Category: रत्ननगर

  • भरतपुरमा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

    भरतपुरमा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

    चितवन, १० साउन
    आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व सङ्कलन भएको हो ।

    लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा रु पाँच अर्ब ७९ करोड ५३ लाख ७६ हजार कम राजस्व सङ्कलन भएको हो ।

    आयकरतर्फ लक्ष्यको ८३ दशमलव २१ प्रतिशत अर्थात् रु दुई अर्ब ५१ करोड २० लाख ९७ हजार, बहालकरतर्फ लक्ष्यको ८३ दशमलव ६१ प्रतिशत अर्थात् रु चार करोड ६४ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस्तै व्याजकरतर्फ ८२ दशमलव १७ प्रतिशत अर्थात् रु एक करोड १२ लाख २४ हजार, मूल्य अभिवृद्धि करतर्फ ८१ दशमलव ६८ प्रतिशत अर्थात् रु एक अर्ब ८२ करोड ३९ लाख पाँच हजार, अन्तःशुल्कतर्फ ७६ दशमलव ६६ प्रतिशत अर्थात् रु १५ अर्ब ९६ करोड पाँच लाख ९२ हजार र स्वास्थ्य सेवा करतर्फ एक सय ६१ दशमलव ६१ प्रतिशत अर्थात् रु दुई करोड ६२ लाख ९४ हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

    ढकालका अनुसार बजारमा उत्पादित सामग्रीको मागको सङ्कुचनका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो । मागको सङ्कुचनका कारण उत्पादन घट्दा राजस्वमा पनि कमी आएको छ । उहाँले भन्नुभयो, “मागको सङ्कुचनका कारण आर्थिक गतिविधिमा शिथिलता आएको देखियो । जसका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ।”

    कोभिड–१९ पछिको आर्थिक तरलताको प्रभाव बजारमा देखा पर्न थालेको उहाँले बताउनुभयो । अघिल्लो आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन भए पनि गत आर्थिक वर्ष भने काम भएको हो । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा रु २२ अर्ब दुई करोड ३२ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो । सो वर्ष लक्ष्यभन्दा एक प्रतिशत राजस्व बढी सङ्कलन भएको उहाँले बताउनुभयो ।

    कार्यालयले खैरहनीमा समेत राजस्व सङ्कलन केन्द्र स्थापना गरी राजस्व सङ्कलन गर्दै आएको छ । जिल्लामा व्यक्तिगत प्यान लिने एक लाख ४४ हजार दुई सय ९८ र व्यावसायिक प्यान लिने ६८ हजार पाँच सय ९० जना रहेका छन् । (रासस)

  • लोकसेवा तयारी पुस्तकमा महिलालाई निच शब्द प्रयोग गरिएको प्रति अनेरास्ववियु चितवनको आपत्ति

    लोकसेवा तयारी पुस्तकमा महिलालाई निच शब्द प्रयोग गरिएको प्रति अनेरास्ववियु चितवनको आपत्ति

    चितवन, १० साउन
    लोकसेवा तयारीको लागि अध्ययन गर्ने पुस्तकमा महिला सम्बन्धि अत्यन्तै गम्भीर निच शब्द प्रयोग गरी बनाएको प्रश्नमाथि अनेरास्ववियु जिल्ला कमिटी चितवनले आपत्ति जनाएको छ ।

    आज अनेरास्ववियु जिल्ला कमिटी चितवनका हरि आचार्यले बिज्ञप्ति जारि गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    राम एकवाल दासद्वारा लिखित ” नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वन रक्षक सफलताको साथी ” नामक पुस्तकको १४३ पृष्ठमा महिलालाई निच शब्द प्रयोग गरिएको थियो । उक्त पृष्ठमा महिलालाई भालु किन भनिएको होला ? भन्ने प्रश्न रहेको थियो ।

