Category: शिक्षा

  • अनाधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री देवेन्द्र पौडेल

    अनाधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री देवेन्द्र पौडेल

    काठमाडौं, ३१ जेठ-

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्ततक वितरण गर्नेलाई अविलम्ब कारबाही गर्ने जानकारी दिए ।

    सांसदहरुले धर्म परिवर्तन गराउने कार्यमा संलग्न भएर सरकारले पाठ्युस्तक तयार गरेर वितरण गरेको भन्दै आपत्ति जनाएका थिए । सोही विषयमा जवाफ दिँदै मन्त्री पौडेलले सरकारले स्वीकृति दिएका पाठ्यपुस्तकमा यस्ता कुरा समावेश नभएको दाबी गरे । बरु केही जिल्लामा केही संस्थाले वितरण गरेको पुस्तकमा उक्त विषय समावेश भएको देखिएकाले अविलम्ब यस कार्यमा संलग्नमाथि कारबाही गरिने उनको प्रतिबद्धता छ ।

    ‘स्वीकृत भएका पुस्तकमा केही माननीय सदस्यहरुले उठाएका कुरा पाठ्यक्रममा काहीँ पनि समावेश छैन । हामीलाई जानकारी पनि छैन । हामीले बजारमा बुझ्दाखेरी, तथ्य बुझ्दाखेरी, तराईको कुनै जिल्लामा यस प्रकारका किताबहरु, त्यस प्रकारका संस्थाले अतिरिक्त अध्ययनका लागि वितरण गरेको प्रारम्भिक सूचना आएको छ,’ बैठकमा मन्त्री पौडेलले भने, ‘अनाधिकृत रुपमा त्यस्ता पुस्तक कसले वितरण गरेका छन् । खोजबिन गरेर अविलम्ब कानुनी कारबाही गरिनेछ ।’न्युज कारखाना

  • भरतपुरको एरोटेक स्कुलले एयरहोस्टेस बन्न चाहनेहरुका लागि निःशुल्क सेमिनार गर्दै

    भरतपुरको एरोटेक स्कुलले एयरहोस्टेस बन्न चाहनेहरुका लागि निःशुल्क सेमिनार गर्दै

    हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, जेठ २९ –
    भरतपुरको रिजाल चोकमा अवस्थित एरोटेक इन्टरनेशनल स्कुलले एयरहोस्टेस बन्न चाहनेहरुका लागि निःशुल्क सेमिनार गर्ने भएको छ ।

    एयरहोस्टेस बन्न चाहनेहरुलाई परामर्श दिने उद्देश्यले सेमिनार सञ्चालन गर्न लागिएको एरोटेकका सञ्चालक सुमन भट्टले बताए ।

    उनका अनुसार आगामि असार १ गते अर्थात जुन १५ का दिन १० बजेदेखि ४ बजेसम्म एरोटेक स्कुलमा सेमिनार गर्न लागिएको हो । सेमिनारमा सहभागि हुन चाहनेहरु ढिलोमा ३ बजेसम्म स्कुलमा पुगिसक्नु पर्ने छ ।

    एयरहोस्टेस भनेको के हो ? यो पढ्न विद्यार्थीको छनोट कसरी हुन्छ ? संसारमा एयरहोस्टेसहरुको माग के छ ? एयरहोस्टेसको तलब स्केल के कति हुन्छ ? अन्र्तराष्ट्रिय एयरलाइन्सहरुमा एयरहोस्टेस छनोट प्रक्रिया कस्तो हुन्छ ? त्यसका लागि अन्तर्वार्ता दिने तरिका के हो ? र एयरहोस्टेसमा केके पढाइ हुन्छ ? भन्ने कुराहरुका बारेमा सेमिनारमा जानकारी गराइने भट्टले बताए ।

    भट्टका अनुसार सेमिनारमा सहभागी हुन तथा एयर होस्टस बन्नका लागि जुनसुकै विधाबाट कम्तिममा प्लस टु उत्तीर्ण भएको हुनुपर्छ । १८ वर्ष पुगि ३० वर्ष ननाघेको हुनुपर्छ ।

    ५ फिटभन्दा माथिको उचाइ हुनुपर्छ । यस्तै राम्रो देखिने व्यक्तित्व हुनुपर्छ यसको अर्थ राम्री भन्ने होइन । अनुहार वा हातमा कुनै दाग हुनुहुँदैन । शरीरमा देखिने खालका कुनै पनि ट्याटूहरु हुनु हुँदैन ।

  • मेट्रो एजुकेशन एकेडेमीको सेवा अब भरतपुरबाट

    मेट्रो एजुकेशन एकेडेमीको सेवा अब भरतपुरबाट

    चितवन, २९ जेठ
    बिगत १० बर्षदेखी चितवनको नारायणगढ शहिदचोकबाट सेवा दिदै आइरहेको मेट्रो एजुकेशन एकेडेमीको कार्यालय भरतपुरमा स्थानान्तरण गरिएको छ । चौबिसकोठी नजिक भरतपुर मेडिकल कलेज छिर्ने चोकमा एकेडेमीको आज उद्घाटन गरिएको छ ।

    चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणीराज महतो, इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्याल, एन पि आइका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदी, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित लगायतको उपस्थिती रहेको थियो ।

    मेट्रो एजुकेशन एकेडेमीका प्रबन्ध निर्देशक सुवास गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सन्चारकर्मी रबिन सुवेदीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा प्रबन्ध निर्देशक गौतमले एकेडेमीका सेवा सुविधाबारे प्रष्ट पार्नुभएको थियो ।

  • भोकभोकै विद्यालय जान्छन आमाबाबुविहीन बालबालिका

    भोकभोकै विद्यालय जान्छन आमाबाबुविहीन बालबालिका

    गलेश्वर, जेठ २९ –

    म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ ।

    अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुवाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।

    बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसँग विवाह गरी मञ्जुलाई छाडेर गएपछि मञ्जुको बिचल्ली भएको हो ।

    त्यसैगरी जिल्लाको मालिका गाउँपालिका–७ वाइन्दाफाँटका पुजन फगामीको अवस्था पनि मञ्जुको जस्तै छ । पुजनका बुबा रिम फगामीको विसं २०७८ कात्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसँग बिहे गरेकी र पुजन अहिले साथीहरूको घरमा आश्रय लिइरहेका विद्यालयका शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो ।

    त्यस्तै कक्षा ४ मा अध्ययनरत सृष्टि विक बुवा र आमा दुवैले अर्को विवाह गरेपछि आमाबुवा हुँदाहुँदै पनि असहाय बनेकी छन् । मङ्गला गाउँपालिका पूर्णगाउँका बुवा सुनिल विक र आमा सविता विकले अर्को विवाह गरेर अलग–अलग भएपछि छोरी सृष्टिको बिचल्ली भएको हो ।

    यी तीन बालबालिका विद्यालयको असहाय प्रतिनिधि विद्यार्थीहरू मात्र हुन् । विद्यालयमा अध्ययनरत करिब ७७ विद्यार्थीमध्ये १४ विद्यार्थीको अवस्था अञ्जु, पुजन र सृष्टिको भन्दा फरक नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताउनुभयो । “विद्यालय आफैँ पनि समस्याग्रस्त छ, आन्तरिक स्रोत केही छैन । त्यसमाथि १४–१५ असहाय र अतिविपन्न परिवारका विद्यार्थी छन् । उनीहरू कहिले भोकै विद्यालयमा आउँछन्, सर मिसहरूले खानेकुरा किनेर खुवाउँछौँ, कहिले विद्यालयको दिवाखाजाका भरमा ती विद्यार्थी दिन गुजार्न बाध्य हुन्छन्”, प्रअ पुनले भन्नुभयो, “उनीहरूको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ ।”

    “बुवाको मृत्यु भएका, आमाले अर्कैसँग विवाह गरी गएका साथै आमा र बुवा दुवैको माया नपाएका विद्यार्थीलाई देख्दा कटक्क मन खान्छ”, शिक्षिका घनदेवी घर्तीले भन्नुभयो, “कोही मनकारी व्यक्तिले उनीहरूलाई आश्रय दिए वा पढाइलेखाइको खर्च व्यहोरिदिए उनीहरूको भविष्य बन्ने थियो र सहयोगीलाई पनि ठूलो पुण्य मिल्ने थियो ।”

    विद्यालयमा अध्ययनरत यस्ता असहाय र अतिविपन्न बालबालिकालाई अध्यापनरत शिक्षक–शिक्षिकाले बुवाआमाको जस्तै माया दिएर पढाइरहनुभएको स्थानीयवासीले बताएका छन् । शिक्षक–शिक्षिकाको माया र खाजा खाना पाइने लोभमा यी विद्यार्थी दैनिकरूपमा विद्यालयमा आउँछन् । अझै दुःखको कुरा त के छ भने कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको बरण्डामै सुतेर रात बिताउने गरेको मञ्जु स्वयंले बताउनुभयो । दाजु मजदुरी गर्नुपर्ने कामले कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने र उनी एक्लै हुँदा भोकभोकै बस्नुपर्ने समस्या छ ।

    “विद्यार्थी भोकै हुँदाको दिन विद्यालयका शिक्षक–शिक्षिकाले आफूले खाजा नखाएर भए पनि खाजामा खर्च हुने रकम ती भोका विद्यार्थीलाई खानेकुरा किनेर खुवाउने गर्नुहुन्छ”, विद्यालयका एक अभिभावकले भन्नुभयो, “दुःखी, गरिब र असहायलाई देश–विदेशमा रहेका मनकारी व्यक्तिले सहयोग गरेर त्यस्ता व्यक्तिको उद्धार भएको छ, यहाँका यी असहाय बालबालिकालाई पनि कसैले सहयोग गरिदिए कति धर्म हुँदो हो ।”

    कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिँदा शिक्षक– शिक्षिका थप समस्यामा पर्नुभएको हो ।

    “सधैँभरि शिक्षक–शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन, अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ”, बगरफाँट स्थायी घर भई हाल काठमाडौँ बस्नुहुने वरिष्ठ कृषि वैज्ञानिक डा टीकाबहादुर कार्कीले भन्नुभयो । अहिले तत्काल ती विद्यार्थीको व्यवस्थापनका लागि सहयोगी मन भएका व्यक्तिको खोजी गरेर सहयोग जुटाउने र त्यस्ता विद्यार्थीलाई राख्नका लागि समुदाय र सहयोगी व्यक्तिको पहलमा विद्यालयमा नै छात्रबासको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । यी असहाय विद्यार्थीलाई सहयोग गर्न चाहनुहुने मनकारी व्यक्तिले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्नसक्नुहुने विद्यालयले जनाएको छ । रासस

  • महोत्तरीको एक विद्यालयमा शिक्षक अभावले पठनपाठनमा समस्या

    महोत्तरीको एक विद्यालयमा शिक्षक अभावले पठनपाठनमा समस्या

    विशाल बस्नेत,

    महोत्तरी, २८ जेठ

    बर्दिबासस्थित जनहित नन्दलाल माद्यामिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।

    झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् ।

    एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् ।

    नियमानुसार १ हजार विद्यार्थीलाई पठनपाठन गराउन न्यूनतम २७ जना शिक्षकको आवश्यकता पर्छ । यसरी हेर्दा थप १० जना शिक्षकको अभाव छ ।

    प्राविधिक धारको कक्षासमेत सुरुवात गरेको यस विद्यालयमा झण्डै ११ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

    बर्दिबासमात्र नभई छिमेकी जिल्ला र पालिकाको समेत यो विद्यालयमा आकर्षक बढेको छ । भर्नाको समयमा शिक्षकको अभाव रहेकै कारण धेरै विद्यार्थीलाई भर्ना लिन नसकिएको प्रधानाध्यापक घिमिरेले बताए ।

    बर्दिबास-६ स्थित चौलिखामा रहेको यस विद्यालयमा विद्यार्थी संख्या अधिक बन्दा भवनको समेत अभाव बन्दै गएको छ । विद्यालयको जग्गा भए पनि भवन बनाउन बजेटको अभाव छ ।

    शिक्षकको अभावबारे नगरलाई पनि थाहा छ । तर, पर्याप्त शिक्षक पठाउन सकेको छैन । अघिल्लो वर्ष स्थानीय सरकारले ६२ जना शिक्षक नगरबाट नै नियुक्त गरे पनि अझैँ बर्दिबासका ५२ वटा सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ ।

    जिल्लामा अहिले ३३१ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा १ लाख १९ हजार १ सय २६ विद्यार्थी अध्ययनरत छन् ।

    शिक्षा विकाश समन्वय इकाई महोत्तरीका प्रमुख भरतबाबु सुवेदिका अनुसार जिल्लाभरी ३ हजार ८ सय ४० शिक्षकको आवश्यक छ । तर, जिल्लामा अहिले १ हजार ५ सय २७ शिक्षकमात्र छन् । – न्युज कारखाना

  • योजना पेश गर्न गाउँपालिका कार्यालय मै पुगे दैलेखका बालबालिका

    योजना पेश गर्न गाउँपालिका कार्यालय मै पुगे दैलेखका बालबालिका

    सुर्खेत, २८ जेठ-

    आजको बालबालिका भोलिका देशको मेरुदण्ड । यही कारण बालबालिकालाई भविष्य र देशको मुहार फेर्न सक्ने र देशलाई काँधमा राखेर अघि बढ्ने खम्बा मानिन्छ । दैलेखको गुँरास गाउँपालिका विद्यार्थी बालबालिकाहरूले यो भनाइलाई स्पष्ट पारेका छन् ।

    बिहीबार बालबालिका लक्षित योजनाको फाइल बोकेर जिल्लाको गुराँस गाउँपालिका–५ का प्रेम विक गाउँपालिका कार्यालय पुगेका थिए । बाल सञ्जालको सचिव समेत रहेका उनी गाउँपालिकामा बालबालिका लक्षित योजना पेश गर्न कार्यालयमा पुगेका हुन् । उनले गाउँपालिका कार्यालयमामा योजनाहरू मात्र बुझाएनन्, बाल लक्षित योजनामा बजेट विनियोजन तथा कार्यान्वयन गर्न आग्रह समेत गरे । देउराली बाल सञ्जालकी सचिव दिलकुमारी पुनमगर पनि गाउँपालिका कार्यालयमा बालबालिका लक्षित योजना पेश गर्न पुगेकी थिइन् ।

    प्रेम र दिलकुमारी जस्तै पालिकाका आठै वडाका बालबालिकाले बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा बुझाएका छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि उनीहरूले बालभेलामार्फत बालबालिका लक्षित योजना छनौट गरेको हुन् ।

    स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा बालबालिका केन्द्रित योजना र कार्यक्रमको छनौटमा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उदेश्यले बाल भेला गरी बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा पेश गरिएको हो । सबै वडाका बालबालिका सहभागी भेलाबाट प्राथमिकीकरण भएका योजना बालबालिकाले पालिका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवाकुमारी खड्कालाई बुझाएका छन् ।

    बालबालिका लक्षित योजनामा के के छन् ?
    किशोरीलाई सेनेटरी प्याड निर्माण तालिम, सबै विद्यालय घेराबार, बालमैत्री वडा घोषणा, बाल क्लबको क्षमता विकास र जीवनउपयोगी सीप, बालविवाह, छाउपडी लगायतका प्रथा न्यूनीकरणसहित १० वटा योजना बालबालिकाले प्राथमिकतामा राखेका छन ।

    यस्तै, माध्यामिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, सेनेटरी प्याड व्यवस्थापनसहितको शौचालय, बहुअपाङ्गता भएका बालबालिकालाई घरमै सिकाई सहयोग, विद्यालयमा किशोरकिशोरी सूचना केन्द्र स्थापनालाई बालबालिकाले मुख्य प्राथमिकता दिएका छन् ।

    योजना पेश गरेका बालबालिकाले नवनिर्वाचित जनप्रतिनीधिहरूसँग विद्यालयमा भएका समस्याहरू सुनाए । विषयगत र गुणस्तरिय शिक्षकको व्यवस्थापन तथा खानेपानी र शौचालय निर्माण गरिदिन बालबालिकाले आग्रह समेत गरे ।

    बाल भेलाले छनौट गरेको योजनालाई प्राथमिकतामा राखेर पूरा गर्ने गुँरास गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए । गाउँपालिका उपाध्यक्ष शिवा खड्काले स्थानीय तहको योजना तर्जुमामार्फत बालबालिकाका समस्या पहिचान, समाधान र बालअधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइन् ।न्युज कारखाना

     

  • एक महिनापछि मुगुमा पाठ्यपुस्तक पुग्यो

    एक महिनापछि मुगुमा पाठ्यपुस्तक पुग्यो

    मुगु, २८ जेठ

    हिमाली जिल्ला मुगुमा करिब एक महिनापछि पाठ्यपुस्तक पुगेको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई विभिन्न तवरबाट ताकेता गरेको र भण्डारले पनि सोही निर्देशनलाई आत्मसाथ गर्दे प्रादेशिक कार्यालय सुर्खेतलाई ताकेता गर्दा बल्ल मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुगेको हो । शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लागि सक्दा पनि जिल्लामा पुस्तक पुग्न सकेको थिएन । १ जेठदेखि विद्यालय प्रारम्भ गरिए पनि पाठयपुस्तक अभावमा पठनपाठन प्रभावित भएको थियो ।

    छाँयानाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक पसलले शुक्रबार एक ट्रक पुस्तक गमगढीमा पुर्‍याएको छ । जयलक्ष्मीले प्रादेशिक्ष्क कार्यालय सुर्खेतबाट पाठ्यपुस्तक डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो । जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गर्ने जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर जयलक्ष्मी भामले बताए ।

    गमगढी बजारमा नयाँ पुस्तक पुगेपछि नगरपालिकाका शिक्षकदेखि विद्यार्थी हर्षित भएका छन् । पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

    जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयले जनाएको छ ।- न्युज कारखाना

     

  • तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चौबिसकोठीमा एयर होस्टेसहरुको दीप प्रज्वलन (भिडियोसहित)

    तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चौबिसकोठीमा एयर होस्टेसहरुको दीप प्रज्वलन (भिडियोसहित)

    चितवन, जेठ २७
    मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा भरतपुरको चौबिसकोठीमा एयर होस्टेस र एयर होस्टेसका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका छन् ।

    आज शुक्रबार साँझ एजुर एभिएशन एकेडमी र कम्पास एभिएशनमा अध्ययनरत एयरहोस्टेसका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । विमान दुर्घटना भएको १३ दिनका दिन मृतकको सम्झानामा दीप प्रज्वलन गर्दै समवेदना प्रकट गरिएको हो ।

    जेठ १५ गते आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार सबै २२ जनाकै मृत्यु भएको थियो ।

    दीप प्रज्वलन कार्यक्रममा भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनाल, एभिएशनका शिक्षकशिक्षिका, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • भरतपुरको अर्बिट स्कुलमा विद्यार्थी नेतृत्वका लागि निर्वाचन, जनप्रतिनिधिको निर्वाचनकै झल्को

    भरतपुरको अर्बिट स्कुलमा विद्यार्थी नेतृत्वका लागि निर्वाचन, जनप्रतिनिधिको निर्वाचनकै झल्को

    – बिनय आचार्य
    चितवन, जेठ २७ –
    निर्वाचन गरेर अर्बिट स्कुलमा विद्यार्थी नेतृत्व चयन गरिएको छ ।

    आज शुक्रबार भएको विद्यार्थीहरुको निर्वाचनले स्कुल क्याप्टेनमा मिशन न्यौपाने र भाइस क्याप्टेनमा दिलिपकुमार शाह चयन भएका छन् । भरतपुर ५ विकास चोकमा रहेको अर्बिट स्कुलमै निर्वाचन गरिएको थियो ।

    स्कुलका इन्चार्ज नारायण गौतमले विद्यार्थीहरुलाई प्रजातान्त्रिक अभ्यास गराउने उद्देश्यले निर्वाचनमार्फत नेतृत्व चयन गरिएको बताए । सहमति नभएर निर्वाचन गरिएको नभई उनले विद्यार्थीहरुलाई सिकाउनका लागि निर्वाचन गरिएको बताए ।
    निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्मका ३५८ जना विद्यार्थीहरुले मतदान गरेका थिए । १२ कक्षासम्म पढाइ हुने अर्बिटमा ११ र १२ को अहिले परीक्षा भइरहेकाले निर्वाचनमा सहभागी नगराइएको प्रिन्सिपल गौतमले बताए ।

    अर्बिटमा आज भएको निर्वाचनले साँच्चै जनप्रतिनिधिको निर्वाचनकै झल्को दिएको थियो । निर्वाचनमा अर्बिट कलेजका स्काउटका विद्यार्थीहरुले स्वयमसेवकको भूमिका निभाएका थिए भने विद्यार्थीहरुलाई नै म्यादी प्रहरी घोषणा गरी प्रहरी झैं खटाइएको थियो भने शिक्षकशिक्षिकाबाट पर्यवेक्षकसहित निर्वाचन अधिकृत पनि तोकिएको थियो ।

  • नारायणगढमा एडुल्याण्ड एजुकेशन कन्सलटेन्सी सञ्चालन, पञ्चकन्याले गरे उद्घाटन

    नारायणगढमा एडुल्याण्ड एजुकेशन कन्सलटेन्सी सञ्चालन, पञ्चकन्याले गरे उद्घाटन

    चितवन, जेठ २७ –
    एक दशकदेखि शिक्षा क्षेत्रमा क्रियाशिल युवाहरूले शहीद चोक, नारायणगढमा एडुल्याण्ड एजुकेसन कन्सलटेन्सी खोलेका छन् ।

    अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी एडुल्याण्डको सुरुवात गरिएको स्कटल्याण्डबाट व्यवस्थापान विषयमा मास्टर्स गरेका कार्यकारी निर्देशक नारायण सापकोटाले बताए ।

    पञ्चकन्याबाट समुद्घाटन गरिएको सो समारोहमा एडुल्याण्डका निर्देशकहरु सुरेश बराल, रबि खरेल, केशव अधिकारीले उक्त शैक्षिक संस्थाको योजना र उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

    आइएलटिएस, पिटिई, अङ्ग्रेजी अनि जर्मन भाषाको समेत पढाई हुने एडुल्याण्ड कन्सल्टेन्सी चितवन, नवलपरासीका विभिन्न कलेजहरुमा ब्याचलर तथा मास्टर्स अध्यापन गराइरहेका व्यक्तिहरुद्वारा संचालित शैक्षिक संस्था हो ।