Author: बिनय आचार्य

  • युके सिजनल भिसाको एप्लाई अब चितवनकै गोल्डेन जब सेन्टरबाट

    युके सिजनल भिसाको एप्लाई अब चितवनकै गोल्डेन जब सेन्टरबाट

    चितवन, माघ १ –
    – विनय आचार्य

    युके सिजनल वर्किङ्ग भिषा २०२३ खुलिसकेको छ । ६ महिनाका लागि सिजनल वर्किङ्ग कृषि भिषा युकेका लागि खुलाइएको हो ।

    जसको लागि एप्लाई, डकुमेन्टेशन र प्रोशेसिङ्गका सबै काम चितवनबाटै हुने भएको छ । भरतपुरको सिनर्जी रोडमा रहेको गोल्डेन जब सेन्टरबाट युके सिजनल भिसाको सम्पूर्ण कार्य गरिने सेन्टरका सञ्चालक प्रकाश भुषालले चितवन आजलाई जानकारी दिए ।

    आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया जब सेन्टरबाटै गरिने भएकाले सिजनल भिषामा युके जान चाहने चितवन बासीका लागि यो ठूलो अवसर भएको भुषाल बताउँछन् । चितवनमात्र नभई जुनसुकै जिल्लाका बासिन्दा भए पनि एप्लाई गर्न सकिने उनको भनाइ छ ।

    त्यतिमात्र होइन स्वदेशमै रोजगारी गर्न चाहनेहरुका लागि पनि स्वदेशमै रोजगारी मिलाइने भुषालको दाबी छ ।

  • भरतपुरको एनपिआईमा प्राविधिक प्रस्तुति प्रतियोगिता सम्पन्न

    भरतपुरको एनपिआईमा प्राविधिक प्रस्तुति प्रतियोगिता सम्पन्न

    – विनय आचार्य
    चितवन, मंसिर २५

    भरतपुरमा रहेको नेपाल पोलिटेक्निक इन्स्च्यिुट (एनपिआई) मा प्राविधिक वार्ता प्रस्तुति प्रतियोगिता सम्पन्न भएको छ ।

    आइतबार कलेजमा एक कार्यक्रमको आयोजन ब्याच्लर अफ इलेक्ट्रिकल इन्जिनियर पाँचौ समेष्टरको अयोजनामा इलेक्ट्रिक इन्जिनियर पढिरहेका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइएको हो ।

    प्रतिस्पर्धा विद्यार्थीहरुले गु्रप बनाएर तथा एक्लैएक्लै आफ्नो प्रस्तुती दिएका थिए । प्रतियोगितामा अभिशेख चौहान प्रथम भए भने मो. आदम हुसेन, जनक न्यौपाने र रोहन कुमार शाहको टिम दोश्रो भयो यसैगरी लक्ष्मण विके तेश्रो भए । उनीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • रबि लामिछानेको विजयी सभा (फोटो फिचर)

    रबि लामिछानेको विजयी सभा (फोटो फिचर)

    चितवन, मंसिर ८-
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चितवन क्षेत्र नं। २ बाट निर्वाचित भएपछि विजय सभा आयोजना गरेका छन् ।

    उनले चितवनका मतदाता लगायत आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद् दिन विजय सभा आयोजना गरिएको हो ।

    लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएर वियजी भएका हुन् ।

     

  • एमालेको चुनावी आम सभा सुरु (फोटो फिचर)

    एमालेको चुनावी आम सभा सुरु (फोटो फिचर)

    चितवन, कात्तिक २८-
    चितवनमा नेकपा एमालेकोे चुनावी आमसभा सुरु भएको छ । सभालाई अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्नेछन् ।

    गेस्ट हाउस चौरमा आयोजित चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

     

  • भरतपुरको सनराइज स्कुलमा विद्यार्थीको विषयगत वृहत् प्रदर्शनी

    भरतपुरको सनराइज स्कुलमा विद्यार्थीको विषयगत वृहत् प्रदर्शनी

    – विनय आचार्य
    चितवन, ०७९ कात्तिक २७-
    भरतपुरको सनराइज इङ्ग्लिस स्कुलले विषयगतरूपमा वृहत् प्रदर्शनी गरेको छ ।

    शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय सहभागितामा विद्यालयमा अध्यापन हुने नेपाली, अङ्गे्रजी, गणित, विज्ञान, सामाजिक, कम्प्युटर विज्ञानका साथै होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरूले छुट्टाछुट्टै प्रदर्शनीको आयोजना गरेका हुन् ।

    उक्त प्रदर्शनीमा विद्यार्थीहरूले विषयगतरूपमा आफ्नो पाठ्यक्रममा आधारित रहेर विभिन्न चित्रकला, मूर्तिकला तथा प्रयोगात्मक प्रदर्शनी गरेका छन् । विद्यार्थीहरूले प्रदर्शनीमा छौपडी प्रथादेखि लिएर विज्ञानले गरेको नयाँ आविष्कार सम्मका विषयवस्तु संलग्न गरेका थिए भने कक्षा ११ मा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरूले विभिन्न खाद्य परिकारहरू तयार गर्दै अभिभावकहरूलाई पस्किरहेका थिए ।

    उक्त कार्यक्रममा अभिभावकहरूले यस किसिमको कार्यक्रमले विद्यार्थीहरूमा आफूले कक्षाकोठामा सिकेको शिक्षालाई प्रत्यक्ष रूपमा प्रयोगमा ल्याउँदा छुट्टै ज्ञानको विकास हुने र आउँदा दिनमा पनि यस किसिमको प्रदर्शनी निरन्तर हुन आवश्यक रहेको कुरा व्यक्त गरे । उक्त प्रदर्शनीलाई आगामी वर्षहरूमा उत्सवकै रूपमा सञ्चालन गर्ने र थप नविनतम प्रविधिको प्रयोग गर्दै उत्कृष्ट सिर्जनाहरू देखाउने विद्यालयले चितवन आज लाई जनाएको छ ।

     

  • चितवनवासीलाई प्रचण्डले भनें : चिन्ता नलिनुस् मेरो घर त चितवन नै हो

    चितवनवासीलाई प्रचण्डले भनें : चिन्ता नलिनुस् मेरो घर त चितवन नै हो

    चितवन, कात्तिक २६-
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै चुनाव लड्न गोरखा गएपनि आफु चितवनकै भएको बताए ।

    उनले भने, ,‘मेरो घर चितवनमै छ,यहाँको विकासमा मेरो सधै चासो रहनेछ ।’ चितवनप्रतिको लगाब हिजोदेखि नै रहेको र आज र भोलि पनि निरन्तर रहने उहाँले बताउनुभयो । चितवनमा पूर्वाधारका क्षेत्रमा सुरु भएका विकासका कामलाई पूर्णता दिन निरन्तर लागिरहने प्रचण्डले प्रतिवद्धता जनाए ।

  • भरतपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’

    भरतपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’

    चितवन, कात्तिक ७-

    भरतपुरको नयाँ मेडिकल कलेज अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेकाे छ । करिब २ बजेर ४० मिनेटतिर देखिएको उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले ४ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको हो ।

    एक जनाले स्कुटरमा आएर छाडेको उक्त शंकास्पद वस्तुलाई भरतपुर ब्यारेकको सेनाको टाेलीले निष्क्रिय पारेको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तमाङले बताए । सेनाले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ । बमको आशंका गरिएको उक्त वस्तु तर्साउने मनसायले राखिएको पाइएको उनले बताए ।

    पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले दुईतर्फी नै सवारी साधन रोकेर उक्त वस्तु डिस्पोज गर्ने काम थालेको थियो ।

     

  • चितवन मेडिकल कलेज (सिएमसी) अगाडि शंकास्पद बस्तु फेला

    चितवन मेडिकल कलेज (सिएमसी) अगाडि शंकास्पद बस्तु फेला

     २०७९ कात्तिक ८

    चितवन – भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) अगाडि बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।

    आज (मंगलवार) दिउँसो मेडिकल कलेजको गेट अगाडि बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।
    उक्त बस्तु फेला परेपछी प्रहरीहरुले निगरानी राखेका छ्न् । त्यस्तै चौबिसकोठीदेखि बिरेन्द्र क्याम्पस चोकसम्म सवारी आगमन बन्द गरिएको छ ।उक्त बस्तु डिस्पोज गर्नका लागि आर्मीको टोलिलाई खवर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • क्यानडा जान चाहने विद्यार्थी बढ्दै : क्यानेडियन स्ट्डी सेन्टरको सेमिनारमा २०० भन्दा बढी सहभागी

    क्यानडा जान चाहने विद्यार्थी बढ्दै : क्यानेडियन स्ट्डी सेन्टरको सेमिनारमा २०० भन्दा बढी सहभागी

    – विनय आचार्य
    चितवन, ०७९ कार्तिक ५ –

    भरतपुरमा रहेको क्यानेडियन स्टडी सेन्टरद्वारा आयोजित सेमिनार सम्पन्न भएको छ ।

    आज शनिबार भरपुरमा एक कार्यक्रमका बीच उक्त सेमिनार सम्पन्न भएको हो । सेमिनारमा २०० जना विद्यार्थी सहभागी भएका कन्सल्टेन्सीका सञ्चालक विशाल अधिकारीले बताए ।

    सेमिनारमा काउन्सिलर हरि अधिकारीले विद्यार्थीहरुलाई एकमुष्टरुपमा परामर्श दिएका थिए ।
    क्यानडामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्ष्ति गरेर सेमिनार आयोजना गरिएको हो ।

    सेमिनारमा क्यानडा कसरी एप्लाई गर्ने ? डकुमेन्ट केके चाहिन्छ ? क्यानडा पुगेपछि जागिको अवसर, पिआर पाउने प्रक्रिया लगायतका कुराहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

  • चितवनको बोस्टन कलेजले उद्यमशीलता विकास गर्न एक करोडको छात्रवृत्ति दिने

    चितवनको बोस्टन कलेजले उद्यमशीलता विकास गर्न एक करोडको छात्रवृत्ति दिने

    चितवन, कार्तिक २ –
    चितवनको बोस्टन इन्टरनेसनल कलेजले एक करोड रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

    कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार ‘बिआइसी भिजन २०२७’ प्रस्तुत गर्दै छात्रवृत्तिको घोषणा गरेका हुन् । उद्यमशीलता विकासलाई जोड दिँदै आगामी पाँच वर्षभित्र चितवन जिल्लामा अध्ययनरत विभिन्न विश्वविद्यालय एवं कलेजका विद्यार्थीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले एक करोड रुपैयाँबराबरको सिड फन्ड स्थापना गर्न लागेको चन्दले बताए ।

    विद्यार्थीलाई व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गरेको यस कलेजले अबको पाँच वर्षमा रिसर्च डिपार्टमेन्टलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र कलेजको विद्यमान जरनल बिआइसी जर्नल अफ म्यानेजमेन्टलाई क्युस्तरमा स्तरोन्नति गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ । साथै, एक सयभन्दा बढी सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई शैक्षिक गुणस्तर एवं वृत्ति विकाससम्बन्धी तालिम प्रदान गर्ने योजना रहेको कलेजले जनाएको छ ।

    चन्दले भने, ‘हामी पाँच वर्षमा दुई सयभन्दा बढी कम्पनीहरूसँग आबद्ध भई कलेजका विद्यार्थीलाई औद्योगिक व्यवसायतर्फ केन्द्रित गराउने र यसै वर्षदेखि कम्तीमा ९० प्रतिशत दीक्षित गराई शतप्रतिशत रोजगारी गराउनेछौँ । प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन गर्नेछौँ ।’ सन् २००९ मा स्थापना भएको यस कलेजमा हाल एमबिए, बिबिए, बिबिए (बिआई, बिसिआइएसका कार्यक्रम सञ्चालनमा छ ।