Category: राप्ती

  • राप्तीमा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते

    राप्तीमा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते

    चितवन, २ चैत
    राप्ती नगरपालिका वडा नं-२, गड्यौलीस्थित पूर्वपश्चिम राजमार्गमा मारूती भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा मोटरसाइकल चालक नुवाकोट विदुर नगरपालिका वडा नं-३ बस्ने ५५ वर्षीय मिठुबहादुर खड्का र मोटरसाइकलपछाडि सवार विदुर नगरपालिका वडा नं-४ बस्ने ७१ वर्षीय लोकबहादुर रिमाल रहेका छन् ।

    भण्डाराबाट गड्यौलीतर्फ जाँदै गरेको बा १५ च ६९९६ नम्बरको भण्डारा आमा मन्टेश्वरी स्कुलको मारूती भ्यानले सोही दिशातर्फ जाँदै गरेको बा २७ प ६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। रिमालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन तथा भ्यान चालकलाई नियन्त्रणमा लिइएको छ ।

  • विद्यार्थीलाई बोक्सीको आरोपमा विद्यालयभित्रै झारफुक र दुर्व्यवहार : अनेरास्ववियु चितवनको ध्यानाकर्षण

    विद्यार्थीलाई बोक्सीको आरोपमा विद्यालयभित्रै झारफुक र दुर्व्यवहार : अनेरास्ववियु चितवनको ध्यानाकर्षण

    चितवन, २० फागुन
    चितवनको राप्ती नगरपालिका वडा न. ११ स्थित माध्यमिक विद्यालय थाकलटारमा अध्यनरत एक विद्यार्थीलाई बोक्सीको आरोपमा विद्यालयभित्रै झारफुक र दुर्व्यवहार गरिएको घटनाप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण भएको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा अन्धविश्वासको आडमा विद्यार्थीलाई बोक्सीको आरोपमा विद्यार्थीमाथि गरिएको दुर्व्यवहार, हिंसा, यातना र अमानवीय व्यवहारले मानवअधिकारको हनन् भएको उल्लेख गरिएको छ ।

    उक्त विज्ञप्तिमा भनिएको छ, “यस घटनाले विद्यालय प्रशासन, व्यवस्थापन समिती र स्थानिय सरकारको शैक्षिक एवम् सामाजिक चेतनाको स्तर उदाङ्गो बनाएको छ । बोक्सी प्रथाका नाममा बर्बर यातना हुँदा तमासा हेरेर बस्ने र न्यायको लडाइँ लड्दा उल्टै अन्याय सहनु परेका उदाहरण समाजमा व्याप्त रहेका छन । विद्यार्थी माथिको चरम दुर्ववहारको तत्काल छानविन गरी दोषीउपर कार्वाही गर्न र पिडित विद्यार्थीलाई न्याय दिलाउन सम्बन्धित सरोकारवालाहरू संग अनेरास्ववियु जिल्ला कमिटी चितवन जोडदार माग गर्दछ ।”

    शैक्षिक चेतना उच्च रहेको जिल्लामा अन्धविश्वासको परकाष्टमा रूमलिएर विद्यार्थीलाई शोषण गर्ने छुट कसैलाई नभएको अनेरास्ववियु चितवनले बताएको छ ।

    तत्काल समस्याको समाधान गरि पिडित विद्यार्थीलाई न्याय दिन अनेरास्ववियु चितवनले माग गरेको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानिय सरकारले वेवास्ता गरि समस्याको समाधान नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति :-

  • राप्तीमा कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न एमाले नगर कमिटिको माग

    राप्तीमा कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न एमाले नगर कमिटिको माग

    भरतपुर, १५ फागुन
    राप्ती नगरपालिकामा कार्यपालिका बैठक र नगरसभा तत्काल गर्न नेकपा एमाले कमिटिले माग गरेको छ । नेकपा एमाले राप्ती नगरपालिकाका इन्चार्ज भीम बहादुर पुनद्वारा जारी विज्ञप्तिमा कार्यपालिका र नगरसभाको बैठक आहवान नभएको हुदा सिङ्गो नगरपालिका बन्दक बनेको विज्ञप्तिमामा उल्लेख गरिएको छ ।

    उक्त विज्ञप्तिमामा भनिएको छ, “जनप्रतिनिधिहरुका लिखित अनुरोधलाई बेवास्ता गर्दै कानुनी व्यवस्था अनुरुप कुनै पनि कार्यपालिकाको बैठक र नगरसभाको आहवान नभएको हुदा सिङ्गो नगरपालिका बन्दक बनेको छ भने जनताका अनेकौं माग र मुद्दाहरुको सुनुवाई र आम जनतामा स्थानीय सरकार भएको प्रत्याभूति हुन सकेको छैन । त्यसैले जनप्रतिनिधिहरुको मागको सुनुवाई गर्दै कानुनी प्रावधान अनुसार तत्काल कार्यपालिका बैठक र नगरसभाको आहवान गर्न नेकपा (एमाले), राप्ती सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”

    फागुन १० गते राप्ती नगरपालिकाका जनप्रतिनिधिहरुले नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

    कार्यपालिका बैठक र हिउँदे नगरसभाको माग गर्दै जनप्रतिनिधिहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    नगर प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आएका काङ्ग्रेस ,एमालेसहितका ६२ जना जनप्रतिनिधिले सात दिनको अल्टिमेटम दिएका थिए । तर, प्रमुखले बैठक नबोलाई बेवास्ता गरेका कारण तालाबन्दी गर्न बाध्य भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

    हेर्नुहोस् विज्ञप्ति :-

  • चितवनमा एक सिंगे गैँडा मृत फेला

    चितवनमा एक सिंगे गैँडा मृत फेला

    चितवन, फागुन १३-
    चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला परेको छ ।

    भरतपुर महानगरपालिका-१३मा रहेको बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदी स्थित जर्नेली घाटमा आज (आइतबार) गैँडा मृत फेला परेको हो ।

    मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

    सो मृत भाले गैँडा अन्दाजी १२ वर्ष उमेरको रहेको जनाइएको छ। आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनको भनाइ छ।

     

  • राप्ती नगरपालिकामा गरिएको तालाबन्दीप्रति रास्वपा नगर समितिको ध्यानाकर्षण

    राप्ती नगरपालिकामा गरिएको तालाबन्दीप्रति रास्वपा नगर समितिको ध्यानाकर्षण

    चितवन, १२ फागुन
    राप्ती नगरपालिकामा गरिएको तालाबन्दीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

    नगर सभापति तिलक बहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा सर्व साधारणको सेवा सुविधामा असर पुग्ने गरि गरिएको तालाबन्दी कार्यलाई जनप्रतिनिधिहरुले फिर्ता गर्नुपर्ने जनाइएको छ ।

    उक्त विज्ञप्तिमामा भनिएको छ, “वार्ताद्वारा समस्याको समाधान गर्न राप्ती नगर प्रमुख, उप-प्रमुख लगायत तालाबन्दी गर्ने जनप्रतिनिधिज्युहरुलाई रास्वपा राप्ती नगर समिति अनुरोध गर्दछौं ।”

    बिहिबार राप्ती नगरपालिकाका जनप्रतिनिधिहरुले नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

    कार्यपालिका बैठक र हिउँदे नगरसभाको माग गर्दै जनप्रतिनिधिहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    नगर प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आएका काङ्ग्रेस ,एमालेसहितका ६२ जना जनप्रतिनिधिले सात दिनको अल्टिमेटम दिएका थिए । तर, प्रमुखले बैठक नबोलाई बेवास्ता गरेका कारण तालाबन्दी गर्न बाध्य भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

    हेर्नुहोस् विज्ञप्ति :-

  • चितवन लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा

    चितवन लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा

    चितवन १० फागुन
    चितवन लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा  भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।

    काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

    मौसमविद कँडेलले भन्नुभयो, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।”

    भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उहाँले उल्लेख गर्नुभयो । “भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ”, मौसमविद् कँडेलले भन्नुभयो । -राष्ट्रिय समाचार समिति (रासस)

  • राप्तीका नगरप्रमुखको कार्यकक्षमा जनप्रतिनिधिले गरे तालाबन्दी

    राप्तीका नगरप्रमुखको कार्यकक्षमा जनप्रतिनिधिले गरे तालाबन्दी

    चितवन, १० फागुन
    चितवनको राप्ती नगरपालिकामा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन् । उनीहरुले बुधबार नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    कार्यपालिका बैठक र हिउँदे नगरसभाको माग गर्दै कार्यकक्षमा तालाबन्दी गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजाले जानकारी दिए ।

    नगर प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आएका काङ्ग्रेस ,एमालेसहितका ६२ जना जनप्रतिनिधिले सात दिनको अल्टिमेटम दिएका थिए । तर, प्रमुखले बैठक नबोलाई बेवास्ता गरेका कारण तालाबन्दी गर्न बाध्य भएको जनप्रतिनिधिहरुले बताए ।

