Author: बिनय आचार्य

  • आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज वि.सं.०८२ साल साउन १८ गते । आइतबार । ईश्वी सन् २०२५ अगष्ट ३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–नवमी, ६ घडी २४ पला, बिहान ८ बजेर २ मिनेट उप्रान्त दशमी । नक्षत्र–विशाखा, १ घडी ५० पला, बिहान ६ बजेर १२ मिनेट उप्रान्त अनुराधा । योग– शुक्ल, ४ घडी ६ पला, बिहान ७ बजेर ७ मिनेट उप्रान्त ब्रम्ह । करण–कौलव, बिहान ८ बजेर २ मिनेट उप्रान्त तैतिल, बेलुकी ९ बजेर ० मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–बृश्चिक ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २३ पला ।

    बिहान ५ बजेर २८ मिनेटसम्म उद्धेग बेला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    व्यापार तथा शेयर बजारमा सुझबुझका साथ लगानी गर्नुहोला समय मध्यम रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरू नै लागी पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेको छ । आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र वित्तीय क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरीको यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    व्यापार व्यवसायबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शेयर बजारमा तीव्र उतारचढावका बिच लगानी गरी नाफा कमाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    विद्या तथा प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामना गर्नुपर्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि कृषि, शेयर बजार तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    व्यापार तथा शेयर बजारमा अध्ययन गरी लगानी गर्दा मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    धन स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । । नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    समाजमा राम्रा काम गरी मान सम्मान तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमि, शेयर बजार, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । शेयर बजारको लगानी, खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • हेर्नुहोस आज मिति  २०८२ साउन १७ गते शनिवारको राशिफल

    हेर्नुहोस आज मिति  २०८२ साउन १७ गते शनिवारको राशिफल

    आज मिति  २०८२ साउन १७ गते शनिवार, २ अगस्ट २०२५। श्रावण शुक्लपक्ष अष्टमी तिथि, प्रातः ६ः०१ बजेपछि नवमी। विशाखा नक्षत्र। चन्द्रराशि तुला।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सुख सुविधा प्रतिको मोह बढ्नेछ । मन कल्पना र भावनामा डुब्न सक्छ । अध्ययनमा ध्यान दिएमा उत्कृष्ट उपलब्धि मिल्नेछ । पुराना साथीभाइसँग पुन: भेटघाटको सम्भावना छ । निजी सम्बन्ध सार्वजनिक गर्न उपयुक्त समय हो । घर परिवारको भावना बुझेर काम गर्दा सम्बन्ध बलियो बन्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    प्रेमीको स्वास्थ्य वा कार्य क्षेत्रमा समस्या आउन सक्छ, जसले मन निराश बनाउन सक्छ । यद्यपि, भावना साटासाट गर्न पाएमा मानसिक शान्ति मिल्नेछ । मौसमी रोगको सानो जोखिम रहेको छ, सचेत रही कार्यमा लाग्दा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ । व्यापारिक बैठक र नयाँ सम्झौताको सम्भावना छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पारिवारिक वातावरण सहज रहनेछ । तर सन्तानका इच्छा बुझ्नुपर्ने समय हो, जसले खर्च बढाउन सक्छ । आजको मिहिनेतले भविष्यमा छात्रवृत्ति वा विशेष अवसर ल्याउनेछ । आर्थिक शुभ समाचार पाउन सकिनेछ । ज्ञान र अनुभव बढ्नेछ । सम्झौता वा करारका लागि अनुकूल समय हो ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यस्त दिन हुनेछ । यद्यपि, केही समय परिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । गोपनीयता भंग गर्ने प्रयास हुन सक्छ, त्यसैले व्यक्तिगत कुरामा सावधानी अपनाउनुहोला । मन एकोहोरो बन्न सक्छ । लड्ने वा चिप्लिने सम्भावना छ । बोल्दा संयमता अपनाउनु राम्रो हुन्छ, नत्र वरिष्ठसँग विवाद हुने सम्भावना छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    योजना र व्यवस्थापन राम्रोसँग मिलाउँदा फाइदा हुनेछ । पुराना स्मृति र विषयले मन अलमलिन सक्छ । तनाव बढ्न सक्छ, तर आफूलाई संयमित राख्नु बुद्धिमानी हुनेछ । दाजु बहिनी वा गुरुसँगको सहायताले जटिल कुरा समाधान हुनेछ । आत्मसुधारको राम्रो अवसर पनि मिल्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    जीवन साथी र परिवारबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । आर्थिक समस्यामा प्रयास गर्दा समाधान आउनेछ । अभिव्यक्तिमा निखार आउँछ, जसले व्यक्तित्व विकासमा मद्दत पुर्‍याउनेछ । प्रतिस्पर्धामा अग्रता लिने सम्भावना छ । यद्यपि, भौतिक लालसाले मानसिक अशान्ति दिन सक्छ । लक्ष्य प्राप्त हुने तर इच्छाहरू बढिरहने समय हो ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आफ्नो मनले चाहेको काम गर्न पाउँदा प्रसन्नता हुनेछ । स्वास्थ्य ठीक रहनेछ । तर भ्रम र लोभले अनावश्यक जिम्मेवारी बढाउन सक्छ । प्रेम सम्बन्धमा चिसोपन आउन सक्छ । ऋण वा उधारो बारे विषय प्रमुख बन्न सक्छ । यद्यपि, औषधि, काष्ठ वा फर्निचर व्यवसायमा लाभ मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    थकान वा मानसिक दुविधा अनुभूति हुन सक्छ । बजेट सन्तुलनमा राख्नु आवश्यक छ । लगानी गर्दा सोच विचार गरेर अघि बढ्नु राम्रो हुन्छ, नत्र धोका हुन सक्छ । निर्णय लिनुपर्दा मन डगमगाउन सक्छ । साथी वा सहकर्मीको सहयोग लिनु राम्रो हुनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यक्तित्व विकास र भौतिक सुखको खोजीमा नयाँ विचार जन्मनेछ । लक्ष्य प्रति दृढ भएमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुने समय हो । काममा ढिलो भएपनि विशेष कार्य सम्पादन हुनेछ । प्रेमीबाट उपहार वा विशेष सन्देश प्राप्त हुन सक्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    वाणी र ज्ञानको प्रयोग हुने पेसामा लाभदायक समय छ । नयाँ योजना वा प्रस्तावका लागि अनुभव र अन्तरक्रिया महत्वपूर्ण हुनेछ । काममा ढिलासुस्ती भएपनि निरन्तर प्रयासले सफलता पाइनेछ । कारोबारी गतिविधिमा सन्तोषजनक लाभ प्राप्त हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    शत्रु वा प्रतिद्वन्द्वीसँगको व्यवहार मिलाएर चल्नुपर्ने अवस्था आउन सक्छ । व्यक्तिगत कामभन्दा आफन्तको जिम्मेवारीमा समय बित्नेछ । आर्थिक कारोबार लाभदायक हुनेछ । नयाँ ठाउँमा लगानी सोचिएको छ भने राम्रो सम्भावना देखिन्छ । घर व्यवहार व्यस्त रहन सक्छ । कुनै अभिलाषा पूर्तिको सम्भावना छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    स्वास्थ्य प्रति सचेत रहनुपर्ने दिन हो । खानपानमा अरुचि लाग्न सक्छ । आफन्त र जीवन साथीसँग भावना बाँड्नु राम्रो हुन्छ । गलत काम वा असामाजिक गतिविधिबाट टाढा रहनु उत्तम हुन्छ । एकान्त चाहना जाग्न सक्छ तर बाध्यताले निराशा हुन सक्छ । संयम अपनाउँदा दिन सामान्यतया सहज हुनेछ ।

     

  • अनेरास्ववियु चितवनको संयोजकमा अमित आचार्य

    अनेरास्ववियु चितवनको संयोजकमा अमित आचार्य

    – विनय आचार्य
    चितवन, साउन १६ –
    नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनको संयोजक अमित आचार्य बनेका छन् ।

    अनेरास्ववियुको २४ औं महाधिवेशनबाट निर्वाचित सचिवालयको प्रशिक्षण सहितको प्रथम पूर्ण बैठकले अमित आचार्यलाई चितवनको संयोजकको जिम्मेवारी तोकेको हो । बालकुमारी कलेज नारायणगढ क्याम्पस कमिटीको अध्यक्ष, जिल्ला कमिटी, जिल्ला सचिव, जिल्ला सह संयोजक हुँदै आचार्य संयोजकको जिम्मेवारीसम्म पुगेका हुन् ।

    यसैगरी सचिवालय बैठकले केन्द्रीय सदस्य अस्मिता रेग्मीलाई केन्द्रबाट प्रतिनिनिधित्व गर्ने चितवन जिल्ला इन्चार्जका रुपमा जिम्मेवारी प्रदान गरेको छ भने बैठकले अर्का केन्द्रीय सदस्य प्रशान्त सुवेदीलाई भरतपुर महानगर कमिटीको इन्चार्जको जिम्मेवारी तोकेको छ ।

    ३२ वर्ष कटेका जिल्ला कमिटी अध्यक्ष र संयोजकलाई हटाएर ३२ वर्षभन्दा तलका विद्यार्थी नेताहरुलाई विभिन्न जिल्लामा संयोजक तोकिएको अनेरास्ववियुले जनाएको छ ।

    अनेरास्ववियुको केन्द्रीय सर्कुलर :

    00000000000000000000000000000000000000000000000000000000000000000000000

  • हेर्नुस आज मिति २०८२ साउन १५ गते बिहीवारको राशीफल

    हेर्नुस आज मिति २०८२ साउन १५ गते बिहीवारको राशीफल

    आज मिति २०८२ साउन १५ गते बिहीवार, ३१ जुलाई २०२५। श्रावण शुक्लपक्ष सप्तमी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ११ः४१ बजेपछि तुला।

    आजको राशीफल : 

    मेष
    रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।

    वृष
    सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

    मिथुन
    व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन ।

    कर्कट
    दाम्पत्य जीबन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।

    सिंह
    रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरु सफल हुनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।

    कन्या
    उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ ।

    तुला
    सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ ।

    वृश्चिक
    धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन ।

    धनु
    सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।

    मकर
    अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन । जागिरमा पदोन्नतिको योग रहेको छ ।

    कुम्भ
    शत्रुहरु पराजित हुनेछन । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।

    मीन
    रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

  • हेर्नुस आज मिति २०८२ साउन ३ गते, शनिवारको राशीफल

    हेर्नुस आज मिति २०८२ साउन ३ गते, शनिवारको राशीफल

    आजको राशिफल –

    ( Today’s Horoscope)

    आज मिति २०८२ साउन ३ गते, शनिवार, १९ जुलाई २०२५। श्रावण कृष्णपक्ष नवमी सप्तमी तिथि, १३ः१४ बजेपछि दशमी। भरणी नक्षत्र। चन्द्रराशि मेष।

    मेष Aries
    तपाईंलाई भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

    वृष Taurus
    ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

    मिथुन Gemini
    शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।

    कर्कट Cancer
    जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।

    सिंह Leo
    धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

    कन्या Virgo
    धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन।

    तुला Libra
    अरुले बिश्वास गर्नेछन। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन।

    वृश्चिक Scorpio
    सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

    धनु Sagittarius
    सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।

    मकर Capricorn
    अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।

    कुम्भ Aquarius
    नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।

    मीन Pisces
    अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरु शुचारु हुनेछन। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या

  • आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस तपाईंको आजको राशीफल

    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस तपाईंको आजको राशीफल

    वि.सं.२०८२ साल आषाढ २७ गते । शुक्रबार । इस्वी सन् २०२५ जुलाई ११ तारिख । नेपाल संवत् ११४५ ।

    सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–प्रतिपदा, ५२ घडी १० पला, रातको २ बजेर ९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाषाढा, ३ घडी २९ पला, बिहान ६ बजेर ४१ मिनेट उप्रान्त उत्तराषाढा ।

    चितवनमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी १९ पला । आज विश्व जनसङ्ख्या दिवस ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    भाग्य तथा राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यतीत हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । प्रेमिल जोडीहरूका लागी समयले साथ दिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा विलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाइनेछ । न्यायिक निर्णय तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा विलासी समानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । तर पनि भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    सन्तान तथा आफन्तको साथले राम्रा काम गर्न सकिनेछ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । न्यायालयमा हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्री तथा दैनिक उपभोग्य सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दूरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ । साँझपख मेसिनरी सामानको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    अरूको विश्वास गर्नाले धोका पाइनेछ भने आश्वासन बाँड्नेदेखि सजग रहनुहोला । एकपटक हुने काम पुनः अर्कोपटक गर्नुपर्ने अवस्था आउनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि राजनीति तथा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिने हुनाले मान सम्मान प्राप्त हुनेछ । वित्तीय क्षेत्रमा गरेको लगानीबाट लाभ लिन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    बिहानको समय उत्तम रहेकोले दैनिक उपभोग्य सामान, निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने ग्रहयोग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • हेर्नुस आज मिति २०८२ वैशाख १९ गते, शुक्रवारको राशीफल

    हेर्नुस आज मिति २०८२ वैशाख १९ गते, शुक्रवारको राशीफल

    आज मिति २०८२ वैशाख १९ गते, शुक्रवार, २ मे २०२५। वैशाख शुक्लपक्ष पञ्चमी तिथि, १४ः५१ बजेपछि षष्ठी। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन।

    मेष
    टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसंग मन प्रसन्न रहनेछ ।

    वृष
    व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

    मिथुन
    स्वास्थ्यमा सुधार आउनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

    कर्कट
    रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

    सिंह
    समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

    कन्या
    सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

    तुला
    सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

    वृश्चिक
    सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

    धनु
    नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

    मकर
    परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    कुम्भ
    सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

    मीन
    साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

  • आज माता तिर्थ औंशी, अर्थात आमाको मुख हेर्ने दिन

    आज माता तिर्थ औंशी, अर्थात आमाको मुख हेर्ने दिन

    चितवन बैसाख १४
    जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज (आइतबार) आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठामीठा खानेकुरा खान दिइ यो पर्व मनाइन्छ ।

    आमाले दुःख कष्ट खेपेर १० महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र बात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाउने गरिन्छ ।

    शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

    छोराछोरीले आज बिहानै उठी नुहाएर धुवाइ आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन रहेको छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने परमपरा रहेको छ ।

    सनातन वैदिक शास्त्रमा उल्लेख भये अनुसार प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

    सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी साथ यो चाड मनाइन्छ ।

    दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भइ आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

  • हेर्नुस आज मिति २०८१ चैत २१ गते, बिहीवारको राशीफल

    हेर्नुस आज मिति २०८१ चैत २१ गते, बिहीवारको राशीफल

    आज मिति २०८१ चैत २१ गते, बिहीवार, ३ अप्रिल २०२५। चैत्र शुक्लपक्ष षष्ठी तिथि। राेहिणी नक्षत्र, १२ः३० बजेपछि मृगशिरा। चन्द्रराशि वृष।

    मेष
    काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन ।

    वृष
    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

    मिथुन
    व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    कर्कट
    काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

    सिंह
    आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

    कन्या
    आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

    तुला
    स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन ।

    वृश्चिक
    श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।

    धनु
    सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।

    मकर
    समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

    कुम्भ
    साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।

    मीन
    पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।

  • हेर्नुस आज मिति २०८१ फागुन २८ गते, बुधवारको राशीफल

    हेर्नुस आज मिति २०८१ फागुन २८ गते, बुधवारको राशीफल

    आज मिति २०८१ फागुन २८ गते, बुधवार, १२ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष त्रयाेदशी तिथि, ९ः५० बजेपछि चतुर्दशी। मघा नक्षत्र। चन्द्रराशि सिंह।

    मेष
    सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

    वृष
    नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

    मिथुन
    परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    कर्कट
    सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

    सिंह
    साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

    कन्या
    टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।

    तुला
    व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

    वृश्चिक
    ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

    धनु
    रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

    मकर
    समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

    कुम्भ
    सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

    मीन
    सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।