चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

चितवन, माघ ६–
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत (आज) मंगलबार चितवनमा शान्तपूर्ण रुपमा मनोनयन दर्ता गरिएको छ ।

विहान १० बजेदेखि नै चितवनका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु भएको थियो । तीन वटै निर्वाचन क्षेत्रमा गरी कुल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवन क्षेत्र नं.१ का सहायक निर्वाचन अधिकृत अमृत विश्वकर्माका अनुसार ४ जना स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरि क्षेत्र नं.२ का सहायक निर्वाचन अधिकृत देवी भण्डारीका अनुसार ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं.३ का सहायक निर्वाचन अधिकृत सुरत प्रसाद तिमल्सेनाका अनुसार ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *