Category: कला

  • यसरी लगाए कलाकारले दसैँको टीका (तस्बिरहरू)

    यसरी लगाए कलाकारले दसैँको टीका (तस्बिरहरू)

     

    काठमाडौं कार्तिक ०७
    दसैँको मुख्य दिन आज विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइएको छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै विजया दशमीमा टीका लगाएर मनाइन्छ ।

    साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर २ मिनेटलाई उत्तम साइत तोकेको थियो । यही साइतमा कलाकारले पनि टीका लगाएर विजया दशमी मनाएका छन् । अधिकांश कलाकारले टीका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन ।

     

  • रेश्माको पिरतीको झोली सार्वजनिक

    रेश्माको पिरतीको झोली सार्वजनिक

    २९ असोज , काठमाडौ
    चर्चित एवम् लोकप्रिय गायिका रेश्मा सुनुवारको नयाँ गीत ” पिरतीको झोली” आज सार्वजनिक भएको छ। राइट ट्युन इन्टरटेनमेन्ट युटुब च्यानल बाट रिलिज गरिएको सो गीतमा रबि मल्लको शब्द अनि कल्याण सिंहको सङीत रहेको छ।

    म्युजिक भिडियो निर्देशक गणेश शाहले निर्देशन गरेको भिडियोमा बिकास लामिछाने , आभा थापा, दिपेश उप्रेती , पुजा तामाङको अभिनय रहेको छ। दिक्षित पौडेलको सङीत संयोजन, प्रदिप जोशीको मिक्सिङ तथा मास्टरिङ रहेको सो गीत डी स्टुडियोमा रेकर्ड गरिएको हो ।

    दिप्सन शाहको कलरिङ र सम्पादन रहेको पिरतीको झोलीको म्युजिक भिडियोमा विशाल थापाले क्यामरा चलाएका हुन् । पुजा तामाङको कोरियोग्राफीमा बनेको म्युजिक भिडियोले दर्शकको मन जित्ने मै ठूली भैछुरे गायिका रेश्मा सुनुवारले बताइन् ।

    भिडियो:

  • आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा

    आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा

    काठमाडौँ, २६ असोज
    आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन भएको छ । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । ‘परदेशी २’, ‘बासेन्जी’ र ‘कौसीद’का लक्षित दर्शकसमेत फरक रहेको निर्माण पक्षको भनाइ छ ।

    ‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल चलचित्रको निर्देशन गरिसक्नुभएका निर्देशक नारायण रायमाझीले निर्देशन गर्नुभएको तेस्रो चलचित्र हो– ‘परदेशी–२’ हो । अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ र समाजकै कथा व्यक्त गर्ने उहाँले जानकारी दिनुभयो ।

    निर्देशक रायमाझीले भन्नुभयो, “हामीले आफ्नै परिवेश र संस्कृतिलाई पर्दामा ल्याउनुपर्छ । आफ्ना कथा विश्वलाई देखाउनुपर्छ । मेरा चलचित्रले हाम्रै परिवेशको कथा व्यक्त गरिरहेका हुन्छन् ।”

    राजेश वंशलले निर्माण गर्नुभएको उक्त चलचित्रमा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘कौसीद’ मा इमान्दार शिक्षकले भोगेका पीडा देखाइएको निर्देशक कुमार भाष्करले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले एउटा इमान्दार शिक्षकले के–कस्ता समस्याबाट आफूलाई अगाडि बढाउन बाध्य हुन्छ भन्ने देखाएको छु । मैले चलचित्रमा उठाएको विषय केही अगाडि सडकमा समेत देखियो ।”

    चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    आजैदेखि प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘बासेन्जी’ अमेरिकी निर्देशक इयान स्कट क्लेमेन्टले निर्देशन गर्नुभएको हो । एक युवाको मनोविज्ञानमा आधारित चलचित्रमा अशिम निरौला, सरिता गिरी, राज शर्मा, मिथिला शर्मा, अङ्कित खड्का, प्रतीक दुलाल, निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ । (रासस)

  • ‘लक्की मिडिया हाउस’को आयोजनामा चितवनमा चलचित्र अवार्ड हुने

    ‘लक्की मिडिया हाउस’को आयोजनामा चितवनमा चलचित्र अवार्ड हुने

    चितवन, १८ असोज
    चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो । आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको हो ।

    ‘लक्की फिल्मी अवार्ड, २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली सिने जगत्को संरक्षण र जगेर्ना गर्न मोफसलबाटै अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी दिनुभयो ।

    ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ नाराका साथ आयोजना गर्न लागिएको उक्त अवार्डमा विभिन्न १० विधामा मनोनयनको काम सम्पन्न भएको छ । दश विधामा उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र रहेका छन् । ती विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

    विधाबाहेक निर्णायक, लोकपृयलगायतका विधामा अवार्ड प्रदान गरिने कार्कीले जानकारी दिनुभयो । असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीको साथमा भव्यरुपमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । रासस

  • आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अनमोल केसी रातारात अस्पताल भर्ना

    आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अनमोल केसी रातारात अस्पताल भर्ना

    काठमाडौँ, १३ असोज
    नायक अनमोल केसी गएराति अस्पताल भर्ना भएका छन् ।

    अनमोल छातीमा समस्या भएपछि बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएका हुन् ।

    शुक्रबार साँझ भक्तपुरको साँगाबाट आपराधिक विश्वासघात गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो।

    चलचित्र ‘रावायण’मा अभिनय गर्ने भन्दै १० लाख रुपैयाँ लिए पनि अन्तिम समयमा सिनेमामा काम नगर्ने बताएपछि निर्माण पक्षले अनमोलविरुद्ध उजुरी दिएको थियो । अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

  • पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

    पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

    काठमाडौँ, ७ असोज
    विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो ।

    अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ ।

    सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो ।

    “त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पथ्र्याे”, उहाँले भन्नुभयो ।

    मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताउनुभयो । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

    उहाँको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ ।(रासस)

  • गायक सपूत नायकको अभिनयमा

    गायक सपूत नायकको अभिनयमा

    गण्डकी, ६ असोज
    अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ फुरुङ्ग हुनुहुन्छ । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ ।

    गायकका रुपमा उहाँ जति सफल हुनुहुन्छ, अभिनयमा पनि उसरी नै आफूलाई उतार्न सक्नुहोला त ? यो प्रश्नको जवाफ थाहा पाउन आउँदो २६ गतेसम्म कुर्नुपछ । वडा दसैँको छेकोमा फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउँदैछ ।

    सपूतकै भनाइमा अभिनेताका रुपमा यो उहाँको परीक्षा हो । “ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेल भएकाले पनि मुख्य पात्रका रुपमा मप्रति दर्शकको चासो र अपेक्षा रहनु स्वभाविक हो”, सपूतले भन्नुभयो, “यसलाई मैले धेरै गम्भीर रुपमा लिएको छैन, बरु पहिलोपटक फिल्ममा अभिनय गर्दैछु, हिरो बन्दैछु भन्ने कुराले दङ्ग र उत्साहित छु ।”

    सफलताको विरासत जोडिएको फिल्म भएकाले त्यसको ओजलाई धान्नुपर्छ भन्ने महसुस आफूलाई भइरहेको उहाँले सुनाउनुभयो । “मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो फिल्म अभिनयमा पनि जोडिन्छ”, उहाँले भन्नुभयो, “फिल्म चल्ने/नचल्ने विषय दर्शकको हातमा छ ।”

    फिल्ममा अभिनय गर्ने सपना ‘परदेशी २’ बाट पूरा हुन लागेकामा सपूतले खुसी व्यक्त गर्नुभयो । “फिल्मको कथा, पात्र र चरित्र निर्वाहका दृष्टिले फिल्मको सिक्वेल मिल्दोजुल्दो हुन सक्छ, तर व्यक्तिगत रुपमा भने मलाई नयाँ फिल्म, नयाँ कथामा अभिनय गर्दैछु भन्ने अनुभूति भइरहेको छ, ठूलो पर्दामा देखिने कुराले यसै फुरुङ्ग छु ।”

    आठ वर्षअघिको फिल्म ‘परदेशी’ व्यावसायिक रुपमा सफल भएकाले पनि ‘परदेशी २’ माथि हलमा टिक्नैपर्ने दबाब छ । सपूतको अभिनय यात्रामा पनि यो फिल्म सुखद् प्रस्थान बन्न सक्छ या सक्दैन, त्यो अझै पनि समयको गर्तमा छ । म्यूजिक भिडियोको अभिनय र नृत्यमा रुचाइएका उहाँलाई फिल्म फाप्ने हो या होइन यसै भन्न सकिन्न ।

    सपूतले ‘परदेशी २’ को प्रदर्शनपछि अरु फिल्ममा आबद्ध हुने या आफैँले फिल्म बनाउने भन्नेबारे अहिले नै केही खुलाउन चाहानुभएन । उहाँले यसअघि पनि फिल्म निर्माण र निर्देशनमा लाग्ने सङ्केत गर्नुभएको थियो । अहिलेलाई उहाँ देशविदेशका साङ्गीतिक यात्रालाई थाँती राखेर फिल्मको प्रचारमा खटिनुभएको छ । ‘परदेशी २’ कथामा आधारित नाटक लिएर देशका विभिन्न सहरमा जान लागिएको सपूतले बताउनुभयो ।

    “फिल्मको प्रचारात्मक कार्यक्रम लिएर मसहित फिल्मको टिम विभिन्न सहरमा पुग्दैछौँ, म आफैँले पूरै समय फिल्मको प्रवर्द्धनलाई दिएको छु, दर्शकहरु भेटिरहेको छु”, उहाँले भन्नुभयो, “दर्शको साथ र प्रतिक्रियाले हामी उत्साहित छौँ, दर्शकमाथ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन ।”

    बिहीबार र शुक्रबार नारायणगढ, आउँदो ७ र ८ गते नेपालगञ्ज, ९ र १० गते बुटवल र ११ र १२ गते पोखरामा फिल्मको कथामा आधारित नाटक मञ्चन हुने जनाइएको छ । फिल्मको प्रचारका क्रममा सपूतले आफ्ना लोकप्रिय गीतसमेत सुनाउने गर्नुभएको छ ।

    नारायण रायमाझी निर्देशित सो फिल्ममा सपूतसँगै केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायतको अभिनय छ । रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्ममा प्रवासी नेपालीको कथालाई समेटिएको जनाइएको छ ।

    फिल्मको ‘हिजो काम, आज काम, काम विदेशमा’ गीत बुधबार म्यूजिक नेपाल युट्युबाट सार्वजनिक गरिएको थियो । सो गीतमा पनि सपूतको अभिनय देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत चर्चित छन् ।

    सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । केही दिनअघि भारतीय योगगुरु रामदेवले सपूत नेपालका सलमान, साहरुख र अमिर खानभन्दा ठूला स्टार रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा गायक सपूतले प्रस्तुति दिनुभएको थियो । – (रासस)

  • कालिका एफ.एमको बृहत तिज गित प्रतियोगितामा ग्य्राण्डी परिवारले प्रथम पुरस्कार रु ३० हजार जित्न सफल

    कालिका एफ.एमको बृहत तिज गित प्रतियोगितामा ग्य्राण्डी परिवारले प्रथम पुरस्कार रु ३० हजार जित्न सफल

    चितवन,असोज १

    मध्ये नेपालकै सर्वोत्कृष्ट रेडीयो कालिका एफ.एमले आयोजना गरेको बृहत तिज गित प्रतियोगितामा ग्य्राण्डी परिवार भरतपुर १७ प्रथम भएको छ ।१५ वटा प्रतिस्प्रधीलाई पछि पार्दै ग्य्राण्डी परिवार प्रथम हुन सफल भएको हो । यस्तै श्रीराम जानकी बालिका कन्या गुरुकुलम द्धितिय स्थान हासिल गरेको छ भने श्री बाग्लुङे चेली समुह भरतपुर ११ तितिय र रमाइलोटोल एकादशी भजन समुह सान्तवना हुन सफल भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ः रु ३० हजार,२० हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण प्रर्दान गरीएको छ । प्रतियोगीताको निणर्ायकमा हिरालाल कडेल, मधुसुदन घिमिरे र अर्जुन सापकोटा रहनु भएको थियो ।

    यस अघि कार्यक्रमका प्रमुख अतिथि यसोदा देवीले धर्म र सस्कारले आर्दशवान जिवन जिउन सिकाउने बताउनु भयो । पार्वतीले निराहार र्वत बसेर भगवान शिव प्राप्त गरको दृष्टान्त दिदै तिजको ब्रत भनेको एउटा संकल्प भएको बताउनु भयो ।

    कार्यक्रमका अध्यक्ष पुर्वमन्त्री, सांसद तथा कालिका मिडिया ग्रुपका अध्यक्ष विक्रम पाण्डेले धर्म संस्कृतिलाई संरक्षण गर्न सनातन बादी एक ढिक्का हुनुपर्नेमा जोड दिनु भयो । तिज पर्व धर्म संस्कृति संरक्षणको रुपमा लिएको बताउदै तिजको दर महिनौ दिन खाएको बारेमा विकृति भयो भन्ने कुरालाई भडकिलो भन्न नमिल्ने बताउनु भयो । यस्तै फरक प्रंसङमा दिनप्रति दिन यो देश कु चक्रको भुमरीमा फसीरहेको बताउनु भयो ।

    कालिका एफ एमका कार्यकारी निर्देशक ओम प्रकाश आचार्यले उपस्थित पाहुना तथा प्रतिस्पर्धीलाई स्वागत गर्नु भएको थियो । आचार्यले आजभन्दा २ दशक अगाडी समाज सेवाको सुरुवात गर्दै कालिका एफ एमले आफनो प्रशारण सुरु गरेको बताउनु भयो । यस्तै सत्य तथ्य समाचारको लागी फेरी रेडीयोको युग सुरु हुने बताउनु भयो ।

    यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्यालले मिडियाले मात्र कला सस्कृतिलाई संरक्षण गर्ने गरेकाले आम जनता र जनप्रतिनिधिलाई नेपाली कला संस्कृतिलाई संरक्षण गर्न सुझाब दिनु भयो ।

    चेम्मबर अफ कर्मस चितवनकी कोषाध्यक्ष निर्मला पण्डितले प्रतियोगीहरुलाई शुभकाना दिनु भयो यस्तै विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य श्याम पौडेलले धर्म रहे संस्कृति र संस्कार रहने बताउदै विकृतिको रुपमा आएको पाश्चात्य नक्कललाई रक्षा गर्नुपर्नेमा जोड दिनु भयो । यस्तै उधोग बाणिज्य संघ चितवनकी कार्यसमिति सदस्य पुणर्ीमा श्रेष्ठले महिनौ देखी दर खाने चलन पहिला भन्दा कमी भएको बताउनु भयो । आर्थिक मन्दीको अवस्थामा ब्यबसाय कसरी अगाडी लैजाने भनेर उधोग संघ लागेको बताउनु भयो । तडकभडक नगरी समान्य रुपमा तिज दशै जस्ता चाडपर्व मनाउन आग्रह गर्नु भयो । विशिष्ठ अतिथि देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेलले कालिका एफ एमले सबै क्षेत्रमा सकारात्मक सन्देश दिदै अगाडी बढेको बताउनु भयो । भरतपुरको मुटुमा रहेको यो ठाउँमा भगवान शिवको मन्दिर स्थापना गर्नुपर्छभन्ने संकल्पका साथ अगाडी बढेको समाजसेवी विक्रम पाण्डेले सो ठाउमा मन्दिर स्थापना गरको भन्दै प्रसंसा गर्नु भयो । संस्कार र संस्कृति जर्गेना गर्ने तिज मनाउन आग्रह गर्नु भयो । विशिष्ठ अतिथि समाजसेवी महिलाअधिकारकर्मी मिना खरेलले कालिका एफ एमले परम्परालाई धान्ने मात्र नभई समाजमा जागरण ल्याउने काम गरको भन्दै टिमप्रति आभार प्रकट गर्नु भयो । यस्तै तिजलाई महिलाहरुले उत्सवको रुपमा लिएको बताउनु भयो । जुन दिन एउटा महिलाले गीत मार्फत निर्धकताका साथ आफनो दुख कष्ट भन्न सक्ने बताउनु भयो । पछिल्लो समय महिलाको चासो चिन्ता समाजमा रहेका विकृति विसंगीतको विरुद्धमा तिजको गित आएको बताउनु भयो । महिलाहरुले तिजको अवसरमा पार्टी प्यालेसमा दर खाने कुरालाई लिएर मात्र विकृति भन्न नमिल्ने बताउनु भयो । पार्टी प्यालेसमा दर खाए पनि महिलाले कुनै तडक भडक विना मनाइदै आएको बताउनु भयो । यसैले घरबाट महिलाले बाहिर निस्केर रमाइलो गर्न पाउने उत्सवको रुपमा आफुले लिएको बताउनु भयो ।

    प्रतियोगिता कालिका एफएम ९५.२ मेगाहर्ज र कालिका एचडि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको थियो ।

  • गायक प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

    गायक प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

    गण्डकी, २४ भदौ
    गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो ।

    गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिनुभएको छ । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।

    आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो । महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले बताउनुभयो । नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको उहाँको भनाइ छ । विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताउनुभयो ।

    दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गर्नुभएको थियो । लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो । सो गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिनुभएका गायक सपूतका यसअघि ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन् । ‘गलबन्दी’ उहाँको सबैभन्दा बढी रुचाइएको गीत हो । रासस

  • सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

    सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

    काठमाडौँ, २१ भदौ
    अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित हुनुहुन्छ । गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उहाँ एकपछि अर्को चलचित्रमा काम गरिरहनुभएको छ । उहाँ अभिनित नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ ।

    राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्रमा गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ । गाउँ पातलो हुँदै जानु पुँजीवादको अतिक्रमण भएको अभिनेता राईको भनाइ छ ।

    “म पनि गाउँ छाडेर सहर आएँ, गाउँमा बस्ने रहर नभएको होइन, तर विभिन्न कारणले गर्दा यहाँ आए, अब गाउँ फर्किंने मैले सोचेको पनि छैन”, अभिनेता राईले भन्नुभयो । उहाँले समाजलाई परिवर्तन गर्न राजनीति आवश्यक भए तापनि त्यस्तो नदेखिएको बताउनुभयो ।

    “हामीले नेता मात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्नेबेला भएको छ, त्यसको सुरुआत चलचित्रले गरेको छ”, अभिनेता राईले भन्नुभयो, “यसमा सामाजिक राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने देखाएको छ ।”

    चलचित्रमा मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यसको कथा स्वयं निर्देशक लामाले लेख्नुभएको हो । रासस