Author: बिनय आचार्य

  • चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    चितवन, असार १८ –
    चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

    आज (शनिबार) विहान ८ बजेको समयमा खैरहनी नगरपलिका वडा नम्बर १३, स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

    जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार बाघको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङको पूरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको छ ।

    चितवनमा पछिल्लो समय बाघ आतंक नै मच्चिएको छ । पछिल्लो तीन महिनामा मात्रै जिल्लामा १० जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् ।

  • नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा

    नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा

    भरतपुर, १५ असार २०७९

    नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले आफ्नो शाखा चितवनको भरतपुरमा पनि खोलेको छ । शाखाको बिहिबार बिहान १० बजे एक समारोहका बिच उद्घाट्न हुँदैछ ।

    नोभाको चितवन शाखा बिरेन्द्र बहुमुखी क्याम्पसको ठीक अगाडि अवस्थित रहेको छ । यस कन्सल्टिङ सर्भिसेसबाट अष्ट्रेलिया पढ्न जान चाहने जो कोही नेपाली बिद्यार्थीहरुले सेवा लिन सक्ने मुख्य कार्यालयका निर्देशक ईश्वर कुइकेलले जानकारी दिए ।

    यसको मुख्य कार्यालय अष्ट्रेलियाको ब्रिसवेनमा रहेको छ । हालसम्म काठमाण्डौ शाखाबाट मात्रै सेवा दिइरहेको नोभाको चितवन शाखा राजधानी बाहिरको पहिलो हो ।

    शाखामा दक्ष शिक्षकहरुबाट आईईएलटिएस र पिटिईका कक्षाहरु संचालन भइरहेका छन । सेवाबापत कम भन्दा कम शूल्क सेवाग्राहीबाट लिने निर्देशक कुइकेलले बताए ।

    शाखा उद्घाटनाको अवसरमा नोभाले बिद्यार्थीहरुका लागि सेमिनार पनि गर्दैछ ।

  • चितवनमा पनि खुल्यो जेनुइन एजुकेसनको शाखा

    चितवनमा पनि खुल्यो जेनुइन एजुकेसनको शाखा

    काठमाडौं, असार १५

    जेनुइन एजुकेसन प्रालिले चितवनको भरतपुरमा आफ्नो शाखा विस्तार गरेको छ ।

    भरतपुर महानगरपालिका-१० हाकिमचोकमा सञ्चालनमा ल्याइएको नयाँ शाखाको शिक्षाविद् तथा स्थानीय समाजसेवी हरिदास सापकोटा र जेनुइनका काठमाडौं प्रमुख खगेन्द्र उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरे ।

    विद्यार्थीलाई विदेशी मुलुकमा अध्ययनका लागि परामर्श तथा सहयोग गर्ने जेनुइनले यसअघि इटहरीमा पनि शाखा विस्तार गरिसकेको छ ।

    भरतपुरमा शाखा विस्तारसँगै चितवन र आसपासका जिल्लाका विद्यार्थीलाई सहज हुने जेनुइनका प्रमुख उप्रेतीले बताए । ‘अस्ट्रेलियालगायत विदेशी मुलुकमा अध्ययनका जाने विद्यार्थीहरुको संख्या बढिरहेको बेला भरतपुर शाखाले थप सहज गराउने अपेक्षा छ,’ उप्रेतीले भने ।
    त्यस अवसरमा प्रालिले चितवन मानव सेवा आश्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार रुपैयाँ नगद सहयोग समेत गरेको छ ।

    हरिदास सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा वीरेन्द्र क्याम्पसका प्रधानाध्यापक राजेन्द्र गिरीसहित खगेन्द्र उप्रेती, हिमाल बस्नेत, विजय खड्का, विनोद ढकाल लगायतको उपस्थितिरहेको थियो भनेआशिका कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् ।

  • अर्बिट स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला सम्पन्न, ओम शान्ती स्कुलकी अनुश्का बनिन् प्रथम

    अर्बिट स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला सम्पन्न, ओम शान्ती स्कुलकी अनुश्का बनिन् प्रथम

    चितवन, असार ११
    भरतपुरको अर्बिट स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    शनिबार सम्पन्न ‘कृषकहरुको योगदानमा विद्यार्थीको भूमिका’ विषायक वक्तृत्वकला कार्यक्रममा ओम शान्ती स्कुलकी अनुश्का मोहन क्षेत्री प्रथम भएकी छिन् । उनले ५ हजार नगद, प्रमाण पत्र र ट्रफी पाइन् ।

    यसैगरी द्धित्तीय हुनेमा स्टेप बाई स्टेप बोर्डिङ्ग स्कुलकी दिवा तिमिल्सना र तृतीय हुनेमा लोेटस स्कुलकी प्रार्थना शर्मा रहेकी छिन् । वक्तृत्वकलामा द्धित्तीय हुनेलाई ३ हजार नगद, प्रमाण पत्र र ट्रफी, तृतीय हुनेलाई २ हजार नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।
    जुरि विशेष पुरस्कार वाल्मिकी शिक्षा सदनकी आयुषा ढकाल र ग्रिनल्याण्ड पब्लिक स्कुलकी विदुशी कार्की रहेकी छिन् ।

     

  • भरतपुरमा असार १० गतेदेखि दुई दिन विद्युत अवरुद्ध हुने

    भरतपुरमा असार १० गतेदेखि दुई दिन विद्युत अवरुद्ध हुने

    चितवन, असार ८ –
    असार १० र ११ गते दुई दिन दिनभर भरतपुरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहका अनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध गराउन लागिएको हो ।

    फिडरका ब्रेकरहरु जीर्ण अवस्थामा रहेकोले उक्त फिडरहरुको स्तरोन्नतिको लागि विद्युत अवरुद्ध गर्न लागिएको हो ।

    अवरुद्ध हुने फिडरहरु :
    १) भरतपुर १ फिडर : भरतपुर ७ र भरतपुर १०
    २)भरतपुर २ फिडर : स्थानहरु भरतपुर १२, भरतपुर ९, भरतपुर ८ गौरीगञ्जसम्म
    ३) औद्योगिक १ फिडर : स्थानहरु भरतपुर ९, भरतपुर ८ र भरतपुर ५ मा रहेका उद्योगहरु

  • चितवनको इच्छाकामनाका विभिन्न स्थानमा नयाँ विद्युत लाइन विस्तार गरिँदै, सचेत रहन आग्रह

    चितवनको इच्छाकामनाका विभिन्न स्थानमा नयाँ विद्युत लाइन विस्तार गरिँदै, सचेत रहन आग्रह

    चितवन, जेठ ३० –
    चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानहरुमा नयाँ विद्युत लाइन प्रसारण गरिने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर १ का हात्तीवाङदेखि रमनसिंह डाँडा, पोल भञ्ज्याङ र चौकिडाँडा लगायतका क्षेत्रहरुमा नयाँ विद्युत लाइन प्रसारण हुन गइरहेको हो ।

    नयाँ लाइनमा विस्तार भएका पोल, तार, स्टे वायर नछुनुहुन सम्पूर्ण महानुभावहरुमा वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले आग्रह गरेका छन् ।

    इच्छाकामना गाउँपालिकाका केही स्थानसहित चितवनमा अझै बिजुली नपुगेका विभिन्न स्थानमा विद्युत पु¥याउने गरी प्राधिकरणले काम गरिरहेको प्रमुख सिंह बताउँछन् ।

  • मेट्रो एजुकेशन एकेडेमीको सेवा अब भरतपुरबाट

    मेट्रो एजुकेशन एकेडेमीको सेवा अब भरतपुरबाट

    चितवन, २९ जेठ
    बिगत १० बर्षदेखी चितवनको नारायणगढ शहिदचोकबाट सेवा दिदै आइरहेको मेट्रो एजुकेशन एकेडेमीको कार्यालय भरतपुरमा स्थानान्तरण गरिएको छ । चौबिसकोठी नजिक भरतपुर मेडिकल कलेज छिर्ने चोकमा एकेडेमीको आज उद्घाटन गरिएको छ ।

    चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणीराज महतो, इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्याल, एन पि आइका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदी, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित लगायतको उपस्थिती रहेको थियो ।

    मेट्रो एजुकेशन एकेडेमीका प्रबन्ध निर्देशक सुवास गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सन्चारकर्मी रबिन सुवेदीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा प्रबन्ध निर्देशक गौतमले एकेडेमीका सेवा सुविधाबारे प्रष्ट पार्नुभएको थियो ।

  • देवघाटको आश्रममा रहेका बालिकासँग खुसी साट्दै स्टार्स मन्टेश्वरीले मनायो  १२ औं बार्षिक उत्सव

    देवघाटको आश्रममा रहेका बालिकासँग खुसी साट्दै स्टार्स मन्टेश्वरीले मनायो १२ औं बार्षिक उत्सव

    चितवन, जेठ १५ –
    भरतपुर ११ को मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीले आश्रममा रहेका बालिकासँग खुसी साट्दै आफ्नो १२ औं वार्षिक उत्सव मनाएको छ ।

    देवघाटमा रहेको श्रीरामजानकी बालिका आश्रमका बालिकाहरुलाई बिहानको खाना खुवाउँदै मन्टेश्वरीले वार्षिक उत्सव मनाएको हो ।

    मन्टेश्वरीकी सञ्चालक जानकी खड्काले आश्रम आउँदा आश्रमका बालबालिका र मन्टेश्वरीमा आउने बालबालिकामा धेरै फरक पाएको बताइन् । उनले मन्टेश्वरीमा आउने बालबालिकालाई सामाजिक र व्यावहारिक ज्ञान सिकाउन अझ जोड दिइने बताइन् ।

    २०६७ सालदेखि सञ्चालनमा रहेको मन्टेश्वरीबाट अध्ययन गरी भरतपुरका नाम चलेका विद्यालयमा गएका विद्यार्थीहरुको नतिजा उत्कृष्ट हुने गरेको भरतपुर शाखाका सञ्चालक गणेश रानाले दाबी गरे ।

    उत्कृष्ट कहलिएको सो मन्टेश्वरीमा नयाँ भर्ना गर्न आउनेहरुको संख्या बढ्दै गएपछि भर्ना गर्न आएका जति सबैलाई भर्ना गर्न नसकिने अवस्थामा आफू रहेको बताउँदै उनले सबैलाई भर्ना गर्न सक्ने गरी संरचना बनाउने योजना रहेको सुनाए ।

    आश्रममा मनाइएको वार्षिक उत्सवमा मन्टेश्वरीमा रहेका सम्पूर्ण शिक्षकशिक्षिकाहरु सामु आश्रमका बालिकाहरुले गीत तथा स्वस्तिवाचन गरेका थिए ।

     

  • भरतपुर महानगरपालिका १० मा कांग्रेसका परमेश्वर खनाल विजयी

    भरतपुर महानगरपालिका १० मा कांग्रेसका परमेश्वर खनाल विजयी

    चितवन, जेठ ५ –

    भरतपुर १० को वडाध्यक्षमा पाँच दलीय गठबन्धनबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका परमेश्वर खनाल विजयी भएका छन् ।

    उनले नेकपा एमालेका भक्तिप्रसाद गौतमलाई पराजित गर्दै उम्मेद्वारमा विजयी भएका हुन् । यसैगरी वडा सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाबाट एकएक जना विजयी भएका छन् ।

  • चितवनको माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकाजी विजयी

    चितवनको माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकाजी विजयी

    चितवन, जेठ ३ –
    माडी नगरपालिकाको मेयरमा नेकपा ९एमाले०की ताराकुमारी काजी महतो विजयी भएकी छन् ।

    पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ऋषी काफ्लेलाई दुई हजार १७२ मतले पछि पार्दै महतो मेयरमा निर्वाचित भएकी हुन् ।

    महतोले नौ हजार ९०१ मत गरिन् भने काफ्लेले जम्मा सात हजार ७२९ मत मात्रै प्राप्त गरे ।

    यसैगरी उपमेयरमा कांग्रेसका खेम महतो विजयी भएका छन् । उनले छ हजार ८३० मत ल्याएर निर्वाचित भए । नका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए ।