नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने

चितवन २३ असार 
नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। संघको भनाइमा पछिल्लो समय लागतअनुसार मूल्य नपाएको, मागभन्दा बढी उत्पादन भएको र चोरी पैठारी बढेकाले व्यवसाय संकटमा परेको छ।

संघका अध्यक्ष लक्ष्मीदास श्रेष्ठका अनुसार बोइलर र कलर बोइलर चल्लाको बजार मूल्य एकदमै घटेको र बिक्री नहुँदा किसान घाटामा परेका छन्। अहिले प्रति हप्ता ३०–३५ लाख चल्ला उत्पादन भइरहे पनि माग २०–२२ लाख मात्रै रहेको छ।

पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले किसानको हितका लागि एक हप्ताको बन्द आवश्यक रहेको बताए। उद्योगीहरूका अनुसार उत्पादन नबिकेपछि खाल्डो खनेर चल्ला गाड्नु परेको छ भने सरकारले पोल्ट्री व्यवसायप्रति पर्याप्त ध्यान नदिएको गुनासो पनि गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *