देवघाट धाममा शतचण्डी महायज्ञ तथा देवघाट महा–महोत्सव आयोजना हुँदै

चितवन, ११ माघः
धार्मिक तथा आध्यात्मिक महत्व बोकेको देवघाट धाममा शतचण्डी महायज्ञ एवं देवघाट महा–महोत्सव आयोजना हुने भएको छ।

आयोजकका अनुसार उक्त महायज्ञ माघ १९गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।

श्री दुर्गा पञ्चायन मन्दिर (श्री राम राम मन्दिर) देवघाट धामको आयोजनामा हुन लागेको यस महायज्ञमा आचार्य श्री शीतल कृष्ण जी महाराज र पूज्य देवी प्रतिभाजीको विशेष प्रवचन, पूजा–पाठ तथा धार्मिक कार्यक्रम रहनेछन्।

महायज्ञको उद्देश्य धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र आध्यात्मिक उन्नयनमा टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रम देवघाट धाम परिसरमै सञ्चालन हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *