राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार

सुर्खेत, ११ वैशाख-

राप्रपाले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएकाे छ । वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उम्मेदवारी टुंगो लागेको र बाँकीकाे आइतबार नै टुंगाे लाग्ने राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख माेहन श्रेष्ठले जानकारी दिए ।

‘हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उमेदवार छनौटमा छलफल गरिरहेका छौं । अधिकांश उम्मेदवार छनौट भइसकेका छन् । आज साँझसम्म सबै तहको उमेदवारी टुंगोमा लगाउँछौं । वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उमेदवारी टुंगो लागेको छ,’ श्रेष्ठले भने ।

नेपालगन्ज उपमहानगरका मेयर रहेका महामन्त्री डा.धवल शमशेर राणा सोही नगरमा पुनः उम्मेदवार नबन्ने भएपछि चार दिनअघि मात्र नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरमा उम्मेदवार बनाउने राप्रपाले टुंगो लगाएको छ ।- न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *