Category: शिक्षा

  • काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम

    काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम

    काठमाडौं, १४ असार-

    काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

    विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई यसवर्षबाट स्नातकोत्तर तहमा विस्तार गरिएको हो ।

    काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताए ।

    आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा सञ्चालित एक पृथक कार्यक्रम भएको उनले जनाए ।

    स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताए ।

    यस दुई बर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरुबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् ।

    तर, प्रथम बर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।-न्युज कारखाना

     

  • पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने, डेढ करोड बजेट

    पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने, डेढ करोड बजेट

    पोखरा, १४ असार

    पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।

    यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।

    नगरभित्र रहेका सबै सामुदायिक विद्यायलका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ । बालविकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बालविकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ । शिक्षिकाहरू प्रसूति विदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।न्युज कारखाना

  • ‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

    ‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

    ताप्लेजुङ,असार १३-

    ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए ।

    गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिइन् । उनले भनिन्, “एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक रु २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।” सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

    पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अति विपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्‍याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

     

  • तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन योगेश भट्टराईको माग

    तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन योगेश भट्टराईको माग

    काठमाडौं, १२ असार-

    एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गरेका हुन् ।

    काठमाडौंकै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उनले यसबाट अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताए ।

    संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्‍याउनु प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए ।

    पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय नजाने र अध्यापनमा समस्या भएको भन्दै उनले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरे ।-न्युज कारखाना

  • एमवीवीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

    एमवीवीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

    दार्चुला,असार ११-
    मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमवीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो ।

    गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमवीबीएसमा छात्रवृत्ति उपलब्ध गराइने छ ।

    गाउँपालिकाले स्तरोन्नति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

    एमवीवीएस र बिई पढ्न ५० प्रतिशत खर्च व्यहोर्ने

    दुहु गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्रवेशिका परीक्षामा नाम निकाल्ने एक÷एक विद्यार्थीलाई एमवीवीएस र बिई अध्ययनका लागि ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ ।

    गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई मापदण्ड बनाएर एमवीवीएस र बिई अध्ययनमा खर्च उपलब्ध गराउने भएको हो । एक÷एक विद्यार्थीको अध्ययनका लागि आधा रकम गाउँपालिकाले उपलब्ध गराउने गरी नीति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर बडालले बताए ।

    गाउँपालिकाले विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका हरेक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने भएको हो । विद्यालयले विभिन्न शुल्कका नाममा विद्यार्थीबाट पैसा उठाउने गरेको भन्दै गाउँपालिकाले विद्यार्थीबाट लिइने शुल्क कटौती गर्ने भएको हो । आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष बडालले शुल्क पूर्ण रुपमा बन्द गरिएको उल्लेख गरे ।

    पालिकाभित्रका सामुदायिक विद्यालयको आवश्यकता र सम्भाव्यताका आधारमा भौतिक पूर्वाधार निर्माणको काम गरिने उल्लेख गरिएको छ । पालिकाभित्र एक वडा एक नमूना विद्यालय कार्यक्रम अघि बढाइने भएको छ । युवाको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकास्तरीय सुविधा सम्पन्न रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।

    गाउँपालिकाबाट तलबभत्ता उपलब्ध गराउने गरी राखिएका शिक्षकको दरबन्दी पुनः निर्धारण गरिनेछ । पालिका भरीका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान तथा शिक्षकलाई पुर्नताजगी तालिम दिइने छ ।

    कक्षा ४ देखि ७ र ९ को परीक्षा पालिकास्तरीय गरी प्रश्नपत्र तथा उत्तरपुस्तिका जाँचसम्बन्धी सम्पूर्ण काम पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत गरिनेछ । विद्यार्थीको सङ्ख्या हेरी मापदण्डअनुसार विद्यालय मर्जको नीति अवलम्बन गर्दै आयोगका तयारी कक्षा सञ्चालन गरिनेछ । विद्यालय कर्मचारी सामुदायिक सिकाइ केन्द्रका कर्मचारी र बाल विकास सहजकर्ताहरुको तलब मासिक रु दुई हजारले बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

  • अर्बिट स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला सम्पन्न, ओम शान्ती स्कुलकी अनुश्का बनिन् प्रथम

    अर्बिट स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला सम्पन्न, ओम शान्ती स्कुलकी अनुश्का बनिन् प्रथम

    चितवन, असार ११
    भरतपुरको अर्बिट स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    शनिबार सम्पन्न ‘कृषकहरुको योगदानमा विद्यार्थीको भूमिका’ विषायक वक्तृत्वकला कार्यक्रममा ओम शान्ती स्कुलकी अनुश्का मोहन क्षेत्री प्रथम भएकी छिन् । उनले ५ हजार नगद, प्रमाण पत्र र ट्रफी पाइन् ।

    यसैगरी द्धित्तीय हुनेमा स्टेप बाई स्टेप बोर्डिङ्ग स्कुलकी दिवा तिमिल्सना र तृतीय हुनेमा लोेटस स्कुलकी प्रार्थना शर्मा रहेकी छिन् । वक्तृत्वकलामा द्धित्तीय हुनेलाई ३ हजार नगद, प्रमाण पत्र र ट्रफी, तृतीय हुनेलाई २ हजार नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।
    जुरि विशेष पुरस्कार वाल्मिकी शिक्षा सदनकी आयुषा ढकाल र ग्रिनल्याण्ड पब्लिक स्कुलकी विदुशी कार्की रहेकी छिन् ।

     

  • कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

    कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

    काठमाडौं असार ९-
    कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए ।

    उनले कक्षा ८, १० र १२ को बोर्ड परीक्षा गर्न प्रश्न बैंक निर्माण र शिक्षकलाई तालिमका लागि कार्ययोजना तयार गरिएको जानकारी दिए । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले कक्षा ११ र १२ को शिक्षा तुलनात्मकरुपमा गुणस्तरीय, सुलभ र विश्वसनीय भएको जनाउँदै विदेशमा पुँजी पलायन गराउनुभन्दा स्वदेशमै पढाउन अभिभावकलाई आग्रह गरे ।

    शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थीलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा दिनुपर्ने र यसका लागि शिक्षकलाई तयारी गर्नुपर्नेमा जोड दिए । प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी र ऐन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको योगदानलाई राज्यले कदर गर्नुपर्ने बताए ।

    नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आर्थिकरूपमा सक्षम र विपन्न सबै अभिभावकलाई सहज हुनेगरी आधुनिक प्रविधिलाई समेटेर शिक्षा दिइए विद्यार्थी विदेशमा जान आवश्यक नपर्ने बताए ।

     

  • एसईईका विद्यार्थीका लागि काठमाडौं वर्ल्ड स्कुलमा ओपन हाउस हुने

    एसईईका विद्यार्थीका लागि काठमाडौं वर्ल्ड स्कुलमा ओपन हाउस हुने

    भक्तपुर, ९ असार-

    एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछिको दिशानिर्देश तथा मनोरञ्जन गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलकी मार्केटिङ एण्ड एडमिसन चिफ आरती आचार्यले बताइन् ।

    कार्यक्रम शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म स्कुल परिसरमा हुनेछ । कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थी सहभागी हुने आशा गरिएको छ ।

    कार्यक्रममा सहभागिताका लागि निःशुल्क बसकोसमेत व्यवस्था मिलाइएको छ । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे पुगेर स्कुलको बसमा चढेर निःशुल्क रूपमा आउनसक्ने व्यवस्था मिलाइएको छ ।

    भक्तपुरको सवालमा भने दिनभरि नै प्रत्येक आधा-आधा घण्टाको फरकमा पाण्डुबजारबाट स्कुलको गाडी चढेर आउनसक्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ ।

    कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने जनाइएको छ ।

    कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारीसहित मनोरञ्जनको कार्यक्रम तय गरिएको छ । कार्यक्रमको क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन (डिजिटल आर्ट, थ्रिडी आर्ट एण्ड पेन्टिंग) हुने जनाइएको छ । साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर हुने जनाइएको छ । यस क्रममा फ्रि स्टलहरू पनि हुने जनाइएको छ ।-न्युज कारखाना

  • शिक्षा बाँड्दाबाँड्दै अस्ताएकी शोभा प्रधान

    शिक्षा बाँड्दाबाँड्दै अस्ताएकी शोभा प्रधान

    भक्तपुर, ९ असार-

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमा विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू प्राणघातक रोगबाट पीडित भए पनि शिक्षा क्षेत्रमा योगदान गर्न भने कहिल्यै आनाकानी र इन्कार गरिनन् । बरु शिक्षा र स्वास्थ्यमा दत्तचित्त भएर खटिन् ।

    यसरी खट्दा खट्दै बुधबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा ६२ वर्षको उमेरमा शोभाको निधन भएको भयो । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाले ११ मंसिर २०४१ मा नारायणमान बिजुक्छेंसँग विवाह गरेकी थिइन् । विवाह अघिदेखि नै उनी शिक्षण पेसामा आवद्ध भएकी थिइन् ।

    २० भदौ २०३५ रामेछाप ठेसोस्थित शारदा माविमा प्रावि तह अस्थायी शिक्षिका भएर अध्यापन थालेकी उनी १९ फागुन २०४० मा भक्तपुरको च्याम्हासिंहस्थ्ति बागीश्वरी माविमा सरुवा भएर शिक्षाको ज्योति बाँड्ने काम गरिन् । उनी २ पुस २०६८ प्रावि तह द्वितीय श्रेणीमा वढुुवा भइन् ।

    निरन्तर शिक्षण पेशामा रहेकी उनी १३ पुस २०७७ मा उमेरहदका कारण अनिवार्य अवकास पाए पनि शिक्षाको क्षेत्रमा भने क्रियाशील रहिरहिन् । जीवनको ४२ वर्ष लामो समय शिक्षिका भएर बिताएकी उनी अवकाश पाएपछि पनि शिक्षाकै क्षेत्रमा क्रियाशील भइन् ।

    क्यान्सरसँग लड्दै र शिक्षाको क्षेत्रमा क्रियाशील रहेकी बागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्यको भूमिकाबाट बालबालिकाको शिक्षामा योगदान गरिरहिन् ।

    बिदामा समेत नबसी अध्यापनमा शोभा खटिने गरेको उनका सहकर्मी ज्ञानसागर प्रजापति सम्झन्छन् । शोभाकै कारण विद्यालयमा क्यान्सर पीडितहरुको लागि उपचार गर्न १० लाखको अक्षय कोष स्थापना गरिएको प्रजापतिले बताए ।

    ‘उहाँंले (शोभा) सेवानिवृत्त भएपछि पाउनुभएको दुई लाख रुपैयाँं क्यान्सर पीडित स्कुल परिवारको उपचारका लागि भनि कोष स्थापना गरी पैसा जम्मा गरिदिनुभयो,’ प्रजापतिले भने, ‘उहाँंकै उत्प्रेरणाबाट मैले पनि एक लाख राखेँ, अर्का शिक्षक रामप्रसाद सुवालले एक लाख राख्नुभयो, फेरि अर्की शिक्षिका शोभना शाक्यले ५० हजार राख्नुभयो । यसरी चार लाख ५० हजार जम्मा भयो र पाँंच लाख ५० हजार स्कुलले थपेर १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरौँ ।’-न्युज कारखाना

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयलको दोस्रो दीक्षान्त समारोहमा ३७ लाख खर्च

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयलको दोस्रो दीक्षान्त समारोहमा ३७ लाख खर्च

    काठमाडौं,असार ९-
    मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ ।

    विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिए ।

    यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी थिए । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।