    सो पुस्तक विद्या विकास पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

    महिलाको संवेदनशीलता माथि खेलबाड गर्ने नियत देखिएकोले प्रकाशन, लेखक र सम्पादकलाई सार्वजनिक रूपमा माफि माग्न अनेरास्ववियुले माग गरेको छ । साथै बजारमा भएको पुस्तक फिर्ता लिन भनिएको छ ।

    माफि नमागे अनेरास्ववियु चितवन निर्मम कदम चाल्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।

    बिज्ञप्ति:

  • नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सुचारु

    नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सुचारु

    चितवन,९ साउन
    नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुलेको छ । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

    आज दिउसो सवा ३ बजे गएको पहिरो हटाएपछि ४ः३० बजेको समयमा दुइतर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

    विहान पनि केहीबेर पहिरोले यस सडक खण्ड अवरुद्ध बनेको थियो ।

  • प्रेस चौतारी चितवनको भवन निर्माणका लागि संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग

    प्रेस चौतारी चितवनको भवन निर्माणका लागि संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग

    ९ साउन, चितवन
    प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

    नेकपा एमाले पार्टी कार्यालय भरतपुरमा आज विहान संस्थापक अध्यक्ष सुवेदीले दिवंगत छोरा रजत सुवेदीको स्मृतिमा २५ हजार २ सय २५ रुपैयाँ जिल्ला अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि हस्तान्तरण गर्नुभयो । सो अवसरमा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेसमेत उपस्थित हुनुहुन्थ्यो ।

    भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । संस्थापक अध्यक्ष सुवेदीले आफूले जन्माएको संस्थाले भवन बनाउँदै गर्दा सानो भए पनि योगदान गर्न सकियोस् भन्ने उत्कृट चाहाना रहेकोले सहयोग गरेको बताउनुभयो । ‘दिवंगत छोराको स्मृतिमा अझै केही थप सहयोग गर्न मन छ, उपर्युक्त समयमा केही निर्णय लिन्छु’ सुवेदीले भन्नुभयो, ‘अहिले भवनका लागि उसकै नामबाट रहने गरी सकेको सहयोग गरेको हुँ ।’ पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको सुवेदीले बताउनुभयो ।

    प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले संस्थापक अध्यक्षज्यूबाट भएकोले सहयोगले भवन निर्माणका लागि हौसला र प्रेरणा मिलेको बताउनुभयो । ‘संस्थापक अध्यक्षज्यूले नै सहयोग गर्नुभएपछि अन्यत्रबाट पनि भवन निर्माणका लागि सहयोग जुट्छ, हामी सबैले गर्ने सानो सानो सहयोगबाट श्रमजीवि पत्रकारहरुको साझा थलो निर्माण हुन्छ’ अध्यक्ष पण्डितले भन्नुभयो, ‘आर्थिक समस्याका बावदुत पनि भवन निर्माणका लागि सहयोग गर्ने सबैप्रति संगठन कृतज्ञ छ ।’ प्रेस चौतारी भवन निर्माण समितिले भवन निर्माणका लागि २५ हजार वा सोभन्दा माथि सहयोग गर्ने दाताहरुको नाम शिलापत्रमा लेख्ने निर्णय यसअघि नै गरेको छ ।

    समाजसेवी केशव कार्की दिएको करीव १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तलाको ढलान सम्पन्न भएको छ । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिनुभयो । १ बर्ष भित्र बनाइसक्ने भवनका लागि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोगको प्रतिवद्दता आएको अध्यक्ष पण्डितले जानकारी दिए । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

  • नारायणगढ–मुग्लिन अपडेट: बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

    नारायणगढ–मुग्लिन अपडेट: बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

    चितवन, ९ साउन
    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।

    नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो ।

    घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

    चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताउनुभयो । दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ । (रासस)

  • चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे

    चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे

    चितवन,७ साउन
    गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका जनावरमध्ये प्राकृतिक कारणले मरेका धेरै रहेका छन् । उनका अनुसार प्राकृतिक कारणले ८० जनावर मरेका छन् । कुकुरले टोकेर २६ वटा जनावर मरेका छन् । यस क्षेत्रमा सो समयमा ५५ वटा चित्तल, चोरीशिकारीबाट दुईसहित २२ वटा गैँडा, घडियाल गोही नौ वटा, जरायो सात वटा, गौरी गाई, अर्ना र बाघ तीनरतीन वटा मृत फेला परेका छन् ।

    हात्ती, बँदेल, कछुवा, मगरगोही र रतुवा दुईरदुई वटा मृत अवस्थामा भेटिएको उनले बताए । दुम्सी, स्याल, धनेश, लगुना, जरायो, चितुवा एक÷एक वटा मृत अवस्थामा भेटिएका हुन् । सोही समयमा एक सय ४२ वटा जनावरको उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । जसमध्ये अजिङ्गर ८६ वटा, सर्प १९ वटा, चित्तल १३ वटा, गैँडा र बाघ छरछ वटा, घडियाल गोही पाँच वटाको उद्धार गरिएको छ । यस्तै कछुवा दुई वटा, गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरो एकरएक वटाको उद्धार गरिएको तिवारीले जानकारी दिए ।

    उद्धार गरिएकामध्ये एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज, एउटालाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । अन्य बाघ निकुञ्जको खोरमा राखिएको उहाँले बताए । अन्य जनावरलाई उनीहरुको अवस्था हेरी सुरक्षित बासस्थानमा छोडिएको छ ।

     

  • भरतपुर महानगरले गर्‍यो कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट

    भरतपुर महानगरले गर्‍यो कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट

    चितवन,७ साउन
    चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ ।

    भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आइतबार बिहान बसेको बैठकले छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गरेको महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरुमा निजी विद्यालय र सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका ५०/५० प्रतिशत विद्यार्थी छन् ।

    शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय/सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधन सहित) को दफा ५ को उपदफा ३(१) बमोजिम छात्रवृत्ति प्रदान गर्न विद्यार्थी छनोटका लागि इच्छुक विद्यार्थीहरूबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन मागेको थियो ।

    जसअनुसार सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट २८३ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट गरिएको महाशाखा प्रमुख पौडेलले बताए ।

    कसरी गरियो छनोट ?

    महानगरले आवेदन माग गर्दा एसईईको ग्रेड सिटसहित अपाङ्गता भएका विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, शहीद, जनआन्दोलनका घाइतेका, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, गरिब तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीको हकमा वडा कार्यालयको सिफारिस समावेश गर्न भनेको थियो ।

    महाशाखा प्रमुख पौडेलका अनुसार विद्यार्थीले एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो । जसमा ३७ प्रतिशत जेहेन्दार, ३६ प्रतिशत विपन्न, १० प्रतिशत जनजाति, ५ प्रतिशत दलित, ३ प्रतिशत अपाङ्गता र ९ प्रतिशत शहीद, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्तति छन् ।

    माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरिसकेका विद्यार्थीलाई छात्रवृत्ति दिने नाममा फेरि परीक्षा लिइनु उपयुक्त नहुने निष्कर्षसहित महानगरले परीक्षा नलिइएको पौडेलले बताए ।

    छात्रवृत्ति दिने बहानामा पुनः परीक्षा लिएर छनोट गर्दा अपारदर्शी हुन सक्ने, विद्यार्थी र अभिभावक स्वमंले छनोटमा आशंका गर्न सक्ने देखिएकोले एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै आधार बनाइएको उनले बताए ।

    विद्यालय कसरी छनोट हुन्छ ?

    महाशाखका प्रमुख पौडेलका अनुसार आवेदन माग गर्ने समयमै विद्यार्थीले पढ्न चाहने विद्यालय छान्नु पर्ने अप्सन दिइएको र सोही अनुसार महानगरले विद्यालय छनोट गरी सिफारिस गर्ने छ ।

    महानगरले छात्रवृत्तिका लागि सिफारिस गरेको आधारमा विद्यालयले अध्यापन गराउनु पर्ने उनले बताए ।

  • भरतपुर महानगरपालिका वडा नं. ११ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    भरतपुर महानगरपालिका वडा नं. ११ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    भरतपुर,६ साउन
    भरतपुर महानगरपालिका वडा नं. ११ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

    वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले जनसंख्या र भुगोलको आधारमा बजेट विनियोजन नगरेर महानगरपालिकाले वडा नं ११ लाई अन्याय गरेको बताएका छन । मेयर रेणु दाहालले राजनितीक प्रतिशोतको आधारमा बजेट हालेकोले बजेट वडा नं ११ मा अन्य सानो जनसंख्या र भुगोल भएका वडा सरह बजेट छुट्टयाइएकोमा असन्तुष्टि जनाएका हुन ।

    कार्यक्रममा सहभागीहरूले वडा भित्र अघोषित लोडसेडिङले विद्यार्थीहरूलाई समस्या परेको, विद्यार्थी छात्रवृत्ति वितरण, वडामा विद्यार्थी परिचयपत्रको आधारमा ४५% छुटको व्यवस्था कार्यान्वयन नभएको, कृषि, बाटोघाटो, ढल, बर्षायाममा पानिको आदि बिषयहरूमा बोलेका थिए ।

    कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमल मल्लले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन वडा सचिव ओमप्रकास न्यौपानेले गर्नुभएको थियो ।

  • भरतपुरमा शनिबारे मेला सुरु

    भरतपुरमा शनिबारे मेला सुरु

    चितवन, ६ साउन
    उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ । मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।

    स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गरिएको हो । चितवन प्रदर्शनी केन्द्र परिसरमा मेलाको आयोजना गरिएको छ । अबदेखि हरेक शनिबार बिहान ६ देखि ११ बजेसम्म सोही ठाउँमा शनिबारे मेला आयोजना गरिने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशीलतामा जोड्न र स्वरोजगार बनाउन मेलाको आयोजना गरिएको हो ।” मेलामा स्थानीय तहको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी कक्ष रहेको उहाँले बताउनुभयो । पहिलो दिन ४० कक्ष रहेका छन् ।

    प्रदर्शनीमा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकार, घरेलु हस्तकलाका सामान, स्वदेशमा नै उत्पादित ताजा फलफूल तथा तरकारी, चिउरी, तामा कुसुम न्यरो, लरकैया, मह, गिट्ठा, भ्याकुर, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारसहितका अन्य सामग्री राखिने छन् । आज पहिलो दिन सबै सामान भने आइनसकेको सङ्घले जनाएको छ ।

    मेलास्थल आसपासमा निजी तथा सरकारी संस्थामा कार्यरत कर्मचारी, स्थानीय टोल तथा छिमेकी पालिकाका जनता मेलाको लक्षित समुदाय रहेको कँडेलले बताउनुभयो ।

    मेलामा राखिने विशेष परिकार तथा उत्पादन जिल्ला बाहिर पठाउनका लागिसमेत बिक्री गरिने लक्ष्य लिइएको उहाँले बताउनुभयो । उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन पाँच हजार हाराहारीले अनुगमन गर्ने लक्ष्य लिएको सङ्घले जनाएको छ ।

    मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै लगिने कँडेलले बताउनुभयो । मेलाको उद्घाटनपछि महानगर प्रमुख दाहालले यस्ता मेलाले कृषि र उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । स्टलको निरीक्षण गर्दै उहाँले कृषिजन्य र साना उद्योग प्रवद्र्धनका लागि महानगर सकारात्मक रहेको जनाउँदै गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।(रासस)

  • कांग्रेस चितवनको १५ दिने अभियान सुरु

    कांग्रेस चितवनको १५ दिने अभियान सुरु

    चितवन, ६ साउन
    नेपाली कांग्रेस चितवनले ४१औँ बिपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नविकरण अभियान सञ्चालन गरेको छ ।

    नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो । अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ ।

    नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । चौधौँ महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए ।

    अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तक्र्रिया हुनेछन् । सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उहाँले जानकारी दिनुभयो । पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिनुभयो । (रासस)