चै बाजा सहित परम्परागत ढगंले सोभायात्रा निकालेर लगिएको थियो ।

    यस अघि जति दीक्षित भएर गए ति विद्यार्थीहरुले चितवनका साथसाथै राजधानिका नाम चलेका स्कुलहरुमा पनि उत्कृट नतिजा निकाल्न सफल भएको छ । मन्टेश्वरीबाट दीक्षित भएको पहिलो ब्याजको विद्यार्थीहरु एसइई दिने भईसकेका छन् ।

    कार्यक्रममा रात्री भोजको व्यवस्था पनि गरिएको थियो । कार्यक्रम अवलोकन गरिसके पछि सबै जना एकदम खुसी भएर भव्यताका साथ सम्पन्न भयो भन्ने प्रतिक्रिया अभिभावकहरुबाट पाइएको थियो ।

  • नारायणगढको लायन्सचोकमा खुल्यो कुजिरा एजुकेशन कन्सल्टेन्सी

    नारायणगढको लायन्सचोकमा खुल्यो कुजिरा एजुकेशन कन्सल्टेन्सी

    – विनय आचार्य

    चितवन, फागुन ५ –
    नारायणगढको लायन्सचोकस्थित बालकुमारी कलेज रोडमा कुजिरा एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।

    जापानमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श, भाषा कक्षा र एप्लाई प्रोशेसिङ्ग गर्ने उद्देश्यले आजबाट कुजिरा कन्लसल्टेन्सी सञ्चालनमा आएको हो ।

    कन्सल्टेन्सीको आज इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालले रिबन काटेर उद्घाट गरे । उद्घाटन समारोहमा अर्यालका साथमा इक्यान चितवनका सचिव किशोर सुवेदी र कोषाध्यक्ष प्रज्वल पौडेल समेतको उपस्थिति रहेको थियो ।

    उद्घाटन कार्यक्रममा बोल्दै कन्सल्टेन्सीका सञ्चालकद्वय अनिश मिया र अब्जल मियाले जापानका विभिन्न कलेजमा विद्यार्थीहरुलाई पठाइने बताए ।