Category: धादिङ

  • धादिङमा एक जनाको शव फेला

    धादिङमा एक जनाको शव फेला

    काठमाडौं, २५ असार-

    धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।

    उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो ।

    प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । न्युज कारखाना