Blog

  • कांग्रेसबाट ललितपुर मेयरमा चिरिबाबु महर्जनले दर्ता गरे उम्मेदवारी

    कांग्रेसबाट ललितपुर मेयरमा चिरिबाबु महर्जनले दर्ता गरे उम्मेदवारी

    ललितपुर, १२ वैशाख-

    गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

    गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जस कारण उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् ।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।- न्युज कारखाना

     

  • भरतपुर महानगरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

    भरतपुर महानगरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

    चितवन, १२ वैशाख-

    कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।- न्युज कारखाना

     

  • कांग्रेस घोषणापत्रः स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर

    कांग्रेस घोषणापत्रः स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर

    काठमाडौँ, १२ वैशाख-
    नेपाली कांग्रेसले स्थानीय तहले सशर्त अनुदानबाहेकका शिक्षा क्षेत्रमा गरिएका लगानीलाई दोब्बर बनाउने भएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा विद्यालयको योजना र प्रस्तावको आधारमा स्थानीय तहले आफ्नो स्रोतबाट विद्यालय सुधार र शैक्षिक कार्यक्रमका लागि विशेष अनुदान उपलब्ध गराउने तथा शिक्षा क्षेत्रमा गर्ने लगानीलाई हालको अवस्थाबाट दोब्बर बनाउने घोषणा गरिएको हो ।

    प्रजातन्त्र पुनःस्थापनपछि पछिल्लो तीन दशकमा कांग्रेसको शिक्षानीति र नेतृत्वले आधारभूत र माध्यामिक शिक्षको पहुँचलाई सर्वसुलभ बनाउन सफलता हासिल भएकामा र आगामी दशकमा मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय शिक्षा दिलाउने लक्ष्य कांग्रेसको छ ।

    हरेक स्थानीय तहमा उत्कृष्ट एवं सुविधासम्पन्न अगुवा विद्यालय निर्माण, विद्यालय छाड्ने दरलाई २० प्रतिशत घटाउने, विद्यार्थीले सिकेका कुरालाई प्रदर्शनका लागि ‘वार्षिक सिकाइ मेला’ आयोजना, हरेक स्थानीय तहमा व्यावसायिक सीप विद्यालय सञ्चालन, आर्थिकरुपले विपन्न विद्यार्थीलाई आवासीय छात्रवृत्तिको व्यवस्था, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि दिवा खाजा कार्यक्रम, छात्रालाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था, हरेक विद्यालयमा लैङ्गिकमैत्री एवं् अपाङ्गमैत्री शौचालय निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

    यसैगरी विद्यालयका कार्यक्रममा ९० प्रतिशत अभिभावको उपस्थिति, अभिभावकसँग सम्बन्ध विस्तार गर्न प्रत्येक महिना टोल कार्यक्रम सञ्चालन, प्रत्येक तीन महिना शतप्रतिशत उपस्थित हुने विद्यार्थीका अभिभावकलाई सम्मान, हरेक विद्यालयमा शिक्षकको अभाव पूर्ति गर्न दरबन्दीको व्यवस्था, शिक्षकको कार्यसम्पदन मूल्याङ्कन गरी प्रत्येक वर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिने घोषणापत्रमा उल्लेख छ ।

    विद्यालय व्यवस्थापन समितिलाई दलीय भागवण्डाबाट मुक्त राखी विद्यालय विकास र सुधारमा प्रतिबद्ध स्कुल बोर्डको रुपमा विकास, प्रत्येक विद्यालयमा विद्युतीय हाजिरको व्यवस्था, स्थानीय तहका शिक्षा शाखामा कार्यरत कर्मचारीबाट प्रत्येक महिना विद्यालय अनुगमन, स्थानीय तहबाट आफ्नो अधिकार क्षेत्रभित्र नीति, ऐन र नियम निर्माण, आवश्यक नदेखिएका विद्यालयलाई समायोजन, विद्यालयमा आवश्यकताअनुसार स्थानीय मातृभाषा, नेपाली वा अङ्ग्रेजी भाषामा पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

    यस्तै मदरसा, गुम्बा, गुरुकुलजस्ता शिक्षालयलाई निःशुल्क दर्ता गरी आधुनिक सीपमूलक शिक्षा दिन उत्प्रेरित गर्ने, शिक्षकको तालिम तथा पेशागत विकासमा ध्यान दिने, संस्थागत विद्यालयलाई सार्वजनिक गुठीमा आवद्ध हुन प्रोत्साहन दिने, संस्थागत विद्यालयको गुणस्तरीयता र शुल्कमा नियमन तथा अनुगमन गरिने भएको छ ।

    आफ्ना प्रतिबद्धता पूरा गर्न स्थानीय सरकारलाई थप बलियो बनाउने गरी सङ्घीय शिक्षा ऐन तर्जुमा, नवनियुक्त शिक्षकलाई सेवा प्रवेशपूर्व कम्तीमा छदेखि आठ हप्ताको आवासीय तालिम, बीचमै पढाइ छाडेका युवालाई व्यावसायिक तालिममार्फत सीप विकासका साथै समकक्षता प्रमाणीकरणको व्यवस्था मिलाइने, सक्षम स्थानीय तहले आफ्नो नेतृत्वमा उच्च शिक्षा सञ्चालन गर्न चाहे दीर्घकालीन सम्भावना तथा सङ्घीय र प्रादेशिक कानुनसम्मत हुनेगरी सञ्चालन गर्न विशेष सहयोग गर्ने घोषणापत्रमा उल्लेख छ ।कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष गरी उक्त घोषणापत्र सार्वजनिक गरेको हो । (रासस)

  • देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेले पुनः दुर्गबहादुर थापालाई उठायो, उपाध्यक्षमा सावित्री न्यौपाने

    देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेले पुनः दुर्गबहादुर थापालाई उठायो, उपाध्यक्षमा सावित्री न्यौपाने

    देवघाट, तनहुँ बैशाख १२ –
    नेकपा एमाले तनहुँले देवघाट गाउँपालिकाको अध्यक्षमा पुनः दुर्गबहादुर थापालाई उम्मेद्वार बनाएको छ ।

    हाल अध्यक्ष थापाले पुनः अध्यक्षमा दोहोरिनका लागि आजै अध्यक्ष पदबाट राजीनामा दिएका थिए । जनता माझ लोकप्रीय रहेका थापा २०७४ सालको निर्वाचनमा कांग्रेसलाई पराजित गरी विजयी भएका थिए । अहिलेको निर्वाचनमा समेत थापाले नै बाजी मार्ने अड्कल गरिएको छ ।

    यस्तै एमालेले देवघाट गाउँपालिकाको उपाध्यक्षमा सावित्री न्यौपानेलाई उठाउने भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा न्यौपाने उपाध्यक्षमा एक मतले कांग्रससँग पराजित भएकी थिइन् ।

  • भरतपुर १० को वडाध्यक्षमा कांग्रेसबाट परमेश्वर खनाल उठ्ने

    भरतपुर १० को वडाध्यक्षमा कांग्रेसबाट परमेश्वर खनाल उठ्ने

    चितवन, बैशाख १२ –
    नेपाली कांग्रेसले भरतपुर १० को वडाध्यक्षमा युवा नेता परमेश्वर खनाल उठाउने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस जिल्ला कमिटीले खनाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

  • मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ, ६ लाख ४१ हजार नगद बरामद

    मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ, ६ लाख ४१ हजार नगद बरामद

    मोरङ, १२ वैशाख-

    ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जना छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।- न्युज कारखाना

  • यो हो विश्वकै अग्लो परिवार

    यो हो विश्वकै अग्लो परिवार

    मिनिसोटा, १२ वैशाख-

    मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औषत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन् ।

    उनका पति स्कट ६ फिट ८ इन्च अग्ला छन् । जबकी उनका दुई छोरीहरू सभन्ना र मोली क्रमशः ६ फिट ८ इन्च र ६ फिट ६ इन्च छन् ।

    ट्र्याप परिवारकी कान्छी सदस्य एडम ट्र्याप ७ फिट ३ इन्च अग्ला छन् । सँगसँगै उनीहरू सबैको उचाई जोड्दा टेनिस कोर्ट मैदानको आधा हुन्छ । परिवारका सबभैन्दा अग्ला ट्र्यापलाई विश्वकै सबैभन्दा अग्लो परिवारको विश्व रेकर्ड राख्ने बिचार आयो । सम्पूर्ण परिवार अर्थोपेडिक्स चिकित्सक डा. अन्ना सुडोहलाई भेटे ।

    यसलाई आधिकारिक बनाउनको लागि प्रत्येक सदस्यको उचाइ गणना गर्न उभिएर र सुतेर दिनमा तीन पटक नाप्नुपथ्र्यो । सन् २०२० को ६ डिसेम्बरमा गिनिजले ट्र्याप्सलाई विश्वकै सबैभन्दा अग्लो परिबारको मान्यता दिएको थियो ।

    ट्र्याप परिवारलाई कपडा र जुत्ताहरू किनमेल गर्न पनि समस्या छ । आफूहरूलाई मिल्ने साइज पाइदैन् ।- एजेन्सी

  • राति सुतिरहेकी श्रीमतीको शरीरमा श्रीमान्ले आगो लगाइदिएपछि…

    राति सुतिरहेकी श्रीमतीको शरीरमा श्रीमान्ले आगो लगाइदिएपछि…

    काठमाडौं, १२ वैशाख –

    तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ ।

    घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो ।

    यस्तै, मकवानपुरमा २८ वर्षीया दिया शर्माको हत्या गरेको आरकोपमा प्रहरीले उनकै श्रीमान्लाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी रहेका छन् । उनलाई आइतबर राति प्रहरीले पक्राउ गरेको हो ।

    पवनले घरायसी विवाद हुँदा श्रीमतीको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । – न्युज कारखाना

  • हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

    हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

    हेटौंडा, १२ वैशाख-

    मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् । महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।- न्युज कारखाना

  • गोरखा भूकम्पको सातौँ स्मृति दिवस मनाइँदै

    गोरखा भूकम्पको सातौँ स्मृति दिवस मनाइँदै

    काठमाडौँ, १२ वैशाख-
    गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।

    बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।

    अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।

    विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो । दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ । नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ । यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।(रासस)