Category: भरतपुर

  • नारायणीको भेलमा दाउरा समात्न पसेका बालक बेपत्ता

    नारायणीको भेलमा दाउरा समात्न पसेका बालक बेपत्ता

    परासी, असार २५

    नारायणी नदीमा आएको भेलले बगाउँदा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ का एक बालक बेपत्ता भएका छन् ।

    नारायणी नदीको ठोक्कर नम्बर १४ नजिकै बाढीले बगाएर ल्याएको दाउरा समाउन खोज्दा स्थानीय १३ वर्षका कृष्ण मल्लाह बेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरूसँग मिलेर दाउरा समाउन भेलमा पसेका मल्ल बेपत्ता भएको र सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी कार्य गरिहेका छन् ।

    नदीमा बाढी आएपछि बगाएर ल्याएका सामान र दाउरा समाउन यस क्षेत्रमा स्थानीयको भीड लाग्ने गरेको छ ।

  • नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने

    नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने

    चितवन २३ असार 
    नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। संघको भनाइमा पछिल्लो समय लागतअनुसार मूल्य नपाएको, मागभन्दा बढी उत्पादन भएको र चोरी पैठारी बढेकाले व्यवसाय संकटमा परेको छ।

    संघका अध्यक्ष लक्ष्मीदास श्रेष्ठका अनुसार बोइलर र कलर बोइलर चल्लाको बजार मूल्य एकदमै घटेको र बिक्री नहुँदा किसान घाटामा परेका छन्। अहिले प्रति हप्ता ३०–३५ लाख चल्ला उत्पादन भइरहे पनि माग २०–२२ लाख मात्रै रहेको छ।

    पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले किसानको हितका लागि एक हप्ताको बन्द आवश्यक रहेको बताए। उद्योगीहरूका अनुसार उत्पादन नबिकेपछि खाल्डो खनेर चल्ला गाड्नु परेको छ भने सरकारले पोल्ट्री व्यवसायप्रति पर्याप्त ध्यान नदिएको गुनासो पनि गरेका छन्।

  • नारायणगढमा कपडा चोरी गर्ने दुई महिला पक्राउ

    नारायणगढमा कपडा चोरी गर्ने दुई महिला पक्राउ

    चितवन असार २२
    नारायणगढको हङकङ बजारस्थित BEEX RIDER कपडा पसलबाट कपडा चोरी गरी फरार रहेका दुई महिलालाई पक्राउ गरिएको छ।

    असार २१ गते पसलबाट कपडा चोरी भएको सूचना प्राप्त भएपछि खोजतलास थालिएको थियो।पसल सञ्चालकले दिएको जानकारीका आधारमा प्रहरी र पीडितको सहयोगमा राति करिब ९:३० बजे ती दुई महिलालाई नियन्त्रणमा लिइएको हो।

    पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका–५ स्थायी घर भई हाल भरतपुर–३ न्यूरोडमा डेरा गरी बस्ने ३६ वर्षीया अञ्जु प्रजा र भरतपुर–२६ दिव्यनगरकी ३८ वर्षीया बालकुमारी महतो रहेका छन्।

    दुवै महिलालाई पीडित आफैले पहिचान गरी नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय नारायणगढमा बुझाइएको हो। हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • भरतपुरको एपेक्स एकेडेमी : एसईईमा उल्लेखनीय सफलता अब कक्षा ११ को तयारी

    भरतपुरको एपेक्स एकेडेमी : एसईईमा उल्लेखनीय सफलता अब कक्षा ११ को तयारी

    चितवन असार १६
    भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित एपेक्स एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका १४ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए, जसमा ९ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन्।त्यस्तै, १ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए र २ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए हासिल गरेका छन्।

    विद्यालयका प्राचार्य दिनेश पुरीका अनुसार एपेक्स एकेडेमीले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने दिशामा संस्थाले आफूलाई प्रतिबद्ध बनाएको छ।

    यसैबीच, विद्यालयले कक्षा ११ का लागि भर्ना प्रक्रिया प्रारम्भ गरिसकेको छ। असार १९ गते विहान ८ बजे र दिउँसो २ बजे प्रवेश परीक्षा सञ्चालन गरिने जानकारी दिइएको छ।

    कक्षा ११ मा वायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट संकायहरूमा भर्ना खुला गरिएको छ। इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै सम्पर्क राख्न विद्यालयले आग्रह गरेको छ।

  • राष्ट्रिय युवा संघ नेपाल भरतपुरद्वारा एक महिने वृक्षारोपण अभियान सुभारम्भ

    राष्ट्रिय युवा संघ नेपाल भरतपुरद्वारा एक महिने वृक्षारोपण अभियान सुभारम्भ

    चितवन, असार १४ –
    एमालेको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले एक महिने वृक्षारोपण अभियान सुरु गरेको छ ।

    भरतपुर २९ दासढुंगामा रहेको मदन आश्रित स्मृति पार्कमा वृक्षारोपण गर्दै युवा संघले अभियानको सुभारम्भ गरेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीद्वारा सञ्चालित १ महिने वृक्षारोपण अभियान अन्तर्गत रहेर भरतपुर महानगर कमिटीले पनि अभियान शुभारम्भ गरेको युवा संघका केन्द्रीय सदस्य शंकर अधिकारीले बताए । केन्द्रीय कमिटीले हरेक वर्ष यही समयलाई लक्ष्ति गरेर एक महिने वृक्षारोपण अभियान सञ्चालन गर्दै आइरहेको उनले बताए ।

    कपुर, निम, चिउरी, अम्बा, कागती, अमला, हर्राे, बर्राे, तेजपत्ता, विरेन्द्र फुल, धुपि लगायत करिब २०० बिरुवा रापिएको युवा संघका महानगर कमिटी अध्यक्ष राम कार्कीले जानकारी दिए ।

    महानगर कमिटी अध्यक्ष कार्कीको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, पार्टी केन्द्रीय सदस्यहरु प्रभा बराल, कृष्णभक्त पोखरेल, बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामा, जिल्ला अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम विष्ट, सचिव प्रकाश ढुंगाना लगायत पार्टीका नेताहरु एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अमृता भट्टराई, जिल्ला अध्यक्ष झलकराज भट्ट, बागमती प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज कृष्णप्रसाद अधिकारी, नेतृ रोजिना भट्टराई, निवर्तमान केन्द्रीय सदस्य शिव ढकाल लगायत जिल्ला कमिटी पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • नारायणी पब्लिक स्कुलका छात्रा अनुष्का र प्राश्नाले ल्याए ४ जिपिए

    नारायणी पब्लिक स्कुलका छात्रा अनुष्का र प्राश्नाले ल्याए ४ जिपिए

    भरतपुर असार १३
    नारायणी इङ्लिस पव्लीक स्कुल भरतपुर–११ ले यस वर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै लगातार सफलता कायम राखेको छ।स्कुलकी छात्रा अनुष्का नेपाल र प्राश्ना सुवेदीले ४.०० जिपिए (GPA) ल्याएर विद्यालयको गौरव बढाएका छन्। दुवैजना सानैदेखि मेधावी विद्यार्थीका रूपमा चिनिएका थिए।

    विद्यालयका प्राचार्य बेदराज न्यौपानेका अनुसार, गत वर्षहरूमा पनि विद्यालयको नतिजा उत्कृष्ट रहँदै आएको थियो। उनका अनुसार, “लगातार तीन वर्षदेखि हामीले एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै आएका छौं, यसपटक पनि त्यो रेकर्ड कायम राख्न सफल भयौं।”

    यस वर्ष एसईईमा सहभागी ७२ जना विद्यार्थीमध्ये धेरैले उच्च ग्रेड ल्याएका छन्, जसले विद्यालयको शैक्षिक गुणस्तर र प्रतिबद्धतालाई पुष्टि गर्छ।नारायणी इङ्लिस पव्लीक स्कुल भरतपुर–११ मा अवस्थित छ र पछिल्ला वर्षहरूमा चितवनको शैक्षिक क्षेत्रमै उत्कृष्ठ स्कुलको रूपमा स्थापित हुँदै गएको छ।

    विद्यालय व्यवस्थापन, शिक्षक टोली तथा विद्यार्थीहरूलाई यो सफलताले अझ बढी प्रेरणा प्रदान गरेको छ।

  • एसईई २०८१ – अर्किड स्कुलका तीन विद्यार्थीको ४.० जीपीए

    एसईई २०८१ – अर्किड स्कुलका तीन विद्यार्थीको ४.० जीपीए

    चितवन असार १३
    भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको अर्किड स्कुलका तीन जना मेधावी विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा पूर्ण ४.० ग्रेड प्राप्त गर्दै विद्यालयको नाम उच्च स्थानमा पु¥याएका छन्।

    विद्यालयकाअनुसार स्नेहा आचार्य, सुशील सुवेदी र समृद्धि रेग्मीले ४.० जीपीए ल्याउन सफल भएका हुन् । उनीहरूको निरन्तर मेहनत, नियमित अध्ययन, अभिभावकको साथ र शिक्षकहरूको मार्गदर्शनले गर्दा यस्तो उपलब्धि सम्भव भएको हो।

    “Excellence is our habit” भन्ने नाराका साथ अर्किड स्कुलले ‘Love, Respect, Care, Collaboration, Smartness’ लाई आधार मानेर शिक्षा दिँदै आएको छ। यही शिक्षण शैली र मूल्य–मान्यताले विद्यार्थीहरूमा उत्कृष्टता विकास गर्न सहयोग पुगेको विद्यालयको भनाइ छ।

    विद्यालयले यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि अझ कडा मेहनत गर्न प्रेरणा दिने अपेक्षा राखेको छ।

  • रेडियोलोजिकल सोसाइटीको चितवनमा प्रदर्शन, ‘हामी न्याय चाहन्छौं’ भन्दै सडकमा उत्रिए

    रेडियोलोजिकल सोसाइटीको चितवनमा प्रदर्शन, ‘हामी न्याय चाहन्छौं’ भन्दै सडकमा उत्रिए

    चितवन असार १०
    नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेशले स्वास्थ्य मन्त्रालयद्वारा ल्याइएको नयाँ रेडियोलोजीसम्बन्धी नीतिको विरोधमा आज साँझ चितवनको भरतपुरमा शान्तिपूर्ण प्रदर्शन सम्पन्न गरेको छ। भरतपुरको चौबीसकोठी चोकमा आयोजित विरोध कार्यक्रममा रेडियोलोजी क्षेत्रमा कार्यरत स्वास्थ्य प्राविधिक, प्रशिक्षार्थी, चिकित्सक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रदर्शनमा सहभागीहरूले हातमा प्लेकार्ड बोकेर सरकारको नीति प्रतिगामी र विभेदकारी भएको आरोप लगाएका थिए। “रेडियोग्राफरको अधिकार, स्वास्थ्य सेवाको आधार”, “अविलम्ब हाम्रा रेडियोग्राफर अधिकार सुनिश्चित गर”, “रेडियोलोजिस्टको करियर सुरक्षित गर”, “भविष्य निर्माण गर, समान अवसर दे”, “नीति बनाउँदा सरोकारवालाको सहभागिता किन नसम्झियो ?” लगायतका नाराहरू उल्लेखित प्लेकार्डसहित सहभागीहरूले सरकारको ध्यानाकर्षण गराए।

    नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष अमृत काफ्ले र महासचिव चिरञ्जिवी पन्थीको अगुवाइमा भएको उक्त प्रदर्शनमा उनीहरूले स्वास्थ्य मन्त्रालयले ल्याएको नीति बिना समन्वय, परामर्श र पेशागत सहभागिता बनाएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे। उनीहरूका अनुसार नयाँ नीतिले रेडियोलोजी सेवाका पेशाकर्मीहरूको दरबन्दी, भविष्य र प्रतिष्ठालाई कमजोर बनाउने खतरा रहेको छ।

    विरोध कार्यक्रममा सहभागी रेडियोलोजी विद्यार्थी तथा प्राविधिकहरूले मौन प्रदर्शनसँगै ब्यानर प्रदर्शन गरेर राज्यको गम्भीर ध्यानाकर्षण गराएका थिए। ब्यानरमा “रेडियोग्राफर पेशाको दरबन्दी नेपाल सरकारको नीति अनुसार पुनरावलोकन गर”, “हाम्रो पेशाको अस्तित्व नीतिमा समावेश गर” भन्ने भनाइ स्पष्ट रूपमा उल्लेख गरिएको थियो।

    कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष काफ्लेले भने, “हामी सेवा क्षेत्रमा व्यावसायिक मर्यादा र सम्मान खोजिरहेका छौं, तर नीतिगत बेवास्ताले हामीलाई सडकमा आउन बाध्य बनायो।” उनले राज्यलाई समावेशी र व्यावसायिक परामर्शमा आधारित नीति बनाउन आग्रह गरे।

    भविष्यमा रेडियोलोजी क्षेत्रलाई शिक्षित जनशक्ति आपूर्ति गर्न र सेवा गुणस्तर कायम राख्न यो नीति सुधार आवश्यक रहेको उनको भनाई छ उनले राज्यसँग संवादको ढोका खुला रहेको स्पष्ट गर्दै, माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनमा जानुपर्ने चेतावनी दिए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयपछि संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेको प्रस्ताव अर्थ मनत्रालय पठाएको छ। जसअनुसार दुई हजार भन्दा बढी स्वास्थ्यका जनशक्ति थपिनेछन्।

    स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा जनशक्ति कम भएको भन्दै थप २ हजार १०२ दरबन्दी प्रस्ताव अर्थ मन्त्रालयसमक्ष पेश गरेको छ। लामो समयको अन्तरालमा आएको उक्त प्रस्तावमा स्वास्थ्यकर्मीहरुको असन्तुष्टि चरम छ।

  • चितवनको लाइफ लाइनमा असार १४ र १५ गते अनुहार र कपाल सम्बन्धी शिविर हुँदै

    चितवनको लाइफ लाइनमा असार १४ र १५ गते अनुहार र कपाल सम्बन्धी शिविर हुँदै

    चितवन, जेठ ९ –
    अनुहार र कपालको निःशुल्क चेक जाँचसहित विशेषज्ञद्वारा परामर्श दिने गरी चितवनको लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिले स्वास्थ्य शिविर सुरु गर्ने भएको छ । यही असार १४ र १५ गते चितवन मेडिकल कलेज (सिएमसी) अगाडि चितवन हिमाल डेण्टलसँगै रहेको लाइफ लाइनमा शिविर हुन लागेको हो । शिविरमा काठमाडौंबाट आएका विशेषज्ञहरुले परामर्श दिने लाइफ लाइनले जनाएको छ ।

    अत्याधुनिक एनालाईजर मेशिनहरुबाट कपाल तथा अनुहारको परीक्षण गरी विशेषज्ञहरुले निशुल्क परामर्श दिन लागेको हुन् ।

    कपाल झर्ने समस्या भएकाहरुको कपाल झर्नुको कारण पत्ता लगाई त्यसै अनुसार उपचारको परामर्श दिइने छ । साथै कपाल रोप्न चाहनेहरुलाई शिविरका अवसरमा विशेष सहुलियतमा कपाल रोपिने लाइफ लाइनले जनाएको छ । कपाल झर्ने, कपालमा चायाँ आउने, कपाल पातलो हुने, कपालको जरामा घाउहरु आउने लगायतका समस्या समाधानबारे विशेषज्ञहरुले निशुल्क परामर्श दिनेछन् ।

    त्यसैगरी अनुहारमा आएका चायाँ, पोतो, पिम्पल्स लगायतका समस्या समाधान कसरी गर्ने भन्नेबारे काठमाडौंबाट आएका विशेषज्ञहरुले निशुल्क परामर्श दिनेछन् ।

    चितवन मेडिकल कलेज अगाडि चितवन हिमाल डेण्टलसँगै रहेको लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिमा यही असार १४ र १५ गते अर्थात आउने शनिबार र आइतबार आएर निःशुल्क स्वास्थ्य शिविरमा उपस्थित हुन लाइफ लाइनले इच्छुकहरुलाई आह्वान गरेको छ ।

    थप जानकारीका लागि यहाँ उल्लेख गरिएका नम्बरहरुमा सम्पर्क गर्नुहोला । वा लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिमै गएर बुझ्न सक्नुहुनेछ ।

  • भरतपुर महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्बले घट्यो,

    भरतपुर महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्बले घट्यो,

    चितवन, असार ८

    चितवनको भरतपुर महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब घटेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ ।

    महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरेको छ ।

    महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरेको थियो ।

    महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१/०८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

    यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ । यसैगरी वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ ।

    https://drive.google.com/file/d/14Gpgsip6CLLRZpZOJHExc6gJ6ybLpjEh/view