    संविधान र कानुनअनुसार नगर प्रमुख नचलेको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका छन् । कार्यपालिका बैठक एक महिनामा कम्तिमा एकपटक बस्नुपर्ने भएपनि साउनदेखि यता एकपटकमात्र बसेको जनप्रतिनिधिहरुले बताएका छन् ।

    आर्थिक वर्ष ०८०/८१ को बजेट प्रमुखले आफुखुसी तोक आदेश दिएर काम गरेको, कर्मचारी आवश्यकता भनेर बिज्ञापन खुलाए पनि हाल सम्म नियुक्ति नदिएको तर राजनीति आधारमा आफुखुसी कर्मचारी भने भर्ती गरेको जस्ता आरोप नगरपालिका भित्रका जनप्रतिनिधिहरुले लगाएका छन् ।

    विरोध जनाउने नगरसभा सदस्यहरुमा काङ्रेस र एमालेका सबैजसो सदस्य रहेका छन् । राप्ती नगरपालिकामा अहिलेको गठबन्धनबाट नेकपा समाजवादीले प्रमुख र काङ्रेसले उपप्रमुखमा जितेको छ ।

  • कार्यपालिका बैठकबाट भागेका राप्ती नगरपालिका प्रमुख शमशेर लामाको विरुद्धमा जुटे जनप्रतिनिधि

    कार्यपालिका बैठकबाट भागेका राप्ती नगरपालिका प्रमुख शमशेर लामाको विरुद्धमा जुटे जनप्रतिनिधि

    चितवन, १ फागुन
    राप्ती नगरपालिका प्रमुख शमशेर लामाले कार्यपालिका बैठक नबोलाएको भन्दै नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरुले नगर प्रमुखको बिरोध गर्दै एकहप्ते अल्टिमेटम दिएका छन् । नगर प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आएका काङ्ग्रेस ,एमालेसहितका ६२ जना जनप्रतिनिधिले सात दिनको अल्टिमेटम दिएका हुन् ।

    संविधान र कानुनअनुसार नगर प्रमुख नचलेको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका छन् ।

    कार्यपालिका बैठक एक महिनामा कम्तिमममा एकपटक बस्नुपर्ने भएपनि साउनदेखि यता एकपटकमात्र बसेको जनप्रतिनिधिहरुले बताएका छन् । आर्थिक वर्ष ०८०/८१ को बजेट प्रमुखले आफुखुसी तोक आदेश दिएर काम गरेको, कर्मचारी आवश्यकता भनेर बिज्ञापन खुलाए पनि हाल सम्म नियुक्ति नदिएको तर राजनीति आधारमा आफुखुसी कर्मचारी भने भर्ती गरेको जस्ता आरोप नगरपालिका भित्रका जनप्रतिनिधिहरुले लगाएका छन् ।

    ७ दिन भित्र कार्यपालिका बैठक बोलाएर नगर सभा नगरे नगरपालिकामा तालाबन्दी गर्ने जनप्रतिनिधिहरुले बताएका छन् । विरोध जनाउने नगरसभा सदस्यहरुमा काङ्रेस र एमालेका सबैजसो सदस्य रहेका छन् । राप्ती नगरपालिकामा अहिलेको गठबन्धनबाट नेकपा समाजवादीले प्रमुख र काङ्रेसले उपप्रमुखमा जितेको छ ।

  • काठमाडौं आउँदै गरेको बस चितवनमा रोकिराखेको ट्रकसँग ठोक्कियो

    काठमाडौं आउँदै गरेको बस चितवनमा रोकिराखेको ट्रकसँग ठोक्कियो

    काठमाडाैं माघ २७,

    चितवनमा बस दुर्घटना भएको छ । रौतहटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००६ ख २००४ नम्बरको बस गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

    घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

    बस सडक छेउमा रोकिराखेको ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको हो ।

  • राप्तीको किनारमा मृत भेटियो गैंडा, अनुसन्धान जारी

    राप्तीको किनारमा मृत भेटियो गैंडा, अनुसन्धान जारी

    चितवन माघ २२,
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ।वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा गैंडा मृत भेटिएको हो।

    होटल जंगल भिल्ला नजिकै राप्ती नदीको किनारमा केहीबेर अघि शरीरमा चोट लागेको अवस्थाको मृत गैंडा भेटिएको भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए।

    चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अर्को गैंडासँग जुधेर गैंडा मरेको हुनसक्ने बताए।‘३० वर्ष माथिको भाले गैंडा रहेछ। शरीरमा लागेको चोटहरू हेर्दा जुधेर मृत्यु भएको अनुमान गरेका छौं,’ तिवारीले भने।