Author: बिनय आचार्य

  • स्मार्ट स्काउट प्याट्रोल लिडर तालिम भरतपुरको अङ्कुरममा सम्पन्न

    स्मार्ट स्काउट प्याट्रोल लिडर तालिम भरतपुरको अङ्कुरममा सम्पन्न

    चितवन, साउन ४ –
    चितवन स्मार्ट क्रीउको आयोजना तथा भरतपुर महानगर स्काउटको समन्वय र अंकुरम एकेडेमी भरतपुरको विशेष सहयोगमा संचालित दुई दिवसीय स्मार्ट स्काउट प्याट्रोल लिडर तालिम भरतपुरको अङ्कुरम एकेडेमीमा सम्पन्न भएको छ ।

    उक्त कार्यक्रमको उद्घाटन क्याम्प फायर सत्रमा स्मार्ट क्रीउका अध्यक्ष शिह बहादुर कुवरको सभापतित्व तथा महानगरका उपप्रमुख महानगर स्काउटका प्रमुख स्काउट चित्रशेन अधिकारिको प्रमुख आतिथि, महानगर स्काउटका संयोजक स्काउटर रोभर लिडर शिबप्रसाद बराल, महानगर स्काउटका सचिब अर्जुन मडै, महानगर प्याब्सनका प्रमुख लेखनाथ खनाल, इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरे, बीइएसएसका अध्यक्ष इन्द्रेश शाह सामुदायिक विद्यालयका प्रतिनिधि शिक्षक बिन्दु पौडेल अङ्कुरम स्कुलका बोर्ड मेम्बरहरु आदरणीय नवराज पौडेल, देवि पौडेल, प्राचार्य सुमन पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

    विभिन्न २३ वटा विद्यालय माडी, इच्छाकामना र रत्ननगर बाट गरी २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी प्याट्रोल लिडर स्काउटहरुले २ दिनमा स्काउटको इतिहास, जन्मदाताको जिवनी, गाठोको प्रयोग र प्रकार, वाग्स, वोस्म, नेपाल स्काउटको मिसन भिजन , प्याट्रोल ट्रप सञ्चालन, नियम प्रतिज्ञा, माइल्स्टोन ट्राफिक सचेतना यश गल मोभ्मेन्ट, प्राथमिक उपचार तालिम विभिन्न एक्शन गीत, बीपी व्यायाम लगायत विविध विषयमा जानकारी लिँदै फुटसल र स्विमिङ्गको आनन्द लियर बिदा हुनुभएको थियो ।

    उक्त प्याट्रोल लिडर तालिमको तालिम संयोजक सौगात थापा मगर हुनुहुन्थ्यो । सो कार्यक्रममा बिशेष सहयोग र साथ बिमोचन इभेन्सको रहेको आयोजकले जनाएको छ ।

  • सिजी ल्याण्डमार्कले मनायो तेस्रो वार्षिकोत्सव

    सिजी ल्याण्डमार्कले मनायो तेस्रो वार्षिकोत्सव

    भरतपुर, २९ साउन –
    चौधरी ग्रुपको सिजी ल्याण्डमार्क तेस्रो वर्षमा प्रवेश गरेको छ । भरतपुरमा रहेको सिजी ल्याण्डमार्कले तेस्रो वार्षिकोत्सव मनाएको छ । चौधरी ग्रुपका सञ्चालक राहुल चौधरीले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । चौधरी ग्रुपका सञ्चालक चौधरीले सिजी ल्याण्डमार्कलाई उपभोक्ताको भरपर्दो बजार बनाइने बताउनुभयो ।

    उहाँले सर्वसाधरणलाई सहज रुपमा किनमेल तथा मनोरञ्जनका लागि बजार घुमिरहनुपर्ने बाध्यता सिजी मलले हटाएको दाबी गर्नुभयो । उहाँले कोभिड महामारीका बेलामा समेत सिजी मलमा उपभोक्ताको चाप सन्तोषजनक रहेकाले आगामी दिनमा समेत अझ बढी विश्वास जित्ने बताउनुभयो । चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक नारायण श्रेष्ठले चितवन तथा आसपासका जिल्लाका स्थानीयलाई सिजी ल्याण्डमार्क साथी सरह बनेको बताउनुभयो ।

    उहाँले शहरभित्रको पनि शहरका रुपमा सिजी ल्याण्डमार्कले पहिचान बनाएको बताउनुभयो । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले सिजी ल्याण्डमार्कले भरतपुरको गरिमा बढाएको बताउनुभयो । उहाँले ल्याण्डमार्क स्थापना भएसँगै एकै थलोबाट अनेक सेवा लिने सहज वातावरण बनेको बताउनुभयो । भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले सिजी ल्याण्डमार्कलाई विपन्न समुदायले पनि सेवा लिन र दिन मिल्ने ठाउँका रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

    उहाँले सिजी ल्याण्डमार्कले भरतपुरकै पहिचान बदलेको बताउनुभयो । सिजी ल्याण्डमार्कका निर्देशक इञ्चार्ज राजेन्द्र अर्यालले कोभिडका कारण विगत दुई वर्ष वार्षिकोत्सव मनाउन नपाएपनि पहिलो पटक वार्षिकोत्सव मनाइएको बताउनुभयो । ल्याण्डमार्कका प्रमुख कार्यकारी अधिकृत उज्वल केसीले वार्षिकोत्सवका अवसर पारेर मनसुन फेष्टिभ अन्र्तगत ५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । वार्षिकोत्सवको अवसर पारेर साउन २७ देखि ३ दिन मनोरञ्जनात्मक कार्यक्रमहरु भएका थिए ।

    सिजी ल्याण्डमार्कमा दैनिक सरदर २ हजार जनाले सेवा लिदै आएका छन् । सिजी ल्याण्डमार्क १० तले अत्याधुनिक सुविधासम्पन्न विश्वस्तरको व्यापारिक कम्प्लेक्स हो । अन्र्तराष्ट्रिय तथा स्वदेशी उच्चस्तरका ब्राण्डका सामानहरु किनमेल गर्न सकिनेछ । सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहल, गेम जोन लगायतका सुविधाहरु रहेका छन् ।

  • सेन्ट्रल कलेजमा जापानकै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले परामर्श दिने

    सेन्ट्रल कलेजमा जापानकै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले परामर्श दिने

    चितवन,साउन २७ –

    सेन्ट्रल कलेज चितवन र यसका शाखाहरुमा जापानका कलेज, युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्येक्ष विद्यार्थीलाई परामर्श दिएका छन् । जापान जाने तयारीमा रहेका र चाहाना गरेका विद्यार्थीलाई कलेजको शहिदचोक प्रेसमार्गमा रहेको केन्द्रिय कार्यालय र सौराहा चोक टाँडी, पर्सा, नवलपुरको कावासोती तथा तनहुँको दमौली र पोखरा शाखामा उनिहरुले प्रत्येक्ष रुपमा परामर्श दिएका हुन् । इरिको ओगावा नेतृत्वको टोलीले जापानका युनिभर्सिटी र कलेजका बिषयमा जानकारी दिनुका साथै विद्यार्थीलाई प्रत्येक्ष अन्तवार्ता समेत लिएका छन् ।

    २०२३ जनवरी र अप्रिल इन्टेकका लागि विद्यार्थीलाई आवश्यक सबै परामर्श जापनिजहरुले प्रत्येक्ष रुपमा दिएको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेल (वाइबी) ले बताउनुभयो । उहाँका अनुसार कोरोना (कोभिड १९) को महामारी पछि पहिलो पटक जापानका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सेन्ट्रल कलेजको आग्रहमा यहाँ आएको वताउनुभयो ।

    ‘जापानकै कलेज युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा परामर्श दिँदा सत्यतथ्य जानकारी प्राप्त हुनुका साथै विद्यार्थी स्वय आफै ढुक्क हुने हुँदा सेन्ट्रल कलेजले जापनिजको प्रत्येक्ष परामर्शलाई प्राथमिकता दिएको छ’,पौडेलले भन्नुभयो ।

    स्थापना कालदेखि नै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत धमाधम गरिरहेको छ ।

    विभिन्न देशका कलेज, युनिभर्सिटीसंँग सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलिया, क्यानडा, युकेका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान सेन्ट्रल कलेजको माध्यमबाट आवश्यक प्रोसेसिङका काम गर्न सकिने पौडेलले बताउनुभयो । सेन्ट्रल कलेजले हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाई छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

    कलेजबाट एक साता अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३ सय विद्यार्थीहरुले एकैपटक न्याट टेष्ट परीक्षा दिएका दिएका थिए ।

    नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय संचालनमा ल्याएको जनाएको छ । यस्तै टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जानकारी दिएको छ । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

    कलेजले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरेर विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा अन्य जिल्लाबाट चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने कलेजले जनाएको छ । प्रिन्सिपल पौडेलले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने घोषणा गर्नुभएको हो ।

    कलेजले रक्तदान, लागु पदार्थ दुव्र्यसनी बिरुद्धका अभियान,ट्राफिक सचेतना,नेतृत्व विकास लगायतका कार्यक्रममा अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ । हाल १ हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेको कलेजले जनाएको छ ।

  • भरतपुरमा अन्नपूर्ण भोकेस्नल स्कुल एण्ड एजुकेशन सर्भिसेस संचालनमा आउँदै

    भरतपुरमा अन्नपूर्ण भोकेस्नल स्कुल एण्ड एजुकेशन सर्भिसेस संचालनमा आउँदै

    चितवन, साउन २५-
    चितवनको भरतपुरमा अन्नपूर्ण भोकेस्नल स्कुल एण्ड एजुकेशन सर्भिसेस संचालनमा आउने भएको छ ।

    चितवनमा पहिलो पटक २ बर्षे प्रोफेश्नल कुलिनरी आर्टस्मा डिप्लोमा गराउन अन्नपूर्ण भोकेस्नल स्कुल एण्ड एजुकेशनल सर्भिसेज संचालनमा आउने भएको हो ।

    एसईई दिएका तथा जुनकसुकै ग्रेड ल्याएका विद्यार्थीहरु, प्लस टु दिएका र पास भएका विद्यार्थीहरुले कोर्स सकेपछि नेपाल र विदेशका विभिन्न मुलुकमा ब्याचलरका लागि क्रेडिट ट्रान्सफरको सुविधा पाउने अन्नपूर्ण भोकेस्नल स्कुल एण्ड एजुकेशनल सर्भिसेसका प्रबन्ध निर्देशक रबिन्द्र बुढाथोकीले बताए ।

    उनका अनुसार चितवनमा नै पहिलो पटक अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसारको तालिम प्रदान गर्ने भएकाले अन्नपूर्ण भोकेस्नल स्कुलले कक्षा कोठा सेटअप, ल्याब सेटअप र व्यवस्थापनमा विशेष ध्यान दिएको छ ।

    साथै तालिम मात्रै नभइ विद्यार्थीहरुको हस्पिटालिटी कल्चर अभिवृद्धिका लागि विभिन्न कार्यक्रमको समेत आयोजना गरिने प्रबन्ध निर्देशक बुढाथोकीको भनाइ छ ।

    अहिले कोर्स लिन इच्छुक विद्यार्थीहरुको नाम दर्ता तथा अन्तरवार्ताबाट समेत विद्यार्थी छनोट भइरहेको स्कुलले जनाएको छ ।

    दुई बर्षमा चार सेमेस्टर, तीन सेमेस्टर अमेरिकी स्ट्यान्डर्डमा व्यवहारिक र सैद्धान्दिक दुवै किसिमको पढाइ हुने, अन्तिम चौथो सेमेस्टर नेपाल, भारत वा अन्य देशहरुमा इन्टनसीप गराइने,टेक्निकल पार्टनर अमेरिकन हस्पिटालिटी एकेडेमी युएस को सहकार्यमा संचालित, कोर्स सकेपछि विश्वस्तरीय होटेलहरुमा रोजगारी प्रदान गरिने, कोर्सपछि इच्छुक विद्यार्थीहरुले नेपालमा नै ब्याचर इन इन्टरनेशनल कुलिनरी पढ्न पाउने छन् भने अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिकाजस्ता देशहरुमा ब्याचलर डिग्रीका लागि क्रेडिट ट्रान्सर्फर समेत गर्न पाउने अन्नपूर्ण भोकेस्नल स्कुल एण्ड एजुकेशन सर्भिसेसको कोर्सका विशेषताहरु हुन् ।

  • चितवनका विभिन्न स्थानमा भोलि आइतबार बिहान विद्युत जाने

    चितवनका विभिन्न स्थानमा भोलि आइतबार बिहान विद्युत जाने

    चितवन, असार १४ –
    चितवनका विभिन्न स्थानमा भोलि बिहान विद्युत अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख एवम् इन्जिनियर राजिव सिंहले भरतपुर ६ लेन सडक विस्तारका क्रममा पोल सार्नका लागि विद्युत अवरुद्ध गर्न लागिएको बताए । मिलचोकमा रहेको ३३ केभी पोलहरु सार्न लागिएको हो । जसले गर्दा भोलि बिहान माडी, चनौली र पर्सा क्षेत्रमा विद्युत जानेछ । त्यस्तै भरतपुर सवस्टेशनको ११ के भि औद्योगिक १ र भरतपुर २ पनि २ घण्टाको लागि अवरुद्ध हुने छ।

    उनका अनुसार भोलि बिहान ७ देखि करीब १० बजेसम्म विद्युत अवरुद्ध हुनेछ । काम सकिएको खण्डमा सो समयभन्दा अगाडि पनि विद्युत आउन सक्ने उनले बताए ।

    हेर्नुहोस्, प्राधिकरणको सूचना :

    भरतपुर ६ लेन बाटाेको मिलन चोकमा रहेको चनौली ३३ के भि को पोल बाटो बिस्तार कार्यको लागि सार्नु पर्ने भएकाले मिति २०७९/०४/१५ गते आइतबारको दिन बिहान ७ बजेदेखी १० बजे सम्म चनौली तथा पर्सा ३३ के भि लाइन सटडाउन हुने भएकाले ३३/११ के.भि चनौली,पर्सा र माडी सव-स्टेशनबाट बितरित सम्पुर्ण लाइन अवरुद्ध हुने ब्यहोरा जानकारिको लागि अनुरोध छ। यसबाट पर्न जाने असुबिधाप्रती ने बि प्रा, चितवन क्षमाप्रार्थी छौ।
    नोट: निर्धारित समय अघि काम सकिएको खण्डमा लाइन सुचारु हुन सक्ने छ।
    ११ के भि औद्योगिक १ र भरतपुर २ पनि २घण्टा को लागि अवरुद्ध हुने व्यहोरा समेत अनुरोध छ।

  • भरतपुरको सेन्ट्रल कलेजले विदेश जाने विद्यार्थीहरुलाई छुट दिने, ककसले पाउँछन् छुट ?

    भरतपुरको सेन्ट्रल कलेजले विदेश जाने विद्यार्थीहरुलाई छुट दिने, ककसले पाउँछन् छुट ?

    चितवन, साउन ९ –
    सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट दिने घोषणा गरेको छ ।
    कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल ‘वाइवी’ले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुरा घोषणा गरे ।

    दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा बाहिर घर भएर चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने उनले बताए ।

    यस्तै कलेजले विदेश अध्ययन गर्न जान चाहाने खेलाडीहरुलाई पनि बिशेष छुट प्रदान गर्ने प्रिन्सिपल पौडेलले जानकारी दिए । जेहेनदार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विभिन्न युनिभर्सिटी र कलेजमा स्कलरसिपमा अध्ययनका लागि पठाइने उनको भनाइ छ ।

    १२ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आएको छ । उच्च शिक्षाका लागि जापान जान चाहेका विद्यार्थीलाई शैक्षिक परामर्श र भिजा प्रोसिङ गर्दै आएको कलेजले हाल अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, युरोप, दक्षिण कोरिया लगायतका देशमा समेत विद्यार्थीलाई जान सहजीकरण गर्दै आएको छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

    विदेशबाट समेत नेपाल अध्ययनका लागि आउन चाहेका विद्यार्थीलाई समेत शैक्षिक परामर्श दिदै आएको उनले बताए । स्वदेशकै कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत कलेजले सहजीकरण गरेको उनले बताए । सेन्ट्रल कलेजले खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रामा सामाजिक कामहरु गर्दै आएको छ ।

    शहिदचोकको प्रेस मार्गमा मुख्य कार्यालय रहेको कलेजको सौराहा चोक, पर्सा, कावासोती नवलपुरमा सम्पर्क कार्यालयहरु छन् । देशभर १० वटा शाखाहरु छन् ।

  • ग्लोबल रिचको भरतपुरमा अष्ट्रेलियन एजुकेसन एक्जिव्युसन, पाँच सय विद्यार्थी सहभागि

    ग्लोबल रिचको भरतपुरमा अष्ट्रेलियन एजुकेसन एक्जिव्युसन, पाँच सय विद्यार्थी सहभागि

    चितवन, साउन ६-
    भरतपुरस्थित शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको आयोजनामा आज (शुक्रबार)अष्ट्रेलियन एजुकेसन एक्जिव्युसन सम्पन्न भएको छ ।

    कोरोना महामारीपछि अष्ट्रेलिया सरकारले ल्याएको नयाँ शिक्षा नीति, रोजगारीको अवसर, आवश्यक पर्ने डकुमेन्ट, विभिन्न कोर्ष तथा विषय, भर्ना प्रक्रिया, फि स्टक्चरलगायतका बारेमा सम्पूर्ण जानकारी विद्यार्थीलाई एउटै थलोबाट उपलब्ध गराउने उद्देश्यले एक्जिव्यूसन आयोजना गरिएको हो ।

    भरतपुरको गार्डेन रिसोर्टमा भएको एक्जिव्युसनमा पाँच सय विद्यार्थीहरु सहभागि भएका थिए ।

    उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई लक्षित गरेर एक्जिव्युसन आयोजना गरिएको शाखा प्रमुख सुरेश पौडेलले बताउनुभयो ।

    एक्जिव्युसनमा अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सेन्ट्रल क्वीनसल्याण्ड युनिभर्सिटी,इडिटक्राउन गरी ११ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी पठाउने उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा ग्लोबल रिच परिचित छ ।

  • चितवनमा खुल्यो घडेरी बजार डटकम, अब घरमै बसेर घरघडेरी छान्न पाइने

    चितवनमा खुल्यो घडेरी बजार डटकम, अब घरमै बसेर घरघडेरी छान्न पाइने

    चितवन, असार २६ –
    पूर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् ।

    घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले घडेरी बजार डटकम सुरु गरिएको सञ्चालक विपिन कंडेलले बताए ।

    यदि कसैले घर जग्गा विक्री गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाइ आफ्नो सम्पतिको सम्पूर्ण विवरणहरु, घर जग्गाको फोटो, मूल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरु साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन् । र खरिदकर्ताले आवश्यकता र चाहना बमोजिम घर जग्गा छनोट गरी बिक्रीकर्तासँग कारोबार गर्न सकिने व्यवस्था मिलाउन खोजिएको छ ।

