Blog

  • चितवनको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित

    चितवनको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित

    चितवन, माघ ८ –
    जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ ।

    इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छौँ । खुसी छौँ ।” गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिलो रु १०० भन्दा बढीमा बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

    किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “आफ्नो वडाले मात्रै सुन्तलाबाट रु ६० लाख हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।” कतिपय किसानले पहिलेनै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उहाँले बताउनुभयो ।

    यस्तै भरतपुर महानगरपालिका–२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ् अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी हुनुहुन्छ । उहाँहरुले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरुले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो “हामी सबैले धेरै थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ । मूल्य पाएको छ । खुसी छौँ ।” अहिले किसानको बारीबाटै व्यवसायीले सुन्तला उठाउने गरेको उहाँले बताउनुभयो । प्रतिकिलो रु १०० भन्दा बढीमा सुन्तला बिक्री भएको उहाँले बताउनुभयो ।

    सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भए पनि अहिले मूल्य पाएकाले आफूहरु उत्साहित भएको उहाँको भनाइ छ । इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तालालाई ग्रेडिङ्ग गरेर बिक्री गर्दै आएको बताउनुहुन्छ । उहाँका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ । यसरी ग्रेडिङ् गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उहाँले बताउनुभयो ।

    इच्छा कामना गाउँपालिकामा मात्रै यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । उहाँका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार दुई दशमलब आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उहाँले भन्नुभयो “गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।” गत वर्ष एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् । पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा १०८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा केही उत्पादन घटेर १०३६ मेटिक टन उत्पादन भएको थियो । २०८१/८२ मा ११२० मेट्रिकटन र २०८२/८३ मा १००२.८ मेट्रिकटन उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

    गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो छैन । उहाँले भन्नुभयो “यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ । व्यवसायी बगैँचामै आएर खरिद गर्छन् ।” इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उहाँले गाउँपालिका सुन्तलाखेती प्रवद्र्धनमा लागिरहेको बताउनुभयो । उहाँले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउनुहुन्छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सन्तुलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पुर्‍याउन पालिकाले सहयोग गर्दै आएको छ ।”

    कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तीका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताउनुहुन्छ । १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उहाँले अहिले किसान सन्तुष्ट भएको बताउनुभयो ।

    अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिका–२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ । – रासस

  • सुनको भाउ घट्यो, आजको मूल्य दुई लाख ९२ हजार २००

    सुनको भाउ घट्यो, आजको मूल्य दुई लाख ९२ हजार २००

    काठमाडौँ, माघ ८ –
    स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० कायम भएको छ ।

    बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । – रासस

  • रवि विरुद्ध लगाइएका अभियोग हटाउने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

    रवि विरुद्ध लगाइएका अभियोग हटाउने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौँ, ८ माघ –
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले गत मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । लिखित जवाफ आएसँगै सर्वोच्चले पेसी तोकेर सुनुवाइ गर्न लागेको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ ।

    महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो ।

    मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइए पनि यो व्यवहारतः ‘मुद्दा फिर्ता’ लिने कृत्य भएको रिट निवेदकको दाबी छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा उक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’ गरिएको तर्क रिटमा गरिएको छ ।

    सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र यसबाट मुलुकलाई अपूरणीय क्षति पुग्ने चेतावनी पनि रिटमा उल्लेख गरिएको छ ।

    मिलापत्र गर्न नमिल्ने सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा अभियोग संशोधन गर्दा हजारौँ बचतकर्ताको न्याय पाउने अधिकार खोसिने जिकिरसमेत गरिएको छ ।

  • गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

    गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

    गैँडाकोट, ७ माघ
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको माहोल रचना रिमालले तताएकी छिन् ।

    बुधबार साँझ महोत्सवको सांस्कृतिक कार्यक्रमको मञ्चमा प्रवेश गरेकी रिमालले महोत्सवको माहोल तताएकी हुन् । रचना स्टेज चढ्दा छरिएर रहेका दर्शकहरु उनको आवाजपछि मञ्च अगाडि जम्मा भएर उनलाई साथ दिएका थिए । फोटे फिरिममा बोलको गीत गाएर सांस्कृतिक प्रस्तुती सुरु गरेकी रिमालले आफ्ना चर्चित गीतहरुबाट दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।

    बुधबार महोत्सवमा रचना रिमालसँगै चर्चित लोक दोहोरी गायक प्रजापति पराजुली, उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मालगायतको प्रस्तुती रहेको लम्सालले बताए । त्यस्तै विभिन्न स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती राखेका लम्सालले जानकारी दिए । उनका अनुसार बिहीबार महोत्सवमा चर्चित कलाकार पशुपति शर्मा, दुर्गा सापकोटा, शुष्मा शाही ठकुरीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लम्सालले बताए ।

    बुधबार करिब नौ हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । उनकाअनुसार बुधबारसम्म करिब एक लाख ८० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए ।

    कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेको महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको सापकोटाले बताए । संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ ।

    विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

  • सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

    सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

    रत्ननगर, ७ माघ :
    रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ ।

    रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अबलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले जानकारी दिए ।

    यस पटकको महोत्सवमा रामजानकी मन्दिरको मुल गेट निर्माण गरिएको थियो । महोत्सव अबलोकन गर्न आएका अधिकाँसले रामजानकी गेटमा फोटो र भिडियो खिचेका छन् । महोत्सव अन्तर्गत गरिएको मह उत्सब उत्पादन र बजारीकरणको हिसाबले कोसेढुंगा सावित भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेको समापन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको १३औं संस्करण अहिले सम्मकै उत्कृष्ट भएको दावी गरे ।

    जिल्लाको आर्थिक विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको हामीले महसुुस गरेका छौं उनले भने यसको प्रभाव विस्तारै देखिदै जाने छ । महोत्सव अन्तर्गत आयोजना गरिएको कृषि उत्पादन र बजारीकरण तथा युवा रोजगार सम्बन्धी कार्यशालाले एक खालको मार्गचित्र तयार भएको संघका अध्यक्ष गिरीले बताए ।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रले आयोजना गर्ने महोत्सव आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै सरकारले उद्योग बाणिज्य संघको सिफारिसमा मात्र अन्य संघसंस्थामा महोत्सव आयोजनाको सिफारिस दिनुपर्ने बताए । संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवप्रतिको जनआर्कषणले आफुहरुलाई उत्साहित भएको भन्दै अनुमान गरेको भन्दै बढीले अबलोकन र लक्ष्यभन्दा बढी कारोबार भएको बताए । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले रत्ननगर महोत्सवले जिल्लाको कृषि, पर्यटन, उद्योग, स्थानीय उत्पादनको बजारिकरण तथा उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क सेतुको काम गर्न सफल भएको बताए ।

    मुलुक विषम परिस्थितिमा गुज्रिरहेको बेला आयोजना गरिएको महोत्सव सफल हुनुनै सबैभन्दा ठुलो कुरा रहेको भन्दै उनले यसले जिल्लाको आर्थिक विकासमा सहयोग भएको बताए । समापन कार्यक्रममा महोत्सवमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई कदरपत्र, प्रतियोगितामा सहभागीलाई पुरस्कार, स्टेरिङ कमिटीलाई कदरपत्र तथा लोकगायक नेत्रजी पन्तलाई सम्मान गरिएको थियो । महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता गरिएको थियो । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिएको थियो । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको थियो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका थिए ।

    महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको थियो । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको थियो । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, एसपी गोविन्द पुरी लगायतका सहभागिता रहेको थियो ।

     

  • अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    काठमाडौँ, ७ माघ : 
    अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।
    विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिनुभयो ।
    अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो ।
    विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताउनुभयो ।
    डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ ।
    उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।
  • एसईई चैत १९ देखि २९ सम्म

    एसईई चैत १९ देखि २९ सम्म

    ७ माघ, काठमाडौं
    कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ ।

    शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।

    परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

    त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।

  • नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

    नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

    ७ माघ, नवलपुर
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

    झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस आज दिउँसो दुर्घटनामा परेको हो ।

    शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

  • माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

    माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

    ७ माघ, काठमाडौं ।
    नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ ।

    यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्‍यो ।

    आज (बुधबार) फाइलहरू आएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ । ‘यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिए । अहिले पुन: आदेश भयो । अनि अख्तियारले पनि फाइल पठाइहाल्यो,’विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले अनलाइनखबरसँग भने,’आज यो मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।’

    उनले यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरी पाइल पठाएको थियो यसैको सुनुवाइका लागि माघ १४ गतेलाई पेसी तोकिएको जानकारी दिए ।

    गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गएको अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालसहितविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

    नेपाल प्रधानमन्त्री हुँदा २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा धेरै जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण (कारोबार स्वीकृति)गरेको अख्तियारको दाबी छ ।

    त्यस्तै सोही मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिना मिना भएको अख्तियारको ठहर छ ।

  • हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

    हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

    सिमकोट (हुम्ला), माघ ७ –
    हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो । यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो ।

    लामो समयसम्म हिमपात नहुँदा खडेरी हुने होकी भन्ने चिन्तामा यहाँका किसान छन् । माघ महिनाको पहिलो सातासम्म हिमपात नहुँदा यहाँका किसान चिन्तामा परेका छन् । यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहित अग्ला स्थानहरु सेताम्ये देखिन्थे भने किसान खुसी हुन्थे । तर यो वर्ष जिल्लामा गएको असोज महिनाको अन्तिममा एक पटक मात्रै हिमपात भएको छ । त्यसले खासै किसानका लागि खुसी भने गराएको छैन् ।

    हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन । चार, पाँच दिनसम्म आकाशमा बादल मडारिने गरे पनि हिमपात हुन नसकेको हो । मङ्सिर पुस र माघ महिनामा अत्याधिक हिमपात हुने भए पनि यो वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात हुन सकिरहेको छैन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ ।

    सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामाले भन्नुभयो, “यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाउने गर्थे तर यो वर्ष त्यसो हुन् सकेन् । पुस महिना सकिएर माघको आज ६ गते भइसक्यो ।” बढी हिमपात हुने महिना पुस र माघ हो तर हिउँ परेन अब फाल्गुनमा के हुने हो थाहा नभएको लामाको भनाई थियो ।

    यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् । जेठासीबालीमा खडेरी हुने चिन्तामा रहेको सिमकोट गाउँपालिका–२ ठेहेका गौगोरा बोहराले गुनासो गर्नुभयो । किसान बोहराले भन्नुभयो, “जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ ।” विगतका वर्षहरुमा कात्तिक महिनादेखि फागुन महिनासम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।” यो वर्ष हिमपात हुन सिकरहेको छैन । हिमपात नभएर यहाँको जमिन, सुक्खा देखिँदै गएका छन्भने हिउँदको समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुनथालेका छन् । हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुक्खा देखिएका छन् । पुस महिनामा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमालहरु सुक्खा देखिएका छन् । हिमपात नहुँदा यी हिमालहरु हिउँको पर्खाइमा छन् ।

    जलवायु परिवर्तनमा आएको असर हुम्लामा समेत परेको छ । जिल्लाको मौसममा कहिले आकाशमा बादल देखिए पनि हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “हुम्लामा दुई–तीन वर्ष यतादेखि दश वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छोडेको छ ।” यो पुस महिनाको समय सिमकोट, खार्पुना, नाम्खा, सर्केगाड र चङ्खेली गाउँपालिकाका उच्च स्थान हिउँले ढाकेर सेताम्ये देखिन्थे तर केही वर्षयता देखिन सकेका छैनन् । यो समयको हिउँदयाममा भारी हिमपात भएर किसान उत्हासीत हुनुका साथै पुसको हिउँ सिला, माघ हिउँ विला, फागुनको हिउँ टिलाफिा भनेर किसान उख्खान समेत भन्ने गर्थे । पुस हिउँ सिला, माघ हिउँ बिला भन्ने स्थानीयको उखानजस्तै माघमा परेको हिउँ बिलाउँदै जाने गर्छ । पुसमा परेको हिउँ जमेर बस्छ भने फागुनमा परेको हिउँ टिलाफिला भएर जान्छ । हिउँ नपर्दा गाउँघरमा बूढापाखाले यो कलियुग आएको भन्ने गरेको रोकायाले बताउनुभयो ।” जिल्लामा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्न समस्या बनाउथ्यो भने अत्याधिक चिसोले जनजीवन कष्टकर बनाउथ्यो यहाँका नागरिकले हिउँमा रमाउथे रोकायाले भन्नुभयो ।

    यो पटक मङ्सिर र पुस दुई महिना हिमपात नभएर बित्दा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तीत बनेका छन् । गर्त वर्ष ढिलो गरी हिमपात र वर्षा भएकाले यो वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् ।

    जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्तित रहेको सर्केगाड गाउँपालिका–६ बराई गाउँका मानबहादुर ऐडीले बताउनुभयो । आवश्यक पर्ने हिउँ र वर्षा नभएपछि खेतमा लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएको ऐडीले बताउनुभयो । खेतमा जौ र उवा लगाए पनि हिउँ नपर्दा खेतमा लगाएको बाली खेर जानेमा डर भएको छ । ऐडीले भन्नुभयो, “हुम्लामा दश वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । मङ्सिर महिनामा दुई पटक पातलो हिउँ पर्यो, केही समयमै बिलायो ।” पछिल्लो जिल्लामा समय हिउँ परे पनि फासफुस मात्र पर्छ, जमिन बेस्सरी भिजाउने गरेर हिउँ नपरेको उहाँको भनाइ थियो । दर्के झरी पनि पर्न छोडेको ऐडीले बताउनुभयो ।” पुसमा जति बाक्लो हिउँ पर्यो, हिउँदे बाली उति राम्रो हुन्थ्यो तर यो वर्ष परेको छैन । हिउँदमा हिउँ बेस्सरी परेर बाली राम्रो भएको वर्ष जेठासीको उत्पादनले चार, पाँच महिना मुस्किलले खान पुग्ने गरेको उहाँको भनाइ छ । हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो ।

    स्थानीयहरुमा चिसो बढेको भन्दा पनि हिमपात नभएको कारण खेतमा लगाइएको हिउँदे बाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् भने चैत, वैशाखमा लगाइने कात्तिकमा पाक्ने वर्षे बालीलाई समस्या पर्ने हो की भन्ने चिन्ताले बढीले सताउन थालेको छ ।

    हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका साविकका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित बनेका छन् । रासस