नारायणगढको कमलनगरमा राति दुई बजेदेखि आगलागी, कराडौंको क्षति, अझै आएन नियन्त्रणमा

चितवन, बैशाख १५

नारायणगढको कमलनगरमा भीषण आगलागी भएको छ । राति दुई बजेबाट सुरु भएको आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्थानीय कृष्ण महत्तोले जानकारी दिए । आगो फैलन नपाउने गरी नियन्त्रण लिइ सकिएको छ ।

नेपाली सेनाको दमकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट आगलागी फैलनबाट रोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी नरहरी अधिकारीका अनुसार एक बिजुलीको पसलबाट अगलागी सुरु भएको हो । क्षतिको विवरण आउन बाँकी छ । आगलागी फैलन नदिने गरी नियन्त्रणमा लिइएको भए पनि पूर्ण रुपमा निभ्न सकेको छैन । विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको उनले बताए ।

आधिकारिक तथ्यांक आउन बाँकी रहेको भए पनि ६ वटा पसलमा भएको आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *