Category: भरतपुर

  • मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    चितवन, १६ भदौ –

    चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९:४० बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

    घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

    मृतकको पहिचान खुलेको छैन । अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका–११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

  • चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

    चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

    चितवन  १४ भदौ 
    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट रहेका छन् ।

    आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए।

    घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

     

  • सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    चितवन भदौ ९
    भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरु भएको दोस्रो संस्करणको तीनदिने ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघ का छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना कार्यक्रमका महासचिव अर्जुन जी शर्माले छ विषयका संकल्प ग्रहण गरिएको बताए ।

    नमुना कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले यस्ताखाले रचनात्मक कार्यक्रले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने बताए । ‘विश्वव्यापीरूपमा स्पर्धा गर्नसक्ने योग्य नागरिक बनाउनका लागि यस्ता किसिमका कार्यक्रम अत्यन्तै फलदायी हुने उनको जिकिर थियो । ‘बाबुनानीहरूको अध्ययन, अनुसन्धान र प्रस्तुतीकरण वास्तवमा सराहनीय तथा अनुकरणीय छ’, उनले भने । अभिभावकीय भूमिका निर्वाह गर्दै सामुदायिक विद्यालयहरूमा यस्ताखाले रचनात्मक कार्यक्रमको लागि समन्वय गरिदिन प्रमुखअतिथि काफ्लेले आग्रह गरे ।

    कार्यक्रमबाट संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्की र उपसभापति स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गरेको छ । सो कमिटीले ‘हिरासतको मानवीय विकल्पहरूलाई प्रवद्र्धन गर्ने, सेवाहरूमा पहुँचमार्फत आप्रवासी अधिकारहरूको सुरक्षा गर्ने र सीमा सुरक्षालाई कहिल्यै पनि हतियार बनाउनु हुँदैन’ भन्ने तथ्यमा जोड दिइएको प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र छलफल गरेको थियो । उक्त कमिटीले ‘शरणार्थीहरूको लागि सुरक्षित क्षेत्रहरू स्थापना गर्ने, द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाना, पानी र शिक्षाको पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्ने र नागरिक जीवनको रक्षा गर्न विश्वव्यापी सहयोगलाई सुदृढ पार्ने विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी पारित भएको छ ।

    त्यसैगरी दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस भई प्लास्टिक प्रयोगलाई चरणबद्धरूपमा निरुत्साहित गर्दै नवीकरणीय ऊर्जालाई तीव्र पार्ने र विश्वव्यापी सहयोगलाई प्रवद्र्धन गर्ने प्रस्ताव पास गरिएको छ ।

    युएनकै अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति शुभांशराज केसी र विशाल सापकोटाको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र बहस गरी ‘बालसैनिक भर्तीको निन्दा गर्दै, शिक्षा, स्वास्थ्यसेवा र मनोसामाजिक सहयोगमा मानवीय पहुँच सुनिश्चित गर्दै युद्धबाट प्रभावित बालबालिकाको संरक्षण र पुनस्र्थापनाको लागि बलियो विश्वव्यापी सहयोगको लागि आह्वान गर्ने प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका सभापति सिर्जना लम्साल र उपसभापति रुपेश घिमिरे को कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्प पास गरेको छ । उक्त कमिटीले पास गरेको संकल्पअनुसार ‘ बृहत्तर मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा समान पहुँच र सोसम्बन्धी जागरूकता कार्यक्रमहरूलाई सुदृढ पार्न आह्वान’ गर्नेछ ।

    त्यस्तै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनका सभापति आकर्षा सापकोटा र उपसभापति सौर्य पौडेलको कमिटीले ‘विज्ञान शिक्षा र सांस्कृतिक संरक्षण मार्फत जलवायु परिवर्तनको सामना गर्ने’ एजेन्डासँग जलवायु परिवर्तन शिक्षालाई एकीकृत गर्ने, आदिवासी ज्ञानको संरक्षण गर्ने र वैज्ञानिक सहकार्यलाई प्रवद्र्धन गर्नेगरी प्रस्ताव पारित गरेको छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष आयोजित नमुना कार्यक्रम–२.० मा पाँचवटा सामुदायिक विद्यालयहरू प्रेमबस्ती मावि प्रेमबस्ती, राष्ट्रिय मावि कृष्णपुर, लक्ष्मी मावि लंकू, नारायणी नमुना मावि र मोहन मावि भरतपुरका विद्यार्थीहरूलाई निःशुल्करूपमा सहभागी गराइएको कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

    कार्यक्रममा महासचिव शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय, सल्लाहकार सुमन पौडेल, निर्देशक सरला पौडेललगायतले सम्पूर्ण कमिटीका उत्कृष्ट प्रतिनिधि, न्युज एजेन्सी, अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिलगायतलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । तीनदिने कार्यक्रम अवधिभर उत्कृष्टता प्रदर्शन गरेका सिर्जन रेग्मीलाई ‘सबैभन्दा सक्रिय समिति सदस्य’को रूपमा र ‘उत्कृष्ट समिति सदस्य’को रूपमा सक्षम सुवेदीलाई पहिचान गरी पुरस्कृत गरिएको थियो ।

     

  • अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    भरतपुर भदौ ८
    भरतपुर १० मा रहेको अर्किड स्कुलद्वारा आयोजित अन्तर स्कुल तीज गीत प्रतियोगितामा सन राइज स्कुल प्रथम भएको छ।

    कार्यक्रममा सहभागी मध्यबाट ग्रीनल्यान्ड स्कुल दोस्रो , सेन्ट पोल चिल्ड्रेन होम तेस्रो र डन एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका थिए।

    विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्कुल सह प्राचार्य पुरुषोत्तम दवाडीले सहभागीलाई स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन हरिराम रेग्मीले गरेका थिए ।

    विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम् कार्यक्रम संयोजक अमित भुसालका अनुसार कार्यक्रममा २२ स्कुलले सहभागिता जनाएका थिए।

    त्यस्तै, अर्किड स्कुलले तीजको अवसरमा अन्तर स्कुल स्तरीय तिज प्रतियोगितात्मक कार्यक्रम गर्दै आइरहेको उनले बताए ।

  • मानव सेवा आश्रमका वृद्धवृद्धालाई खुवाइयो दर

    मानव सेवा आश्रमका वृद्धवृद्धालाई खुवाइयो दर

    भरतपुर भदौ ८
    मानव अधिकार एलाइन्स चितवन शाखाले मानव सेवा आश्रम नारायणगढका वृद्धवृद्धालाई दुर खुवाउने कार्यक्रम गरेको छ ।

    एलाइन्स चितवन शाखाका अध्यक्ष किशोर खनालले तीजको अवसरमा महिलाहरुले खुसीयाली साटिरहँदा आश्रमका वृद्धवृद्धालाई दर खुवाएर खुसीयाली साट्ने काम गरेको बताए । उनका अनुसार आश्रममा रहेका एक सय बढी वृद्धवृद्धालाई एक छाक साँझको भोजन ग्रहण गराइएको थियो ।

    तीज र दरखाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् । यो खुसीयालीमा आश्रमका वृद्धवृद्धा पनि अटाउन सकून भन्ने उद्देश्यले दर खुवाउने कार्यक्रम गरिएको अध्यक्ष खनालले बताए । कार्यक्रममा एलाइन्स चितवनका बागमती प्रदेश सदस्य कोपिला दवाडी ढकाल, कमला गजुरेललगायतको उपस्थिति थियो ।

    प्रदेश सदस्य कोपिला दवाडीले मानव अधिकार एलाइन्स यस्ता सामाजिक काममा अग्रसर हुने बताइन्

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

    दमौली (तनहुँ), भदौ ८

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो ।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो ।

    पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो ।

    उहाँले भन्नुभयो, “कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङ्रोगन पनि सकिएको छ । अब थोरैमात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका थियौँ ।”

    सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनमा कालोपत्रको काम सकिएको उहाँको भनाइ छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

    उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । रासस

     

  • बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

    बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

    चितवन, ३ भदौ : 
    चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ ।

    पाँच दिनअघि यहाँ आएको सात सदस्यीय चिनियाँविज्ञ टोलीले विभिन्न विभागमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीसँग प्रत्यक्ष रूपमा अन्तक्र्रिया गरी आवश्यक पूर्वाधारका विषयमा समेत राय लिएको छ ।

    बोनम्यारो प्रत्यारोपणका लागि चिनियाँ टोली यही रहेका बेला नेपालका लागि चिनियाँ राजदूतावासका प्रथम काउन्सिलर वाङ सिन आज यहाँ आउनुभएको थियो । उहाँले चीन–नेपाल बोनम्यारो प्रत्यारोपण परियोजना औपचारिक रूपमा सुरू भएको बताउनुभयो ।

    उहाँले यस परियोजनालाई दुवै मुलुकबीचको स्वास्थ्य सहकार्यको ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । सिनले चीन र नेपाल सात दशकदेखि असल छिमेकी, सत्यनिष्ठ मित्र र भरपर्दा साझेदारका रूपमा अगाडि बढ्दै आएको उल्लेख गर्दै हिमालझैँ अटल यो मित्रता स्वास्थ्य क्षेत्रमा अझ गहिरो रूपले प्रकट भइरहेको बताउनुभयो ।

    सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गर्न चिनियाँ सरकारले समेत चासो दिएको भन्दै सबैको साथ र सहयोगबाट बोनम्यारो प्रत्यारोपणको काम थालिने बताउनुभयो ।

    अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले चीनबाट आएको विज्ञ टोलीले पाँच दिनसम्म स्थलगत अध्ययन गरेको र त्यसपछि जनशक्ति तालिमलाई प्राथमिकता दिनु आवश्यक देखिएको बताउनुभयो ।

    डा साहका अनुसार, बोनम्यारो प्रत्यारोपण सेवा केवल एक विभागले मात्र सम्भव नहुने भएकाले मेडिकल अङ्कोलोजी, हेमाटोलोजी, आइसियु, रेडिएसन अङ्कोलोजी र प्याथोलोजीजस्ता विभागको संयुक्त क्षमता आवश्यक हुन्छ । “डाक्टर मात्र सक्षम भएर पुग्दैन, नर्स, प्यारामेडिक्स र अन्य प्राविधिक पनि दक्ष हुनुपर्छ”, डा साहले भन्नुभयो ।

     

  • भरतपुरमा एक सुन पसले ३ करोड ठगेर फरार

    भरतपुरमा एक सुन पसले ३ करोड ठगेर फरार

    चितवन, भदौ ३ –
    भरतपुरमा एक सुन पसले ३ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका छन् । भरतपुर महानगरपालिका १० नहर चोकमा रहेको गोरखा ज्वेलर्सका सञ्चालक हितेश सिरपाली पसल छाडेर फरार भएका हुन् ।

    विगत ६ महिनादेखि उनले सुन पसल बन्द गरेर फरार भएको भरतपुर महानरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए । उनले करिब ३ करोड ठगी गरेर फरार भएको अध्यक्ष खनालले बताए ।

    स्थानीय र घटबेटीले उजुरी गरेपछि सबै प्रक्रिया पूरा गरी वडा कार्यालय र प्रहरीले पसल हिजो सोमबार साँझ पसल खोलेको छ । पसल खोलेर हेर्दा पसलमा सुन राख्ने र्याक बाहेक अरु केही पनि नभेटिएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए ।

    स्थानीय र घटबेटीले उजुरी गरेपछि सबै प्रक्रिया पूरा गरी वडा कार्यालय र प्रहरीले पसल हिजो सोमबार साँझ पसल खोलेको छ । पसल खोलेर हेर्दा पसलमा सुन राख्ने र्याक बाहेक अरु केही पनि नभेटिएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए ।

    उनी फरार भएपछि स्थानीयले उजुरी गरेका थिए । चितवन जिल्ला अदालतले २०८२ जेठ ३१ गते हितेश सिरपालीलाई पक्राउ गर्नु भनि चितवन प्रहरीलाई पत्र काटेको थियो । त्यसपछि प्रहरीले उनलाई खोजी गरिरहे पनि अझै पक्राउ गर्न सकेको छैन ।
    हितेश त्रिपाठीको सामाजिक सञ्जाललाई हेर्दा उनी अहिले दुबैमा रहेको बुझिएको वडाअध्यक्ष खनालले बताए । उनले फेसबुक र टिकटकमा विदेशमा रहेको तस्विर र भिडियो हाल्ने गरेका छन् । यस विषयमा थप जानकारीका लागि चितवन आज हेर्दै गर्नुहोला ।

    भिडियो रिर्पाेट :

  • नेकपा एमाले चितवनको बैठक सम्पन्न : विधान अधिवेशनमा चितवनले महत्वपूर्ण सुझाव दिँदै

    नेकपा एमाले चितवनको बैठक सम्पन्न : विधान अधिवेशनमा चितवनले महत्वपूर्ण सुझाव दिँदै

    चितवन, भदौ २ –
    नेकपा (एमाले) जिल्ला कमिटी चितवनको नवौं पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २०–२२ गते ललितपुरको गोदावरी हलमा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा जिल्लाले दिने सुझावका सम्बन्धमा केन्द्रीत रही बैठक बसेको हो ।

    जिल्लाले पठाएका सल्लाह र सुझावहरुका बारेमा विधान अधिवेशनमा व्यापक छलफल हुने एमालेले जनाएको छ ।

    विधान अधिवेशन केन्द्रित रही आजको जिल्ला कमिटी बैठकमा व्यापक छलफल भएको छ । एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यका अनुसार बैठकमा जिल्ला कमिटीका नेताहरुले विधान संशोधनका सम्बन्धमा विभिन्न सुझाव पेस गरेका छन् । राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने प्रष्ट व्यवस्था गर्नुपर्ने र दोश्रो तहका नेताले नेतृत्व लिने गरी अगाडि बढ्नु पर्ने र त्यसो गर्दा कोही पनि विवादित बन्नु नपर्ने कुरा बैठकमा उठेको आचार्यले जानकारी दिए ।

    त्यसैगरी जिल्ला कमिटी पदाधिकारीमा १ जना ४० वर्ष मुनिका युवा अनिवार्य गराउनुपर्ने, भ्रष्टाचारमा मुछिएर विवादमा आएका नेता कार्यकर्ताको सदस्यता खारेज गर्ने व्यवस्था गर्नुपर्ने, जिल्ला जिल्लामा सम्पर्क मञ्च गठन गर्ने र त्यसको मान्यता दिनुपर्ने व्यवस्था गर्ने, क्षेत्र र प्रदेश समन्वय कमिटीलाई कार्यकारी अधिकार दिने व्यवस्था गर्नुपर्ने, समाजवादी मोडलमा जाने स्पष्ट योजना लगायतका कुरा विधानमा राख्नुपर्ने जिल्ला कमिटी चितवनका नेताहरुले सुझाव दिएका छन् ।

    विधानमा संसोधन गरी १ पार्टी सदस्य र अर्काे पार्टी संगठित सदस्य बन्न पाउने व्यवस्था गर्नुपर्ने, पार्टी जिल्लाले व्यवस्था गरेको कार्यालय सचिव निर्वाचित भएर आउने व्यवस्था गनुपर्ने, पार्टी जिल्ला पदाधिकारीले विभिन्न विभागको जिम्मा नलिने र त्यसको जिम्मा सचिवालय सदस्यलाई दिने व्यवस्था गर्नुपर्ने, युवा र विद्यार्थीमा उमेरको हद राखिसकेपछि पार्टीमा पनि उमेर हद राख्दा राम्रो हुने लगायतका सुझाव जिल्ला कमिटीका नेताहरुले दिएका छन् ।

    बैठकलाई संवोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले विधान अधिवेशनमा चितवनले प्रश्न उठाउने र झकझकाउनुपर्ने बताए । यदि चितवनले यसो गरेन भने पार्टी र विधान कमजोर बन्न सक्ने भन्दै नेता अधिकारीले विधान अधिवेशनका लागि व्यापक छलफल गरी सुझाव पेश गर्न आग्रह गरे ।

    समृद्द नेपाल सुखी नेपाली राष्ट्रिय आकांक्षा मात्र होइन गन्तव्य पनि भएको बताउँदै नेता अधिकारीले यो विषयमा विधान महाधिवेशनमा छलफल हुने बताए ।

    स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी देशको प्रमुख पदमा बसेको हुँदा राजनीतिमा आउनु राम्रो हुँदैन भनेर निर्णय भएको बताए । तर विधान अधिवेशनले उल्ट्याउन पनि सक्ने अधिकार रहेको हुँदा उक्त अधिवेशनसम्म कुर्नुपर्ने धारणा राखे ।

    एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षतामा सम्पन्न बैठकमा काशीनाथ अधिकारी र डा. राजन भट्टराईसहित एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु जेएन थपलिया, प्रभा बराल, कृष्णभक्त पोखरेल, यम बहादुर परियार, कपिल पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, डा. तिलचन्द्र भट्टराई, भूमि विभागका केन्द्रीय सचिव विजय सुवेदी, एमाले बागमती प्रदेशका उपाध्यक्ष दावादोर्जे लामा, प्रदेश कमिटी सदस्य एवम् एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

  • चितवनका प्रतिष्ठित व्यवसायी शंकरप्रसाद घिमिरे रास्वपामा प्रवेश

    चितवनका प्रतिष्ठित व्यवसायी शंकरप्रसाद घिमिरे रास्वपामा प्रवेश

    चितवन भदौ २
    चितवनका एक जना प्रतिष्ठित व्यवसायी तथा समाजसेवी शंकरप्रसाद घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्। गैँडाकोट नगरपालिका–२, श्रीनगर टोल निवासी घिमिरेले केही दिनअघि पार्टीको औपचारिक सदस्यता लिएको भए पनि आज गैँडाकोटमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक रूपमा रास्वपामा प्रवेशको घोषणा गरेका हुन्।

    लामो समयदेखि नेपाली कांग्रेसको पृष्ठभूमिमा सक्रिय रहँदै आएका घिमिरे व्यवसायिक तथा सामाजिक क्षेत्रका एक परिचित अनुहार हुन्। चितवनको पुलचोकमा सञ्चालित डायमन्ड फेन्सी र होटल डायमन्डका सञ्चालक उनी, ग्यालेक्सी गार्डेन रिसोर्टका सेयर सदस्य समेत हुन्।

    व्यवसायिक गतिविधिसँगै घिमिरे विभिन्न सामाजिक तथा संस्थागत नेतृत्वमा समेत सक्रिय रहँदै आएका छन्। उनी उवासंघ चितवनको कार्यसमिति सदस्य, फेन्सी व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष, गणेश बजार व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष, कमलनगर बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, तथा रोटरी क्लब अफ गैँडाकोटका पूर्व अध्यक्ष समेत भइसकेका छन्।

    पार्टी प्रवेशपछि घिमिरेले भने “पुराना दलहरूले मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकेनन्। अब म रास्वपामार्फत जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको छु।”उनको पार्टी प्रवेशसँगै स्थानीय राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ।घिमिरेको प्रवेशले रास्वपाको सांगठानिक सशक्तिकरणमा थप ऊर्जा थपिएको छ भने स्थानीय स्तरमा पार्टीको प्रभाव झनै फैलिएको छ।