Category: राप्ती

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर ४२ वर्षीय महिलाको मृत्यु

    राप्तीमा झोलुङ्गे पुलबाट खसेर ४२ वर्षीय महिलाको मृत्यु

    चितवन, १५ माघ
    पूर्वी चितवनको राप्ती नगरपालिका–१० थामटारमा झोलुङ्गे पुलबाट खसेर ४२ वर्षीय महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाँउ घर भएकी सितामाया तामाङ रहेकी छन् ।

    आइतबार साँझ उनि झोलुङ्गे पुलबाट खोलामा खस्दा घाइते भएकी थिइन् ।

    उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • राप्तिका चेपाङ् बालबालिकालाई लक्षित गर्दै आवासीय विद्यालय सञ्चालनमा

    राप्तिका चेपाङ् बालबालिकालाई लक्षित गर्दै आवासीय विद्यालय सञ्चालनमा

    चितवन, ९ माघ
    राप्ति नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ् बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका बालबालिका लाभान्वित भएका छन् । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार चालु शैक्षिक सत्रबाट दुईवटा विद्यालयमा आवासीय व्यवस्थापनको सुरुवात गरिएको हो ।

    एउटा विद्यालयमा नगरपालिकाले यस अघिनै आवासीय कक्षा सञ्चालन गरेको थियो । उहाँका अनुसार राप्तीको विकट गाउँ कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रबाट नगरपालिकाले आवासीय कक्षा सञ्चालन गरेको हो । यसअघि मितेरी फाउण्डेशन र लक्ष्मी प्रतिष्ठानले आवासीय विद्यालय सञ्चालन गर्दै आएकोमा यस वर्षबाट नगरपालिकाले सहयोग गर्न थालेको हो । त्यहाँ एक सय ५० जना चेपाङ बालबालिका अध्ययनरत छन् । फाउण्डेशन र प्रतिष्ठानले भौतिक संरचना यस अघिनै बनाएको थियो ।

    त्यहाँ कार्यरत दुईजना शिक्षक/कर्मचारीको खर्च व्यवस्थापन तीनै संस्थाले गर्दै आएका छन् भने अन्य व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ । यो राप्ती नगरपालिका–१३ मा पर्दछ । जिल्लाको सबैभन्दा विकट ठाउँको रुपमा यो चिनिन्छ । राप्ती नगरपालिका–१२ एउराली टारस्थित गणेश माविमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ १०४ जना बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।

    न्यून सङ्ख्यामा तामाङ बालबालिका समेत भए पनि अधिकांश चेपाङ् छन् । यस्तै सोही नगरपालिका–१ महादेश टारमा रहेको विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ परेवाकोटको माथिल्लो भूभागका चेपाङ् र तामाङ समुदायका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएका छन् ।

    यो विद्यालयमा आवासीय कार्यक्रम यसै शैक्षिक सत्रबाट सुरु गरिएको हो । हाल यहाँ ३८ जना बालबालिका अध्ययनरत छन् । विद्यालयभन्दा टाढा घर भएका बालबालिकालाई आवासमा राखेर पढाइएको हो । आर्थिक अभावका कारण विद्यालय जान समस्या भएका अति विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख लामाले जानकारी दिनुभयो ।

    नगरपालिका–१०, ११, १२ र १३ पहाडी भूभागमा पर्दछ । वडा नं १ महादेवटारमा पहाडका बालबालिका ल्याएर आवासीय रुपमा पढाइएको हो । यो कार्यक्रम सुरु गरिएसँगै बीचमा विद्यालय छोड्ने क्रम घट्ने लामाको विश्वास छ । पहाडी भूभागमा अधिकांश चेपाङ समुदाय बसोबास गर्दछन् । आर्थिक अभावका कारण बिचैमा कक्षा छोड्दा उनीहरुको शैक्षिक अवस्था कमजोर छ ।रासस

  • राप्तीमा चिउरीको रुखबाट लडेर १७ वर्षीय बालिकाको मृत्यु

    राप्तीमा चिउरीको रुखबाट लडेर १७ वर्षीय बालिकाको मृत्यु

    चितवन, २६ पुस
    चितवनमा चिउरीको रुखबाट लडेर १७ वर्षीय बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा राप्ती नगरपालिका –११ सुर्खण्डी घर भएकी अञ्जली प्रजा रहेकी छन् ।
    हिजाे दिउँसाे साढे ११ बजे चिउरीको घाँस काट्न रुखमा चढ्दा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्तपालको शवगृहमा राखिएको छ ।

  • चितवनमा मानव कंकाल फेला

    चितवनमा मानव कंकाल फेला

    चितवन पुस ६, 
    चितवनको राप्ती नगरपालिका–१२ स्थित खोल्सोमा एक मानव कंकाल फेला परेको छ । जंगलमा घाँस काट्न जाँदा स्थानीयवासीले बिहीबार मानव कंकाल र कपडा भेटेका थिए ।

    कपडाका आधारमा उक्त कंकाल स्थानीय ८३ वर्षीय जंगे तामाङको भएको भनी आफन्तले सनाखत गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    गएको वैशाख २६ गतेदेखि उनी बेपत्ता थिए । मुचुल्कापश्चात् ‘पोस्टमार्टम’का निम्ति कंकाललाई भरतपुर सरकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

  • पूर्वी चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

    पूर्वी चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

    चितवन, ११ मङ्सिर
    पूर्वी चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। लोथर खोलाको किनारमा घाँस काट्न गएका राप्ती नगरपालिका वडा नं १ दुविचौरका ४३ बर्षिय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

    श्रीमति सहित गाउँलेहरुसँग घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो । पौडेलसँग गएकी उनकी श्रीमति र गाउँलेहरुले भने भागेर ज्यान जोगाएका छन् ।

    राप्ती नगरपालिका खण्डमा बाघले आक्रमण गरेको भएपनि पौडेललाई निकुञ्ज भन्दा बाहिर मनहरी क्षेत्रको काँसघारीमा लगेर बाघले मारेको प्रहरीले जनाएको छ।

    उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली खटिएको थियो ।

    आइतबार राति पौने ९ बजे बाघलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

  • राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

    राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

    चितवन, १६ कात्तिक
    चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए ।

    राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ । “शुक्रबारदेखि घरटहरा भत्काउन थाल्छौँ”, उहाँले भन्नुभयो । उक्त ठाउँमा सिँचाइ विभागको दुई बिघा १० कट्ठा तथा हुलाकको पाँच कट्ठा जग्गा छ । विसं २०५० मा राप्ती नदीको बाढीले घरवारविहीन बनाएका परिवारलाई त्यहाँ राखिएको थियो ।

    “तत्कालीन समयमा १० वर्षका लागि राखिएको पाइएको छ, जग्गाको स्वामित्व भएका दुई कार्यालयले खाली गरिदिन पत्राचार गरेपछि सहजीकरण गर्न लागेका हौँ”, प्रमुख लामाले भन्नुभयो । सो ठाउँमा सुरुआतमा दुई सय २३ परिवार बसेका थिए । पछि केही पुरानै ठाउँमा फर्किएपछि हाल सो ठाउँमा एक सय ४६ परिवारको बसोबास छ ।

    प्रमुख लामाका अनुसार १७ परिवार मात्रै भूमिहीन रहेका छन् । उनीहरुलाई विकल्प दिएर खाली गर्न लागिएको उहाँको भनाइ छ । भूमिहीनलाई राप्ती–७ मा जग्गा दिनका लागि राष्ट्रिय भूमि आयोगसँग छलफल गरिएको प्रमुख लामा बताउनुहुन्छ । उहाँले सो ठाउँमा घर बनाउनका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

    सो ठाउँमा अधिकांश थारु समुदायको बसोबास रहेको छ । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले थारु समुदायको घर नभत्काउन आग्रह गरेको छ । सभाले विज्ञप्ति जारी गरी बिना विकल्प घर भत्काउन अगुवाइ नगर्न नगरपालिका र दलहरुलाई आग्रह गरेको छ । थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीले विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह गरेको छ ।

  • चितवनमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

    चितवनमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

    चितवन, १५ कात्तिक
    चितवनको राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरी रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।

    यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

  • चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल

    चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल

    नारायणगढ (चितवन), १४ कात्तिक
    चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेकोे हो ।

    रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएपछि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गर्नुभएको हो । जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पतालमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको तर चाडवाडमा रक्तदानका कार्यक्रम कम भएको अपिलमा उल्लेख छ ।

    अपिलमा भनिएको छ, “मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछौँ ।”

    प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रक्तदान कार्यक्रममा विगतमा जस्तो रक्तदाताको उत्साहजनक सहभागिता नहुने गरेको बताउनुभयो । दसैँअघि रक्तदान कार्यक्रम भए पनि रक्तदाताको सङ्ख्या घट्दा हाल रगतको अभाव भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रक्तदाताको सङ्ख्या घट्दै गएको छ, धेरै सङ्ख्यामा युवाहरू विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्या घटेको हुनसक्छ ।”

    भरतपुरमा मात्रै दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको भन्दै मागअनुसारको रगत आपूर्ति गर्न कठिन भएकोे पौडेलले बताउनुभयोे । उहाँले भन्नुभयो, “भोलिबाटै विभिन्न स्थानमा रक्तदानका कार्यक्रम आयोजना हुँदैछन्, जस कारण रगतमा केही सहजता हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।” रासस

  • राप्ती नगरपालिकाले गर्यो पत्रकार सिञ्जालीलाई आर्थिक सहयोग

    राप्ती नगरपालिकाले गर्यो पत्रकार सिञ्जालीलाई आर्थिक सहयोग

    चितवन, १ कात्तिक
    नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य वीरबहादुर सिञ्जालीलाई ज्येष्ठ पत्रकार कल्याणकारी रकम प्रदान गरिएको छ । महासङ्घ चितवन शाखाको आग्रहमा राप्ती नगरपालिकाले सिञ्जालीलाई रु ५० हजार सहयोग गरेको हो ।

    राप्ती नगरपालिका प्रमुख शमशेर लामा र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीसहित महासङ्घको टोलीले सिञ्जालीलाई उहाकै निवासमै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख लामाले महासङ्घले सुरुआत गरेको ज्येष्ठ पत्रकार कल्याणकारी कोष राप्तीमा सुरु गरिनसकेको भए पनि ६० वर्ष काटेका नगरवासी सिञ्जालीलाई एक वर्षको एकमुष्ट रकम प्रदान गरिएको बताउनुभयो ।

    भरतपुर महानगरपालिकाको सहयोगमा महानगरभित्रका ६० वर्ष कटेका पत्रकारलाई महासङ्घले मासिक रु चार हजार कल्याणकारी कोष अन्तर्गत दिँदै आएको छ । महानगर बाहिरका ज्येष्ठ पत्रकारलाई सोही पालिकासँग समन्वय गरेर रकम दिँदै आएको जिल्ला अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरले उपलब्ध गराएको रु २० लाख अक्षयकोषमा राखेर प्राप्त ब्याजबाट मासिक दिइदै आएको छ । राप्तीका पत्रकार सिञ्जालीलाई ६० वर्ष पुगेसँगै गत वर्षबाट सहयोग गर्न थालिएको हो ।

  • सद्भाव युवा समाज नेपाल–कतारद्वारा राप्तीका चेपाङ वस्तीमा खाद्यान्न वितरण

    सद्भाव युवा समाज नेपाल–कतारद्वारा राप्तीका चेपाङ वस्तीमा खाद्यान्न वितरण

    चितवन, असोज २५ –
    सद्भाव युवा समाज नेपाल र कतारको संयुक्त आयोजनामा चितवनको राप्ती नगरपालिका–१२ बक्राङका ६५ घरधुरी चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

    समाजका सदस्य आनन्दराज अधिकारीका अनुसार चेपाङ परिवारलाई करिब दुई लाख रुपैयाँ बराबरको खाधान्न सहयोग गरिएको हो ।

    सो वडाको वडा सदस्य अशोक लामाको समन्वयमा सद्भाव युवा समाज नेपालको अध्यक्ष प्रदिप रुपाखेतीको अध्क्षयतामा
    कार्यक्रम सम्पन्न भएको थियो ।

    सो अवसरमा संस्थाको संस्थापक अध्यक्ष बाबुराम घिमिरे अन्य पदाधिकारिहरु वेग तामाङ, बाबुराम दाहाल, सन्तोष गुरुङ, खगेन्द्र लम्साल, राजेश श्रेष्ठ, दिपक कंडेल, कृष्ण अधिकारी, बुद्धि सागर आचार्य, दिलिप देवकोटा लगायतको उपस्तिथि रहेको थियो ।

    नेपाल र कतार दुबै देशमा रहेको उक्त समाजले समयसमयमा ठूलो मात्रामा राहत सामग्री वितरण गर्दै आइरहेको छ ।