Blog

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार

    काठमाडौँ, माघ ७ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    निर्वाचन आयोगका अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो । मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ ।

    यही माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन ४ः०० बजेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । रासस

  • फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

    फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

    काठमाडौं, माघ ७ –
    रास्वपा सभापति रवि लामिछाने देशभर मनोनयनको रौनक चलिरहेको भए पनि आफू मिसिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् फागुन २१ मा घण्टी बजाएर जवाफ दिने बताएका छन् ।

    अहिले चितवन २ मा उमेदवारी दर्ता गराउने बेलामा अदालतमा उपस्थित हुनुपरेको बताउँदै भनेका छन्– चितवन २ का मेरा शुभचिन्तक बाटो कुरिरहेका छन् । भ्याएसम्म मनोनयनका लागि आफैँ उपस्थित हुने प्रयासमा छु । नसके वारेसमार्फत् मनोनयन दर्ता हुनेछ ।”

    उनले आफूमाथि गरेको पाप र अत्याचारको हिसाब नेपाली जनताले फागुन २१ गते घण्टी बजाएर दिने बताएका छन् ।

    रविको स्टाट्स जस्ताको त्यस्तै:

    देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकी आजै देशका तीनवटा (पर्सा, काठमाण्डौ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ । अरू अदालतको आदेश आउदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । चितवन(२ मा मेरा शुभचिन्तक बाटो कुरीरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ।

    म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु।

    फेरि पनि भन्छु म अभिमन्यु होइन।

  • बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

    बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

    ललितपुर, माघ ६
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ।

    सम्मेलनको उद्घाटन गर्दै माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले नेपाल तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएका विविध कृषि–पर्यावरणीय क्षेत्र र समृद्ध कृषि जैविक विविधताले सम्पन्न देश भएको बताउनुभयो।

    उहाँले भन्नुभयो “हाम्रा मौलिक बाली, स्थानीय जात (ल्यान्ड्रेस), पशुधन, कृषि कीरा, कृषि सूक्ष्मजीव तथा जलीय आनुवंशिक स्रोतहरू खाद्य, पोषण तथा स्वास्थ्य सुरक्षा, जलवायु अनुकूलन तथा भविष्यका प्रजनन कार्यक्रमका लागि अत्यन्तै महत्वपूर्ण छन्।” यसर्थ जैविक विविधताको संरक्षण र उपयोगलाई सुदृढ र वैज्ञानिक बनाउनु राष्ट्रिय प्राथमिकता हुनुपर्नेमा उहाँको जोड थियो ।

    बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगो कृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बाली प्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयमा गहन छलफल हुनेछ ।

    ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा आयोजना गरिएको सम्मेलन बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको हो।

    सम्मेलनमा कृषि अनुसन्धानकर्ता तथा वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसहित २३० जनाभन्दा बढीको सहभागिता रहेको छ। सम्मेलन अवधिभर ८ वटा विषयगत विशेष कार्यपत्र, ४२ वटा अनुसन्धान लेख, २१ वटा पोस्टर प्रस्तुति प्रस्तुत हुनेछनन भने १० वटा कृषि सम्बन्धी प्रदर्शनी स्टलसमेत रहेका छन्।

  • अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

    अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

    चितवन, माघ ०६-
    भरतपुर–७, कृष्णपुरस्थित अङ्रम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी भावनाको विकास गर्ने बताए । उनले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अपरिहार्य हुने उल्लेख गरे ।

    विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार माघ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ । अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीका लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    खेलकुद सप्ताहअन्तर्गत म्युजिकल चेयर, चेस, बेलुन ब्लास्ट, बल्स टनेल रेस, ७५ मिटर तथा १०० मिटर दौड, चकलेट रेस, तातो आलु, म्याथ रेस, पिरामिड रेस, स्पुल एण्ड मार्बल रेस, टग अफ वार, ब्लो द बल, इङ्ग्लिस रेस, थ्रेड एण्ड निडल रेस, छात्र फुटबल, टेबल टेनिस, बास्केटबल, ५ किलोमिटर म्याराथन, हाइजम्प, लङ जम्प, भलिबल र छेलोलगायत करिब तीन दर्जन खेलहरू समावेश गरिएको तह प्रमुख अर्जुनजी शर्माले जानकारी दिए ।

  • चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

    चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

    चितवन, माघ ६–
    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत (आज) मंगलबार चितवनमा शान्तपूर्ण रुपमा मनोनयन दर्ता गरिएको छ ।

    विहान १० बजेदेखि नै चितवनका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु भएको थियो । तीन वटै निर्वाचन क्षेत्रमा गरी कुल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    चितवन क्षेत्र नं.१ का सहायक निर्वाचन अधिकृत अमृत विश्वकर्माका अनुसार ४ जना स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरि क्षेत्र नं.२ का सहायक निर्वाचन अधिकृत देवी भण्डारीका अनुसार ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरी क्षेत्र नं.३ का सहायक निर्वाचन अधिकृत सुरत प्रसाद तिमल्सेनाका अनुसार ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दिएका छन् ।

  • यी हुन् नेकपाका १६५ उम्मेदवार

    यी हुन् नेकपाका १६५ उम्मेदवार

    काठमाडौँ, ६ माघः
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

    नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराउनुभएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिनुभयो । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन गरेको छ ।

    एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार हुनुहुन्छ । जसमा कञ्चनपुर–१ बाट वीना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा हुनुहुन्छ ।

    त्यसैगरी काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ बाट धर्मसिशला चापागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी, रौतहट–३ पुनम देवी, काभ्रेपलान्चोक–२ बाट वसुन्धरा हुमागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी उम्मेदवार हुनुहुन्छ ।

    नेकपाबाट मनोनयन दर्ता गराउनुभएका १६५ उम्मेदवारको विवरण यस प्रकार छ ।

    क्र.स प्रदेश जिल्ला निर्वाचन क्षेत्र नं. नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार
    १ कोशी
    ताप्लेजुङ
    ताप्लेजुङ १
    खेलप्रसाद बुढाक्षेत्री
    २ कोशी
    पाँचथर
    पाँचथर १
    हर्क बहादुर नेम्वाङ
    ३ कोशी
    इलाम
    इलाम १
    रणबहादुर राई
    ४ कोशी
    इलाम
    इलाम २
    ओमबहादुर गुरुड
    ५ कोशी
    झापा
    झापा १
    अशेष घिमिरे
    ६ कोशी
    झापा
    झापा २
    धर्मशिला चापागाई
    ७ कोशी
    झापा
    झापा ३
    डिल्ली घिमिरे
    ८ कोशी
    झापा
    झापा ४
    पुरुषोत्तम चुडाल
    ९ कोशी
    झापा
    झापा ५
    रञ्जित तामाङ
    १० कोशी
    सङ्खुवासभा
    सङ्खुवासभा १
    सरिता खड्का थापा
    ११ कोशी
    तेह्रथुम
    तेह्रथुम १
    रणध्वज कन्दड्वा
    १२ कोशी
    भोजपुर
    भोजपुर १
    अजम्बर राई काङमाङ
    १३ कोशी
    धनकुटा
    धनकुटा १
    धर्म प्रसाद पौडेल
    १४ कोशी
    मोरङ
    मोरङ १
    कुलप्रसाद साम्बा
    १५ कोशी
    मोरङ
    मोरङ २
    चन्द्रवीर राई
    १६ कोशी
    मोरङ
    मोरङ ३
    डा देवमान सम्वाहाङफे
    १७ कोशी
    मोरङ
    मोरङ ४
    अमनलाल मोदी
    १८ कोशी
    मोरङ
    मोरङ ५
    शिवकुमार मण्डल
    १९ कोशी
    मोरङ
    मोरङ ६
    ओपेन्द्र कुमार राय
    २० कोशी
    सुनसरी
    सुनसरी १
    सुर्य बहादुर भट्टराई
    २१ कोशी
    सुनसरी
    सुनसरी २
    रामकुमारी चौधरी
    २२ कोशी
    सुनसरी
    सुनसरी ३
    दुर्गेश चौधरी
    २३ कोशी
    सुनसरी
    सुनसरी ४
    महमद महफुज अंसारी
    २४ कोशी
    सोलुखुम्बु
    सोलुखुम्बु १
    असिम राई
    २५ कोशी
    खोटाङ
    खोटाङ १
    हरि रोका
    २६ कोशी
    ओखलढुङ्गा
    ओखलढुङ्गा १
    अम्बिर बाबु गुरुङ
    २७ कोशी
    उदयपुर
    उदयपुर १
    वलदेव चौधरी
    २८ कोशी
    उदयपुर
    उदयपुर २
    सुरेश कुमार राई
    २९ मधेश
    सप्तरी
    सप्तरी १
    रविन्द्र चौधरी
    ३० मधेश
    सप्तरी
    सप्तरी २
    सुर्यनाथ प्रसाद यादव
    ३१ मधेश
    सप्तरी
    सप्तरी ३
    अरुण कुमार साह
    ३२ मधेश
    सप्तरी
    सप्तरी ४
    रुवी कुमारी कर्ण
    ३३ मधेश
    सिराहा
    सिराहा १
    रामचन्द्र यादव
    ३४ मधेश
    सिराहा
    सिराहा २
    मुक्ति सिंह
    ३५ मधेश
    सिराहा
    सिराहा ३
    विश्वनाथ साह
    ३६ मधेश
    सिराहा
    सिराहा ४
    अजय शंकर नायक
    ३७ मधेश
    धनुषा
    धनुषा १
    मातृका प्रसाद यादव
    ३८ मधेश
    धनुषा
    धनुषा २
    रामचन्द्र झा
    ३९ मधेश
    धनुषा
    धनुषा ३
    राम ललित मण्डल
    ४० मधेश
    धनुषा
    धनुषा ४
    संजय कुमार महतो
    ४१ मधेश
    महोत्तरी
    महोत्तरी १
    गिरिराजमणि पोख्रेल
    ४२ मधेश
    महोत्तरी
    महोत्तरी २
    लक्ष्मण यादव
    ४३ मधेश
    महोत्तरी
    महोत्तरी ३
    राजकिशोर साह सुडी
    ४४ मधेश
    महोत्तरी
    महोत्तरी ४
    भरतप्रसाद साह
    ४५ मधेश
    सर्लाही
    सर्लाही १
    प्रमोद साह
    ४६ मधेश
    सर्लाही
    सर्लाही २
    महिन्द्र राय यादव
    ४७ मधेश
    सर्लाही
    सर्लाही ३
    नारायणकाजी श्रेष्ठ
    ४८ मधेश
    सर्लाही
    सर्लाही ४
    रगनिस राय यादव
    ४९ मधेश
    रौतहट
    रौतहट १
    माधब कुमार नेपाल
    ५० मधेश
    रौतहट
    रौतहट २
    किरण साह
    ५१ मधेश
    रौतहट
    रौतहट ३
    पुनम देवी
    ५२ मधेश
    रौतहट
    रौतहट ४
    रामकुमार भट्टराई
    ५३ मधेश
    बारा
    बारा १
    सन्तोष दंगाल
    ५४ मधेश
    बारा
    बारा २
    रमेश प्रसाद यादव
    ५५ मधेश
    बारा
    बारा ३
    भरत प्रसाद साह
    ५६ मधेश
    बारा
    बारा ४
    अजय कुशवाहा
    ५७ मधेश
    पर्सा
    पर्सा १
    अजय चौरासिया
    ५८ मधेश
    पर्सा
    पर्सा २
    मनोज चौधरी
    ५९ मधेश
    पर्सा
    पर्सा ३
    छोटेलाल यादव
    ६० मधेश
    पर्सा
    पर्सा ४
    जयप्रकास थारु
    ६१ बागमती
    दोलखा
    दोलखा १
    बिशाल खड्का
    ६२ बागमती
    रामेछाप
    रामेछाप १
    श्याम कुमार श्रेष्ठ
    ६३ बागमती
    सिन्धुली
    सिन्धुली १
    डेकेन्द्र सुबेदी
    ६४ बागमती
    सिन्धुली
    सिन्धुली २
    लेखनाथ दाहाल
    ६५ बागमती
    रसुवा
    रसुवा १
    माधव लामिछाने
    ६६ बागमती
    धादिङ
    धादिङ १
    राजेन्द्र प्रसाद पाण्डे
    ६७ बागमती
    धादिङ
    धादिङ २
    राम बहादुर भण्डारी
    ६८ बागमती
    नुवाकोट
    नुवाकोट १
    हित बहादुर तामाङ
    ६९ बागमती
    नुवाकोट
    नुवाकोट २
    हिरानाथ खतिवडा
    ७० बागमती
    काठमाडौँ
    काठमाडौँ १
    मेनका भण्डारी
    ७१ बागमती
    काठमाडौँ
    काठमाडौँ २
    नितेश पौडेल
    ७२ बागमती
    काठमाडौँ
    काठमाडौँ ३
    निरज लामा
    ७३ बागमती
    काठमाडौँ
    काठमाडौँ ४
    इन्द्र भुसाल
    ७४ बागमती
    काठमाडौँ
    काठमाडौँ ५
    कल्पना शर्मा
    ७५ बागमती
    काठमाडौँ
    काठमाडौँ ६
    हेमलाल शर्मा (हिमाल)
    ७६ बागमती
    काठमाडौँ
    काठमाडौँ ७
    बसन्त प्रसाद मानन्धर
    ७७ बागमती
    काठमाडौँ
    काठमाडौँ ८
    सुमन सायमी
    ७८ बागमती
    काठमाडौँ
    काठमाडौँ ९
    राधाकृष्ण महर्जन
    ७९ बागमती
    काठमाडौँ
    काठमाडौँ १०
    रुपा महर्जन
    ८० बागमती
    भक्तपुर
    भक्तपुर १
    हरिराम लवजु
    ८१ बागमती
    भक्तपुर
    भक्तपुर २
    रामप्रसाद सापकोटा (दिपशिखा)
    ८२ बागमती
    ललितपुर
    ललितपुर १
    सुनिल महर्जन
    ८३ बागमती
    ललितपुर
    ललितपुर २
    राजेन्द्र अमात्य
    ८४ बागमती
    ललितपुर
    ललितपुर ३
    राजकाजी महर्जन
    ८५ बागमती
    काभ्रेपलान्चोक
    काभ्रेपलान्चोक १
    दिनानाथ गौतम
    ८६ बागमती
    काभ्रेपलान्चोक
    काभ्रेपलान्चोक २
    बसुन्धरा हुमागाई
    ८७ बागमती
    सिन्धुपाल्चोक
    सिन्धुपाल्चोक १
    माधव सापकोटा
    ८८ बागमती
    सिन्धुपाल्चोक
    सिन्धुपाल्चोक २
    युवराज दुलाल
    ८९ बागमती
    मकवानपुर
    मकवानपुर १
    विजय गौतम
    ९० बागमती
    मकवानपुर
    मकवानपुर २
    लवशेर बिष्ट
    ९१ बागमती
    चितवन
    चितवन १
    डा कृष्ण पन्त
    ९२ बागमती
    चितवन
    चितवन २
    प्रताप गुरूङ
    ९३ बागमती
    चितवन
    चितवन ३
    रेणु दाहाल
    ९४ गण्डकी
    गोरखा
    गोरखा १
    हरिराज अधिकारी
    ९५ गण्डकी
    गोरखा
    गोरखा २
    लेखनाथ न्यौपाने
    ९६ गण्डकी
    मनाङ
    मनाङ १
    यशोदा सुवेदी गुरुङ
    ९७ गण्डकी
    लमजुङ
    लमजुङ १
    हरिजंग तामाङ
    ९८ गण्डकी
    कास्की
    कास्की १
    राजकाजी गुरुड
    ९९ गण्डकी
    कास्की
    कास्की २
    हेमबहादुर थापा
    १०० गण्डकी
    कास्की
    कास्की ३
    गोपाल गिरी
    १०१ गण्डकी
    तनहुँ
    तनहुँ १
    विध्यानाथ ढकाल
    १०२ गण्डकी
    तनहुँ
    तनहुँ २
    सोमबहादुर थापा
    १०३ गण्डकी
    स्याङ्जा
    स्याङ्जा १
    शैलेन्द्र घिमिरे
    १०४ गण्डकी
    स्याङ्जा
    स्याङ्जा २
    पदम विश्वकर्मा
    १०५ गण्डकी
    नवलपरासी (पूर्व) नवलपरासी (पूर्व) १ लोकप्रसाद भुर्तेल
    १०६ गण्डकी
    नवलपरासी (पूर्व) नवलपरासी (पूर्व) २ गणेशमान महतो
    १०७ गण्डकी
    मुस्ताङ
    मुस्ताङ १
    मुटुक गुरुङ
    १०८ गण्डकी
    म्याग्दी
    म्याग्दी १
    अर्जुन थापा
    १०९ गण्डकी
    बागलुङ
    बागलुङ १

    ११० गण्डकी
    बागलुङ
    बागलुङ २
    ज्ञाननाथ गैरे
    १११ गण्डकी
    पर्वत
    पर्वत १
    मनहरी शर्मा
    ११२ लुम्बिनी
    गुल्मी
    गुल्मी १
    सुर्दशन बराल
    ११३ लुम्बिनी
    गुल्मी
    गुल्मी २
    श्रीराम महत
    ११४ लुम्बिनी
    पाल्पा
    पाल्पा १
    होमबहादुर सुनारी
    ११५ लुम्बिनी
    पाल्पा
    पाल्पा २
    सोमप्रसाद पाण्डे
    ११६ लुम्बिनी
    अर्घाखाँची
    अर्घाखाँची १
    रामबहादुर चौहान
    ११७ लुम्बिनी
    नवलपरासी (पश्चिम) नवलपरासी (पश्चिम) १ सिन्धु जलेशा
    ११८ लुम्बिनी
    नवलपरासी (पश्चिम) नवलपरासी (पश्चिम) २ देबेन्द्र पौडेल
    ११९ लुम्बिनी
    रुपन्देही
    रुपन्देही १
    घनश्याम यादव
    १२० लुम्बिनी
    रुपन्देही
    रुपन्देही २
    सुभाष पाण्डे (विश्वदीप्)
    १२१ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ३
    फैज अहमद खान
    १२२ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ४
    बाबुलाल यादव
    १२३ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ५
    वकिल मुसलमान
    १२४ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु १
    कृष्ण कुँवर
    १२५ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु २
    बृजेश कुमार गुप्ता
    १२६ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु ३
    एहसन अहमद खाँ
    १२७ लुम्बिनी
    पूर्वी रुकुम
    पूर्वी रुकुम १
    पुष्पकमल दाहाल‘प्रचण्ड’
    १२८ लुम्बिनी
    रोल्पा
    रोल्पा १
    वर्षमान पुन
    १२९ लुम्बिनी
    प्युठान
    प्युठान १
    कृष्णध्वज खड्का
    १३० लुम्बिनी
    दाङ
    दाङ १
    मेटमणि चौधरी
    १३१ लुम्बिनी
    दाङ
    दाङ २
    निर्मल आचार्य
    १३२ लुम्बिनी
    दाङ
    दाङ ३
    धनबहादुर मास्की
    १३३ लुम्बिनी
    बाँके
    बाँके १
    नरेन्द्र पाण्डे
    १३४ लुम्बिनी
    बाँके
    बाँके २
    दिपेन्द्र विष्ट
    १३५ लुम्बिनी
    बाँके
    बाँके ३
    दिपक जिएम
    १३६ लुम्बिनी
    बर्दिया
    बर्दिया १
    विष्णु प्रसाद थारु
    १३७ लुम्बिनी
    बर्दिया
    बर्दिया २
    सुरेश पन्थ
    १३८ कर्णाली
    सल्यान
    सल्यान १
    रमेश कुमार मल्ल
    १३९ कर्णाली
    डोल्पा
    डोल्पा १
    धनबहादुर बुढा
    १४० कर्णाली
    मुगु
    मुगु १
    चन्द्रबहादुर शाही
    १४१ कर्णाली
    जुम्ला
    जुम्ला १
    नरेश भण्डारी
    १४२ कर्णाली
    कालिकोट
    कालिकोट १
    महेन्द्र बहादुर शाही
    १४३ कर्णाली
    हुम्ला
    हुम्ला १
    दिपेन्द्र रोकाया
    १४४ कर्णाली
    जाजरकोट
    जाजरकोट १
    शक्ति बहादुर बस्नेत
    १४५ कर्णाली
    दैलेख
    दैलेख १
    अम्बर बहादुर थापा
    १४६ कर्णाली
    दैलेख
    दैलेख २
    योगेन्द्र शाही
    १४७ कर्णाली
    सुर्खेत
    सुर्खेत १
    जीतबहादुर राना
    १४८ कर्णाली
    सुर्खेत
    सुर्खेत २
    झकबहादुर मल्ल
    १४९ कर्णाली
    पश्चिम रुकुम
    पश्चिम रुकुम १
    गोपाल शर्मा
    १५० सुदूरपश्चिम
    बाजुरा
    बाजुरा १
    प्रकाश बहादुर शाह
    १५१ सुदूरपश्चिम
    अछाम
    अछाम १
    भिम बहादुर रावल
    १५२ सुदूरपश्चिम
    अछाम
    अछाम २
    बलबहादुर कुँबर
    १५३ सुदूरपश्चिम
    बझाङ
    बझाङ १
    मीन बहादुर कुँवर
    १५४ सुदूरपश्चिम
    डोटी
    डोटी १
    त्रिलोचन भट्ट
    १५५ सुदूरपश्चिम
    कैलाली
    कैलाली १
    रामलाल डगौरा थारु
    १५६ सुदूरपश्चिम
    कैलाली
    कैलाली २
    नन्दबहादुर साउद
    १५७ सुदूरपश्चिम
    कैलाली
    कैलाली ३
    वीरमान चौधरी
    १५८ सुदूरपश्चिम
    कैलाली
    कैलाली ४
    हरिराम चौधरी
    १५९ सुदूरपश्चिम
    कैलाली
    कैलाली ५
    प्रेम आले
    १६० सुदूरपश्चिम
    दार्चुला
    दार्चुला १
    लक्ष्मणदत्त जोशी
    १६१ सुदूरपश्चिम
    बैतडी
    बैतडी १
    परमानन्द भट्ट
    १६२ सुदूरपश्चिम
    डडेल्धुरा
    डडेल्धुरा १
    मानसिंह माल
    १६३ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर १
    विना मगर
    १६४ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर २
    माधव पन्त
    १६५ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर ३
    मानबहादुर सुनार
    –––

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

    प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ, ६ माघः 
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दिउँसो ०४ः३० बजेसम्म २ हजार १७ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
    उम्मेदवारी दर्ताका लागि अहिले पनि कागजात बोकेकाहरू लमबद्ध रहेको जनाइएको छ । अहिलेसम्म सामान्यतया शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ताका काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरूबाट जानकारी आएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।
    देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा अहिले उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको पनि उहाँले सुनाउनुभयो । आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ । आज बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उहाँले सुनाउनुभयो ।
    यही माघ ७ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ः०० देखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
    यही माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
  • ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

    ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

    माघ ६,काठमाडौं ।
    नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले टोखा नगरपालिकाको श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बहुदलीय प्रणालीमा नयाँ दल स्थापना हुनु र चुनावमा प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताए ।

    उनले राजनीतिमा कोहि नयाँ–पुरानो नहुने तर बिचारलाई समयसँगै परिस्कृत गर्नुपर्ने उल्लेख गरे । उनले काठमाडौं–५ मा जनताको समर्थन बलियो रहेकाले आफ्नो पक्षमा नजिता आउने दावी गरे ।

    साथै उनले आफ्नो क्षेत्रमा एमालको संगठन समेत बलियो रहेको उल्लेख गरे ।

  • पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

    माघ ६ ,काठमाडौं ।
    रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । अदालत स्रोतले नेपाल प्रेससँग रविसँग धरौटी माग गरिएको पुष्टि गरेको छ ।

    गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।

    उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

    रवि अदालतमा हाजिर भएर चितवन २ मा मनोनयनमा जाने तयारीमा थिए ।

  • दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

    दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

    माघ ६,काठमाडौं ।
    विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।

    जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको हो ।

    पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनी हिजो चाउथेबाट पक्राउ परेका थिए ।

    कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।