Category: शिक्षा

  • सप्तगण्डकीका प्राध्यापकमाथि हातपात प्रकरण : विद्यार्थीहरुले जलाए क्याम्पस प्रमुखको कुर्सी

    सप्तगण्डकीका प्राध्यापकमाथि हातपात प्रकरण : विद्यार्थीहरुले जलाए क्याम्पस प्रमुखको कुर्सी

    चितवन,असार १९ –
    सप्तगण्डकी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन् । क्याम्पसका सहायक प्राध्यापकमाथि भएको दुव्र्यवहारको विरोधमा विद्यार्थीहरुले कुर्सी जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

    प्राध्यापकलाई आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आज बिहान आगो लगाएका हुन् । कार्यकक्षबाट बाहिर ल्याई कुर्सीमा आगजनी गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । भीड नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको थियो । विद्यार्थीहरुले क्याम्पस प्रमुख मणिराज महतोको राजीनामा समेत माग गरेका छन् ।

    युवा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरेले क्याम्पसका प्राध्यापकमाथि हातपात एवं दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

  • नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

    नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

    काठमाडौं,असार १९-
    वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।

    नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुने क्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले जनाएको छ ।

    इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।

    भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ । यो खबर आजको गाेरखापत्रदैनिकमा प्रकाशित छ ।

     

  • गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू

    गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू

    काठमाडौँ, असार १८-
    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    जिपी कोइराला मेमोरियल कलेजले स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा उहाँले आदर्शका प्रतिक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको हो ।

    “विभिन्न नेताहरुको नाममा विश्वविद्यालय स्थापना भएका छन्, शान्ति प्रक्रियाका नायक गिरिजाबाबुको नाममा पनि जिपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्छ”, मन्त्री बडूले भन्नुभयो, “जिपी कोइराला विश्वविद्यालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छ ।”

    सोही अवसरमा ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना गरी सोही कोषबाट गिरिजाप्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको थियो । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधाका पुरस्कार प्रदान गरिएको थियो ।

  • विश्विद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट बनाउने तालिम सम्पन्न

    विश्विद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट बनाउने तालिम सम्पन्न

    काठमाडौं, १७ असार-
    नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट निर्माण सम्बन्धि सफ्टवेयरको तालिम शुक्रबार सम्पन्न भयो । पाँचदिने सो कार्यक्रम यही असार १३ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको थियो ।

    पाँच दिनको सो तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोगको क्षमतावृद्धी कार्यक्रम अन्तर्गत तालिम तथा विकास शीर्षक अन्तर्गत भएको हो । ३२ जना सहभागी रहेको यस तालिममा सिभील, सिभील एण्ड रुरल, कम्प्यूटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विधाका शिक्षक तथा नेपाल इन्जिनियरिङ कलजको रोबोटिक्स क्लबका केही विद्यार्थीको सहभागिता रहेको थियो ।

    समापनमा मेकानिकल इन्जिनियर उपप्राध्यापक विभु शर्माले सोलिडवर्क्स नामक सफ्टवेयरमा रोबोटिक्स आर्म (रोबोटको हात ) निर्माण गरी चलाउन सिकाएर यस कार्यक्रमको उद्देश्य पूरा भएको जानकारी गराए । कार्यक्रमका प्रमुख प्रशिक्षक उप प्राध्यापक निश्वान ढकालले यो कार्यक्रम एउटा सहजीकरणको माध्यम मात्र भएको र यसमा निपुणता ल्याउन निरन्तरको प्रयास चाहिने कुरा व्यक्त गरे । कार्यक्रमका सहभागी सुवर्ण खड्काले यस कार्यक्रमले रोबोटिक्सको क्षेत्रमा नयाँ आयामले लाग्ने प्रेरणा मिलेको बताए ।

    कार्यक्रमा प्रशिक्षक डा. अरुण सत्यालले रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्नको लागि सोलिड वर्क्स भन्ने सफ्ट्वेयर सहायक देखिएको बताए । मेसिन संयन्त्रहरुको डिजाइन र अनुकरण गर्न सो सफ्ट्वेयर हामीले चलाइआएका सफ्टवेयरहरु भन्दा सहज रहेको र सोहीलाई तालिमको मुख्य केन्द्रबिन्दु राखिएको उनको भनाइ रहेको छ । सहभागी उप प्रा. विजय श्रेष्ठले यस्ता कार्यक्रमहरु भइराखे अन्तर विभागीय अनुसन्धानहरु गर्न पनि बाटो खुल्दै जाने विचार व्यक्त गरे । शैक्षिक उत्थानका लागि नेपाल इन्जिनियरिङ कलेजको यी गतिविधिहरु उत्साहवर्द्धक रहेका छन् । – न्युज कारखाना

  • काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

    काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

    काठमाडौं ,असार १७-
    काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ आज एक कार्यक्रमको आयोजना गरी एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल र प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गानाले सातै प्रदेशको शैक्षिक क्षेत्र सुधारका लागि सो पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सो कार्यक्रममा डिन डा.लुइँटेलले मुलुकमा शिक्षा विषय अध्ययन गर्ने जनशक्ति कम हुँदै जाँदा शैक्षिक क्षेत्रमा लाग्ने विभिन्न विषयगत शिक्षक अभाव हुँदै गइरहेको गुनासो गरी हालका पिँढीमा नेपाल बस्नेप्रति रहेको नकारात्मक धारणा परिवर्तन गर्न जरुरी रहेको औँल्याए । उनले भने, “सरकारले शिक्षामा नवीन कार्यको सुरुआत गर्न नसक्दा र निजी शैक्षिक क्षेत्रमा प्रशासनिक तन्त्र रहँदा मुलुकमा उत्पादन भइरहेका जनशक्तिमध्ये मात्र २५ प्रतिशत सरकारी क्षेत्रमा संलग्न भइरहेका देखिन्छन् ।” अबको दिनमा शैक्षिक क्षेत्र विकास र विस्तारका लागि व्यापक दृष्टिको प्रयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।

    यसैगरी अध्यक्ष ढुङ्गानाले प्याब्सनले शिक्षा र सो क्षेत्रका मानिसको दृष्टिकोणमा सकारात्मकता ल्याउन विभिन्न काम गर्न लागि परेको विचार व्यक्त गरे । उनले भने, “हामीले कसरी मुलुकवासीमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौं भन्ने लक्ष्यअनुरुप मुलुकका सामुदायिक विद्यालय सुधार गर्ने नीति लिएका छौं ।” राष्ट्रका हरेक शैक्षिक संस्थामा आबद्ध शिक्षक गतिलो नभए शिक्षामा गुणस्तरीयता रहँदैन भन्ने धारणा राख्दै उहाँले सोका लागि सम्बन्धित क्षेत्रमा आवश्यक विशेषज्ञ तयार पार्न लागिपरेको सुनाए ।

    यसैगरी एजुकेशनका एसोसिएट डिन धनपति सुवेदीले मुलुकको शैक्षिक क्षेत्रमा रहेका हरेक विषयगत शिक्षकलाई सुधार गर्न के कस्ता सामग्री आवश्यक पर्छ सोको खोजी गरी शिक्षालाई रुपान्तरण गरिनुपर्ने जानकारी दिए । प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष टिआर ढकालले विद्यालय तहको शिक्षा हाल व्यापारीकरण भएर गइरहेको आरोप लगाउँदै सोलाई रोक्न मुलुकका हरेक शैक्षिक क्षेत्र सुधार गरिनुपर्ने बताए ।

    प्याब्सन केन्द्रीय तालिम संयोजक कृष्णप्रसाद अधिकारीले हरेक वर्ष भारत अध्ययन गर्न जाने मुलुकका १८ प्रतिशत विद्यार्थीलाई आफूहरुले सो अनुकूलको व्यवस्था मिलाई दिएर हाल मात्रै दुई प्रतिशतमा झार्न सफल भएको खुसी व्यक्त गरे । कार्यक्रममा मुलुकमा अघि बढिरहेको शिक्षा सुधार तथा सक्षम शैक्षिक जनशक्ति निर्माणका लागि शिक्षकको गुनासो सम्बोधन गरिनाका साथै शैक्षिक क्षेत्रमा आवश्यक जनशक्ति निर्माण गरिने बताइएको थियो । –
    रासस

