नारायणगढको लायन्सचोकमा खुल्यो कुजिरा एजुकेशन कन्सल्टेन्सी

– विनय आचार्य

चितवन, फागुन ५ –
नारायणगढको लायन्सचोकस्थित बालकुमारी कलेज रोडमा कुजिरा एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।

जापानमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श, भाषा कक्षा र एप्लाई प्रोशेसिङ्ग गर्ने उद्देश्यले आजबाट कुजिरा कन्लसल्टेन्सी सञ्चालनमा आएको हो ।

कन्सल्टेन्सीको आज इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालले रिबन काटेर उद्घाट गरे । उद्घाटन समारोहमा अर्यालका साथमा इक्यान चितवनका सचिव किशोर सुवेदी र कोषाध्यक्ष प्रज्वल पौडेल समेतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कन्सल्टेन्सीका सञ्चालकद्वय अनिश मिया र अब्जल मियाले जापानका विभिन्न कलेजमा विद्यार्थीहरुलाई पठाइने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *