Category: कला

  • जब मनिषा कोइराला र ऐश्वर्या रायले एउटै प्रेमीका लागि झगडा गरे…

    जब मनिषा कोइराला र ऐश्वर्या रायले एउटै प्रेमीका लागि झगडा गरे…

    मुम्बई, २० भदौं
    भारतीय फिल्म उद्योगमा मित्रता र झगडा सामान्य छ। यस्ता धेरै कथा छन्, जसमा स्टारहरु बीच झगडा र गहिरो मित्रता देख्न सकिन्छ ।

    यस्तै एउटा कथा फिल्म उद्योगका दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइरालासँग सम्बन्धित छ । वास्तवमा एक पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर यी दुवै अभिनेत्रीबीच झगडा भएको थियो । के छ पुरा कथा, आज हामी तपाईलाई बताउनेछौँ ।

    बलिउडकी सुन्दर अभिनेत्री मध्येकी एक ऐश्वर्या पनि आफ्नो प्रेमका कारण चर्चामा आईरहेकी हुन्थिन् । यद्यपि अहिले उनी लामो समयदेखि अभिषेक बच्चनसँग सुखी दाम्पत्य जीवन बिताइरहेका छन् । तर यसअघि उनको नाम सलमान खानदेखि विवेक ओबेरोयसँग जोडिएको थियो र दुवैको अफेयर पनि धेरै विवादमा परेको थियो ।

    समाचार अनुसार सलमान र विवेक भन्दा पहिले पनि ऐश्वर्या आफ्नो करिअरको शुरुवाती दिनहरूमा अर्का एक पुरुषसँग प्रेम सम्बन्धमा थिए। रिपोर्टका अनुसार ऐश्वर्याले एक पटक तत्कालीन चर्चित मोडल राजीव मूलचन्दानीसँग डेट गरिसकेकी थिइन् । चलचित्र अभिनेत्री मनिषा कोइरालाले आफ्नो एक अन्तर्वार्तामा यो खुलासा गरेकी हुन् ।

    वास्तवमा मनिषा कोइरालासँग राजीव मूलचन्दनीको पनि अफेयर थियो र मनिषाले यो सम्बन्धलाई खुलेर स्विकारेकी छिन् । तर ऐश्वर्याले राजीवसँगको आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेकी थिइनन् र राजीवसँगको आफ्नो सम्बन्धको खबरलाई सधैँ अस्वीकार गरिरहेकी छिन् । यस विषयमा ऐश्वर्या र मनिषाबीच चर्को बहस पनि भएको थियो ।

    एक अन्तर्वार्तामा मनिषा कोइरालाले ऐश्वर्याको तुलनामा राजीवले आफूलाई रोजेको बताएकी थिइन् । त्यसपछि ऐश्वर्याले कडा जवाफ दिँदै आफू राजीवसँग कहिल्यै सम्बन्धमा नभएको बताइन् । तिनीहरू केवल असल साथीहरू थिए, त्यो भन्दा बढि केहि छैन। उनले मनिषाको बारेमा पनि भनिन कि उनी हरेक दोस्रो महिना फरक केटासँग डेट गरिरहेकी छिन् ।

    मनिषाको कुराको जवाफ दिँदै ऐश्वर्याले भनिन्, ‘यो सुनेपछि मैले सीधै राजीवलाई फोन गरेँ र सोधें यो के बकवास भइरहेको छ ?’ वास्तवमा सन् १९९४ मा एक पत्रिकाले राजीव र ऐश्वर्याको अफेयरको समाचार छापेको थियो ।

    यी सबैको बारेमा मनिषा कोइरालाले भनिन्, ‘जब राजीव र म रिलेसनसिपमा थियौं, राजीवले उनलाई लेखेका प्रेमपत्रहरू देखेको थिएँ । उसलाई देखेपछि म स्तब्ध भएँ र मेरो लागि यो भन्दा नराम्रो अरू केही हुन सक्दैनथ्यो।’

  • सुनिल दवाडी र बिषाखा साहीको ‘गुँडेैले चरी’ गीत सार्वजनिक

    सुनिल दवाडी र बिषाखा साहीको ‘गुँडेैले चरी’ गीत सार्वजनिक

    काठमाडौं, १९ भदौ
    गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ ।

    डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।

    फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् ।

    इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

    गीतको भिडियो लिंक : https://youtu.be/EvwIzr8ZDSA

  • अभिनेत्री नीता ढुंगानाका पिताको निधन

    अभिनेत्री नीता ढुंगानाका पिताको निधन

    काठमाडौँ, १७ भदौ
    अभिनेत्री नीता ढुंगानाका पिता सोमप्रसाद ढुंगानाको निधन भएको छ ।

    नीताले सामाजिक सञ्जालमार्फत पिताको निधन भएको जानकारी गराएकी छन् ।

    ८० बर्षिय सोमप्रसादको शनिबार निधन भएको हो । नीताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जली दिएकी छन् ।

  • हलमा लागे ‘ऐंचो पैंचो’ र ‘गणपति’

    हलमा लागे ‘ऐंचो पैंचो’ र ‘गणपति’

    काठमाडाैं, भदौ १४
    एकै दिन दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् ।

    जनै पूर्णिमा, रक्षा बन्धन एवं गाइजात्राको अवसर पारेर यससाता बिहीवार नै चलचित्र प्रदर्शनमा आएका हुन् । ति चलचित्र हुन् ‘ऐंचो पैंचो’ र ‘गणपति’ । ​

    कृषा चौलागाईंको निर्देशन रहेको ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, कोसिस क्षेत्री लगायतको अभिनय छ । यो फिल्म सामाजिक–राजनीतिक विषयमा केन्द्रित छ ।

    त्यस्तै, सविन अधिकारीको निर्देशन रहेको ‘गणपति’मा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।

    भगवानको रुपमा जन्मिएको व्यक्तिको कथामा यो फिल्म निर्माण गरिएको छ ।

  • अमेरिकाको विभिन्न सहरमा ‘बगान’

    अमेरिकाको विभिन्न सहरमा ‘बगान’

    काठमाडौँ, १२ भदाै
    नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । नेपालमा यस वर्षको बैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा अप्रत्यासित रुपमा १७ करोडमाथिको कमाई गर्‍याे । त्यसपछि सबैभन्दा बढी कमाई गर्ने दोस्रो नम्बरमा रहेको चलचित्र ‘बगान’ को अमेरिका प्रदर्शनमा गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला कार्की सहभागी भइरहेका छन् ।

    अगस्टको अन्तिमसाता देखि प्रदर्शन सुरु गरिएको चलचित्र अधिकाँस सहरमा देखाईने गीतकार वाग्लेले जानकारी दिए । उनले भने,‘हामीले अधिकाँस सहरमा प्रदर्शन तय गरिसकेका छौँ । नेपाल झैँ यहाँ पनि विभिन्न शोमा पुगेर दर्शक प्रतिक्रिया लिने छौँ ।’ चलचित्रको टिमले नेपालमा दर्शकमार्फत् सकारात्मक प्रतिक्रिया बटुलेको थियो । फिल्म हेर्ने एकल महिला तथा आमाले आफ्नो कथा पर्दामा देखिएको भन्दै आँसु बगाएका थिएँ ।

    उनका अनुसार चलचित्र ‘बगान’ ओहायोको फिल्ड र नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा अगस्ट ३१ सम्म हलमा प्रदर्शनरत छ । भर्जिनियामा सेप्टेम्बर १०, कोलोराडोमा सेप्टेम्बर १७, चार्लोटमा सेप्टेम्बर २४ र नेवार्क डेलावेयरमा ओक्टोबर १ मा प्रदर्शन तय भएको छ । यस्तै, टोरोन्टो क्यानाडामा सेप्टेम्बर २ मा प्रदर्शन हुँदै छ । यसबाहेक न्युयोर्क, डालास, ह्युस्टन, अस्टिन, लस एञ्जल्स, क्यालिफोर्निया, ह्यारिसवर्ग, एटलान्टा लगायतका सहरमा समेत छिटै प्रदर्शन हुने गीतकार वाग्लेले जानकरी दिए ।

    अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले निर्देशन गर्नुभएको फिल्मले एकल महिलाको कथालाई उठाएको छ । सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, आकाश श्रेष्ठ, मिथिला शर्माको फिल्ममा अभिनय छ । यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्नुभएकी अभिनेत्री कार्कीले सर्वत्र प्रसंशा बटुलेकी छिन् ।

    ‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा आइरहेको थियो । अहिले हामीले सोही अनुसार प्रदर्शन तय गरिरहेका छौँ’, गीतकार वाग्लेले भने । उनले अमेरिकाका केहि स्थानमा वितरण कम्पनि सेभेन सिज इन्टरटेनमेन्टसँगको सहकार्यमा समेत प्रदर्शन गरिने जानकारी दिए ।

    स्वप्निल नीरवको कथामा आधारित रहेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

    ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

  • जात्रा र जात्रै जात्रा पछि अब महाजात्रा

    जात्रा र जात्रै जात्रा पछि अब महाजात्रा

    काठमाडौं, ९ भदौ
    चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ ।

    यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ सुपरहिट भए पछि निर्माण पक्षले आज ‘महाजात्रा’ को रिलिज डेट घोषणा गरेको हो ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने भएका छन । साथै, कार्कीसँग रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने निमार्ण पक्षले जनाएको छ ।

    कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्र दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेलले निमार्ण गर्ने भएका हुन ।

  • चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ असोजको पहिलो साता हुने

    चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ असोजको पहिलो साता हुने

    चितवन, १ भदाै
    लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोजको पहिलो साता चितवनमा फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले अवार्ड कार्यक्रम आयोजना गरिएको हो । हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए । अवार्डको कार्यक्रममा दुई दर्जन विधामा कलाकारहरुलाई सम्मान गर्ने उनले बताए ।

    ‘असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौ । कलाकारहरु संँग बसेर मिति तय गर्ने छौं । छिट्टै मिति घोषणा हुन्छ,’ उनले भने । चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको उनले बताए । विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रमहरु अघि बढिरहेको कार्कीले जानकारी दिए । ‘अहिले नोमिनेसको काम तीब्र बनाएका छौं,’ उनले भने ।

    चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उनी बताउँछन् । वि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रर्वद्धनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।