  • भरतपुर महानगर प्रमुख दाहालद्वारा शहीद स्मारक कलेजको निरीक्षण

    भरतपुर महानगर प्रमुख दाहालद्वारा शहीद स्मारक कलेजको निरीक्षण

    चितवन,१७ असार-
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गर्नुभएको छ ।

    सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिनु भएको थियो ।

    कलेजका बारेमा व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर गुरुङले ब्रिफिङ गर्नुभएको थियो । निरीक्षणका क्रममा कलेजका व्यवस्थापन र प्राध्यापकहरुले कलेजको स्तरोन्ती गर्न महागनर प्रमुख दाहालसँग माग राखेका थिए ।

    मागबारे महानगर प्रमुख दाहालले आफू कलेजको विकासका लागि सकारात्मक रहेको बताउनुभयो । उहाँले कलेजको कम्पाउण्ड, गेट तथा क्यान्टिनको थप निर्माणमा सहयोग पुराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले प्राथमिकताको बारेमा कलेजको भौतिक तथा शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

    विस २०५१ सालमा स्थापना भएको कलेजमा डिग्रीसम्म पढाई हुने गरेको छ । विस २०१८ सालको क्रान्तिमा यस ठाँउमा ६ जना शहीद भएका थिए । कलेजले व्यवस्थापन, शिक्षा र मानविक संकायमा अध्ययपन गराउँदै आएको छ ।यो कलेजले पश्चिम चितवनको शैक्षिक उन्नतीमा ठूलो भूमिका निर्वाह गरेको छ ।

  • विद्यार्थीलाई कुटपिट गर्ने विद्यालयका सञ्चालकमाथि कारबाहीकाे माग

    विद्यार्थीलाई कुटपिट गर्ने विद्यालयका सञ्चालकमाथि कारबाहीकाे माग

    इन्दिप कोइराला
    बारा, १७ असार-

    विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी परेको छ ।

    बाराको देवताल गाउँपालिका-७ का हाल कलैया उपमहानगरपालिका-५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत विवेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ स्कुल सञ्चालक रविन थापामाथि कारबाही माग गरेका छन ।

    विद्यालयमा अध्ययनरत विवेक र सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत काजल यादवसँग चर्को मांसिक शुल्क लिई अन्य अभिभाकसँग समेत विभिन्न शुल्कको नाममा विद्यालय सञ्चालक थापाले ठगी धन्दा चलाएको पनि उजुरी पत्रमा उल्लेख छ ।

    विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग प्रत्येक महिना पाँच हजार र वार्षिक शुल्कको नाममा तीन हजार गरी आठ हजार लिएको सञ्जिव यादवले बताए । -न्युज कारखाना

  • नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन

    नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन

    चितवन १६ असार-

    नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले चितवन शाखा स्थापना गरेको छ । भरतपुर महानगरपालिका १० क्याम्पस गेट अगाडि स्थापित शाखाको आज (बिहीबार) एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

    उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनमा शाखा सञ्चालन गरिएको नोभा ब्रिसबेनका निर्देशक ईश्वरचन्द्र कुँईकेलले जानकारी दिए । अष्ट्रेलिय जान चाहने चितवनका विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्नका लागि शाखा स्थापना गरिएको उनको भनाइ छ ।

    नोभाले विद्यार्थीहरुलाई नेपालमा परामर्श र भिसा प्रकृयासँगै अष्ट्रेलिया पुगेपछि पनि आवश्यक परामर्श प्रदान गर्ने उनले बताए । नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्थापित हुनका लागि पनि सहयोग गरिने उनको भनाइ छ ।

    नोभाको चितवन शाखा व्यवस्थापक सागर पौडेलले चितवनका कन्सल्टेन्सीहरुको भिडमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले दक्ष शिक्षकबाट आईईलटिएस र पिटीईको कक्षा सञ्चालन तथा दक्ष परामर्शदाताबाट परामर्श दिने बताए । विद्यार्थीले आईईलटिएस र पिटीईमा ७ अंक ल्याउन सक्ने गरी कक्षा सञ्चालन गरिने समेत बताए ।

    नोभा सन् २०१२ मा अष्ट्रेलियामा स्थापना भएको थियो । यस्तै २०१४ मा काठमाडौंमा शाखा स्थापना गरेर नोभाले नेपाली विद्यार्थीहरुलाई सेवा दिँदै आएको छ ।

    हाल चितवनको आवश्यकतालाई मध्यनजर गर्दै भरतपुरमा शाखा स्थापना गरिएको सञ्चालकहरुको भनाइ छ । यो राजाधानी बाहिरकै पहिलो शाखा समेत हो ।

  • नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा

    नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा

    भरतपुर, १५ असार २०७९

    नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले आफ्नो शाखा चितवनको भरतपुरमा पनि खोलेको छ । शाखाको बिहिबार बिहान १० बजे एक समारोहका बिच उद्घाट्न हुँदैछ ।

    नोभाको चितवन शाखा बिरेन्द्र बहुमुखी क्याम्पसको ठीक अगाडि अवस्थित रहेको छ । यस कन्सल्टिङ सर्भिसेसबाट अष्ट्रेलिया पढ्न जान चाहने जो कोही नेपाली बिद्यार्थीहरुले सेवा लिन सक्ने मुख्य कार्यालयका निर्देशक ईश्वर कुइकेलले जानकारी दिए ।

    यसको मुख्य कार्यालय अष्ट्रेलियाको ब्रिसवेनमा रहेको छ । हालसम्म काठमाण्डौ शाखाबाट मात्रै सेवा दिइरहेको नोभाको चितवन शाखा राजधानी बाहिरको पहिलो हो ।

    शाखामा दक्ष शिक्षकहरुबाट आईईएलटिएस र पिटिईका कक्षाहरु संचालन भइरहेका छन । सेवाबापत कम भन्दा कम शूल्क सेवाग्राहीबाट लिने निर्देशक कुइकेलले बताए ।

    शाखा उद्घाटनाको अवसरमा नोभाले बिद्यार्थीहरुका लागि सेमिनार पनि गर्दैछ ।

  • चितवनमा पनि खुल्यो जेनुइन एजुकेसनको शाखा

    चितवनमा पनि खुल्यो जेनुइन एजुकेसनको शाखा

    काठमाडौं, असार १५

    जेनुइन एजुकेसन प्रालिले चितवनको भरतपुरमा आफ्नो शाखा विस्तार गरेको छ ।

    भरतपुर महानगरपालिका-१० हाकिमचोकमा सञ्चालनमा ल्याइएको नयाँ शाखाको शिक्षाविद् तथा स्थानीय समाजसेवी हरिदास सापकोटा र जेनुइनका काठमाडौं प्रमुख खगेन्द्र उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरे ।

    विद्यार्थीलाई विदेशी मुलुकमा अध्ययनका लागि परामर्श तथा सहयोग गर्ने जेनुइनले यसअघि इटहरीमा पनि शाखा विस्तार गरिसकेको छ ।

    भरतपुरमा शाखा विस्तारसँगै चितवन र आसपासका जिल्लाका विद्यार्थीलाई सहज हुने जेनुइनका प्रमुख उप्रेतीले बताए । ‘अस्ट्रेलियालगायत विदेशी मुलुकमा अध्ययनका जाने विद्यार्थीहरुको संख्या बढिरहेको बेला भरतपुर शाखाले थप सहज गराउने अपेक्षा छ,’ उप्रेतीले भने ।
    त्यस अवसरमा प्रालिले चितवन मानव सेवा आश्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार रुपैयाँ नगद सहयोग समेत गरेको छ ।

    हरिदास सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा वीरेन्द्र क्याम्पसका प्रधानाध्यापक राजेन्द्र गिरीसहित खगेन्द्र उप्रेती, हिमाल बस्नेत, विजय खड्का, विनोद ढकाल लगायतको उपस्थितिरहेको थियो भनेआशिका कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् ।