Category: शिक्षा

  • परीक्षा नियन्त्रण कार्यालयको सम्पूर्ण सेवा वैशाख २८ र २९ गते बन्द हुने

    परीक्षा नियन्त्रण कार्यालयको सम्पूर्ण सेवा वैशाख २८ र २९ गते बन्द हुने

    काठमाडौं, २७ वैशाख-

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।

    कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ ।

    ‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ,’ कार्यालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।- न्युज कारखाना

     

  • हावाहुरीले स्कुलको छानो उडायो

    हावाहुरीले स्कुलको छानो उडायो

    बैतडी, २२ वैशाख-

    बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । बर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो ।

    अहिले बिद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाकाे पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताए ।

    उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।- न्युज कारखाना

  • ‘गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’

    ‘गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’

    काठमाडौं, १७ वैशाख-

    काठमाडौं वल्र्ड स्कुलले प्रोग्रेशिप (गुणस्तरीय) शिक्षाका लागि विदेश जान नपर्ने जनाएको छ । गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान नपर्ने र विदेश गएका नेपालीलाई समेत स्वदेश फर्काउन सफल भएको स्कुलको दाबी छ ।

    स्कुलका प्रिन्सिपल केशर खुलालले १२ सय विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिन काठमाडौं वल्र्ड स्कुल सक्षम भएको बताए । शनिवार आयोजित अन्तरक्रियामा प्रिन्सिपल खुलालले १ देखि ९ कक्षासम्म मासिक ४३ हजार सात सयदेखि ४८ हजारसम्ममा आवासिय शिक्षा दिइरहेको बताए ।

    भक्तपुर उद्योग वाणिज्य संघ र स्कुलको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थीहरू विदेश जान नपर्ने बताए । काठमाडौं वल्र्ड स्कुलको भौतिक र शैक्षिक वातावरण देख्दा अमेरिकी स्कूलभन्दा पनि राम्रो र गुणस्तरीय देखेको उनले बताए ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा रहेको सो स्कूल चौधरी ग्रुपले सञ्चालनमा ल्याएको हो । देशकै नमूना विद्यालयको रुपमा स्थापना गरेको दाबी गर्दै सो विद्यालय देशका सात वटै प्रदेशमा फैलाउने तयारी रहेको आयोजक स्कूल व्यवस्थापन समितिका अध्यक्ष र्इन्जिनियर डाक्टर मिथिलेस झाले बताए । सरकार शिक्षा र स्वास्थ्यको जिम्मेवारीबाट पन्छिदै गएको बताउँदै उनले शिक्षामा लगानी बढाउन आग्रह गरे ।- न्युज कारखाना

  • एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : मन्त्री देवेन्द्र पौडेल

    एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : मन्त्री देवेन्द्र पौडेल

    चितवन, १४ वैशाख-
    शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा( एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।” देशैभर एसइई शान्त रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।(रासस)

  • एसईई परीक्षामा चरम लापरबाही : चिट र मोवाइलको प्रयोग गर्ने तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थीलाई कारबाही

    एसईई परीक्षामा चरम लापरबाही : चिट र मोवाइलको प्रयोग गर्ने तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थीलाई कारबाही

    सिरहा, ११ वैशाख –

    सिरहामा सञ्चालित एसईई अन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ । परीक्षामा चिट, फ्ल्याप र मोवाइल प्रयोगगरी परीक्षा अमर्यादीत गरेकाले उनीहरुलाई निस्काशन गरिएको हो ।

    सञ्चारकर्मी सहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्काशन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए । परीक्षालाई मर्यादा विपरीत कार्यगरेको भन्दै बस्तिपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।

    जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले  मोवाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरुलाई आजको परीक्षाबाट निस्काशन गरेको जनाए । परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनैवटै विद्यालका केन्द्राअध्यक्षहरु भोलिबाट परीवर्तन गरिने समेत कवाडीले जानकारी दिए । उनीहरुलाई आजको परीक्षाबाट मात्र निस्काशन गरिएको हो ।

    यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरुले नै चिट पुर्याउने कार्य गरेर परीक्षालाई अमर्यादिन बनाएको आरोप लगाए । उनले भने, ‘एक जना प्रहरीबाट हामीले चि६ खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चि६ बुझायौं, तर त्यसको केहीवेरमै फेरी चिट कक्षाकोठामा पुग्यो।’ उनले हामीले परीक्षा मर्यादित बनाउन खोज्दा खोज्दै पनि सुरक्षाकर्मीकै असहयोगले यस्तो भएको हो ।

    वस्तिपुर मा।वि परीक्षा केन्द्रमा देव आईडल आवासिय विद्यालय लहान, लिटिलस्टार आवासिय विद्यालय, न्यू मनकामना आवासिय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी मा।वि।का विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

    त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिठ बनेको पाईएको छ। यस परीक्षा केन्द्रबाट परीक्षा सुरुभएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्वन्धमा छानविन गरिने सम्वन्धित निकायले जनाएको छ ।

    यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मा।वि।, नमुना प्राविधिक मा।वि। गोलबजार, जेम्स अंग्रेजी वोर्डिङ स्कूल।, शुभ श्री आवासीय मा।वि र आईजेभीएम आवासीय मा।वि।को परीक्षा केन्द्र रहेको छ ।

    शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निस्कासन भएको र केन्द्राध्याक्ष परीवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाएको छ । यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।न्युज कारखाना

    Avatar

    Avatar

    Avatar

  • बाजुराबाट तीन हजार दुई सयले एसईई दिँदै, परीक्षाको तयारी पूरा

    बाजुराबाट तीन हजार दुई सयले एसईई दिँदै, परीक्षाको तयारी पूरा

    बाजुरा, ६ वैशाख-

    आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् ।

    कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हँुदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

    बोर्डले तयार पारेको प्रश्न पत्रको आधारमा बाजुरामा १५ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ  । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालय प्रमुख हर्कबहादुर सिंहले जानकारी दिए ।

    नियमिततर्फ तीन हजार एक सय ८८ र ग्रेड वृद्धितर्फ ७८ विद्यार्थी सहभागी हुने कार्यालय प्रमुख सिंहको भनाइ छ । बाजुराबाट सहभागी हुने परिक्षार्थीमध्ये एक हजार ६ सय ३३ छात्र र एक हजार पाँच सय ५५ छात्रा छन् । १५ जनालाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ ।- न्युज कारखाना

  • मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा खुल्यो भरतपुरको लायन्स चोकमा

    मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा खुल्यो भरतपुरको लायन्स चोकमा

    बिनय आचार्य

    चितवन, बैशाख ४ –
    मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा भरतपुरको लायन्स चोकस्थिति चरण टावरमा खुलेको छ ।

    आज आइतबार सफल युवा व्यवसायी निर्देश सेढाईले उक्त शाखाको उद्घाटन गरे ।

    अस्ट्रेलियामा मुख्य कार्यालय रहेको मेन्टर एजुकेशनको नेपालका लागि भरतपुरमा पहिलो शाखा खुलेको शाखाका ब्रान्च म्यानेजर कुमार वाग्लेले जानकारी दिए ।

    मेन्टर एजुकेशनले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि भाषा कक्षा सञ्चालन गर्ने तथा भिसा एप्लाई गर्ने वाग्लले बताए ।

    शाखाको प्रबन्ध निर्देशकमा निश्चल पराजुली रहेका छन,् भने विमल रिजाल र सरोज कँडेल निर्देशक रहेका छन् ।

  • आकारुई एजुकेशन एण्ड कन्सल्टेन्सीबाट जापान जान लागेका १०० जनाको बिदाई

    आकारुई एजुकेशन एण्ड कन्सल्टेन्सीबाट जापान जान लागेका १०० जनाको बिदाई

    चितवन, बैशाख २ –
    आकारुई एजुकेशन एण्ड कन्सल्टेन्सी भरतपुरमार्फत जापान जान लागेका १०० जनाको आज कन्सल्टेन्सीले बिदाई गरेको छ ।

    कन्सल्टेन्सीमा भाषा कक्षा लिएर अध्ययनका लागि जापान जाने तयारीमा रहेकाहरुको बिदाई गरिएको हो ।

    भरतपुरको होटल सिजिआरमा आयोजित बिदाई कार्यक्रममा विद्यार्थीहरुले नाचगान गर्दै खुसीयाली मनाएका थिए ।

    कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रज्वल पौडेलले सिओई आएर बसेका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान गर्नका लागि बिदाई तथा शुभकामना कार्यक्रम गरिएको बताए ।

  • विद्यालय जान दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता

    विद्यालय जान दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता

    गलेश्वर, २ वैशाख-
    म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन् ।

    झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरुलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन् । पहिरो, जङ्गल र खोला भएको अप्ठ्यारो र भिरालो बाटो हुँदै दैनिक विद्यालय आउजाउ गर्ने ठाँटी र मूलपानीका १७ बालबालिका गाउँमा प्राथमिक तहसम्मको विद्यालय नहुँदा यस्तो समस्या भोग्न बाध्य छन् ।

    सडक सञ्जालले नछोएको ठाटी र मूलपानीकी सजिना शेरपुञ्जा र रजिना शेरपुञ्जा मूलपानी बालविकास केन्द्र पढ्न जाने गरेका छन् । उनीहरु जस्तै गाउँका २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका रायखोरका विकास पुर्जाले बताउनुभयो । टाढा भएकाले विद्यार्थी नियमित विद्यालय नआउने गरेको उहाँले बताउनुभयो ।

    कक्षा १–५ रायखोर र कक्षा ६–१० का लागि विद्यार्थी पढ्न पाखापानी र छिमेकी कुइनेमङ्गलेको रितुङ मावि जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन् । “विद्यालय पुग्न दुई घण्टा लाग्छ, बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्”, पुर्जाले भन्नुभयो । उहाँले गाउँबाट विद्यालयसम्म पुग्ने पैदलमार्गमा चार ठाउँमा पहिरो जाने भएकाले असारदेखि भदौसम्म विद्यार्थीलाई सकस हुने गरेको बताउनुभयो ।

    “दैनिक चारघण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ”, अभिभावक इन्द्रा पुनले भन्नुभयो । भिरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ । “बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ”, उहाँले भन्नुभयो ।

    मूलपानीमा प्राथमिक तहको विद्यालयका लागि पहल भइरहेको तर विद्यार्थी सङ्ख्या थोरै भएकाले मापदण्ड पूरा गर्न नसक्दा समस्या भएको वडासदस्य लिलाबहादुर पुनले बताउनुभयो । “मूलपानीमा प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

    रघुगङ्गा–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको बताउनुभयो । मूलपानीमै कक्षा १ सम्म पठनपाठनको व्यवस्था मिलाउन लागिएको उहाँ बताउनुहुन्छ । बस्तीसम्म सडक खने राहत हुने शेरपुञ्जाले बताउनुभयो ।
    (रासस)

  • ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    राेम, १ वैशाख-

    पढ्नका लागि उमेरको कुनै हद हुँदैन् । इटालिकी एक ९० वर्षीया बृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।

    अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।

    मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले मिडिल स्कूल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले पूरा गर्छन् ।

    ‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनैबेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, मुर्गियाले भनिन् ।

    ‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरें । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्गियाले थपिन ।- एजेन्सी