    आजको व्यस्त समय र प्रविधिको युगमा घरबाटै सबै काम गर्न सकिन्छ । अनलाइनबाटै आफूले चाहेको सामान खरिद विक्री हुने प्रवृति बढ्दो भएकोले त्यसलाई मध्ये नजर गर्दै घर जग्गा कारोबारमा पनि सहजीकरण गर्ने उद्देश्यका साथ घडेरी बजार डटकम सुरु गरिएको र यसले गर्दा जुन सुकै, जहाँ सुकै र जहिले पनि मानिसले आफूले चाहेको घर जग्गाको बारेमा जानकारी लिन सक्ने र अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्री गर्न सक्ने सुविधा पनि उपलब्ध भएको उनले बताए । साथै यसलाई आवश्यकता अनुसार स्तर उन्नति गर्दै लैजाने उनको योजना छ ।

    घडेरी बजारमा गएर घर जग्गा सम्बन्धीको सम्पूर्ण समाचारहरु हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ । साथसाथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्नेछन् र सिधै बिक्रेतासँग सम्पर्क गर्न सकिने छ ।

    एक बर्ष अगाडिमात्र एमविए उत्तीर्ण गरेका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रालिको माध्यमबाट घडेरी बजार डटकम सुरु गरेका हुन् ।

    उनी विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालको माध्यमबाट युवा उद्यमिहरुबीच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरी भि ग्रुपको अलगअलग आयामहरू संचालन गर्दै आइरहेका छन् । त्यसको साथसाथै सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालको माध्यमबाट चितवनमा उदाहरणीय कार्यहरू कपडा बैंक, नियमित सरसफाइ अभियानको कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता, महामारीको समयमा खाद्यान्न वितरण, युवाहरुलाई विभिन्न किसिमका तालिमहरु, जनचेतनामुलक अलगअलग अभियानमा पनि सकृय भूमिका निर्वाहन गर्दै आइरहेका छन् ।

    घडेरी बजारले पहिलो चरणमा चितवनमा व्यावसायिक करोबार सुरु गर्ने छ भने बिस्तारै नेपालका अन्य जिल्लाबाट सेवा विस्तार गर्दै जाने संचालकले जानकारी दिए ।

  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला : सेल्फी खिच्नेहरुको घेराबन्दीमा परे रवि लामिछाने (फोटो)

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला : सेल्फी खिच्नेहरुको घेराबन्दीमा परे रवि लामिछाने (फोटो)

    चितवन, असार २५ –
    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा आज जिल्ला भेला गरेको छ ।
    सञ्चारकर्म छाडेर यसै महिना लामिछानेले रास्वपा खोलेका थिए । पार्टीको चुनाव चिन्ह घण्टी राखिएको छ ।

    पार्टी दर्तापछि चितवनमा पहिलो जिल्ला भेला गरिएको छ । आजको भेलाले जिल्लामा विभिन्न कमिटीहरु गठन गर्ने जनाइएको छ ।

    आज भरतपुरको सिएमटी रिर्साेटमा भएको भेलामा लामिछानेलाई सेल्फी खिच्नेहरुले घेराबन्दी नै गरेका थिए । घेराबन्दीलाई छिचोलेर लामिछानेलाई बाहिर निकाल्न सुरक्षाकमीहरुले ठूलै कष्ट गर्नुपरेको थियो ।

    तस्विरमा हेर्नुहोस्, आज भएको भेला :

  • खोलामा नुहाउन जाँदा डुबेर चितवनका सुरजको मृत्यु

    खोलामा नुहाउन जाँदा डुबेर चितवनका सुरजको मृत्यु

    चितवन, असार २०
    चितवनको खैरहनी नगरपालिका ५ स्थित ढुम्रे खोलामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।

    आज (सोमबार) बिहान ११ः१५ बजेको समयमा नुहाउने क्रममा हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतको मृत्यु भएको हो ।

    सुरज ११ बर्षका भान्जा मुकेश पौडेलसँग नुहाउन खोलामा गएका थिए । उनको शव करिव २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।