Blog

  • देवघाट धाममा शतचण्डी महायज्ञ तथा देवघाट महा–महोत्सव आयोजना हुँदै

    देवघाट धाममा शतचण्डी महायज्ञ तथा देवघाट महा–महोत्सव आयोजना हुँदै

    चितवन, ११ माघः
    धार्मिक तथा आध्यात्मिक महत्व बोकेको देवघाट धाममा शतचण्डी महायज्ञ एवं देवघाट महा–महोत्सव आयोजना हुने भएको छ।

    आयोजकका अनुसार उक्त महायज्ञ माघ १९गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।

    श्री दुर्गा पञ्चायन मन्दिर (श्री राम राम मन्दिर) देवघाट धामको आयोजनामा हुन लागेको यस महायज्ञमा आचार्य श्री शीतल कृष्ण जी महाराज र पूज्य देवी प्रतिभाजीको विशेष प्रवचन, पूजा–पाठ तथा धार्मिक कार्यक्रम रहनेछन्।

    महायज्ञको उद्देश्य धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र आध्यात्मिक उन्नयनमा टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रम देवघाट धाम परिसरमै सञ्चालन हुनेछ।

  • जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

    जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

    सङ्खुवासभा, ११ माघः
    सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

    चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

    मृतकको पहिचान खुल्न सकेको छैन ।

    दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ ।

    घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

  • उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

    उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

    काठमाडौँ, ११ माघः
    कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यहरुले सो पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन् ।

    आगामी यात्राबारे उनीहरुले केही बताएका छैनन् ।

    एउटा हस्ताक्षररहित विज्ञप्तिमा उनीहरुले तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहने बताएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं ।’

  • रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश

    रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश

    काठमाडौँ, ११ माघः
    सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ ।

    कागजात आएपछि अन्तरिम आदेशका लागि पेस गर्ने आदेश भएको छ।

    पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको सर्वोच्चमा रिट परेको थियो ।

    उक्त रिट सुनुवाइका लागि आइबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा तोकिएको थियो ।

  • जनताबाट पराजित नेता राष्ट्रिय सभा निर्वाचित

    जनताबाट पराजित नेता राष्ट्रिय सभा निर्वाचित

    सुर्खेत ११ माघ
    आइतबार भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदानबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही निर्वाचित भएका छन् । कर्णालीबाट दुई पदका लागि भएको निर्वाचनमा शाही ‘अन्य’ कलस्टरबाट निर्वाचित भएका हुन् ।

    उनले प्रदेशसभातर्फबाट २५ र स्थानीयतर्फ १०० मत पाएका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । उनले अन्य कलस्टरमा प्रतिस्पर्धा गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बा बुद्धिप्रसाद शर्मालाई पराजित गरे । शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरेका थिए ।

    स्मरण रहोस् राष्ट्रिय सभामा निर्वाचित शाही २०७९ को प्रदेश सभा चुनावमा जनताबाट पराजित नेता हुन् । त्यो पनि गठबन्धन हुँदाहुँदै । ०७९ को प्रदेश सभा चुनावमा कांग्रेस–माओवादी र एकीकृत समाजवादीबिच गठबन्धन थियो । शाही जुम्ला (१)बा गठबन्धनका साझा उम्मेदवार थिए । तर आफूले टिकट नपाएको भन्दै कांग्रेसकै नेता देवेन्द्रबहादुर शाही ललितजंगविरुद्ध बागी लडे ।
    पानीको धारा चुनाव चिन्ह लिएर चुनावमा गएका देवेन्दले गठबन्धनका साझा उम्मेदवार ललितजंगलाई १ हजार ८९९ मतान्तरले हराइदिए । बागी लडेका शाहीले ९ हजार ६५४ मत पाए भने कांग्रेसबाट लडेका शाहीले ७ हजार ७५५ मत मात्रै पाए ।

    त्यसपछि पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दर्ता गराएको भन्दै उनै शाहीको जोडबलमा प्रदेश सभा निर्वाचित शाहीलाई कांग्रेसले पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्‍यो, किनकि ललितजंग कारबाही गर्ने ठाउँ कर्णाली प्रदेश कमिटीका सभापति थिए ।

    यसरी गठबन्धन हुँदाहुँदै पनि जनताबाट पराजित भएका शाहीले यो पटक संसद् छिर्ने सजिलो बाटो राष्ट्रिय सभा रोजे । उसो त कर्णालीमा यसअघि अन्य कलस्टरतर्फ माओवादीका मायाप्रसाद शर्मा सांसद थिए । उनको ठाउँमा शाही निर्वाचित भएका हुन् । अझ रोचक पक्ष त के छ भने जसलाई शाहीले कारबाही गरेका थिए, उनै दवेन्द्रबहादुर शाहीले अहिले भने भोट दिएका छन् । आइतबारको मतदानका क्रममा प्रदेश सांसद शाहीले आफुले पराजित गरेका शाहीलाई भोट दिएका हुन् ।

    प्रदेश सांसद शाही प्रदेश सभाको अभिलेखमा अझै पनि स्वतन्त्र उम्मेदवार छन् । उनलाई कांग्रेसले एक वर्षअघि नै कारबाही फुकुवा गरिसक्यो, यद्यपि अहिलेसम्म निर्वाचन आयोगमा अद्यावधिक नहुँदा र प्रदेश सभामा जानकारी नगराउँदा शाही अझै पनि स्वतन्त्र सांसदका रूपमा छन् । बाहिरी रूपमा उनी कांग्रेस भइसकेका छन्, सोही अनुसार उनले राष्ट्रिय सभा भोट ललितजंगलाई नै दिए ।

    राष्ट्रिय सभा निर्वाचित ललितजंगले प्रदेश सभातर्फ २५ भोट पाए, जसमा १० भोट एमालेको हो भने बाँकी १४ कांग्रेस र एक भोट उनै स्वतन्त्र सांसद शाहीको हो । उनी विगतदेखि नै कांग्रेसभित्र इतर पक्ष हुन् ।

    कांग्रेस प्रदेश सभापतिसमेत रहेका शाहीले उम्मेदवार सिफारिसका क्रममा राष्ट्रिय सभाका लागि आफ्नो नाम पनि सिफारिस गर्न लगाएका थिए । कांग्रेसबाट राष्ट्रिय सभा उम्मेदवारका लागि दर्जन बढी नेताहरू अन्य जिल्लाबाट सिफारिस भएका थिए । तर केन्द्रमा पार्टी पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काका विश्वासपात्र रहेका शाहीले नै टिकट पाए ।

    शाहीले यसअघि ०७० सालको दोस्रो संविधान सभा निर्वाचन जितेका थिए । त्यो बेला उनले माओवादीका गजेन्द्र महतलाई पराजित गरेका थिए ।

  • सर्वोच्चको आदेशद्वारा रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    सर्वोच्चको आदेशद्वारा रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ, ११ माघ:
    सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने भएको छ । अदालतले उक्त विवादमा सुनुवाइका लागि यही माघ १५ गतेलाई बोलाएको छ ।

    उक्त पार्टीका संरक्षक चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध यही माघ ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । चौधरीको कसुर र कैदको अभिलेख कायमै हुने उल्लेख गर्दै आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । उहाँले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको थियो ।

  • झापा- ५ मा बालेनबिना घरदैलो : श्रीमतीदेखि सचिवालयसम्म सहभागी हुने

    झापा- ५ मा बालेनबिना घरदैलो : श्रीमतीदेखि सचिवालयसम्म सहभागी हुने

    काठमाडौंँ ११ माघ
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) को टिमले भोलिबाट झापा ५ मा घरदैलो गर्ने भएको छ ।

    बालेन नभए पनि उनको सचिवालय र झापा जिल्लाका रास्वपा नेताहरू घर दैलोमा सहभागी हुनेछन् । सचिवालयका अनुसार बालेनकी श्रीमती सविना काफ्‌लेसहित सचिवालय सदस्य नवीन भण्डारी र रास्वापाका नेताहरू झापा ५ को घरदैलोमा सहभागी हुन्छन् ।

    भोलि बिहान दमक- ९ उराउ बस्तीमा भेला भएर घरदैलो अभियान सुरु हुन लागेको सचिवालय सदस्य भण्डारीले जानकारी दिए । उराउ बस्तीबाट सुरु गरेर पाणिनी स्कुल हुँदै देवसिङ टोल, नौ भाइ चोक, बुद्धचोक हुँदै उराउ बस्ती मै आएर भोलिको घरदैलो समापन हुने उनले बताए । बालेन भने भोलिबाट पश्चिम लाग्दैछन् ।

     

  • स्वास्थ्यमन्त्री डा गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

    स्वास्थ्यमन्त्री डा गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

    काठमाडौँ, माघ ११-
    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाह र प्रणालीगत सुधारलाई प्राथमिकता राखिएको बताउनुभयो । मन्त्रालयले नागरिक केन्द्रित स्वास्थ्य प्रणाली निर्माण गर्ने योजनासहित काम अघि बढाएको उहाँले उल्लेख गर्नुभयो ।

    डा गौतमले गत कात्तिक ९ गते स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो । उहाँले सो अवधिमा जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधार, मानसिक स्वास्थ्य, खरिद तथा आपूर्ति शृङ्खला व्यवस्थापन, औषधि÷प्रयोगशाला सुधार, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य बिमालाई सुधार गर्नेलगायत पक्षलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

    मन्त्री गौतमले स्वास्थ्य बिमालाई सही दिशामा डो¥याउन विभिन्न विज्ञसँग पटकपटक छलफल र अध्ययन गरेको बताउँदै स्वास्थ्य बिमा सुधारमा जोड दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाबाट लाखौँ जनताले सेवा पाएका छन् तर बिमाभित्र थुप्रै समस्या थन्किँदै गइरहेको छ । वित्तीय असन्तुलन, समयमा दाबी भुक्तानी नहुनु, महँगो औषधि दर, दाबी व्यवस्थापनमा कमजोरी, कानुनमा व्यवस्था भएबमोजिम सङ्गठित क्षेत्रलाई बिमामा आवद्ध गराउन नसक्नु, स्वास्थ्य बिमा बोर्डको आन्तरिक क्षमता र व्यवस्थापनलगायत समस्या विद्यमान छन् ।”

    स्वास्थ्यमन्त्री डा गौतमले केही समयअघि स्वास्थ्य बिमा सुधारका लागि राष्ट्रिय कार्यशालाले निक्र्यौल गरेका राय सुझावसम्बन्धी कार्ययोजना तयार पारेको र कार्यान्वयनको लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताउनुभयो । यसैगरी तीन महिनाको अवधिमा जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापनमा सरकारको गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम गठित समितिले दुई हजार ६०९ जनाको विवरण सङ्कलन गरेकामा सम्पर्कमा आएका १८९ जनाको वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

    मन्त्रालयले अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामीको पुनः परीक्षण ९फलोअप० तथा व्यवस्थानका लागि उपत्यका बाहिर ११ र उपत्यकाभित्र पाँच गरी १६ वटा सरकारी अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गरी सेवा प्रवाह गरिरहेको मन्त्री डा गौतमले उल्लेख गर्नुभयो ।

    मन्त्री गौतमले केही महत्वपूर्ण ऐनहरू (स्वास्थ्य बिमा ऐन, स्वास्थ्य सेवा ऐन, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ऐन र स्वास्थ्यकर्मी सुरक्षा ऐन) अध्यादेशमार्फत संशोधन प्रक्रिया अगाडि बढाइएकामा मन्त्रिपरिषद्स्तरसम्म पुगेको जानकारी गराउनुभयो ।

    उहाँका अनुसार वर्षौँदेखि हुन नसकेको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणलाई मूर्तरूप दिन १५ वटा निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वसहमति लिई छ वटा निकाय (स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र अन्तर्गतका कार्यालय, राष्ट्रिय औषधि प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, सिंहदरबार वैद्यखाना) को प्रतिवेदन सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।

    साथै नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न राष्ट्रिय नवजात कार्ययोजना र मातृ तथा पेरिनेटल मृत्यु ९गर्भको २८औँ हप्तादेखि जन्मिएको सात दिनसम्मको अवधिमा हुने नवजात शिशुको मृत्यु० अनुगमन तथा प्रतिक्रिया प्रणाली १२१ वटा अस्पताल र ५२ जिल्लामा विस्तार गरिएको विवरण सार्वजनिक गरिएको छ ।

    यसैगरी मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई सहज परामर्श उपलब्ध गराउन देशभरका सबै सङ्घीय अस्पतालहरूमा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी सेवा सुरु गरिएको छ । औषधिको गुणस्तर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालाको क्षमतालाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन आवश्यक पूर्वाधार विकासको प्रक्रिया अघि बढाइएको छ ।

    वैदेशिक रोजगारमा जाने श्रमिकलाई स्वास्थ्य बिमामा आवद्ध गराउने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वयमा वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि स्वास्थ्य परीक्षण सर्वसुलभ तथा गुणस्तरीय बनाउने, उपत्यका र उपत्यका बाहिरका सङ्घीय अस्पतालबाट टेलिमेडिसन (दूर चिकित्सा) सेवा विस्तार गर्ने विषयमा गृहकार्य भइरहेको मन्त्री डा गौतमले जानकारी दिनुभयो । रासस

  • भोलि सुदूरपश्चिम जाँदै बालेन, अछामदेखि कैलालीसम्म चुनाव प्रचार गर्ने

    भोलि सुदूरपश्चिम जाँदै बालेन, अछामदेखि कैलालीसम्म चुनाव प्रचार गर्ने

    काठमाडौं,माघ ११-
    झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ । चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए । झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ । यद्यपि, उनले त्यहाँ रहँदा चढेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो । एक व्यवसायीले दिएको गाडी बालेनले त्यहीँ नै छोडेर आएका छन् ।

    सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ ।

  • खुला विश्वविद्यालय उद्यमशीलताउन्मुख र नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ- प्रधानमन्त्री कार्की

    खुला विश्वविद्यालय उद्यमशीलताउन्मुख र नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ- प्रधानमन्त्री कार्की

    काठमाडौँ 
    प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा सरिक भएकी छन् ।

    काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक पनि प्रदान गरिएको थियो।

    २०७३ सालमा स्थापित यस खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा थिए । नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले

    खुला विश्वविद्यालयलाई आगामी दिनमा अझै प्रतिस्पर्धी, समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलताउन्मुख, अनुसन्धान तथा नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् ।

    उनले विश्वविद्यालय आन्तरिक रूपमा सबल रहँदै धेरैभन्दा धेरै विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा समाहित गर्न सक्नुपर्ने चुनौतीलाई सामना गर्न सक्षम हुनुपर्ने बताउदै ज्ञानको समयसापेक्ष निर्माण र वितरणका पक्षलाई सँगसँगै महत्त्वका साथ अगाडि लैजान सक्नुपर्ने बताइन् ।

    २०७३ सालमा स्थापना भई २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत विभिन्न विषयमा स्नातक, पीजीडी, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधिसम्मको अध्यापन गराउँदै विश्वविद्यालय अगाडि बढिरहेको छ ।