धादिङबेसी-मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प

धादिङ, असोज १२-
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ।

नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो। अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ।

केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन्।

पहिरोले ढुङ्गा र रुखहरु खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *