चितवनमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

चितवन, १५ कात्तिक
चितवनको राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरी रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *