Category: राप्ती

  • राप्ती २ को वडा अध्यक्षमा एमालेबाट श्यामसुन्दर उप्रेतीसहितको प्यानलै विजयी

    राप्ती २ को वडा अध्यक्षमा एमालेबाट श्यामसुन्दर उप्रेतीसहितको प्यानलै विजयी

    चितवन, जेठ ६-
    चितवनको राप्ती नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एमालेबाट श्यामसुन्दर उप्रेती विजयी भएका छन् । वडा अध्यक्षमा उप्रेतीले १२७१ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका डाला प्रसाद तिमिल्सिनाले ११४० मत ल्याएका छन् । एमालेबाट महिला वडा सदस्यमा मनमाया डिमडुङ्गले १२४२, दलित महिला सदस्यमा शान्ति विकले १२५७ र खुल्ला सदस्यमा एमालेबाटै कमल प्रसाद रुवाली ११२८३ र एक बहादुर ल्वागुनले १२४५ मत ल्याएर विजयी भएका छन् ।

    राप्तीमा अहिलेसम्म ६, ४, १२, ५, ८, ९, ७, ११, १३, १ र २ गरी एघार वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ७ वटा वडा एमाले, २ वटा वडा गठबन्धनबाट काँग्रेस, एक वटा वडा गठबन्धनबाट एकीकृत समाजवादी र एक वटा वडा स्वतन्त्रबाट (गुलाफको फुल चिन्ह) विजयी भएको छ । राप्तीमा एघार वटा वडाको जम्मा २६६४१ मत गणना गर्दा मेयरमा एमालेबाट गोविन्द प्रसाद कडेलले १०७१४ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ११०८६ मत ल्याएका छन ।

    त्यसैगरी उपमेयरमा एमालेबाट मेनुका पाठकले १११०४ र गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले ११२७६ मत ल्याएका छन । राप्तीमा अब वडा नम्बर १० को मत गणना गर्न बाकी रहेको छ । हाल वडा नम्बर ३ को मतगणना हुदै गर्दा अहिले सम्म मेयर र उपमेयरमा गठबन्धन नै अगाडि देखिएको छ ।

  • राप्ती १ को वडा अध्यक्षमा एमालेबाट सिद्धिलाल स्याङतानसहितको प्यानलै विजयी

    राप्ती १ को वडा अध्यक्षमा एमालेबाट सिद्धिलाल स्याङतानसहितको प्यानलै विजयी

    चितवन, जेठ ३ –
    चितवनको राप्ती नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेबाट सिद्धिलाल स्याङतान विजयी भएको छ । वडा अध्यक्षमा सिद्धिलाल स्याङतानले १५३९ मत ल्याएर विजयी भएका छन ।

    उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका काशीराम चालिसेले १४७२ मत ल्याएका छन् । एमालेबाट महिला वडा सदस्यमा ग्रेस तामाङले १६१७, दलित महिला सदस्यमा अन्जु सुनारले १६१७ र खुल्ला सदस्यमा एमालेबाटै राजु राईले १५२० र मोचनलाल तामाङले १५१२ मत ल्याएर विजयी भएका छन् ।

    राप्तीमा अहिलेसम्म ६, ४, १२, ५, ८, ९, ७, ११, १३ र १ गरी दश वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ६ वटा वडा एमाले, २ वटा वडा गठबन्धनबाट काँग्रेस, एक वटा वडा गठबन्धनबाट एकीकृत समाजवाद र एक वटा वडा स्वतन्त्रबाट (गुलाफको फुल चिन्ह) विजयी भएको छ ।

    राप्तीमा दश वटा वडाको जम्मा २४०५९ मत गणना गर्दा मेयरमा एमालेबाट गोविन्द प्रसाद कडेलले ९६३६ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले १००६९ मत ल्याएका छन ।

    त्यसैगरी उपमेयरमा एमालेबाट मेनुका पाठकले ९८७२ र गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले १०२२४ मत ल्याएका छन । राप्तीमा अब वडा नम्बर २,३ र १० को मत गणना गर्न बाकी रहेको छ । अब वडा नम्बर २ को मतगणना गर्न लाग्दा अहिले सम्म गठबन्धन अगाडी देखिएको छ ।

  • चितवनको राप्ती-४ को वडा अध्यक्षमा एमालेका केदार आचार्य विजयी

    चितवनको राप्ती-४ को वडा अध्यक्षमा एमालेका केदार आचार्य विजयी

    चितवन,जेठ १-

    चितवनको राप्ती-४ को वडा अध्यक्षमा एमालेका केदार आचार्य विजयी भएको छ । राप्ती ४ को वडा अध्यक्षमा कदार आचार्यले १३ सय ५० मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्धवन्दी गठबन्धनबाट नेपालि कांग्रेसका गोपीकृष्ण बर्तौलाले १२ सय १२ मत ल्याएका छन् । वडा महिला सदस्यमा एमालेकी शान्ति माया खुलालले १३ सय १८, दलित महिला सदस्यमा रमिता परियारले १२ सय २९, खुल्ला सदस्यमा चेत बहादुर तामाङले ९ सय ५६, झमक बहादुर श्रेष्ठले ११ सय ७४ र नेपालि कांग्रेसबाट रमेश श्रेष्ठले १ हजार ६ मत ल्याएर विजयी भए ।

    दई वडा ( ६ र ४) मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले २४ सय १७, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले २७ सय ९२ मत प्राप्त गरेका छन् ।

  • राप्तीमा मत गणनाको समाचार संकलन गर्न सकस, सुचना लिन घण्टौ कुर्नुपर्ने…

    राप्तीमा मत गणनाको समाचार संकलन गर्न सकस, सुचना लिन घण्टौ कुर्नुपर्ने…

    बैशाख ३१, राप्ती –
    राप्तीमा मतगणना सम्बन्धि समाचार संकलन गर्न सकस भएको छ । पत्रकार तथा सञ्चारकर्मीलाई प्रवेश गेटबाट नै निषेध गरेपछि कुनै पनि सुचना लिन घण्टौसम्म कम्पाउण्ड बाहिर नै कुर्नुपर्ने भएको हो ।

    ३० गते राति १ बजेदेखि मत गणना सुरु गरिएको थियो । रात र दिउसो गरी ३१ गते साँझ ५:३० हुँदा सम्म पनि वडा-६ को मत गणना गरेर भ्याइएको छैन, न त तीन घण्टादेखि कुनै सुचना नै दिइएको छ । स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउनु पत्रकारको हक हो तर यसमा प्रशासन गम्भीर भएको छैन । तर उल्टै प्रशासनबाट नै पत्रकाहरुलाई प्रवेशमा निषेध गरीएको छ ।

  • राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

    राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

    चितवन, ३१ वैशाख-

    चितवनकाे राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएकाे छ ।

    मेयरमा

    गोविन्दप्रसाद कँडेल (सूर्य): २७४
    शमशेर लामा (कलम): २००
    मनोज अधिकारी(हलो) : ३
    बिक्रमी महतो( चङ्गा): ५
    कुशल पाठक (कम्युटर): २
    बदर-६३

    उपमेयरमा

    मेनुका पाठक (सूर्य): २९४
    देवेन्द्र लामा(रुख): १८७
    जितबहादुर विक (चङ्गा ): ३
    बदर: ६१

    वडा अध्यक्षमा
    जल्लु महतो (सुर्य): ३२५
    बिक्रम चौधरी(रुख): १६७
    शुक्रराज चौधरी(कलम): १३

    -न्युज कारखाना

  • स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

    स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

    चितवन, ९ फागुन –
    पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन् । जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन् ।

    पालिकाहरुको उपप्रमुखमा दुई पुरुष छन् भने पाँच महिला छिन् । ईच्छाकामना गाउँपालिका बाहेक नेतृत्व नेपाली कांग्रेसको छैन । उपप्रमुखमा दुई कांग्रेस र पाँच नेकपा (एमाले) का छन् । प्रमुखमा दुई माओवादी केन्द्र र चार नेकपा एमालेका छन् । निर्वाचनको समिकरण कसरी जान्छ, त्यसको पर्खाइमा रहेका उपप्रमुख आफ्नो तर्फबाट आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबीमा धेरै छन् । केहीको मनसाय उपप्रमुख नै दोहो¥याउने छ ।

    आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा नेतृत्वले स्थानीयस्तरमा अवसर दिने भनेपछि आफू पछि हटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “केन्द्रीय सदस्य छोड्दै गर्दा मलाई महानगरको प्रमुखको टिकट दिने आश्वासन छ ।” केन्द्रीय आश्वासन पाएको र पाँच वर्षको अनुभव हासिल गरेकाले आफैले नेतृत्व पाउनुपर्ने उहाँको दाबी छ ।

    महिला सङ्घ चितवनकी अध्यक्षसमेत रहनुभएका ठकुरीले पार्टीले आफूलाई प्रमुखको टिकट दिनेमा विश्वस्त रहेको बताउनुभयो । यसअघि भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादीका तर्फबाट रेनु दाहाललाई समर्थन गरेर उपप्रमुखमा ठकुरीले टिकट पाउनु भएको हो । केन्द्रीय गठबन्धनको टुङ्गो लागिसकेको छैन । कांग्रेसभित्रबाटै प्रमुखमा अन्य नेताको पनि दाबी छ ।

    रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी आफ्नो भूमिका नै प्रमुख सरह भएको बताउनुभयो । नेकपा (एमाले) बाट निर्वाचित उहाँले अबको दाबेदारी स्वतः आफ्नो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपप्रमुखमा दोहो¥याएर उठ्दा रमाइलो हुँदैन, अनुभव हासिल गरेको छु, भूमिका पनि मेरै हो ।” पार्टीले आफूलाई अवसर दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । पाँच वर्षको आफ्नो अनुभवलाई उपयोग गरेर नगरपालिकामा काम गर्ने दुवाडीले बताउनुभयो । उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य एवं अनेमसङघका उपाध्यक्ष हुनुहुन्छ । नेकपा एमालेबाट रत्ननगरमा प्रमुखका अन्य दाबेदार पनि छन् ।

    माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले आफ्नो अनुभवका हिसाबले प्रमुखको दाबी स्वभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको निर्णय हामीले मान्नुपर्छ, स्वभाविक रुपमा मेरो दाबी रहन्छ, निर्णय पार्टीको हुन्छ ।” अनुभव र क्षमताको हिसाबले आफूलाई निर्वाचन जित्न सहज हुने उहाँको दाबी छ । नगरपालिकामा पार्टीका तर्फबाट अन्य नेता पनि आकांक्षी छन् । सो नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार ठाकुर ढकालले जितेको भए पनि उपप्रमुखमा एमालेका तर्फबाट महतो निर्वाचित हुनु भएको हो ।

    राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले अबको निर्वाचनमा प्रमुख पदमा आफ्नो दाबी रहने बताउनुभयो । पाँच वर्षको आफ्नो अनुभवलाई सँगाल्दै नगरपालिकाको प्रमुखमा आफ्नो जित सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ, जित हासिल गर्न पनि सहज छ ।” सो नगरपालिकामा पार्टीका तर्फबाट प्रमुख पदमा अन्य उम्मेदवारको पनि दाबी रहेको छ । नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यसमेत रहनुभएका लामाले उपप्रमुख भएर आफूले पूर्णरुपमा काम गरेकाले अवसर प्राप्त हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

    जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अबको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने बताउनुभयो । उहाँले भन्नुभयो “पार्टीले आफूलाई अवसर दिन्छ भन्नेमा ढुक्क छु ।” नेपाली कांग्रेसबाट निर्वाचित श्रेष्ठले पाँच वर्षमा आफूले उपप्रमुख भएर हाँसिल गरेको अनुभव प्रमुख बन्नका लागि सहयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी भूभाग भएकाले भूगोलको पूर्ण ज्ञानसहित अबको नेतृत्व मैले गर्न सक्छु ।” सो गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट अन्यको पनि दाबी रहेको छ ।

    खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलियाले प्रमुखमा आफ्नो दाबी प्रष्ट नभएको बताउनुभयो । उहाँले पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै आफूले गरेको कामको मूल्याङ्कन पार्टीले गर्नुपर्ने बताउनुभयो । गएको चार वर्षमा नगरपालिकालाई उत्कृष्ट बनाउन उपप्रमुखतर्फबाट आफूले गरेको योगदान नगरवासीलाई छर्लङ्ग रहेको उहाँको भनाइ छ । उहाँ नेकपा एमालेबाट निर्वाचित उपप्रमुख हुनुहुन्छ ।

    कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले आफूले उपप्रमुखमै दोहो¥याउने चाहना राखेको बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकामा पाँच वर्षमा गरेको अनुभवले पुनः एक पटक उपप्रमुखमै भएर काम गर्ने सोचमा छु ।” उहाँ नेकपा (एमाले) बाट उपप्रमुखमा निर्वाचित हुनुहुन्छ ।

    जिल्लाका अधिकांश पालिकाका प्रमुख र अध्यक्ष पुनः दोहो¥याउने चाहनामा हुनुहुन्छ । पार्टीको निर्णय भइनसकेकाले उनीहरु उम्मेदवारीको घोषणा गरेका छैनन् । तर पार्टीमा भित्री रुपमा उनीहरुले लविङ सुरु गरेका छन् । केन्द्रीय र स्थानीयस्तरमा हुने गठबन्धनले पालिकामा प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने टुङ्गो लाग्ने धेरैको बुझाइ छ । चाहना व्यक्त गरे पनि यसका लागि पार्टीले निर्णय गर्नुपर्ने हुन्छ । पार्टीको निर्णय स्वीकार्ने पक्षमा सबै देखिएका छन् । (रासस)