चितवनमा भिषण हावाहुरी : रूख र पोल ढल्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन, जेठ २-

रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपलिका–५ धार स्थित सडकमा हावाहुरी र चट्याङसहित भएको भिषण वर्षाले रुख र पोल ढल्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार रुख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाटो खुलाउनको लागी पहल भइरहेको छ ।

ढलेको पोल उठाउन विद्युत् प्रधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको बताइएको छ ।

आज साँझ करिब १ घण्टा जति बर्षासहितको हावाहुरी आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *