Category: धादिङ

  • धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

    धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

    धादिङ, फागुन १४

    धादिङको गुप्तेस्वरमा गएराति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् ।

    धादिङको प्रसिद्ध गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बागमती प्रदेश०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर खसेको हो । राति करिब ११ः३० बजे दुर्घटना भएको स्थानीयले बताएका छन् ।

    दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाएसंगै सदरमुकाम धादिङबेसीबाट गएका सोसल भोलेन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेसी स्थित धादिङ अस्पतालमा पठाएको बताएका छन् । ट्याङ्कर अप्ठ्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोष्टमाटमको लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिए ।

    मृतकहरूको सनाखत हुन बाकी रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भई रहेको धादिङ प्रहरीले जनाएको छ । सवारी चालक भने सकुशल छन् । फर्काउन पछाडि हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेको बताएका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुर्घटनाका घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

  • धादिङको बन्छेटारमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

    धादिङको बन्छेटारमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

    धादिङ, कात्तिक २१-
    पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

    काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

    तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ । रासस

  • झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

    झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

    मलेखु, असोज १६-
    धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो ।

    झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो ।

    दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

    निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।

    सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको वर्षासँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो । झ्याप्लेखोलामामा गोरखाबाट आएको एउटा बस, बुटवल र चितवनबाट आएका दुई वटा माइक्रोबस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । रासस

  • झ्याप्लेखोला पहिरोबाट थप ११ शव निकालियो, उद्धार जारी

    झ्याप्लेखोला पहिरोबाट थप ११ शव निकालियो, उद्धार जारी

    काठमाडौं, असोज १३ –
    काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट आज ११ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आएको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।

    उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ । अहिलेसम्म ११ शव फेला परेको प्रहरीले जनाएको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।

    उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो ।

  • झ्याप्लेखोला पहिरोमा थप तीन शव फेला

    झ्याप्लेखोला पहिरोमा थप तीन शव फेला

    काठमाडौं, असोज १३ –
    काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।

    उक्त पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन ।

    शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ ।

    उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

  • झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो

    झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो

    १२ असोज, काठमाडौं ।

    पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनका १४ शव निकालिएको छ ।

    काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ ।

    बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलि नसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ । हाल खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

    लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए ।

     

  • धादिङबेसी-मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प

    धादिङबेसी-मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प

    धादिङ, असोज १२-
    जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ।

    नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो। अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ।

    केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन्।

    पहिरोले ढुङ्गा र रुखहरु खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। रासस

  • सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, काठमाडौँ आउने सडक अवरुद्ध

    सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, काठमाडौँ आउने सडक अवरुद्ध

    काठमाडौँ, भदौ २४

    धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।

    सोमबार अपराहन्न गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो । धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन । दुईतर्फी अबरुद्व खुलाउन कम्तिमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

  • चितवन, धादिङ, मकवानपुरमा भारी वर्षा

    चितवन, धादिङ, मकवानपुरमा भारी वर्षा

    काठमाडौं, भदौ २१
    तवन, धादिङ, मकवानपुरमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ६ बजे भारी वर्षा गरिएको हो ।

    चितवनको देवघाट, कालीखोला, शक्तिखोर, धादिङको गजुरी, मकवानपुरको हेडौँडा, रजैया, हात्तिसुडे र आसपासका धेरै स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

    थप वर्षा हुने देखिएकाले सो जिल्ला भई बहने अधिकांश साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

    साथै, जिल्लाका विभिन्न राजमार्ग र सडकहरूमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए

    मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए

    १८ भदौ, चितवन
    मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् ।

    धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएका हुन् ।

    दुर्घटनामा कार चालक घाइते भएका छन् । उनको अवस्था भने थाहा हुन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ ।