Author: बिनय आचार्य

  • चितवनमा भिषण हावाहुरी : रूख र पोल ढल्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

    चितवनमा भिषण हावाहुरी : रूख र पोल ढल्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

    चितवन, जेठ २-

    रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

    इच्छाकामना गाउँपलिका–५ धार स्थित सडकमा हावाहुरी र चट्याङसहित भएको भिषण वर्षाले रुख र पोल ढल्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार रुख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाटो खुलाउनको लागी पहल भइरहेको छ ।

    ढलेको पोल उठाउन विद्युत् प्रधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको बताइएको छ ।

    आज साँझ करिब १ घण्टा जति बर्षासहितको हावाहुरी आएको थियो ।

  • भरतपुरको तालिम केन्द्र अगाडि रूखहरू ढल्दा १२ वटा पोल भाँचियो, विभिन्न स्थानमा विधुत अवरुद्ध

    भरतपुरको तालिम केन्द्र अगाडि रूखहरू ढल्दा १२ वटा पोल भाँचियो, विभिन्न स्थानमा विधुत अवरुद्ध

    चितवन, वैशाख २४ –

    भरतपुरको बसेनीमा अवस्थित जुनियर प्रहरी तालिम केन्द्र अगाडिका रूखहरू ढल्दा १२ वटा पोल भाँचिएको छ ।

    भरतपुर वितरण केन्द्रका प्रमुख एबम इन्जिनियर राजिव कुमार सिंहका अनुसार आज साँझ आएको हावाहुरीले रूखहरू ढल्दा १२ वटा पोल भाँचिएका छन् भने कतै तारहरु चुडिएका छन् ।

    जसका कारण भरतपुरका विभिन्न स्थानमा विधुत अवरुद्ध भएको छ । औद्योगिक फिडर, नारायणगढ फिडर, भृकुटी फिडर पूर्ण रूपमा अवरुद्ध बनेको सिंहले जानकारी दिए ।

    पोल भाँचिएको ठाउँमा तार छुटाएर विधुत छाडिने उनको भनाइ छ ।

  • भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने स्थलमा पानीको ताल (फोटोफिचर)

    भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने स्थलमा पानीको ताल (फोटोफिचर)

    चितवन, बैशाख २२
    भरतपुरमा सत्ता गठबन्धनले आज चुनावी सभा गर्ने ठाउँ केन्द्रीय बसपार्कमा पानीको ताल बनेको छ ।

    रातभर परेको पानीले सभा गर्ने स्थल पानीको तलाउ बनेको हो । स्टेज पनि डुबेको छ ।

    गठबन्धनले आज विशाल चुनावी आम सभा गर्ने कार्यक्रम रहेको थियो । जसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइसकेका छन् भने नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल लगायत अन्य थुप्रै शिर्षस्थ नेताहरु आउने कार्यक्रम रहेको थियो ।

    पानीको ताल परेपछि अब चुनावी सभा के हुन्छ भन्ने कुरा अन्यौल बनेको छ ।

  • चितवनमा घाँस काट्न जंगल गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु

    चितवनमा घाँस काट्न जंगल गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु

    चितवन,बैशाख १८ –
    चितवनमा घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

    मृत्यु हुनेमा खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेका छन् ।

    उनलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएका हुन् ।

  • नारायणगढको कमलनगरमा राति दुई बजेदेखि आगलागी, कराडौंको क्षति, अझै आएन नियन्त्रणमा

    नारायणगढको कमलनगरमा राति दुई बजेदेखि आगलागी, कराडौंको क्षति, अझै आएन नियन्त्रणमा

    चितवन, बैशाख १५

    नारायणगढको कमलनगरमा भीषण आगलागी भएको छ । राति दुई बजेबाट सुरु भएको आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्थानीय कृष्ण महत्तोले जानकारी दिए । आगो फैलन नपाउने गरी नियन्त्रण लिइ सकिएको छ ।

    नेपाली सेनाको दमकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट आगलागी फैलनबाट रोकिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी नरहरी अधिकारीका अनुसार एक बिजुलीको पसलबाट अगलागी सुरु भएको हो । क्षतिको विवरण आउन बाँकी छ । आगलागी फैलन नदिने गरी नियन्त्रणमा लिइएको भए पनि पूर्ण रुपमा निभ्न सकेको छैन । विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको उनले बताए ।

    आधिकारिक तथ्यांक आउन बाँकी रहेको भए पनि ६ वटा पसलमा भएको आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

     

  • चितवनमा टिपर, बस र कार ठोक्किदा २८ जना घाइते

    चितवनमा टिपर, बस र कार ठोक्किदा २८ जना घाइते

    चितवन, १४ वैशाख –

    नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किदा २८ जना घाइते भएका छन् ।

    नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

    आपसमा ठोक्किदा बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।

  • भरतपुरमा करोडौंको लगानीमा युवाहरुले खोले बियर दरबार, ४० प्रकारका बियर पाइने

    भरतपुरमा करोडौंको लगानीमा युवाहरुले खोले बियर दरबार, ४० प्रकारका बियर पाइने

    – बिनय आचार्य
    चितवन, ०७९ बैशाख १ –
    चितवनको भरतपुर–१० सप्तगण्डकी कलेज रोडमा बियर दरबार खुलेको छ ।

    बियर दरबारबारको आज नयाँ वर्षका दिन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे ।

    बियर दरबारबारको उद्घाटन गर्दै श्रेष्ठले युवाहरु नयाँ सोचका साथ स्वदेशमा नै केही गर्नुपर्छ भनेर व्यावसायमा लाग्नु धरै खुसीको कुरा भएको भन्दै सफलताको शुभकामना दिए ।

    ४ जना युवाहरु मिलेर बियर दरबार खोलिएको बियर दरबारका सञ्चालक एवम् प्रबन्ध निर्देशक सुमन अधिकारीले जानकारी दिए । बियर दरबारमा ४० भन्दा बढी प्रकारका स्वदेशी तथा विदेशी बियरहरु पाइने उनले जानकारी दिए ।

    बियर दरबारमा रेष्टुरेन्ट, बार, बर्थडे हल, जेल हल, होम हल पनि रहेको छ । खाजा खानका लागि मात्र पनि बियर दरबारमा आउन सकिने उनले बताए । प्राय खाजाका सम्पूर्ण परिकार बन्ने उनको भनाइ छ ।

  • चितवनमा पतञ्जलीको रक्तदान कार्यक्रम सम्पन्न : ६० जनाले गरे रक्तदान

    चितवनमा पतञ्जलीको रक्तदान कार्यक्रम सम्पन्न : ६० जनाले गरे रक्तदान

    – विनय आचार्य
    चितवन, ०७८ चैत्र ११ –
    पतञ्जली योग समिति चितवनले भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज शुक्रबार बिहान नेपाल पोलिटेक्निक इन्स्च्यिुटको प्राङ्गगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

    पतञ्जली योग समिति बागमती प्रदेशका सल्लाहकार एकनारायण भूषालले कार्यक्रममा ६० जनाले रक्तदान गरेको जानकारी दिए ।

    पतञ्जली योग समिति चितवनले प्रत्येक तीनतीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ ।