Category: भरतपुर

  • नारायणी किनारको आधारभूत विद्यालयका विद्यार्थीले पाए टाई बेल्ट

    नारायणी किनारको आधारभूत विद्यालयका विद्यार्थीले पाए टाई बेल्ट

    चितवन, ७ मङ्सिरः –
    भरतपुर महानगरपालिका १ नारायणी नदी किनारस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

    चितवन जिल्ला खेलकुद बिकास समिति र रेड रक्स ईभेन्ट्सले आज विद्यालयलाई टाई र बेल्टलगायत ३० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको हो । उक्त सामग्री समितिका अध्यक्ष राजन कार्की र ईभेन्ट्सका प्रवन्ध निर्देशक बिकल क्षेत्रीले विद्यालयकी प्राचार्य शान्ता अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम पियामार्फत विद्यार्थीहरुलाई हस्तान्तरण गरे ।

    सो क्रममा बोल्दै समितिका अध्यक्ष कार्कीले हालै सम्पन्न खेलकुद तथा वृहत व्यापारिक महोत्सवको तर्फबाट विद्यालयलाई सहयोग गरिएको बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले टाई र बेल्ट लगाउने ईच्छा व्यक्त गरेकोले सहयोग गरिएको उनको भनाइ थियो । उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    विद्यालयकी प्राचार्य अधिकारीले निम्न वर्गका बालबालिकाहरु विद्यालयमा अध्ययनरत रहेको जानकारी दिईन् । विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका लागि बिभिन्न संघ संस्थाहरुसँग सहयोग माग्नुपर्ने अवस्था रहेको उनले सुनाईन् । उनले विद्यार्थीहरुको ईच्छा अनुसार टाई, बेल्टलगायतका शैक्षिक सामग्रीहरु सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । यस्तै उनले विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा आवश्यक रहेको पनि बताईन् । सहयोग हस्तान्तरण कार्यक्रमका समितिका सदस्य, रेड रक्स ईभेन्ट्सका प्रतिनिधि तथा विद्यालयका शिक्षकहरुलगात सहभागी थिए ।

  • वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

    वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

    – हिरालाल आचार्य ‘डायमण्ड’

    चितवन, मंसिर ६ –
    वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका पूर्व विद्यार्थी (व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका) ले हाम्रो घरका बालबालिकालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् ।

    व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीहरुले आफ्नो समूह बनाएर भरतपुर महानगरपालिका ३ मा रहेको हाम्रो घर नामक बाल संरक्षण तथा पुनःस्थापना केन्द्रमा सहयोग गरेका हुन् । ५५ जना विद्यार्थीले आर्थिक सहयोग गरेका थिए भने हस्तान्तरण गर्नका लागि एक दर्जनभन्दा बढी विद्यार्थीहरु हाम्रो घर पुगेका थिए ।

    पूर्व विद्यार्थी समुहका एक अगुवा सपन न्यापानेका अनुसार हिजो शनिबार विद्यार्थी समुहले न्यानो कपडा (तलमाथि लगाउने ट्रयाक सेट), खाद्यान्नहरुमा बिस्कुट, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका हुन् । हाम्रो घरमा रहेका सबै २४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

    न्यापानेले समाजप्रतिको जिम्मेवारी वहन गर्दै भविष्यमा पनि यस्ता सहयोगमुलक कार्यहरु निरन्तर गर्ने बताए । उनी भन्छन्, ‘सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उद्देश्यका साथ यो पहल गरेका हौं ।’

    हाम्रो घर संस्थाका गंगा सिग्देलले पूर्व विद्यार्थीहरुले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै बालबालिकाको हेरचाह र संरक्षणका लागि यस्ता सहयोगहरुले थप ऊर्जा मिलिरहने बताइन् ।

    बिछोडिएका साथीहरु पुनः एकाकार भई यस किसिमका सामाजिक गतिविधि गर्नु निकै प्रसंशनीय कार्य हो । यस कार्यको अहिले क्याम्पसमा चर्चा भइरहेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीले क्याम्पसका युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति जागरुक बनाउन तथा समुदायमा सकारात्मक सन्देश फैलाउनका लागि एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

       

  • टाइटन घडीको स्टोर चितवनको नारायणगढमा

    टाइटन घडीको स्टोर चितवनको नारायणगढमा

    चितवन, मंसिर ३ –
    टाइटन घडीको स्टोेर चितवनको नारायणगढमा खुलेको छ । लायन्स चोकमा खुलेको टाइटन स्टोरको आज बुधबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले उद्घाटन गरे ।

    उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले टाइटन ब्राण्डको घडीको स्टोर चितवनको बजारमा आउनुले यहाँले सोभा बढाएको बताए ।

    चितवन स्टोरका सञ्चालक रोशन कुमार गुप्ताका अनुसार स्टोरमा १ हजार भन्दा बढी डिजाइनका आकर्षक र बजेट–मैत्री घडीहरू उपलब्ध छन् ।

    स्टोरमा पुरुष र महिलाहरूका लागि विभिन्न वर्गका घडीहरु उपलब्ध छन् । २ हजार देखि ५८ हजारसम्मका घडीहरु हाल स्टोरमा उपलब्ध छन् । त्यसैगरी स्टोरमा टाइटनको चस्मा र परफ्र्युम पनि उपलब्ध छन् । उद्घाटनको अवसरमा १० प्रतिशत छुट र ३ हजार ५ सय भन्दा माथिको खरिदमा १ हजार पर्ने टाइटनकै एउटा परफ्र्युम उपहार पाइने सञ्चालक गुप्ताले बताए ।

    थप कुराका लागि, यो प्रेस विज्ञप्ति हेर्नुहोस् :

  • भरतपुरमा स्कुल बसको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु

    भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भरतपुर कार्तिक २७
    भरतपुर महानगरपालिका वडा नं–२३, जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    ७ नम्बर चोकदेखि कसरा चोकतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ३–००१ ग ००२९ नम्बरको लक्ष्मी माविको स्कुल बसले विपरीत दिशाबाट जादै गरेको ना ६० प ३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–६, बछौली बस्ने ३३ वर्षीय सुरेश महतोको पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा मृत्यु भएको हो ।

    दुवै सवारी साधन र बस चालक भरतपुर–२३ बस्ने ४३ वर्षीये सुखबहादुर दरैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमतीको प्रमुखमा रेग्मी, चितवन अध्यक्षमा लक्ष्मण

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमतीको प्रमुखमा रेग्मी, चितवन अध्यक्षमा लक्ष्मण

    चितवन, कार्तिक २५

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमती प्रदेशको प्रमुखमा चितवनका सीए सन्तोष रेग्मी निर्वाचित भएका छन् ।

    संघको ३६औं कार्यसमिति निर्वाचनबाट रेग्मी प्रदेश प्रमुखमा निर्वाचित भएका हुन् ।

    यस्तै प्रदेश समितिको सचिवमा विशाल भट्टराई र कोषाध्यक्षमा अंकित अर्याल निर्वाचित भएका छन् । सदस्यमा सुस्मिता पाण्डे चयन भएकी छन् ।

    यसैगरि संघको चितवन जिल्ला कार्यसमिति पनि चयन गरिएको छ । चितवन जिल्ला अध्यक्षमा लक्ष्मण अधिकारी, उपाध्यक्षमा सुमित कँडेल, सचिवमा अनुप अर्याल र कोषाध्यक्षमा कमल सुवेदी चयन भएका छन् । सदस्यहरुमा रोशन खड्का, अजय पाण्डे र कविता चौधरी चयन हुनु भएको छ ।

  • चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

    भरतपुर,१४ कार्तिक

    चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) लाई आक्रमण गर्ने तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई गयराती १ बजे मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका थिए । सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको सिसीटिभी फुटेजमा देखिन्छ ।

    अक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ । केही साताअघि पनि उनिमाथि सिजी मलमा नै आक्रमण भएको थियो ।

  • गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

    गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

    चितवन, कार्तिक ४

    भरतपुर ६ स्थित गीतानगर ब्वाईजको आयोजनामा १६ औं विविध सांस्कृतिक कार्यक्रम एंव लाईभ कन्सर्ट हुने भएको छ । तिहारको अवसर पारेर बुधबार उक्त कार्यक्रम हुन लागेको हो ।

    गीतानगर बजारमा हुने कार्यक्रममा कट्टभ द एस्कर्पमेन्ट ब्याण्डको विशेष प्रस्तुति रहनेछ । यस्तै डिजे सुपरम्यानले दर्शक झुमाउने क्लबका अध्यक्ष श्रवण थापाले जानकारी दिए । यस्तै मौलिक संस्कृति झल्किने थारु, गुरुङ नृत्य, तामाङ सेलो र लोक दोहोरी कार्यक्रम पनि हुनेछ । साथै स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने थापाले जानकारी दिए ।

    बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा ४ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । कार्यक्रमको सहप्रयोजक चितवन कलेज अफ़ कुकरी प्रायोजकमा द जिएमआई, बार्हसिगें युरो पेन्ट्स र सपोर्टेड बाई मा M3 mobile house, एपोलो फ़ीड्स ,बैदिक आयुर्बेद सेवा प्रा.ली. ओशिनिया एडु एंड भीसा सर्विसेज रहेका छन् ।

    लामो समयदेखि क्लबले तिहारको समयमा हरेक वर्ष यसरी नै कार्यक्रम गर्दै आएको छ । २०६६ सालमा क्लबले पहिलो पटक कार्यक्रम आयोजना गरेको थियो । त्यसयता निरन्तर कार्यक्रम हुँदै आएको क्लबका अध्यक्ष थापाले चितवन आजलाइ जानकारी दिए ।

  • भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

    भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

    चितवन, कार्तिक ४–

    चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज विहान स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

    राति दुई बजेको समयमा भरतपुर–१०, स्थित विमानस्थल नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडी सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    दुर्घटनामा दुबै जनाको टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । दुवै जनालाई विहान २ः३५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

  • सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

    भरतपुर कार्तिक १
    भरतपुर ४ पिपलचोकमा अवस्थित सनराइज इङ्लिस सेकेन्डरी स्कुलको इन्टर्याक्ट क्लब र टेक टाइटन्स क्लबको संयुक्त आयोजनामा “एक्सपर्ट क्विज एरेना भोल्युम–१” नामक अन्तरविद्यालयीय क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

    प्रतियोगितामा चितवन र नवलपुरका १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा रत्ननगरस्थित इन्टरनेशनल स्कुल पहिलो, गैडाकोट इङ्लिस स्कुल दोस्रो र नारायणगढस्थित लिटिल फ्लावर इङ्लिस स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

    विजेता विद्यालयले रु. २०,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन् भने पहिलो उपविजेताले रु. १२,००० नगद, पदक र ट्रफी तथा दोस्रो उपविजेताले रु. ८,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन्।

    कार्यक्रमका मुख्य अतिथि सनराइज इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष श्री हेमराज शर्मा रहनुभएको थियो। त्यस्तै, टाइटल स्पोन्सर एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका म्यानेजर श्री विनोद बाबु रिजालले यस्ता शैक्षिक कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। सो अवसरमा विद्यालयका १०+२ संयोजक श्री जीवलाल चालिसेले माध्यमिक तहमा यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गर्नु विद्यार्थीको बौद्धिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

    कार्यक्रमको सभापतित्व इन्टर्याक्ट क्लबका अध्यक्ष श्री लोकेन कार्कीले गर्नुभएको थियो। प्रतियोगिता सफलतापूर्वक आयोजना गर्ने आयोजक क्लब र सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण विद्यालय, सहभागी र सहयोगी संस्थाप्रति बिद्यालयका प्राचार्य शिबकुमार बगाले ले धन्यवाद ज्ञापन गर्नुभयो ।

  • एमाले भरतपुरको बैठक सम्पन्न : १ गतेको सद्भाव र्यालीलाई भव्य बनाउन सहयोग गर्ने

    एमाले भरतपुरको बैठक सम्पन्न : १ गतेको सद्भाव र्यालीलाई भव्य बनाउन सहयोग गर्ने

    चितवन, असोज २९ –
    नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । आज बुधबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले विविध विषयमा छलफल गर्दै केही निर्णयहरु समेत गरेको छ ।

    नेकपा एमाले चितवन जसंगठन संयन्त्रको आयोजनामा कार्तिक १ गते हुने सद्भाव र्यालीलाई सफल बनाउन महानगर कमिटीले महत्वपूर्ण भूमिका खेल्ने निर्णय भएको नेकपा (एमाले) भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले जानकारी दिए । त्यसैगरी पार्टीलाई जरैदेखि बलियो बनाउन पार्टीका वडा कमिटीलाई क्रियाशिल बनाउने, क्षति ग्रस्त भवन निर्माणका लागि पार्टी भित्रैबाट आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गर्ने लगायतका विषयमा निर्णय गरिएको अध्यक्ष थपलियाले बताए ।

    शंकर थपलियाको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सल्लाहकार हरि सापकोटा र एमाले चितवनका अध्यक्ष कमल पाठकले संवोधन गरेका थिए । त्यसैगरी बैठकलाई महानगर कमिटी सचिव अशोक ज्ञवालीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष दिलिप न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । बैठकमा महानगर कमिटीका नेता सहित जिल्ला कमिटी पदाधिकारी एवम् केही सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।