Blog

  • गोरखनाथ मन्दिरमा पुगेर भ्रष्टारचार गर्दिँन भनेर कससम खाएपछि मात्र मनोनयन दर्ता

    गोरखनाथ मन्दिरमा पुगेर भ्रष्टारचार गर्दिँन भनेर कससम खाएपछि मात्र मनोनयन दर्ता

    गोरखा, ११ वैशाख

    राप्रपा गोरखाले आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने भएको छ ।

    भोलि बिहान गोरखाको गुरु गोरखनाथको मन्दिरमा लगेर आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने पार्टीका उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए ।

    उनले भने, ‘टिक लिने बेलामा पनि भ्रष्टाचार गर्दिँन भनेपछि मात्रै हामी दिन्छौँ । भोलि बिहान गोरखनाथको मन्दिरमा लगेर म यदी जनप्रतिनिधि पदमा जितेर आएँ भने भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्रै मनोनयन दर्ता गराउने तयारी गरेका छौँ ।’

    उनका अनुसार भोलि विहान ९ बजे मन्दिरमा कसम खुवाउने कार्यक्रम छ । त्ययलगत्तै दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराईसक्ने उनले बताए ।

    ‘चुमनुव्रीमा उमेद्वार भएपनि हामीले टिकट पुर्याउन सकेनौँ । अन्य ११ वटा स्थानीय तहमध्य सबैमा हाम्रा उमेद्वार रहनेछन् । उहाँहरु सबैले भोलीसम्म उमेद्वारी दर्ता गरिसक्नुहुन्छ’, उनले भने ।
    न्युज कारखाना

     

  • मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

    मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

    हेटौंडा, ११ वैशाख

    सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

    हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

    बैठकबाट मकवानपुरका बाँकी ९ स्थानीय तह मध्ये पाँच वटा पालिकाको प्रमुख कांग्रेसले पाउने सहमति भएको हो । तीन वटा पालिकामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादीले अध्यक्ष पाउने भएको छ ।

    कांग्रेसले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा माओवादी केन्द्रले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा एकीकृत समाजवादीले ईन्द्रसरोबर गाउँपालिका पाउने सहमति भएको हो ।

    त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका, बागमती गाउँपालिका पाउने छ भने नेकपा माओवादीले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका पाउने सहमति भएको छ । नेकपा एसले कुनै पनि पालिकाको उपप्रमुख पाएको छैन ।राजन कटुवाल/न्युज कारखाना

  • विवेकशील साझाले विराटनगर र भरतपुर महानगरपालिकाको उम्मेदवार घोषणा गर्यो

    विवेकशील साझाले विराटनगर र भरतपुर महानगरपालिकाको उम्मेदवार घोषणा गर्यो

    काठमाडौं, ११ वैशाख

    विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ ।

    भरतपुरको उपमेयरमा भने पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ । विवेकशील साझाको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो ।

    विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन् । भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन् ।

    कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार थिए । उनले जिल्लामा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुद सम्बद्ध सङ्घसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन् ।

    भरतपुरका मेयर उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन् । उनी ‘तातो भात अभियान’का योजनाकारमध्येका एक हुन्, जुन अभियान अन्तर्गत भरतपुरमा कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरूलाई २८ दिनसम्म निरन्तर निःशुल्क खाना खुवाइएको थियो ।

    त्यसै गरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धी कार्यक्रममा संलग्न हुँदै आएकी छन् ।
    न्युज कारखाना

  • देशभर १३ कोरोना संक्रमित थपिए

    देशभर १३ कोरोना संक्रमित थपिए

    काठमाडौं, ११ वैशाख-

    पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमित संख्या २ सय ६९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । सोही अवधिमा ४८ हजार ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।- न्युज कारखाना

     

  • कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति

    कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति

    धनगढी, ११ वैशाख-

    कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो ।

    आइतबार दिउँसो गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्‍याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार पुरै बस्तीमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठूलो क्षति भएको जोशीले बताए ।

    आगलागी नियन्त्रणका धनगढी उपमहानगरपालिका र गौरीगंगाको दमकल बस्तीमा पुगेका छन् । यसका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकलसमेत मगाइएको छ ।

    आगलागीको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सुरक्षा टोली घटनास्थल तर्फ गइरहेको छ ।- न्युज कारखाना

  • यी हुन् कांग्रेसको स्थानीय सरकारले अनुशरण गर्ने सैद्धान्तिक अवधारणा

    यी हुन् कांग्रेसको स्थानीय सरकारले अनुशरण गर्ने सैद्धान्तिक अवधारणा

    काठमाडौं, ११ वैशाख-

    नेपाली कांग्रेसले आज घोषणापत्र मार्फत कांग्रेसको नेतृत्व रहने स्थानीय सरकारले पालना गर्ने सैद्धान्तिक अवधारणाहरु सार्वजनिक गरेको छ ।

    संविधानको मर्म र भावना तथा नेपाली नागरिकको चाहना अनुरुप सैद्धान्तिक अवधारणाहरु तयार पारिएको घोषणापत्रमा जनाइएको छ ।

    ‘संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई विस्तार गरी व्यक्तिको प्रतिभाको प्रष्फुटन गराउने वातावरण निर्माण गर्दै नागरिकको पहिचान, प्रगति र प्रतिष्ठालाई मजवुद बनाउने,’ कांग्रेसले घोषणापत्रमा भनेको छ, ‘जनतामुखी नीति अनुशरण गरी उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने ।’

    समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षा अनुरुप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरी कार्यान्वयन गर्ने कांग्रेसको अवधारणा छ ।

    संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी बहन गरी अधिकार सम्पन्न र प्रभावकारी सरकार सञ्चालन गर्ने कांग्रेसले जनाएको छ ।

    दिगो विकासको लक्ष्य अनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य निर्धारण गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने पनि कांग्रेसले बताएको छ ।

    ‘सामाजिक न्याय र समावेशिताको संवैधानिक मर्मलाई आत्मसात गर्दै सवै क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।

    नागरिकको भरोसा र विश्वास जित्ने गरी स्थानीय सरकारलाई जनताको सेवकको रूपमा विकसित गर्ने सैद्धान्तिक अवधारणा कांग्रेसको छ ।- न्युज कारखाना

     

  • विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी

    विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी

    विराटनगर, ११ वैशाख-

    मोरङ विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बिपी)बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । विराटनगर–३ का गौतमले सोमवार उम्मेदवार मनोनयन दर्ता गर्ने जानकारी दिए ।

    उपमेयरसहित वडाका लागि आइतबार नै उम्मेदवारको नाम टुंग्याएर सोमबार दर्ता गर्ने तयारी गरेको नेता गौतमले बताए ।

    राजनीतिक शास्त्रमा अध्ययन गरेका ६७ वर्षीय गौतम नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्षसमेत हुन् । उनी जिल्ला सहकारी संघ मोरङका सल्लाहकार र राष्ट्रिय सहकारी बैंक विराटनगरका सल्लाहकार समेत हुन् ।

    विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा आफ्नो जीवन समर्पित गरेको दाबी गर्ने गौतमले आधुनिकशैली महानगरको विकास गर्ने उद्घोषसहित उमेदवारी दिएको बताए ।

    बिपी कोइरालाको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाल बीपीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने गौतमले बताए ।- न्युज कारखाना

  • राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार

    राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार

    सुर्खेत, ११ वैशाख-

    राप्रपाले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएकाे छ । वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उम्मेदवारी टुंगो लागेको र बाँकीकाे आइतबार नै टुंगाे लाग्ने राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख माेहन श्रेष्ठले जानकारी दिए ।

    ‘हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उमेदवार छनौटमा छलफल गरिरहेका छौं । अधिकांश उम्मेदवार छनौट भइसकेका छन् । आज साँझसम्म सबै तहको उमेदवारी टुंगोमा लगाउँछौं । वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उमेदवारी टुंगो लागेको छ,’ श्रेष्ठले भने ।

    नेपालगन्ज उपमहानगरका मेयर रहेका महामन्त्री डा.धवल शमशेर राणा सोही नगरमा पुनः उम्मेदवार नबन्ने भएपछि चार दिनअघि मात्र नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरमा उम्मेदवार बनाउने राप्रपाले टुंगो लगाएको छ ।- न्युज कारखाना

  • गैंडाकोटको मेयरमा एमालेबाट पुनः छत्रराज पौडेल उठ्ने, उपमेयरका लागि राप्रपासँग तालमेल हुन सक्ने

    गैंडाकोटको मेयरमा एमालेबाट पुनः छत्रराज पौडेल उठ्ने, उपमेयरका लागि राप्रपासँग तालमेल हुन सक्ने

    गैँडाकोट, बैशाख ११ –
    नेकपा एमालेले गैँडाकोट नगरपालिकाको मेयरमा पुनः छत्रराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

    एमाले गैंडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलका अनुसार नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको हो । एमालेबाट मेयर पदका लागि जिल्ला उपसचिव यमुनाथ आचार्य, जिल्ला सदस्य गोपालप्रसाद गौतम र छत्रराज पौडेलको नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाइएको थियो ।

    पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गैंडाकोट नगरपालिकाको मेयरमा विजयी भएका थिए । हाल उनले राजीनामा दिइसकेका छन् ।

    उपमयेरमा भने एमालेले राप्रपासँग तालमेल गर्ने गरी छलफल भइरहेको बताइएको छ ।

  • पोखरामा महानगरमा पनि कांग्रेसका बागी उम्मेद्वार उठे, विमलबहादुर कार्कीले गरे मनोनयन दर्ता

    पोखरामा महानगरमा पनि कांग्रेसका बागी उम्मेद्वार उठे, विमलबहादुर कार्कीले गरे मनोनयन दर्ता

    पोखरा, ११ वैशाख-

    नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ ।

    पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

    केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताए । ‘सिण्डिकेट लागू गर्‍यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ?,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’

    कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्‍यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले अघि थपे, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’- न्युज कारखाना