Blog

  • चार हिमाल सफा गर्न सेनाकाे टाेली आधार शिविरमा

    चार हिमाल सफा गर्न सेनाकाे टाेली आधार शिविरमा

    काठमाडाैं, १२ वैशाख-

    नेपाली सेनाले नेतृत्व गरेकाे ‘सफा हिमाल अभियान- २०२२’ काे टाेलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।

    यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएकाे छ ।

    ‘बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्,’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

    हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।- न्युज कारखाना

  • रुस–युक्रेन युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट ५ अर्बको वस्तु नेपाल भित्रियो

    रुस–युक्रेन युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट ५ अर्बको वस्तु नेपाल भित्रियो

    काठमाडौं, १२ वैशाख-

    रुस र युक्रेनबीच युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट नेपालले करिव ५ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ ।

    गएको फागुन र चैत महिनामा युक्रेनबाट उक्त मूल्य बराबरको वस्तु नेपाल आएको भन्सार विभागले जनाएको छ ।

    विभागका अनुसार फागुन र चैत दुई महिनामा युक्रेनबाट नेपालमा ४ अर्ब ८३ करोड २१ लाख ९२ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

    रुस र युक्रेनबीच २०२२ फेब्रुअरी २४ बाट युद्ध सुरु भएको थियो जुन हालसम्म चलिरहेको छ । युद्धका कारण युक्रेनबाट नेपालले आयात गर्ने वस्तुहरु रोकिने अनुमान गरिएको थियो । तर हालसम्म युक्रेनबाट निरन्तर वस्तुहरु नेपाल भित्रिरहेको छ ।

    युद्ध सुरु भएपछिको दुई महिनामा ३ अर्ब ९२ करोड ४१ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल युक्रेनबाट नेपाल भित्रिएको छ ।

    विभागका अनुसार चैतमा ९४ करोड १८ लाख ६२ लाख रुपैयाँ र फागुनमा २ अर्ब ९८ करोड २३ लाख १९ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल नेपालले आयात गरेको छ ।

    चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)को अवधिमा युक्रेनबाट नेपालले १९ अर्ब २५ करोड ५५ लाख ५३ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालबाट युक्रेनमा भने मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

    चालु आर्थिक वर्षको पहिलो ९ महिनामा युक्रेनसँग नेपालको व्यापार घाटा १९ अर्ब २५ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको छ ।- न्युज कारखाना

  • हार्डवेयर गोदाममा भीषण आगलागी

    हार्डवेयर गोदाममा भीषण आगलागी

    भक्तपुर, १२ वैशाख-

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएकाे थियो ।

    मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सि. ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी भएको थियो ।

    आगलागीकाे खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकल पुगेकाे थियाे । आगलागीबाट अन्दाजी सात करोड पचास लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ । – न्युज कारखाना

  • सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

    सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

    काठमाडौँ, १२ वैशाख-

    सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ५० रुपैयाँ ताेकिएकाे छ ।- न्युज कारखाना

  • यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू

    यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू

    पोखरा, १२ वैशाख-

    नेकपा एमालेले पोखराका सबे वडामा टिकट टुंग्याएको छ । वडा नम्बर १ मा सहारा प्रधान, २ मा दीपक शाह, ३ मा विष्णुशंकर ख्वाउँजु, ४ मा मदन मुल्मीले टिकट पाएका छन् ।

    यस्तै, ५ मा विष्णु बराल, ६ मा विष्णु भट्टराई, ७ मा किशोर बराल, ८ मा रुद्रनाथ बराललाई दिइएको छ । वडा नम्बर ९ मा प्रेम गुरुङ, १० मा पवित्रादेवी गुरुङ, ११ मा मीनबहादुर गुरुङ, १२ मा देशभक्त केसी छन् । १३ मा बसन्त बराल, १४ मा ढोलबहादुर गुरुङ, १५ मा तोरण बानियाँ र १६ मा राजेश गुरुङले टिकट पाए ।

    वडा नम्बर १७ मा राधिका शाही योगी, १८ मा पुस्कलबहादुर थापा, १९ मा इमानराज पौडेल, २० मा गंगाबहादुर केसीले टिकट पाएका प्रदेश कमिटीले जनाएको छ । २१ मा दीपक सुवेदी, २२ मा प्रकाश गुरुङ, २३ मा शिवलाल पराजुली र २४ मा रामचन्द्र थापा वडाध्यक्षको उम्मेद्वार बन्नेछन् ।

    २५ नम्बर वडामा तीर्थबहादुर थापा, २६ मा सूर्य भण्डारी, २७ मा सूर्यमणि लामिछाने, २८ मा बैनबहादुर गुरुङ छन् भने २९ मा श्रीप्रसाद गुरुङ, ३० मा सोमनाथ बास्तोला, ३१ मा चिरन्जीवी बन्जारा, ३२ मा खेम पुन र ३३ मा शिव आचार्यले टिकट पाए ।

    एमालेले सबैजसो वडामा नयाँ अनुहार उठाएको छ । वडा नम्बर ८ का रुद्रनाथ बराल र ३३ का शिव आचार्य बाहेक सबै नयाँ अनुहार हुन् ।- न्युज कारखाना

  • कपिलवस्तुमा जिपको ठक्करबाट बालिकाको मृत्यु

    कपिलवस्तु, १२ वैशाख-

    कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन् ।

    जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

    हिजो बेलुकी साढे ८ बजे पैदल हिडिरहेकी उनलाई लु ३ च ३०८९ नम्बरको जिपले ठक्कर दिएको थियो ।

    जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ ।- न्युज कारखाना

  • तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै

    तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै

    तनहुँ, १२ वैशाख-

    तनहुँमा सत्तारुढ दलको गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी गरिएको छ । मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि जिल्लामा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच सहमति जुट्न सकेको छैन । भागबन्डमा सबै दलको आ-आफ्नै अडान छ । सुरुदेखिको अडान उस्तै छ ।

    सोमबार बिहान बसेको गठबन्धन दलको बैठक विनानिष्कर्ष टुंगिएपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी भएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । ‘बैठकमा सहमति जुट्न सकेन । सुरुमा जे अडाज थियो । अहिले पनि त्यही अडान छ । अब एक्ला एक्लै उम्मेद्वारी दर्ता गराउँछौँ’, उनले भने ।

    गठबन्धनमा सहमति भइनसके पनि च्याप्टर क्लोज भने नभएको उनको भनाइ छ । उनले सहमतिका लागि अझै समय रहेको बताए । ‘मनोनयन दर्तापछि पनि सहमतिको प्रयास हुनेछ’, उनले भने ।

    मनोनयनको अन्तिम दिनसम्म पनि दलहरूले उम्मेद्वार टुंगो लगाउन सकेका छैनन् । वडा सदस्यदेखि स्थानीय तहको प्रमुखको उम्मेद्वार टुंगो लगाउनलाई दलहरू यतिबेला व्यस्त छन् ।

    आइतबार मनोनयन दर्ताको पहिलो दिन जिल्लामा निकै कमले उम्मेद्वारी दर्ता गराएका छन् । दोस्रो दिन आज पनि यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिँदैन । नेकपा एमालेले १२ बजेपछि जिल्लाभर एकसाथ मनोनय दर्ता गराउने जनाएको छ । यद्यपि, एमालले पनि अहिलेसम्म उम्मेद्वारको सुची सार्वजनिक गरेको भने छैन ।- न्युज कारखाना

     

     

  • चितवनमा ठूला दलका उमेदवारले आज मनोनयन दर्ता गर्ने

    चितवनमा ठूला दलका उमेदवारले आज मनोनयन दर्ता गर्ने

    – कुलप्रसाद काफ्ले
    चितवन, १२ वैशाख
    ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो । एकै दिनमा मनोनयन दर्ता गर्दा निर्वाचन अधिकृतको कार्यालयमा धेरै चाप पर्ने भएकाले निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने समय दुई दिन दिएको थियाे । तर, ठूला दलका उमेदवारले भने आज अन्तिम दिन मनोनयन दर्ता गर्ने भएका छन् ।

    आज नेकपा (एमाले)का उमेदवारले मनोनयन दर्ता गर्दैछन् । दिउँसो १ बजेअघि नै सक्नेगरी मनोनयन दर्ताको तयारी गर्न एमालेलाई आग्रह गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । दिउँसो १ बजेदेखि गठबन्धन दलका उमेदवारले संयुक्त रुपमा मनोनयन गर्ने भएकाले त्यसअघि नै सक्न एमालेलाई भनिएको हो ।

    भरतपुर महानगरमा एमाले र राप्रपाले तालमेल गर्ने सहमति भएको छ । मेयरमा एमालेबाट विजय सुवेदीले उमेदवारी दिने र उपमेयरमा राप्रपाबाट उमेदवारी दिने सहमति भएको हो । राप्रपाले भने अझैसम्म पनि उपमेयरको उमेदवारको टुंगो लगाइसकेको छैन ।

    एमालेले माडीको उपप्रमुख छाडेर सबै पालिकामा प्रमुख र उपप्रमुखको उमेदवार टुंग्याइसकेको छ ।

    माडीमा एमालेसँग तालमेल गर्ने भनिएपनि अझै सहमति नभएको राप्रपा नेत्री रिना गुरुङले बताइन् । माडीमा प्रमुख र उपप्रमुखसहित सबै पदमा राप्रपाले उमेदवार उठाउने तयारी गरेको उनले बताइन् ।

    गठबन्धन दलका उमेदवारले मनोनयन दर्ता गर्न चौविसकोठीदेखि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुग्ने कार्यक्रम बनाएका छन् । गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसले मनोनयन दर्ता गर्ने छ । कांग्रेसले पनि उपमेयरका उमेदवारको टुंगो अझै लगाएको छैन । कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा मनोनयन दर्ता गर्दै छन् ।

    गठबन्धनले अन्य पालिकामा भागबण्डा मिलाएपनि उमेदवारको टुंगो लगाउन सकेको छैन । सम्भवत दिउँसो ११ बजेसम्म सबै टुंगो लाग्ने माओवादी केन्द्र चितवनका समन्वय संयोजक आरसी अधिकारीले बताए ।

    हिजो भरतपुर महानगरमा साना दल र स्वतन्त्रतर्फका ११ जनाले मेयरमा, तीन जनाले उपमेयरमा र १५ जनाले वडाध्यक्षमा मनोनयन दर्ता गरे । – न्युज कारखाना

  • भरतपुर महानगरको प्रमुखमा ११ जनाले दिए उम्मेद्वारी, ठूला पार्टीले भोलि दिँदै

    भरतपुर महानगरको प्रमुखमा ११ जनाले दिए उम्मेद्वारी, ठूला पार्टीले भोलि दिँदै

    चितवन, ११ वैशाख
    भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा आज ११ जनाको उम्मेदवारी परेको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार ६ राजनैतिक दल र पाँच स्वतन्त्र उम्मेदवारले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । उनका अनुसार आज नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, नेपाल कम्युनिष्ट पार्टी ९माक्सवादी लेलिनबादी०बाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट टेकबहादुर पुनमगर, मौलिक जिरोकिलो पार्टीबाट विनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    यस्तै स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९माक्सबादी लेलिनबादी०बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर र मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीबाट शुष्मा तमाङ्ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

  • एसईई परीक्षामा चरम लापरबाही : चिट र मोवाइलको प्रयोग गर्ने तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थीलाई कारबाही

    एसईई परीक्षामा चरम लापरबाही : चिट र मोवाइलको प्रयोग गर्ने तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थीलाई कारबाही

    सिरहा, ११ वैशाख –

    सिरहामा सञ्चालित एसईई अन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ । परीक्षामा चिट, फ्ल्याप र मोवाइल प्रयोगगरी परीक्षा अमर्यादीत गरेकाले उनीहरुलाई निस्काशन गरिएको हो ।

    सञ्चारकर्मी सहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्काशन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए । परीक्षालाई मर्यादा विपरीत कार्यगरेको भन्दै बस्तिपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।

    जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले  मोवाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरुलाई आजको परीक्षाबाट निस्काशन गरेको जनाए । परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनैवटै विद्यालका केन्द्राअध्यक्षहरु भोलिबाट परीवर्तन गरिने समेत कवाडीले जानकारी दिए । उनीहरुलाई आजको परीक्षाबाट मात्र निस्काशन गरिएको हो ।

    यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरुले नै चिट पुर्याउने कार्य गरेर परीक्षालाई अमर्यादिन बनाएको आरोप लगाए । उनले भने, ‘एक जना प्रहरीबाट हामीले चि६ खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चि६ बुझायौं, तर त्यसको केहीवेरमै फेरी चिट कक्षाकोठामा पुग्यो।’ उनले हामीले परीक्षा मर्यादित बनाउन खोज्दा खोज्दै पनि सुरक्षाकर्मीकै असहयोगले यस्तो भएको हो ।

    वस्तिपुर मा।वि परीक्षा केन्द्रमा देव आईडल आवासिय विद्यालय लहान, लिटिलस्टार आवासिय विद्यालय, न्यू मनकामना आवासिय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी मा।वि।का विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

    त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिठ बनेको पाईएको छ। यस परीक्षा केन्द्रबाट परीक्षा सुरुभएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्वन्धमा छानविन गरिने सम्वन्धित निकायले जनाएको छ ।

    यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मा।वि।, नमुना प्राविधिक मा।वि। गोलबजार, जेम्स अंग्रेजी वोर्डिङ स्कूल।, शुभ श्री आवासीय मा।वि र आईजेभीएम आवासीय मा।वि।को परीक्षा केन्द्र रहेको छ ।

    शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निस्कासन भएको र केन्द्राध्याक्ष परीवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाएको छ । यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।न्युज कारखाना

    Avatar

    Avatar

    Avatar