Category: कला

  • अभिनेत्री रेखा थापा बनिन् आमा, जन्मिनासाथ फोटो पोस्ट गर्दै दिइन् नाम

    अभिनेत्री रेखा थापा बनिन् आमा, जन्मिनासाथ फोटो पोस्ट गर्दै दिइन् नाम

    काठमाडौँ, ११ फागुन
    अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले छोरी जन्माएकी हुन् ।

    रेखाले फेसबुकमा लेखेकी छिन्, ‘‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।”

    डाक्टरले उनलाई फागुनमा आमा बन्ने डेट दिएका थिए । दुईवर्ष अघि प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले अमेरिकामा सन्तान जन्माएकी हुन् ।

    रेखाको पछिल्लो समय ‘उपहार’ फिल्म आउँदैछ ।

     

  • आजदेखि दयाहाङका ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा

    आजदेखि दयाहाङका ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा

    काठमाडौँ, २६ माघ
    आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् ।

    दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुनुहुन्छ । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

    “दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण तीनदेखि चार वर्षको फरकमा भएका हुन् । सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ”, अभिनेता राईले भन्नुभयो ।

    सिमोस सुुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय वराललगायत कलाकारले अभिनय गर्नुभएको छ । “हामीले सामाजिक विषयसँगै यसमा मनोरञ्जनात्मक गतिविधि समेटेका छौँ । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई यसले निराश बनाउँदैन”, निर्देशक सुनुवारले भन्नुभयो ।

    आजदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘दयारानी’मार्फत कलाकार माओत्से गुरुङले निर्देशकीय यात्राको सुरुआत गर्नुभएको छ । निःसन्तान दम्पतीको कथामा आधारित रहेर तयार गरिएको यस चलचित्रमा अभिनेता राईसँगै दीया पुन, विजय वराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    “यसमा एउटा अह्मकारी पुरुषको कथालाई पर्दामा ल्याएका छौँ । गुरुङ संस्कार र संस्कृति पनि यसमा समेटेको छ । चलचित्र मनोरञ्जनसँगै समाजमा भएको एउटा उदाहरण पनि हो”, निर्देशक गुरुङले भन्नुभयो ।

  • लक्की मिडिया हाउसद्वारा ‘हात्तीछाप’को रेड कार्पेट प्रिमियर शो

    लक्की मिडिया हाउसद्वारा ‘हात्तीछाप’को रेड कार्पेट प्रिमियर शो

    चितवन, २६ माघ
    मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले नेपाली कथानक चलचित्र ‘हात्तीछाप’ को द जिएमआई रेड कार्पेट प्रिमियर शो गरेको छ । मिडिया हाउसले भरतपुरको चितवन सिनेप्लेक्स (सिजी मल) मा चलचित्रको रेड कार्पेट प्रिमियर शो गरेको हो । सो कार्यक्रमलाई द जिएमआई एकेडेमीले मुख्य प्रायोजन गरेको थियो ।

    कार्यक्रममा आयोजक लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि काठमाडौँ बाहिरको एक मात्र संस्थाको रुपमा लक्की मिडिया हाउस चितवन स्थापित हुँदै गएको बताउनु भयो ।

    मिडिया हाउसले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि चर्चित कलाकारहरुको साथमा पत्रकार सम्मेलन, रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो गर्दै आइरहेको कार्कीको भनाइ छ । लक्की मिडिया हाउसले विभिन्न विधामा सम्मान कार्यक्रम, विभिन्न गायन, नृत्य प्रतियोगिता साथै मिडियाले प्रत्येक वर्ष लक्की फिल्मी अवार्ड कार्यक्रम गर्दै आएको कार्कीले बताउनु भयो । मिडिया हाउसकै आयोजनामा आगामी २०८१ असार ८ गते भरतपुरमै लक्की फिल्मी अवार्डको अर्को संस्करण गर्ने तयारी गरिरहेको कार्कीले जानकारी दिनुभयो ।

    चलचित्र ‘हात्तीछाप’ को द जिएमआई रेड कार्पेट प्रिमियर शो लक्की मिडिया हाउस चितवनका सल्लाहर वरिष्ठ समाजसेवी हेमराज पौडेलको अध्यक्षतामा भएको थियो । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले संयोजन गर्नु भएको कार्यक्रममा चलचित्र ‘हात्तीछाप’ का निर्माता तथा अभिनेता किरण नेपाली, चलचित्र ‘हात्तीछाप’ का कलाकार तथा निर्माता पुष्कर गुरुङ, चर्चित अभिनेता सौगात मल्ल, चलचित्र ‘हात्तीछाप’ का अभिनेता विनोद न्यौपाने, चर्चित अभिनेत्री उपासना सिंह ठकुरी, द जिएमआई एकेडेमीका प्रमुख कार्यकारी निर्देशक महेश लामिछने लगायतका अतिथिहरु उपस्थित रहनु भएको थियो । कार्यक्रम सञ्चालन आयुष न्यौपानेले गर्नु भएको थियो ।

  • दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

    दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

    काठमाडौँ, १९ माघ
    नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गर्नुभएका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

    दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिनुभयो, “दुवै चलचित्र फरक स्वादका छन्, यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ, सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।”

    दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान हुनुहुन्छ । “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ”, राईले भन्नुभयो ।

  • सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु

    सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु

    चितवन, १८ माघ
    सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ७ स्थित चित्रसारी खेलमैदानमा महोत्सव सुरु भएको हो ।

    पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको बताउनुभयो ।

    महोत्सवमा चलचित्र विकास बोर्डसहित विभिन्न खाना, कपडालगायतका ६० वटा कक्ष छन् । दैनिक पाँच हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । दैनिक सांस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवमा सिनेमा, बृत्तचित्र र छोटा चलचित्र विधामा अवार्ड प्रदान गरिने छ ।

  • करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने

    करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने

    काठमाडौं माघ १६
    चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।

    हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।

    संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।’

    चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ । कोरोना महामारीको कारण चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने समेत उल्लेख गरेको छ ।

  • मनाङमा चलचित्र ‘खुस्मा’को छायाँकन सुरु

    मनाङमा चलचित्र ‘खुस्मा’को छायाँकन सुरु

    मनाङ, १६ माघ
    चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो ।

    हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थाल्नुभएको निर्माण पक्षको भनाइ छ ।

    यस चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गर्नुभएको हो । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ । यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहनुभएको छ ।

    यस चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायाङ्कन गर्नुहुनेछ । चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ । एम मिडिया प्रालिको ब्यानरमार्फत निर्माण भइरहेको चलचित्रलाई गोविन्द शाही वितरक रहनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)

  • गायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मान २०८० प्रदान गरिने

    गायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मान २०८० प्रदान गरिने

    काठमाडौं । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ ।

    शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

    परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको छ ।

  • रारामा सुटिङ भएको पहिलो देउडा गीत ‘सम्झ्या मात्रै नरोया’ सार्वजनिक [भिडियोसहित]

    रारामा सुटिङ भएको पहिलो देउडा गीत ‘सम्झ्या मात्रै नरोया’ सार्वजनिक [भिडियोसहित]

    -कमल बिक
    मुगु, २ माघ
    नेपालकै ठुलो र गहिरो ताल राराको सेरोफेरोमा पहिलो चोटि देउडा गीत सुटिङ गरिएको छ ।
    पछिल्लो समय एक पछि अर्को राम्रा राम्रा सृजना बजारमा पस्किँदै आएका गायक, गीतकार , सङ्गीतकार ,साहित्यकार तथा बहु प्रतिभाका धनी हिकमत शाही क्षितिजको शब्द/ सङ्गीत रहेको ‘सम्झ्या मात्रै नरोया’ भन्ने देउडा गीत सार्वजनिक गरिएको हो । देउडा गीतमा अहिले कि चर्चित गायिका पूजा देवकोटा र नबोदिद गायक धिरज सिंहको सुमधुर स्वर रहेको छ ।

    स्वर्गकी अप्सरा रारा तालमा छायाङ्कन भएको यो गीतमा अभिनय तर्फ हिकमत शाही क्षितिज ,सैलेश हमाल,सृजना गिरिको रहेको छ भने क्यामरामा उब्जन युके र निर्देशन स्वयम हिकमत शाहीले गरेका छन् । रारा तालमा आउने पर्यटकलाई दिइने सम्मान,सत्कार साथै माझी दाइको जिन्दगी को कथा यस गीतको भिडियो कथा देख्न सकिन्छ ।

    हिकमत शाहीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो देउडा गीतमा कर्णाली र सुदूर पश्चिममा गाइने टिपिकल देउडा गीत रहेका छन् भने गीतका शब्दहरू पनि खस भाषामा चलन चल्तीका छन् । मनोरञ्जन मात्र नभएर रारा को पर्यटन, विकास,प्रवर्द्धन ,प्रचारप्रसारमा समेत टेवा पुगोस् भनेर रारा कै सेरोफेरोमा सम्झ्या मात्त नरोया भन्ने देउडा गीत धेरै दुख कष्ट गरेर सुटिङ गरिएको हिकमत शाहीले बताए । गीतको सुटिङमा दुई दर्जन जनाले देउडा खेलेका छन् ।

    भिडियो हेर्नुहोस् :-

  • आजदेखि नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा

    आजदेखि नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा

    काठमाडौँ, २७ पुस
    आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् । ती चलचित्रमार्फत तीन नयाँ अनुहार रजतपटमा भित्रिएका छन् । चलचित्र निर्माणको सङ्ख्या वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आगमन बढिरहेको हो ।

    दीपक श्रेष्ठले निर्देशन गर्नुभएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेतामा किरण श्रेष्ठले अभिनय प्रारम्भ गर्नुभएको छ । निर्देशक श्रेष्ठले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई कुनै न कुनैरूपमा अगाडि ल्याइरहेको जानकारी दिनुभयो ।

    “नयाँ अनुहारलाई हामीले प्राथमिकता नदिए कसले दिन्छ ? हाम्रो कर्तव्य नै प्रतिभालाई पर्दाअगाडि ल्याउनु हो । यसपटक मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँ निर्देशित ‘हिम्मत’ मार्फत गायनमा दीपक लिम्बू, ‘पर्खी बसेँ’ मार्फत अभिनेता राजबल्लभ कोइराला र अभिनेत्री युना उप्रेतीलगायतले आफ्नो करिअर सुरुआत गर्नुभएको हो । युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रमार्फत मुख्य भूमिकामा देखिनुभएकी अभिनेत्री बुढाथोकीले आफू उत्साहित भएको बताउनुभयो ।

    “अनुभवी निर्देशकसँग काम गर्दा मैले धेरै कुरा सिक्न पाएँ । यो अनुभव मेरा लागि आउँदो समयमा उपयोगी हुनेछ”, अभिनेत्री बुढाथोकीले भन्नुभयो, “अभिनयमा रुचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाबारे खुलेर घरमा भन्न सकेका छौँ । हामीजस्ता नयाँलाई अहिले सहज भएको छ ।” मण्डला नाटकघरमा सात वर्षमा तेह्र वटा नाटकमा अभिनय गर्नुभएका अभिनेता श्रेष्ठले चलचित्रमा हिरो बन्ने मौका बल्ल प्राप्त भएको बताउनुभयो ।

    “रङ्गमञ्चमा गरिरहेको अभिनय र चलचित्रमा भिन्नता हुने रहेछ । मैले नयाँ अनुभव प्राप्त गरेँ । यसले आगामी समयमा नाटकमा पनि मलाई सघाउने छ”, उहाँले भन्नुभयो, “म कलात्मक र व्यावसायिक भनिने दुवै चलचित्रमा काम गर्न चाहन्छु । किनकि म हिरो मात्र नभई कलाकार बन्न चाहन्छु ।”

    उक्त चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईलगायत कलाकारले पनि अभिनय गर्नुभएको छ । आजै प्रदर्शनमा आएको अर्को चलचित्र ‘चित्रा’ मार्फत अभिनेताको रुपमा सन्तोष अधिकारीले यात्रा सुरू गर्नुभएको छ । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहनुभएका उहाँले आफू सुहाउँदो भूमिका पाएकै कारण अभिनयमार्फत अगाडि बढेको बताउनुभयो ।

    “मैले केही कार्यक्रम (इभेन्ट) गर्नाका साथै केही चलचित्र पनि निर्माणसमेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेरै अभिनय गरे”, अभिनेता अधिकारीले भन्नुभयो, “यसमा मैले पिताको भूमिका निर्वाह गरेको छु । पर्दाबाहिर निर्वाह गरिरहेको दायित्वलाई पर्दाभित्र ल्याउन असहज भएन । द्वन्द्वका दृश्यमा भने मेहनत गरे ।”

    अभिनेता अधिकारीको प्रवेशले अभिनय यात्रा प्रारम्भ भएको निर्देशक घनश्याम लामिछानेले बताउनुभयो । “मलाई चाहिएको पिताको पात्रमा उहाँ भावनात्मक रुपमा समेत जोडिएको पाएँ । उक्त भूमिकालाई न्याय गर्ने भएकाले नै ‘कास्टिङ’ सम्भव भएको हो”, उहाँले भन्नुभयो ।

    उक्त चलचित्रमा मेनुका प्रधान, शुभेच्छा खड्का, अञ्जना बराइली, अर्पण थापा, सिम्रन खड्कालगायत कलाकारले पनि अभिनय गर्नुभएको छ । (रासस)