Blog

  • संसद् भंगविरुद्धको रिट सम्झँदै ओलीले भने– देश अप्ठेरोमा हुँदा अदालतले समय लिनु हुँदैन

    संसद् भंगविरुद्धको रिट सम्झँदै ओलीले भने– देश अप्ठेरोमा हुँदा अदालतले समय लिनु हुँदैन

    १५ पुस, काठमाडौं ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्ने बताएका छन् ।

    एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा धारणा राख्दै उनले संवैधानिक अप्ठेरोलाई सहजतामा लैजान सर्वोच्च अदालतले गतिका साथ फैसला दिनुपर्ने बताए ।

    ‘हामी सम्मानित अदालतसमक्ष पनि आग्रह गर्न चाहन्छौं । कतिपय कुरा यस्ता हुन्छन् देश अप्ठेरोमा भएका बेला अदालतले सुविस्तासँग काम गर्ने बाटो लिन मिल्दैन,’ ओलीले भने, ‘देश अप्ठेरोमा छ भने अप्ठेरोलाई सहजतामा लैजानका लागि अदालतले तदारुकताका साथ निर्णय दिनुपर्दछ । फैसला दिनुपर्दछ ।’

    अध्यक्ष ओलीले अनधिकृत सिफारिसमा असंवैधानिक ढंगले संसद् विघटन भएका कारण पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा अस्तित्वमा नआउँदासम्म एमालेको संसद् पुनर्स्थापनाको माग कायम रहने उनको भनाइ थियो ।

    ‘प्रतिनिधिसभा अनधिकृत सिफारिसमा असंवैधानिक ढंगले विघटन भएको छ । त्यसकारण त्यसको पुनर्स्थापना हुनुपर्छ,’ ओलीले भने, ‘हाम्रो यो स्पष्ट र दृढ माग हो । जबसम्म प्रतिनिधिसभाको अस्तित्व मौजुद हुँदैन, तबसम्म हाम्रो यो माग कायम रहन्छ ।’

    २३ र २४ भदौको जेनजी आन्दोलनको कारण ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी समूहहरूको सिफारिसमा २७ भदौमा सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

    कार्की मन्त्रिपरिषद्ले तत्कालीन प्रतिनिधिसभा भंग गरी निर्वाचन घोषणा गर्न सिफारिस गरेपछि राष्ट्रपतिले सोही दिन प्रतिनिधिसभा भंग गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन् ।

    तत्कालीन सत्तागठबन्धनका दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले समेत रिट दर्ता गराएका छन् ।

  • सामाजिक सञ्जालमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको छ : प्रचण्ड

    सामाजिक सञ्जालमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको छ : प्रचण्ड

    १५ पुस, काठमाडौं ।
    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका छन्।

    मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरूलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरू नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताए।

    अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए।

    प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफूहरूले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरूलाई महशुस भएको धारणा राखे।

    उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थीति अहिले नरहेको जिकिर गरे। त्यस्तै उहाले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए।

    उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरुबिरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए। राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए।

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका छन्।

    मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरूलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरू नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताए।

    अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए।

    प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफूहरूले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरूलाई महशुस भएको धारणा राखे।

    उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थीति अहिले नरहेको जिकिर गरे। त्यस्तै उहाले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए।

    उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरुबिरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए। राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए।

  • नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

    नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

    १५ पुस, काठमाडौं ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर्खिरहेको बताएका छन् ।

    एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको बताएका ओलीले अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार रहेको धारणा राखेका छन् ।

    नेकपा एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जस्तो महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’

    उनले देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसम्मै रहने बताए ।

    फरक प्रसंगमा उनले लोकतन्त्र कसैले पराजित गर्न नसक्ने जिकिर गरे । ‘लोकतन्त्र अजेय छ, अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ,’ उनले भने ।

    अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य गरे ।

    ‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने, ‘कहिले होला, फागुन २१ मा होला । या वैशाखमा होला । या अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं ।’

  • भरतपुर महानगरभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई अनुदानमा कृषि औजार वितरण

    भरतपुर महानगरभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई अनुदानमा कृषि औजार वितरण

    चितवन, पुस १५ –
    भरतपुर महानगरपालिकाभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई कृषि कार्यमा प्रयोग हुने औजार अनुदानमा वितरण गरिएको छ । महानगरपालिकाको ५० प्रतिशत अनुदानमा ती संस्थालाई ७७ वटा उपकरण प्रदान गरिएको हो ।

    नगर प्रमुख रेनु दाहालका अनुसार कर्न सेलर २८ थान, मकै रोप्ने मेसिन १३ थान, चापकटर १३ थान, रिपर आ थान, मिनि टेलर सात थान हस्तान्तरण गरिएको छ । यस्तै थेसर दुई थान, आठर (गहुँ, तोरीमा प्रयोग हुनें) रोटाभेटर, कुटानी मिल, पावर टेलर, डिजिटल काटा हाइरो एक/एक थान प्रदान गरिएको छ । महानगरले १२ प्रकारका उपकरणमा रु २० लाख ६६ हजार अनुदान प्रदान गरेको हो । रासस

  • सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    काठमाडौँ, पुस १५ –
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताउनु भएको छ ।

    समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उहाँले बताउनु भएको हो ।

    आज सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको हामीले ठेक्का रद्द गरेका छौँ । यो सरकारको रहर होइन, बाध्यता हो । अब सडक मर्मतमा ढिलाइ गरिए पेनाल्टी तिर्नुपर्ने अवस्था आउँछ ।”

    देशभर सुधार गर्नुपर्ने सडकको सङ्ख्या अत्यधिक रहे पनि सीमित बजेटका कारण सबै सडक समयमै मर्मतसम्भार गर्न नसकिएको उहाँको भनाइ छ । “सङ्घ, प्रदेश र स्थानीय तहबाट सडक मर्मतका लागि निरन्तर माग आइरहेको छ,” उहाँले भन्नुभयो, “तर बजेटको सीमितताले गर्दा सबै माग तत्काल सम्बोधन गर्न सकिरहेका छैनौँ ।”

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक निर्माण मात्र विकासको सूचक नभएको स्पष्ट पार्नुभयो । उहाँले सडक उपभोग योग्य नबनेसम्म विकास अधुरो रहने उल्लेख गर्दै भन्नुभयो, “विकास भनेको सडक बनाएर मात्रै हुँदैन । बनेको सडकमा सवारी साधन सहज रूपमा चल्नुप(यो । बिग्रेका सडक समयमै मर्मत गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।”

    सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले समयमै मर्मतसम्भार नगरिँदा सडकको लागत तीनदेखि चार गुणासम्म बढ्ने गरेको तथ्य औँल्याउनुभयो ।

    सडक विभागका महानिर्देशक डा विजय जैसीले सडकलाई विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै आवश्यक बजेट विनियोजन गरेर समयमै मर्मतसम्भार गर्नुपर्ने धारणा राख्नुभयो । रासस

  • बस्तीबस्तीमा दाउरा पुर्‍याएर आगो बालिँदै

    बस्तीबस्तीमा दाउरा पुर्‍याएर आगो बालिँदै

    महोत्तरी, पुस १५ –
    दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरुमा दाउराका मुढा वितरण थालेको छ ।

    नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण सोमबार थालिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । “जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्याँै, पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा पु¥याइएको छ”, नगरप्रमुख साहले भन्नुभयो, “यसले यो शीतलहरमा जीउ तताउन थोरै राहत दिनेछ ।”

    बस्तीबस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाका सशस्त्र प्रहरीका जवानसहितको वितरण टोलीले ठाउँठाउँमा दाउराका मुडा झार्दै आगो सल्काइने गरिएको साहले जानकारी दिनुभयो । दाउरा वितरणसँगै जारी शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको उहाँको भनाइ छ । यस कार्यमा सहयोग समन्वय बढाइदिन उहाँले विभिन्न सामाजिक सङ्घसंस्था, जिल्ला विपद् व्यवस्थापन समिति र राज्यका निकायहरुसँग अपिल गर्नुभएको छ ।

    “हाम्रो नगर क्षेत्रमा मुसहर, बाँतरसहितका अत्यन्त गरिब बस्ती धेरै छन्, यो अप्ठ्यारो बेलामा यस्ता बस्तीमा थप राहतको जरुरी छ”, साह भन्नुहुन्छ, “यस कार्यमा सहयोग गर्न सबै पक्षसँग अनुरोध छ ।” शीतलहरको यो प्रकोपमा आगोमा जीउ तताउन पाएपछि सर्वसाधारणले केही राहत महसुस गरेका छन् ।

    जिल्लामा यसपालि पुस ३ गते सुरु भएको शीतलहर पछिल्ला तीन÷चार दिनयता झन् बढ्दैछ । जिल्लाको सुदूर उत्तरी भेगका बर्दिबास र गौशाला नगरक्षेत्रका पूर्वपश्चिम राजमार्ग आसपासका बस्तीमा त्यसयता एकाध दिन मध्याह्नपछि झल्याकझुलुक घाम देखिए पनि मध्य र दक्षिणी भेगमा घाम देखिएको छैन ।

    गत शनिबारयता बर्दिबास र गौशालाका यी भेगमा पनि घाम नदेखिएको गौशाला–८ सँग सीमा जोडिएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले बताउनुभयो । चारैतिर डम्म बाक्लो हुस्सुले ढाकेर मुटु कमाउने जाडो बढिरहेपछि जिल्लाका सबै क्षेत्रमा दाउराको माग बढेको छ । रासस

  • च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छः मन्त्री डा परियार

    च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छः मन्त्री डा परियार

    काठमाडौँ, पुस १५ –
    कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवद्र्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताउनुभएको छ ।

    राष्ट्रिय च्याउ दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री डा परियारले प्रविधि विस्तार, बजारीकरण तथा प्रवद्र्धन गर्न कृषि विभाग अन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको बताउनुभयो ।

    गुणस्तरीय च्याउ उत्पादन र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आघात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पु¥याउने उद्देश्यले हरेक वर्ष पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने सरकारले निर्णय गरेबमोजिम पहिलो पटक राष्ट्रिय च्याउ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको तथा करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको तथ्याङ्क छ । नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।

    विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन, प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको आधार तय हुँदै गएको छ । अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको मन्त्री डा परियारले उल्लेख गर्नुभयो । आगामी दिनमा च्याउ क्षेत्रको थप प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवद्र्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागि उहाँले आह्वान गर्नुभएको छ । रासस

  • ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    भक्तपुर, पुस १५ –
    मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

    लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

    प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ । रासस

  • राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

    राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

    काठमाडौँ, पुस १५ –
    च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पु¥याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो ।

    नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको छ । मन्त्रालयका अनुसार नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।

    विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन प्रवद्र्धन भई आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको आधार तय हुँदै गएको छ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ६ लाख ७१ हजार बराबरको दुई हजार २६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात भएको थियो । त्यस्तै रु एक करोड एक लाख बराबरको १७ हजार १९८ किलो च्याउ निर्यात भएको मन्त्रालयको तथ्याङ्क छ ।

    त्यसैगरी, पछिल्लो समय सुकाएको च्याउसमेत निर्यात हुन थालेको छ । अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको छ ।

    हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसान रहेका छन् । मुलुकभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु २० अर्बको हाराहारी रहेको च्याउ उत्पादन किसान सङ्घ नेपालका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सर्वप्रथम गोब्रे च्याउको उत्पादन र अनुसन्धानपश्चात् २०३०/३१ सालमा गोब्रे च्याउको खेती प्रविधिसम्बन्धी अनुसन्धान भएको हो ।

    राष्ट्रिय कुषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालदेखि देशका विभिन्न स्थानका किसानलाई च्याउखेती प्रविधिसम्बन्धी तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । विसं २०३४/३५ सालदेखि नै काठमाडौँको बलम्बु, चापागाउँ, दधिकोट हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर च्याउखेती गरिँदै आइएको छ ।

    च्याउ उत्पादन प्रवद्र्धन एवं व्यवसायीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ । हाल च्याउ प्रविधि विस्तार, बजारीकरण प्रवद्र्धन एवं नीतिगत सहजीकरणमार्फत मूल्य शृङ्खला विकासका लागि कृषि विभागअन्तर्गत व्यवसायिक कीट विकास केन्द्रबाट कार्यक्रम सञ्चालन हुँदै आएका र अनुसन्धान एवं गुणस्तरीय बीउ आपूर्तिका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रबाट कार्यक्रम सम्पादन हुँदै आएको छ ।

    दिवसका अवसरमा कृषिमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादक, उद्यमी, उपभोक्ता एवं सरोकारवालामा शुभकामना व्यक्त गर्दै दिवसले च्याउ मूल्य शृङ्खलामा आबद्ध उद्योगी, किसान, अनुसन्धानकर्ता र व्यवसायीबीच सहकार्य तथा साझेदारी बढाई दीर्घकालीन व्यावसायिक सम्बन्धलाई बलियो बनाइने बताउनुभयो । उहाँले च्याउको पोषण र आर्थिक महत्वबारे सचेतना अभिवृद्धि गर्ने, किसानलाई नयाँ प्रविधि र बजारका अवसरमा जोड्ने तथा आगामी दिनमा नीतिगत मार्गदर्शन गर्ने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

    मन्त्री डा परियारले दिवसलाई महोत्सवका रुपमा मनाउँदै गर्दा आगामी दिनमा यस क्षेत्रको थप प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवद्र्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागिसमेत आह्वान गर्नुभएको छ । रासस

  • भारतको उत्तराखंडमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

    भारतको उत्तराखंडमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

    काठमाडौं,पुस १५-
    भारतको उत्तराखंडको अल्मोडा जिल्लामा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिलासहित १२ जना घाइते भएका छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार प्रहरी प्रशासन घटनास्थलमा पुगेको छ । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ ।

    अल्मोडाको भिकियासेन इलाकामा पर्ने शिलापानीमा बस दुर्घटना भएको हो । बस भीरबाट खसेको थियो । अधिकारीका अनुसार बसमा १९ जना यात्रु सवार थिए । चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा ५ पुरुष र दुई महिला रहेका छन् । उनीहरु सबैको सनाखत भइसकेको भारतीय सञ्चार माध्यम अमरउजालाले जनाएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल अकाउन्ट पीएमओ एक्स पोस्टमा दुर्घटनाप्रति दु:ख व्यक्त गरिएको छ ।