Category: भरतपुर

  • ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    चितवन साउन २७
    अथक एवम् पृथक पहलबाट आफ्नो समुदायमा रचनात्मकता प्रदर्शन गरेका तथा शैक्षिक उपलब्धिभन्दा माथि उठेर समाजमा सकारात्मक प्रभाव पार्ने १३ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई पहिचान गरी सशक्त बनाउन गोल्छा ग्रुपद्वारा हरेक वर्ष सञ्चालन गरिने ‘ग्लोकल टीन हिरो’को २०२५ को ११औँ संस्करणमा ‘२० वर्षमुनिका २० जना’मा चितवनका युवा अभियन्ता साजन अधिकारी चयन भएका छन् ।

    किशोर–किशोरीहरूलाई सुखसयलको भोगभन्दा माथि उठेर उद्यमशील सोच राख्न र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यका साथ आयोजना गरिने उक्त मञ्चमा सूचना प्रविधिमार्फत दिगो विकासको लक्ष्य प्राप्तिका लागि विविध क्रियाकलाप सञ्चालन गरिरहेका चितवनको भरतपुर महानगरपालिका–१४ का अधिकारी यसपटक चितवनबाट छनोट भएका हुन् ।

    ११औँ संस्करणमा प्रतिस्पर्धा गर्न देशभरबाट आवेदन दिएका ७ सय ८६ जनामध्ये उनी २० जनाभित्र पर्न सफल भएका हुन् । आवेदकहरूले समाजमा पुर्‍याएको योगदानको समीक्षापश्चात ती २० जना छनोट भएका हुन् । आयोजकले आवेदकहरूबाट पेस भई दाबी गरिएका तथ्यउपर विस्तृत समीक्षा गरी अन्तिम २० जनाको नाम सार्वजनिक गरेको हो ।

    प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरण संरक्षणसम्बन्धी क्रियाकलाप, कला क्षेत्र र स्वास्थ्य सचेतनासम्बन्धी अभियान सञ्चालन गरेका देशभरका आवेदकहरूबाट छानिएका २० जना मध्येका साजन अधिकारी विशेषतः सूचना प्रविधिमार्फत देश तथा विदेशमा सचेतता फैलाउन प्रयासरत किशोर हुन् । उनले सञ्चालन गरेको ‘इनिसिएसन लक्ष्य’ले नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, जाम्बियालगायतका देशमा साइबर सुरक्षाबारे दिगो विकास लक्ष्यको अभियान सञ्चालन गरिरहेको छ । आयोजकले यी २० जना मध्येबाट छ जना चुन्नेछ । फाइनलका लागि चुनिएका छ जनाबीच स्पर्धा हुनेछ ।

    चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीबाट भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण उनले विश्वप्रसिद्ध ‘टेड’अन्तगर्त ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ इभेन्टको मुख्य आयोजककर्ता भई ‘लाइसेन्सी’को भूमिका निर्वाह गरेका थिए । उक्त इभेन्टमा सात जना वक्ताले ‘टेडएक्स टक’ गरेका थिए । काठमाडौँ उपत्यकाबाहिर विद्यालयस्तरमा नेपालमै पहिलोपटक आयोजित उक्त इभेन्टका सातवटै भिडियो ‘टेडएक्स’ मा अपलोड हुन सफल उनले बताए ।

    अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापमा विशेष दख्खल राख्ने उनी विद्यार्थी गुणीय चक्र (एसक्युसी) चितवन हवका सचिवसमेत हुन् । विद्युतीय साक्षरता, युवा सशक्तीकरण र शिक्षाको सहज पहुँचका लागि क्रियाशील उनी नेपाल स्काउटको रोभर तथा स्क्र्याबलको मेन्टर पनि हुन् ।

    उनले विश्वकै सबैभन्दा धेरै विद्यार्थी भएको सिटी मन्टेश्वरी स्कुल लखनउबाट ‘कोफास’मा कम्युटर भाइरससम्बन्धी सचेतना फैलाउने गेम निर्माण गरी दोस्रो स्थान हासिल गरेका थिए ।
    युवाहरूलाई डिजिटलरूपमा सक्षम, मानसिकरुपमा सुदृढ र सामाजिकरूपमा जिम्मेवार बनाउन अनवरत प्रयास गरिरहहेका अधिकारी विश्वप्रसिद्ध ‘कोर्ष प्रोभाइडर’ ‘कोर्सेरा’ले ‘रिकोग्नाइज’ गरेका हालसम्म नेपालका एक जना मात्र व्यक्ति हुन् ।

  • चितवनको रामपुरमा चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

    चितवनको रामपुरमा चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

    चितवन, साउन २६ –
    चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा चिनियाँ सहयोगमा वर्णशङ्कर धानको परीक्षण रोपाइँ गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान आज विश्वविद्यालयमा परीक्षणका लागि रोपिएको हो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गको प्रमुख उपस्थितिमा आज सोमबार रोपाईं गरिएको हो ।

    नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ । हरेक जातका धानको ३०० ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको हो ।

    धान रोपाइँ सरु गर्नुअघि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत सोङ्गले यो धान नेपालमा परीक्षण गरेर उत्पादन गर्न लाग्नु चीनका लागि गर्वको विषय भएको बताए । चीनले ७० वर्षको उपलब्धिका रूपमा यस धानको बिउलाई लिएको उनले बताए । यसरी चीनले निकै मिहिनेत गरेर प्राप्त गरेको उपलब्धि नेपाललाई उपहार स्वरुप दिएको उनको भनाइ छ ।

    यसले उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास व्यक्त गर्दै राजदूत सोङ्गले आउँदा वर्षहरुमा नेपालको धान उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने बताए ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुङ्गा साबित विश्वास व्यक्त गरिन् ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले परीक्षण सफल भएमा यसले नेपालको धान उत्पादनमा सहयोग पुग्ने बताइन् ।

    कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुष्करबहादुर पाल, चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कन्ट्री डाइरेक्टर जाओ जियाङ, परियोजनाका कार्यक्षेत्र संयोजक राजु खरेल लगायतले संवोधन गरेका थिए ।

    संयोजक खरेलका अनुसार परीक्षणका रूपमा रोपिएका वर्णशङ्कर धानमध्ये राम्रो फल्ने धानलाई नेपालका विभिन्न ठाउँमा रोप्न सकिनेछ । यस क्रममा कृषकलाई तालिमसमेत दिइँदै छ । विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशङ्करलाई सँगै उत्पादन गरेर अध्ययन गरी उपयुक्त जात सिफारिससमेत गर्न सक्ने छ ।

    खरेलका अनुसार नेपालमा हालसम्म एउटा मात्रै वर्णशङ्कर धानको बीउ उत्पादन भई प्रचलनमा आएको छ । त्यो जात हर्दिनाथ हाइब्रिड एक हो । अन्य देशबाट आयात गरि कृषकले अरु विभिन्न जातका धान प्रयोग गर्ने गरेका छन् ।

    आफ्नै देशमा परीक्षण गरिएको जातको धान लगाउँदा उत्पादन वृद्धि हुने र किसान वर्गलाई ठूलो लाभ मिल्ने विश्वास गरिएको छ ।

     

     

  • आज साउनको अन्तिम सोमबार,देवघाटमा श्रद्धालुको घुइँचो

    आज साउनको अन्तिम सोमबार,देवघाटमा श्रद्धालुको घुइँचो

    भरतपुर,साउन २६

    आज साउन महिनाको अन्तिम सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

    आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । यसअघिका सोमबारमा हजारौं भक्तजन देवघाटधाम आएकोमा अन्तिम सोमबार पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।

    महिला तथा पुरुष व्रतालुहरु पहेँलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् । चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहेको व्रतालु राधिका पाण्डेले बताउनुभयो । देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् ।

  • प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    चितवन, ८ अगस्ट —
    नेपालको प्रमुख सूचना प्रविधि कम्पनी प्याराडाइज इन्फोटेकले स्थापना भएको ५ वर्ष पूरा भएको अवसरमा उत्साहका साथ आफ्नो ५औं वार्षिकोत्सव मनाएको छ।

    सन् २०१९ मा एक युवाले सुरु गरेको सानो आईटी स्टार्टअप आज ४० भन्दा बढी दक्ष र समर्पित सदस्यहरूको बलियो टिममा विकसित भएको छ। कम्पनीका CEO गबिश खनाल र उहाँकी जीवनसंगीनी सबिना कार्कीको दूरदृष्टि, माया र निरन्तर सहयोग यस यात्राको मूल प्रेरणा बनेको कम्पनीले जनाएको छ।

    नेपालमा आईटी क्षेत्रमा असीम सम्भावनामा दृढ विश्वास राख्दै, प्याराडाइज इन्फोटेकले विगत पाँच वर्षमा वेब तथा सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन लगायत विविध प्रविधि आधारित समाधानहरू प्रदान गर्दै आएको छ। कम्पनी काठमाडौं र चितवन कार्यालयबाट सेवा उपलब्ध छन्।

    विशेषतः, चितवन शाखा, जुन २ वर्ष पुरा भइसकेको छ, शाखा प्रमुख प्रमेेश्वर धरेलको नेतृत्वमा वेब तथा सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन लगायत विभिन्न तालिमहरू सञ्चालनमा छ। यी तालिमहरूले चितवनका विद्यार्थी र आईटी क्षेत्रमा आफ्नो भविष्य बनाउने इच्छुक युवाहरूलाई अत्यावश्यक सीप र ज्ञान प्रदान गर्दै आएका छन्।

    पाँच वर्षको छोटो अवधिमा, प्याराडाइज इन्फोटेकले आफ्नै उत्पादनहरू पनि विकास गरेको छ — ‘Sajilo Attendance’ नामक हाजिरी व्यवस्थापन प्रणाली, जसले ग्राहकहरूबाट व्यापक प्रशंसा पाएको छ। कम्पनीले निरन्तर नयाँ र आधुनिक प्रणालीहरू विकास गर्दै नेपालका व्यवसाय र संस्थाहरूलाई अझ सहज र प्रभावकारी समाधान प्रदान गर्ने लक्ष्य लिएको छ।

    CEO गबिश खनालले भने—

    “हाम्रो सफलता टिमको अथक मेहनत, ग्राहक र साझेदारहरूको विश्वास, र परिवार तथा साथीहरूको माया र समर्थनको परिणाम हो। एक जना बाट सुरु भएको यो यात्रा आज ४० सदस्यको परिवारमा परिणत हुनु हामी सबैका लागि गर्वको विषय हो।”

    प्याराडाइज इन्फोटेकले भविष्यमा नयाँ प्रविधि र नवप्रवर्तनमार्फत नेपालको आईटी क्षेत्रलाई अझ सशक्त र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित सबै ग्राहक, साझेदार, टिम सदस्य र समर्थकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

  • वीरेन्द्र बहुमुखी क्याम्पस र प्याराडाइज इन्फोटेकबीच सम्झौता, आईटीका विद्यार्थीले लाभ लिन सक्ने

    वीरेन्द्र बहुमुखी क्याम्पस र प्याराडाइज इन्फोटेकबीच सम्झौता, आईटीका विद्यार्थीले लाभ लिन सक्ने

    चितवन, साउन २१ –
    सूचना प्रविधि क्षेत्रमा पारस्परिक सहकार्यको अभिप्रायले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन र प्याराडाइज इन्फोटेक प्रा.लि. (Paradise IT Solution Pvt. Ltd.) बीच मिति २०८२ साल साउन २१ गते औपचारिक रूपमा समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर गरिएको छ ।

    यस समझदारी अनुसार, प्याराडाइज इन्फोटेक प्रालिले विद्यार्थीहरूलाई व्यवहारिक आईटी (IT) तालिम, इन्टर्नसिप, काउन्सेलिङ सेवा साथै रोजगारीका अवसरहरू प्रदान गर्नेछ भने क्याम्पसले यी गतिविधिहरूका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।

    सम्झौता कार्यक्रममा क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारी र प्याराडाइज इन्फोटेकका चितवन शाखा प्रबन्धक प्रमेश्वर धरेलले हस्ताक्षर गरेका छन् ।

  • चितवन प्रशासनको कडा कदम : ४५ कन्सलटेन्सी भोलिबाट सिल हुने (सूचि सहित)

    चितवन प्रशासनको कडा कदम : ४५ कन्सलटेन्सी भोलिबाट सिल हुने (सूचि सहित)

    चितवन साउन २२
    आवश्यक कानुनी कागजात नपेस गरेका कारण चितवन जिल्लामा सञ्चालित ४५ वटा शैक्षिक कन्सलटेन्सीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनले कडा कदम चालेको छ। कागजात पेस नगर्ने कन्सलटेन्सीहरूलाई तत्काल बन्द गर्न र उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको हो।

    प्रशासनले प्रशासकीय अधिकृत मदन थिङद्वारा जारी एक सूचना मार्फत ती कन्सलटेन्सीहरूलाई साउन २२ गतेसम्मका लागि तोकिएको अन्तिम समयसीमा दिँदै, आवश्यक कागजातहरू जस्तै दर्ता प्रमाणपत्र, नविकरण कागजात, कर विवरण, र कार्यान्वयन सम्बन्धी विवरणहरू पेस गर्न आग्रह गरेको थियो। तर, ४५ वटा कन्सलटेन्सीले सो समयमा कागजात पेस नगरेको पाइएपछि प्रशासनले कडा निर्णय लिएको हो।जिल्ला प्रशासनको निर्देशनपछि सम्भवत भोलिदेखि चितवन प्रहरीले ती कन्सलटेन्सीहरूमा ताला लगाउने छ।

  • प्याराडाइज इन्फोटेक चितवनमा आईटी सम्बन्धी कक्षामा ५० प्रतिशत छुटको अवसर

    प्याराडाइज इन्फोटेक चितवनमा आईटी सम्बन्धी कक्षामा ५० प्रतिशत छुटको अवसर

    चितवन, साउन २१ –
    सूचना प्रविधि क्षेत्रमा चार वर्षदेखि निरन्तर सेवा गर्दै आएको प्याराडाइज इन्फोटेक (Paradise InfoTech) ले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा विशेष छुट घोषणा गरेको छ।

    प्याराडाइज इन्फोटेकले आगामी साउन २४ गते (August 8) को दिन आफ्नै कार्यालय, प्याराडाइज इन्फोटेक चितवनमा आएर भर्ना हुने सम्पूर्ण विद्यार्थीहरूलाई वेभ डेभलपमेन्ट, ग्राफिक डिजाइन, एसईओ, डिजिटल मार्केटिङ् (Web Development, Graphic Design, SEO, Digital Marketing) लगायतका सबै कोर्सहरूमा पचास प्रतिशत (५०%) छुट दिने भएको छ।

    यो वार्षिकोत्सव विशेष अफर साउन २४ गते मात्र लागु हुनेछ । सिमित समयका लागि मात्र मान्य हुने भएकाले इच्छुक विद्यार्थीहरूले आफ्नो सीट तुरुन्तै बुक गर्न आग्रह गरिएको छ।

    आफ्नो नाम बुक गर्नका लागि तल दिएको नम्बरमा फोन गर्न सकिन्छ वा प्याराडाइज इन्फोटेकका सामाजिक सञ्जाल प्लेटफर्ममा मेसेज पठाएर पनि आफ्नो सीट सुरक्षित गर्न सकिन्छ। कार्यालयमा गएर सिधै पनि नाम दर्ता गर्न सकिन्छ।

    थप जानकारीका लागि सम्पर्क गर्नुस् :

    ???? 3rd Floor, Sarswoti Tower, Hakim Chowk, Bharatpur-10 (तेश्रो तला, सरस्वती टावर, हाकिम चोक, भरतपुर- १०)
    ???? 056-511432 | ???? 9802358601

  • चितवनका ६७ कन्सलटेन्सी ‘गैरकानुनी’- जिल्ला प्रशासनले दियो तीन दिनको अल्टिमेटम (सूचि सहित)

    चितवनका ६७ कन्सलटेन्सी ‘गैरकानुनी’- जिल्ला प्रशासनले दियो तीन दिनको अल्टिमेटम (सूचि सहित)

    चितवनसाउन १९
    चितवन जिल्लामा सञ्चालित ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने कन्सलटेन्सी जिल्ला प्रशासन कार्यालयमा सूचीकृत नभएको पाइएको छ।

    प्रशासनले पटक–पटक सूचीकृत हुन आह्वान गर्दा पनि सम्पर्कमा नआएका कन्सलटेन्सीहरू विरुद्ध हालै अनुगमन गर्दा ती संस्था कानुन बमोजिम नचलाइएको पत्ता लागेको हो।

    जिल्ला प्रशासन कार्यालयले अब ती कन्सलटेन्सीहरूलाई तीन दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र र अन्य सम्बन्धित कागजातहरू पेश गर्न निर्देशन दिएको छ।निर्धारित समयसीमा भित्र कागजात पेश नगर्ने संस्थाहरूलाई बन्द गरी कानुनी कारबाही अघि बढाइने चेतावनी प्रशासनले दिएको छ।

    यसैगरी, प्रशासनमा सूचीकृत भई तर अझै सम्बन्धित कागजात नपेस गरेका कन्सलटेन्सीहरूलाई पनि तोकिएको समयभित्र सम्पूर्ण कागजात बुझाउन अन्तिम सूचना दिइएको छ ।

     

     

  • चितवन हबको एसक्युसी कन्भेन्सन सिमुलेसन सम्पन्न

    चितवन हबको एसक्युसी कन्भेन्सन सिमुलेसन सम्पन्न

    चितवन साउन १८
    शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्न क्रियाशील संस्था एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘एसक्युसी कन्भेन्सन सिमुलेसन २०२५’ सम्पन्न भएको छ ।

    गैँडाकोट इङ्लिस स्कुलमा आयोजना गरिएको उक्त सिमुलेसनमा चितवन हवमा आबद्ध १४ वटा विद्यालयमध्ये १० वटा विद्यालयका १७० जना विद्यार्थी तथा २५ जना विद्यालय प्रतिनिधि र एसक्युसी सहजकर्ताहरूको सहभागिता रहेको थियो ।

    १० जना विद्यार्थीले प्यानल डिस्कसनमा सहभागिता जनाएको उक्त सिमुलेसनमा पाँच विद्यालयबाट एसक्युसी केस स्टडी प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्यारलल इभेन्टअन्तर्गत कोलाबोरेटिभ स्टोरी फर्मेसन तथा कोलाबोरेटिभ कोलाज आर्टस, स्टोन पेन्टिङ तथा एङ्करिङ वर्कसपको समेत आयोजना गरिएको चितवन ‘हव’ संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।

    आउँदै गरेको हव कन्भेन्सन र नेसनल कन्भेनसनलाई मध्यनजर गरी आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य चितवन हवमा आवद्ध भएका नयाँ विद्यालयका विद्यार्थीहरूलाई एसक्युसी के हो र यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा कसरी योगदान पु¥याउँछ भनेर जानकारी दिनु रहेको उनले बताए ।

    चितवन हवका संयोजक एवम् क्वेस्ट नेपालका मास्टर ट्रेनर अर्जुन जी शर्माको सभापतित्वमा सम्पन्न सिमुलेसन कार्यक्रमको सञ्चालन सचिव साजन अधिकारीले गरेका थिए । क्वेष्ट नेपालका एक्ज्युकेटिभ मेम्बर हीरालाल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम मास्टर ट्रेनर निर्मल पाण्डे र विक्रम बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो ।

  • नारायणी नदी सहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम

    नारायणी नदी सहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम

    काठमाडौँ ११ साउन
    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

    यसले गर्दा देशभर साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आइतबार दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट, दैलेख, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

    त्यस्तै रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलान्चोक, कास्की, लमजुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।